समाचार

गण्डकीका १५ सय विपन्न परिवारलाई नयाँ घर

जनता आवास कार्यक्रमअन्तर्गत गण्डकी प्रदेशका एकहजार ५०० सय विपन्न परिवारले नयाँ घर पाएका छन् । प्रदेशभित्र पहिचान भएका दुई हजार नौ सय एक लाभग्राहीमध्ये एकहजार ५०० सय एक घर निर्माण सम्पन्न भई हस्तान्तरण गरिएको प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता एवं यातायात व्यवस्था महाशाखा प्रमुख टीकाराम पौडेलले सम्झौता भएकामध्ये चार सय ३५ घरको अन्तिम भुक्तानीसहित हस्तान्तरण गर्न बाँकी रहेको बताए । “लागत सहभागिताका लागि लाभग्राही स्वयंले शौचालय बनाउनुपर्ने प्रावधान कार्यविधिमा छ, शौचालय नबनेकाले… पुरा पढौ

इन्द्रकलाको सातौं दिनको पुण्यतिथि

फागुन २० पोखरा । नेपाली कांग्रेस कुश्मा नगरपालिका वडा ९ आयोजनामा इन्द्रकला पौडेलको सातौं दिनको पुण्यतिथिमा आइतबार शोकसभा सम्पन्न भएको छ । शोकसभामा बोल्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले इन्द्रकला पौडेल धार्मिक एवं सामाजिक व्यक्तित्व रहेको स्मरण गरे । उनले स्व. पौडेलले देखाएको सत्मार्गका कारण सन्ततिको सुखशान्ति रहेको भन्दै प्रेरणाको स्रोत रहेको बताए । कांग्रेस वडा कार्यसमितिका कावा अध्यक्ष खडानन्द पौडेलको अध्यक्षतामा भएको शोकसभामा बोल्ने वक्ताले स्वर्गीय पौडेलको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरे… पुरा पढौ

फोनिजद्वारा आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित

काठमाण्डौं । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षका विषयमा आन्दोलित नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)ले घोषणा गरेको आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । फोनिजले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षमा सत्यनारायण बहादुर श्रेष्ठलाई कायम गर्न माग गर्दै घोषणा गरेको थियो । फोनिजले आज एक विज्ञप्ती जारी नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठकले वार्ताको माध्यमबाट संस्थापक अध्यक्षको सन्दर्भमा उठेको विषय टुङ्गो लगाउने निर्णय गर्दै वार्ताका लागि औपचारिक रुपमा आह्वान गरेपछि सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरिएको सचिव समीर बेलामीद्वारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको… पुरा पढौ

नवराज, मनोरम, आभान र सृष्टिका स्क्वास च्याम्पियन

फागुन २० पोखरा । नवराज श्रेष्ठ, मनोरम बज्राचार्य, आभान श्रेष्ठ र सृष्टिका उदासले तेस्रो पोखरा महानगरपालिका स्तरीय स्क्वास प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार भएको फाइनलमार्फत यी चार खेलाडी चार फरकफरक विधामा च्याम्पियन बनेका हुन् । स्क्वास राकेट एसोसिएसन कास्कीको व्यवस्थापनमा खुला पुरूष, महिला, ४५ माथि भेट्रान्स र बिगिनर्स गरी चार विधामा पोखरा रंगशालास्थित स्क्वास कोर्टमा दुई दिन प्रतियोगिता भएको थियो । भेट्रान्सतर्फ नवराज प्रथम, राजु श्रेष्ठ द्वितीय, कमल बस्नेत र पुष्पराज श्रेष्ठ तृतीय भएको स्क्वास राकेट एसोसिएसन कास्कीका अध्यक्ष… पुरा पढौ

‘विकासका लागि साझा एजेण्डा आवश्यक’:अध्यक्ष ढकाल

पर्वत । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रिय अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको विकासका लागि साझा एजेण्डा बनाउनुपर्ने बताएका छन् । पर्वत उद्योग वाणिज्य सङ्घको ४१औँ वार्षिक साधारणसभा तथा १८औँ अधिवेशनको आज कुश्मामा उद्घाटन गर्दै उनले विकासका साझा एजेण्डा नभएसम्म मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताए। अध्यक्ष ढकालले आर्थिक हिसाबले मुलुक अस्तव्यस्त बनेको बेला सबै दलहरुले विकासका साझा एजेण्डा तयार गर्नुपर्नेमा जोड दिए । उनले उद्योग, कलकारखाना खोल्ने कुरालाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँदै औद्योगिक क्षेत्रको विकाससँगै ऊर्जा, जलस्रोत, पर्यटन क्षेत्रको… पुरा पढौ

