समाचार

बुटवलमा पोखरेलीको सानदार प्रदर्शन: अधिकांस मेडल पोखरालाई

पोखरा । बुटवलमा सम्पन्न दोश्रो मेयर कप तथा छैटौं बुटवल ओपन टेनिस प्रतियोगितामा पोखरेली खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेका छन् । सो प्रतियोगिताबाट पोखराले महत्वपूर्ण पाँच स्वर्ण पदक भित्र्याएको छ । प्रतियोगिता अन्तर्गत मेन्स सिंगलमा पोखराका प्रदीप खड्काले रितिक रानालाई ६–३, ४–६ र ६–४ ले पराजित गर्दै उपाधि जिते । त्यस्तै पोखराकै अनिल शाहीले कमल भण्डारीलाई ७–५, ६–७ र ११–९ ले पराजित गर्दै स्वर्ण जिते । ४५ वर्ष माथिको डबल्समा धरमबहादुर लामिछाने र गोपीबहादुर भट्टराईको जोडीले स्वर्ण पदक भित्र्याए । यो… पुरा पढौ

आजको मौसमः आज र भोलि पानी पर्ने सम्भावना

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान् महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, लुम्बिनी प्रदेशका थोरै स्थानमा र देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुट वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी… पुरा पढौ

बेँसीसहर–चामे सडक दुई दिन बन्द रहने

पहाडी जिल्ला र हिमालपारिको जिल्ला भनिर चिनिने मनाङ जिल्ला जोड्ने एकमात्र बेँसीसहर–चामे सडक आजदेखि दुई दिन बन्द हुने भएको छ । सडक जोखिम बढ्दै गएपछि यस सडकअन्तर्गत नासोँ गाउँपालिका–९ दानाक्यु नजिकै सडक मर्मतका लागि आज दिउँसो २ बजेदेखि आइतबार बिहान १० बजेसम्मका लागि सडक बन्द हुने भएको हो । सडकको ढलान भत्किएर अत्यन्तै जोखिम रहेकाले र वैकल्पिक सडक नभएकाले बन्द गरेर मर्मत गर्ने हुँदा उक्त समयसम्मका लागि यातायात पूर्णरुपमा थप्प हुने भन्दै जिल्ला प्रशासन कार्यालय मनाङले एक सूचना जारी गरेको… पुरा पढौ

प्रधानमन्त्री प्रचण्ड बागलुङको पञ्चकोटमा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बागलुङको पञ्चकोटमा जारी सर्वसिद्धिधाम अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन यहाँ आइपुगेका छन । बागलुङ नगरपालिका–६ पञ्चकोटमा उनलाई बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरेका थिए । प्रधानमन्त्री दाहालले मुक्तिनाथ पिठाधीश्वर स्वामी कमलनयनाचार्यसँग भेट गर्नाका साथै गण्डकीमाताको मन्दिर, हनुमान्बाटिकामा राखिएको मुक्तिनाथ महाघण्ट, हनुमान्को मूर्ति र यज्ञमण्डपको अवलोकन गर्ने कार्यक्रम छ । पञ्चकोटधाम स्थापनाको १०औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको महायज्ञबाट जल, जङ्गल र जमिनको संरक्षण गर्दै वैदिक परम्पराको प्रवद्र्धन, आध्यात्मिक चेतनाको अभिवृद्धि गरी धार्मिक पर्यटन विकास गर्ने… पुरा पढौ

नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशको अभिमुखीकरण सम्पन्न

फागुन १८ पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशको अभिमुखीकरण सम्पन्न भएको छ । शिक्षक सेवा आयोगको लिखित परीक्षामा सफल प्राथमिक तहका शिक्षकहरुले अन्तर्वार्ताका लागि गर्नुपर्ने तयारी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । अभिमुखीकरण कार्यक्रमको नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समितिका राष्ट्रिय उपाध्यक्ष जंगबहादुर गर्बुजाले उद्घाटन गरे । नेपाल राष्ट्रिय राष्ट्रिय शिक्षक संगठन गण्डकीको आयोजना र जिल्ला समिति कास्कीको व्यवस्थापनमा भएको अभिमुखीकरण कार्यक्रममा नेपाल सरकारका उपसचिव पदमराज आचार्य र शिक्षक केशवराज घिमिरेले सहजीकरण गरेका थिए । कार्यक्रममा गण्डकी… पुरा पढौ

