समाचार

झाडी फाडेर सुन्तलाखेती विस्तार

गलकोट । बीस वर्ष वैदेशिक रोजगारीमा बिताएका बागलुङ नगरपालिका–८ सिगाना सायकोटका ईन्द्रबहादुर कार्कीले गाउँ फर्केर सुन्तलाखेती थालेका थिए । गाउँमा खाद्यबाली लगाउने परिपाटी घट्दै गएपछि बाँझिन थालेको पाँच रोपनी बारीमा सुन्तलाखेती थालेका कार्की अहिले खेतीयोग्य जग्गाको झाडी हटाउने अभियानमा छन् । लामो समय वैदेशिक रोजगारीमा गएर गाउँ फर्केर आउँदा युवा पलायनका कारण अधिकांश खेतीयोग्य जग्गामा झाडी पालाएको देखेपछि झाडी फाडेर कार्कीले सुन्तलाखेती विस्तार गर्न थालेको बताए । पहिलो चरणमा ८० सुन्तलाका र ४० कागतीका बिरुवा रोपेको बताउँदै उनले सुन्तलाखेतीलाई विस्तार… पुरा पढौ

समकालिन साथीहरूविच सम्मान, वनभोज तथा पुनर्मिलन कार्यक्रम

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-२ स्थित माछापुछ्रे माध्यमिक विद्यालयमा २०४७ सम्म अध्ययन गरेका समकालिन साथीहरूको समूहले सम्मान, वनभोज तथा पुनर्मिलन कार्यक्रम सम्पन्न गरेको छ । शनिबार माछापुछ्रे मावि एसएलसी ब्याची समूह-२०४७ को ब्यानरमा अन्नपूर्ण गाउँपालिकाको वडा नं। ३, लार्केस्थित पिक्निक स्पोर्टस् मा पुनर्मिलन, सम्मान एवं बनभोज कार्यक्रमको आयोजना गरेको हो । ०४७ समूहका बिधार्थी एवं अन्नपूर्ण गाउँपालिका कास्कीका निवर्तमान अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तत्कालीन प्रधानाध्यापक रामचन्द्र सुवेदी, शिक्षकहरू कृष्ण बहादुर कुँवर, शिवकुमार सुवेदी, हरिकुमार श्रेष्ठ, तेजप्रसाद काफ़्ले, गमबहादुर… पुरा पढौ

चापापानी सिद्धार्थ सहकारीको संस्थाको प्रशिक्षण सम्पन्न

पोखरा । चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा १२ पुरानोधाराले सहकारी शिक्षा तथा बनभोज कार्यक्रमसम्पन्न गरेको छ । कार्यक्रममा सहकारी रजिष्टारको कार्यालय गण्डकी प्रदेशका रजिष्टार भेषराज रिजालले सहकारीका सदस्यहरुलाई यस्ता सहकारीशिक्षा तालिमले सदस्यहरुलाई सहकारी भनेको केहो भन्ने कुराको जानकारी हुने बताउदै अहिले बजारमा जुन नाफाको पछि सहकारीहरूहिडेका छन त्यस्ता सहकारीहरू र जुन सहकारी प्राईभेट किसिमले चलेका छन त्यस्ता सहकारीहरू जोखीममा रहेको बताए । चापापानी सिद्धार्थ बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा संस्थाका संरक्षक नरेश बहादुर कार्कोले चापापानीसिद्धार्थ बचत तथा ऋण सहकारी संस्था कास्कीका राम्रा भनेर चिनिने सहकारीहरु मध्यमा नि उत्कृष्ट  सहकारी भएकोले सहकारीकासदस्यहरुले आफ्नै सहकारीमा आर्थिक कारोबार गरी संस्थालाई बलियो बनाउनुपर्ने बताए । सहकारीका अध्यक्ष दिपक कार्कीलेआगामी दिनमा खराब ऋणलाई कानुनी उपचार गरी उठाउन लागीएको बताउदै सहकारीको मुल्य,मान्यता अनुसार चापापानी सहकारीचलेको बताए ।  चापापानी सिद्वार्थ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपक कार्कोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष श्याम प्रसादसाँखीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सहकारीकी व्यवस्थापक करुणा शाहीले सहकारीको हालसम्मको बितिय अवस्थाकोबारेमा जानकारी गराएकी थिईन् । कार्यक्रममा सहकारीका शिक्षा संयोजक मनोहरि पौडेलले सहकारीका सात सिद्वान्त बाचन गरेकाथिए भने सहकारीका सचिव ईन्दिरा भण्डारी कोईरालाले कार्यक्रम सन्चालन गरेकी थिइन् । पुरा पढौ

त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङ्कङमा आयोजना हुने त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खलाका लागि आज नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । क्यानले आज रोहितकुमार पौडेलको कप्तानीमा आकाश चन्द, विनोद भण्डारी, लोकस बम र रसिद खानलाई समेट्दै १४ सदस्यीय टोलीको घोषणा गरेको हो । त्यस्तै छनोट हुने अन्य खेलाडीमा कुशल भुर्तेल, गुल्सन झा, सागर ढकाल, प्रतिश जिसी, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी र अभिनाश बोहरा छन् । नेदरल्यान्ड्स र नामिबियाविरुद्ध खेलेका ओपनर आसिफ शेख, सोमपाल कामी, कुशल… पुरा पढौ