जिल्ला समन्वय समिति कास्कीद्वारा एक र तीन क्षेत्रका योजनाको अनुगमन

पोखरा । जिल्ला समन्वय समिति कास्कीको टोलिले निर्बाचन क्षेत्र न ३ को योजनाको आइतबार अनुगमन सम्पन्न गरेको छ।प्रमुख लिलाधर पौडेलको नेतृत्वमा जिल्ला समन्वय अधिकारी नवराज बराल सहित सदस्य र कर्मचारी प्राबिधिक कर्मचारी सम्मीलित टोलिले अनुगमन गरेको हो। कास्की निर्वाचन क्षेत्र न ३ को पोखरा महानगर पालिका वडा न २३ मा नेपाल सरकार शहरी बिकास मन्त्रालय एकीकृत पूर्बाधार बिकास कार्यक्रम अन्तर १२ करोड ४६ लाखको लागतमा निर्माणाधीन कोल्ड स्टोर , प्रदशनि हल र सामुदायिक भवन सहितको आयोजनाको अनुगमन गरिएको हो ।… पुरा पढौ

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ७८ अङ्कले घटेर एक हजार नौ सय ६० दशमलव ३० को बिन्दुमा कायम भएको हो । आज तीन सय नौ कम्पनीको ५५ लाख ७४ हजार दुई सय सात कित्ता ४५ हजार चार सय ४२ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब आठ करोड २७ लाख ८६ हजार ८९ बराबरको कारोबार भएको छ । होटल तथा पर्यटन समूह… पुरा पढौ

चापापानी सिद्धार्थ सहकारी संस्थाको प्रशिक्षण सम्पन्न

पोखरा । चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा १२ पुरानोधाराले सहकारी शिक्षा तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहकारी रजिष्टारको कार्यालय गण्डकी प्रदेशका रजिष्टार भेषराज रिजालले सहकारीका सदस्यहरुलाई यस्ता सहकारी शिक्षा तालिमले सदस्यहरुलाई सहकारी भनेको केहो भन्ने कुराको जानकारी हुने बताउदै अहिले बजारमा जुन नाफाको पछि सहकारीहरूहिडेका छन त्यस्ता सहकारीहरू र जुन सहकारी प्राईभेट किसिमले चलेका छन त्यस्ता सहकारीहरू जोखीममा रहेको बताए । चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा संस्थाका संरक्षक… पुरा पढौ

मुद्रण उद्योग संघ कास्कीको आयोजनामा रक्तदान कार्यक्रम

पोखरा । मुद्रण उद्योग संघ कास्कीको आयोजनामा आज खुल्ला रक्तदान र बधाई कार्यक्रम सम्पन्न भएको छ ।नेपाल मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि बसन्त बास्तोलाले पहिलो पटक रगत दान गर्ने रक्तदाता मनिष नेपालीलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रदेश अध्यक्ष बास्तोलाले मानिसलाई आवश्यक अन्य अंगहरुको विकल्प बनेपनि आजका दिनसम्म व्यक्तिको रगतको विकल्प उही समूहको व्यक्ति नै रहेकोले गर्दा रक्तदान आवश्यक रहेको छ भने, उनले हामीले अन्य पुण्यको कार्य गर्छौं, खेर… पुरा पढौ

सीपमूलक तालिम लिएर आयआर्जनमा जोडिँदै ग्रामिण क्षेत्रका महिला

गोरखा । सहिद लखन गाउँपालिकाका महिला सीपमूलक तालिम लिएर आयआर्जनमा जोडिन थालेका छन् । विभिन्न सङ्घसंस्था तथा स्थानीय पालिका र वडामार्फत प्रदान गरिँदै आएको सीपमूलक तालिम लिएर महिला पशुपालन, तरकारीखेती लगायतमा जोडिएर आर्थिक आयआर्जन गर्न सुरु गरेका हुन् । सहिद लखन–७, मास्कीछापकी रिता थापामगरले अहिले घर छेउमा बङ्गुरपालन सुरु गरेर वार्षिक रु चार लाखभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ । गाउँपालिकासँगको समन्वयमा ‘एड्वान’ नामक गैरसरकारी संस्थाले प्रदान गरेको तालिम लिएर व्यावसायिक बङ्गुरपालन सुरु गर्नुभएकी थापामगरले अहिले यही व्यवसायबाट नियमित घरखर्च… पुरा पढौ