पोखरामा २ जना नक्कली प्रहरी सक्कली प्रहरीको फन्दामा…

फागुन १८ पोखरा । पोखराबाट दुई जना नक्कली प्रहरी सक्कली प्रहरीको फन्दामा परेका छन् । बिहीबार पोखराको लेकसाइडमा मादक प्रदार्थ सेवन गरि आफुहरु प्रहरीको ठूलो मान्छे भएको भन्दै धम्काउँदै हिडेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा शान्तिनगरचोक बस्ने नारायण गिरी ३२ र सप्तरी डाक्लेश्वरी न.पा.वडा नं.७ घर भई हाल पोखरा–११ फुलवारी बस्दै आएका बिबेक ठाकुर २१ छन् । आफुहरु प्रहरीको ठूलो मान्छे भएको भन्दै रेडियो सेट (वाकिटाकी) देखाई धम्की दिएको भन्ने सुचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट… पुरा पढौ

पोखरामा स्क्वास प्रतिस्पर्धा शुरू

फागुन १८ पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना र स्क्वास राकेट एसोसिएसन कास्कीको व्यवस्थापनमा तेस्रो महानगरस्तरीय स्क्वास प्रतियोगिता शुरू भएको छ । खुला पुरूष, महिला, ४५ माथि भेट्रान्स र बिगिनर्स गरी चार विधामा पोखरा रंगशालास्थित स्क्वास कोर्टमा शुक्रबार प्रतियोगिता शुरू भएको हो । शनिबारसम्म चल्ने प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेश गुरूङले उद्घाटन गरे । उनले स्क्वासप्रति चासो बढ्दै गएको देख्दा खुसी लागेको सुनाए । रंगशालाभित्र भौतिक पूर्वाधार थपिने क्रम जारी रहेको, पानी र बिजुलीकोको विषयमा समस्या… पुरा पढौ

आर्जना स्मृती अक्षयकोषबाट सन्ध्या र प्रतिक पुरस्कृत

पोखरा । आर्जना स्मृती अक्षयकोषबाट निलगिरी इंङ्गलिस बोर्डिङ स्कुलका सन्ध्या लामा तितुङ र प्रतिक अधिकारी पुरस्कृत भएका छन् । २०७९ सालको एसईई परीक्षामा ३.८० जिपिए ल्याई उत्र्तिण हुन सफल तितुङ र ३.५५ जिपिए ल्याई उत्र्तिण भएका अधिकारी पुरस्कृत भएका हुन् । पुरस्कृत उनीहरुलाई जनही रु. १० हजार १११ सहित कदरपत्रद्वारा पुरस्कृत गरिएको आर्जना स्मृती अक्षयकोष – २०६९ का संरक्षक दिलिप दोषीले जानकारी दिए । शुक्रबार विद्यालयमा आयोजित विद्यार्थीहरुको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराउने उद्देश्यले आयोजित ‘ट्यालेन्ट शो’ कार्यक्रमका विच उनीहरुलाई पुरस्कृत… पुरा पढौ

अर्थतन्त्रका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न सरकार क्रियाशील : प्रधानमन्त्री प्रचण्ड

फागुन १८ चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताएका छन् । ‘घुमौँ भरतपुर’ भन्ने नाराका साथ सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले आफू नेतृत्वको वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्न क्रियाशील रहेको बताएका हुन् । “चौध महिनामा देश र विश्व समुदायले समेत देख्ने गरी मानकहरू स्थापित भएका छन्”, प्रधानमन्त्री प्रचण्डले भने, “भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रमा… पुरा पढौ

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको दशौं अधिवेशन काठमाडौंमा हुने

पोखरा । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको दशौं वार्षिक साधारण सभा एवम् अधिवेशन काठमाडौंमा हुने भएको छ । महासंघको दशौं साधारणसभा एवम् अधिवेशन काठमाडौं चैत २ र ३ गते हुने महासचिव किसान सुनारले जानकारी दिए । उनका अनुसार महासंघको दशौं वार्षिक साधारण सभा एवम् अधिवेशनमा देशभरबाट ४ सय बढी प्रतिनिधिहरुको सहभागिता रहनेछ । ‘नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको दशौं वार्षिक साधारण सभा एवम् अधिवेशन काठमाडौंमा चैत २ र ३ गते गर्दै छौं, महासचिव सुनारले भने, ‘चैत २÷३ गते… पुरा पढौ