मुस्ताङमा नयाँ पदमार्गको पहिचान

म्याग्दी । पर्यटक आगमन बढाउने र बसाइ लम्बाउन मुस्ताङमा नयाँ पदमार्गको पहिचान गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सडकका कारण विस्थापित भएका पदमार्गको विकल्पमा नयाँ पदमार्ग पहिचान भएको हो । एक्याप जोमसोमका रेञ्जर सञ्जोक थकालीले तीन नयाँ पदमार्ग पहिचान गरिएको जानकारी दिए । लुप्रा–मुक्तिनाथ, ठिनी–तिलिचोताल र कोखेठाटी–सिरकुुङ–सौरु–चोखोपानी–चिमाङ–धुम्बाताल जोड्ने पदमार्ग पहिचान गरेर पूर्वाधार निर्माण, प्रचारप्रसार र प्रवर्द्धन थालिएको उनले बताए । “स्थानीयवासीले आवतजावतका लागि प्रयोग गरिरहेको घोरेटो बाटोलाई पदमार्गको रूपमा प्रयोग गर्न सङ्केत चिह्न, सूचनापाटी राख्ने काम गरिएको छ”,… पुरा पढौ

आजको मौसमः पोखरा लगाएत देशैभर हल्कादेखि मध्यम वर्षा

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज पोखरा लगाएत देशभर बदली हुनुका साथै देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थान र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो देशभर साधारणतया बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागका थोरै स्थानमा छिटफुटदेखि हल्का… पुरा पढौ

खिलाङका महिलाहरुलाई तीन दिने उद्धघोषण तालिम

पोखरा । मादी गाउँपालिका वडा नं. १ खिलाङका महिलाहरुलाई ३ दिने नेतृत्व विकास तालिम प्रदान गरिएको छ । वडा नं. १ को आयोजनामा बुधबार देखि सुरु भएको उक्त तालिम औपचारिक रुपमा शुक्रबार सम्पन्न भएको हो । समापन कार्यक्रममा बोल्दै वडा नं. १ का वडाध्यक्ष देविजंग गुरुङले ग्रामिण क्षेत्रका अधिकांश महिलाको दिनचर्या चुलोचौको र घरधन्दामै वित्ने गरेको र त्यहि दैनिकीलाई माथी उठाएर नेतृत्वदायी भुमिकामा सक्षम बनाउन प्रयास स्वरुप ३ दिने तालिमको आयोजना गरिएको बताए । उनले वडा नं. १ का वडाबासीले… पुरा पढौ

समाज सेवा युवा क्लबको सर सफाई कार्यक्रम सम्पन्न

पोखरा । समाजसेवा युवा क्लबको वृहत सर सफाइ कार्यक्रम सम्पन्न भएको छ । आउदै गरेको महाशिवरात्रीको पावन अवसरमा पोखरा ७ मासबारको क्लब , पुष्करेश्वर शिव मन्दिर तथा परापुर्वकाल देखि नै शिव ध्वनी निमार्ण गरिदै आएको श्री कृष्ण माध्यमिक विद्यालयको खेल मैदान परिसरमा सरसफाई गरिएको हो । सरसाफाई कार्यक्रममा वडाको तर्फबाट पञ्जा हस्तान्तरण गर्दै पोखरा ७ का वडा अध्यक्ष राम मोहन आचार्यले समाजलाई अगाडी बढाउन सबै सघंसस्था क्रियाशिल हुनु पर्ने बताए । क्लबको नयाँ नेतृत्वले सरसफाई मार्फत सामाजिक कार्यको शुभारम्भ गरेकोमा… पुरा पढौ

ओमकार गौचन स्मृति पत्रकारिता पुरस्कार चोखाललाई

गण्डकी । नागरिक सञ्चार प्रालिद्वारा स्थापित ‘ओमकार गौचन स्मृति पत्रकारिता पुरस्कार–२०८०’बाट बागलुङको सामुदायिक रेडियो गलकोट एफएमका सम्पादक एवं गलकोटपत्र साप्ताहिकका कार्यकारी सम्पादक वीरबहादुर चोखाल सम्मानित भएका छन्। बागलुङमा आयोजित ‘नयाँ विश्व’ अनलाइन पत्रिकाको सातौँ वार्षिकोत्सव समारोहमा वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले रु १० हजार राशिको सो पुरस्कार पत्रकार चोखाललाई समर्पण गरेका हुन्। विसं २००८ मा प्रकाशित बागलुङको पहिलो हस्तलिखित पत्रिका ‘सही बाटो’का सम्पादक÷प्रकाशक ओमकार गौचनका नाममा स्थापित सो पुरस्कार दोस्रोपटक पत्रकार चोखाललाई प्रदान गरिएको हो । यसअघि उक्त पुरस्कारबाट राष्ट्रिय… पुरा पढौ

भण्डारढिकमा हुने खेल महोत्सव २०८० को पुर्व सन्ध्यामा दौड प्रतियोगिता

पोखरा । सूर्य तारा क्लब र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा चैत ३ देखि ११ गतेसम्म पोखरा २९ स्थित भण्डारढिकमा हुने खेल महोत्सव २०८० को पुर्व सन्ध्यामा दौड प्रतियोगिताको आयोजना गरिएको छ । खेल महोत्सवको प्रचार प्रसारमा सहयोग पुग्ने गरि शनिवार लेखनाथको प्रस्तावित र®शाला भण्डारढीक खेल मैदानमा सात किलोमिटरका चार विदामा दौड प्रतियोगिता सम्पन्न गरिएको हो । प्रतियोगिताको मुख्य आकर्षण ४५ वर्ष माथीको भेण्टन्समा विश्व कल्याण थापाले प्रथम स्थान हासिल गरेका छन् भने शंकर साहाले दितिय र ओम बहादुर… पुरा पढौ