समाचार

हिसान गण्डकी प्रदेशस्तरीय फुटसलमा कलेज लेवलको सेमिफाइनल समिकरण पुरा

फागुन ५ पोखरा । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा पोखरामा दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज लेवल फुटसल प्रतियोगितामा सेमिफाइनल समिकरण पुरा भएको छ । कलेज लेवलमा पोखरा लिङकन कलेज, सोचो कलेज अफ आइटि, इन्फोम्याक्स कलेज अफ आइटि एण्ड म्यानेजमेन्ट र इन्फोम्याट्रिक कलेज पोखरा सेमिफाइनलमा प्रबेश गरेका छन् । पोखरा लिङकन कलेजले माउण्ट अन्नपुर्ण क्याम्पसलाई ७–३ गोलले, सोचो कलेज अफ आइटिले लेकसिटि कलेज एण्ड रिर्सच सेन्टरलाई ४–०, इन्फोम्याक्स कलेज अफ आइटि एण्ड म्यानेजमेन्टले ला ग्यान्डि… पुरा पढौ

राष्ट्रपति कप वैशाखको पहिलो साता, गण्डकी प्रदेशको तयारी शुरु

पोखरा । नेपाली खेलाडी उत्पादनको मुख्य प्रतियोगिताको मध्येको एक केन्द्रिय राष्ट्रपति कप बैशाखको पहिलो साता हुने भए पनि यता गण्डकी प्रदेशले भने आफ्नो तयारी शुरु गरेको छ । केन्द्रिय राष्ट्रपति कप रनिङ शिल्डफागुनको अन्तिम साता गर्ने यस अघि राष्ट्रिय खेलकुद परिषदले जनाएको थियो । यहि फागुनको अन्तिम साता बागमती प्रदेशस्तरीय प्रतियोगिता हुने भए पछि बैशाखमा धकेलिएको हो । यता केन्द्रियस्तरको प्रतियोगिता सर्ने निश्चित भए पनि प्रदेश खेलकुद परिषद गण्डकीले भने आफ्नो तयारी सुरु गरेको सदस्य सचिव श्रीधर शर्माले जनाएका छन्… पुरा पढौ

पोखरा–१४ मा भोलिदेखि हुने स्थानीय महोत्सवको तयारी पुरा

पोखरा । पोखरा – १४ नम्बर वडा कार्यालयले महानगरपालिकामै पहिलो पटक आयोजना गर्न लागेको स्थानीय महोत्सवको तयारी पुरा भएको छ । पोखरा–१४ वडा कार्यालयले महानगरपालिकामै पहिलो पटक आयोजना गरेको स्थानीय महोत्सवको तयारी पुरा भएको प्रचारप्रसार व्यवस्थापन समितिका संयोजक रामजी जिसीले जानकारी दिए । स्थानीय स्तरमा उत्पादित कृषिजन्य उपज तथा मौलिक कला संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यसहित पोखरा–१४ वडा कार्यालयले भोलि र पर्सी (फागुन ६ र ७ गते) स्थानीय महोत्सव आयोजना गरेको हो । पोखरा महानगरपालिका–१४ छिनडाँडा स्थित शुक्रराज बलभद्र… पुरा पढौ

धार्मिक पर्यटन प्रवर्द्धन गर्न पञ्चकोटम पाँच हजार किलोको घण्ट

ढोरपाटन । बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा पाँच हजार पाँच सय ५५ किलोको मुक्तिनाथ महाघण्ट राखिएको छ । बागलुङ नगरपालिका–५ स्थित पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि यहाँ महाघण्ट राखिएको हो । विसं २०७२ देखि पञ्चकोटमा धार्मिक संरचना बनाउन सुरु गरिएको थियो । गत साता मात्रै महाघण्टलाई पञ्चकोट ल्याइएको थियो । पञ्चकोटमा अहिलेसम्म सिस महल, गण्डकीमाताको मन्दिर, यज्ञशाला, हनुमानको विशाल मूर्तिलगायत दर्जनौँ धार्मिक संरचना बनिसकेका छन् । विभिन्न दाताको सहयोग, महायज्ञबाट सङ्कलन भएको रकम र सरकारबाट भएको करोडौँको लगानीले अहिले… पुरा पढौ

बागलुङको विकट गाउँमा सडक पुगेपछि स्थानीय हर्षित

ढोरपाटन ।बागलुङको ढोरपाटन नगरपालिका–६ पुरानो गाउँमा पहिलोपटक मोटरबाटो पुगेपछि स्थानीय हर्षित भएका छन् । जिल्लाको निकै विकट मानिने पुरानो गाउँमा नगरपालिकाले यस वर्ष सडक पुर्याएको हो । सरोकारवाला निकायको कम ध्यान जाँदा पुरानो गाउँमा ढिला सडक पुगेको हो । नगरपालिकाको रु १७ लाख लागतमा यस गाउँमा सडक पुगेको ढोरपाटन–६ का वडाध्यक्ष उमेश बुढा मगरले बताए । करिब एक घण्टाको दूरीमा रहेका गाडीखोला र मोराङ गाउँमा वर्षौंपहिले सडक पुगे पनि पुरानो गाउँमा लामो प्रयासपछि यही महिना सडक पुगेको उनको भनाइ छ… पुरा पढौ

एग्रो रिसोर्ट आन्तरिक पर्यटकको रोजाइमा

गलकोट । स्थानीय खानाका परिकारसँगै प्रकृतिसँग रमाउँदै साहसिक पर्यटक बटुल्ने लक्ष्यसहित खोलिएको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’ ले पूर्णता नपाउँदै धेरैको रोजाइमा पर्न थालेको छ । गलकोटका युवा उद्यमी हुम थापाले तीन वर्षअघि सुरु गरेका उक्त रिसोर्ट पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो । कलकल बगेको दरमखोला । छेउमै खरले छाएका कटेजसहितको रिसोर्ट । पुरोनो शैलीमा निर्माण गरिएको घर, आधुनिक शैलीका पौडी पोखरी(स्विमिङ पुल)देखि गुलेली पिङसम्मका पूर्वाधार । गलकोटस्थित घुम्टेको फेदमा छ दरमखोला रेम्बो ट्राउट तथा एग्रो… पुरा पढौ

मित्रता माध्यमिक विद्यालयमा पढ्दै कमाउँदै : विद्यार्थी चित्रकलामा रमाउँदै

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित मित्रता माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत मनिषा भुजेल चित्रकलाको सीप सिकेपछि उत्साहित छन् । चित्रकलामा रुचि भए पनि सिक्ने अवसर नपाएकी उनी हाल आफैँले चित्र कोर्नसक्ने सक्छन् । आफैँले बुनेको बाँसको नाङ्लोमा समेत चित्र बनाएकी उनले पहिलो प्रयासमै राम्रो प्रतिक्रिया पाएको बताए । उनले भने, “चित्र कोर्न पहिल्यैदेखि एकदमै मनपथ्र्यो, सिक्ने अवसर पाएकी थिइन्, अहिले चित्रकलाको सीप सिकेपछि उत्साहित छु ।” बाँसको नाङ्लोमा कोरेको चित्र गाउँपालिकास्तरीय शैक्षिक प्रदर्शनीमा राख्दा धेरैले राम्रो प्रतिक्रिया दिएको… पुरा पढौ

१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको बर्चश्व

पोखरा । १८ औं सफल पोखरा म्याराथनमा केन्याली धावकहरुले वर्चस्व राखेका छन् । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा पोखरामा शनिबार सम्पन्न म्याराथनमा खुला म्याराथनतर्फ केन्याली धावकहरुले बर्चश्व राखेका हुन् । म्याराथन खुलातर्फ पहिलो भएका केन्याली धावक जुलियास मुरियाली वाहोमले निर्धारित ४२.१९५ किलोमिटरको दुरी २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पूरा गरे भने केन्याकै इसाक किहारा कमिरीले २ घण्टा २० मिनेट ०५ सेकेण्डको समय निकाल्दै दोश्रो भए । त्यस्तै अर्का केन्याली धावक इडविन किप्लागटले २ घण्टा २०… पुरा पढौ

लक्ष्मण थापाको ‘मान्छे हराएको मान्छे’ सार्वजनिक

पोखरा । साहित्यकार लक्ष्मण थापाको पाँचौँ कृति ‘मान्छे हराएको मान्छे’ लघुकथा सङ्ग्रह शनिवार पोखरामा सार्वजनिक गरिएको छ । लघुकथा प्रतिष्ठान, पोखराको आयोजनामा भएको कार्यक्रममा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, हरिदेवी कोइराला, रमेश श्रेष्ठलगायतले कृतिको लोकार्पण गरे । कार्यक्रमका प्रमुख अतिथि सरुभक्तले साथी सर्कलबाट नयाँ चिन्तन र नयाँ सिर्जनाको विकास हुने बताउँदै लक्ष्मण थापालगायतका समूहको मित्रमण्डलीले सांस्कृतिक, साहित्यिक उन्नयनमा योगदान गर्ने विश्वास व्यक्त गरे । लघुकथा आकारका दृष्टिले सानो भएका कारणले मात्र नभई यसको क्षमताकै कारणले लोकप्रिय भएको मत राख्दै उनले विराट्… पुरा पढौ

कांग्रेस महासमिति बैठकमा पेस हुने दस्तावेज पारित

फागुन ४ काठमाण्डौं । नेपाली कांग्रेसले यही फागुन ७ देखि १० गतेसम्म हुने महासमिति बैठकमा पेश हुने विभिन्न दस्तावेज केन्द्रीय कार्यसमिति बैठकबाट पारित गरेको छ । केन्द्रीय समितिले उपसभापति पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्ताव, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव, प्रवक्ता डा. प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदन र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेद्वारा प्रस्तुत लेखा परीक्षण प्रतिवेदन पारित गरेको हो । यही फागुन ३ र ४ गते… पुरा पढौ