समाचार

सही सूचना सम्प्रेषण गर्नुपर्नेमा नेता पौडेलको जोड

माघ २२ काठमाण्डौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पत्रकारले लेखेका समाचारले जनमत निर्माण गर्ने भएकाले सही सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका छन् । प्रेस चौतारी नेपालको २६आँै स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले समाचार सामग्री तथा विचार विश्लेषणले जनमत निर्माण गर्ने भएकाले सत्यतथ्यमा आधारित खबर सम्प्रेषण हुनुपर्नेमा जोड दिए । उनले प्रेस स्वतन्त्रता र नागरिक अधिकारका पक्षमा कलम चलाउनुपर्ने बताए । उपाध्यक्ष पौडेलले लोकतन्त्रका निम्ति प्रतिपक्षको आवाज महत्वपूर्ण हुने भन्दै प्रतिपक्षले उठाएको आवाजलाई सरकारले सुन्नुपर्ने बताए… पुरा पढौ

संसदीय गतिविधि थप प्रभावकारी र परिणामखुमी हुने सभामुखको विश्वास

माघ २२ काठमाण्डौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले हिउँदे अधिवेशन, संसदीय गतिविधि एवं कामकारबाही थप प्रभावकारी र उन्नत बन्ने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधिसभाको तेस्रो अधिवेशनको पहिलो बैठकमा आज मन्तव्य दिँदै सभामुख घिमिरेले कानुन निर्माणसँगै जनसरोकारका विषय सम्बोधन र सरकारलाई निर्देश गर्ने क्रममा गत अधिवेशनमा संसदीय विनियमावली जारी भइ कानुन निर्माणका गृहकार्य भएकाले यो अधिवेशनले महत्वपूर्ण विधेयकहरु पारित गर्ने विश्वास व्यक्त गरे । सभामुखले राष्ट्रका साझा चासोका विषयमा राजनीतिक दलबीच एकता आवश्यक भएकामा जोड दिँदै विधिको शासन, पारदर्शीता र… पुरा पढौ

कलाकारका सृजनाले राष्ट्रको पहिचान दिन्छः राष्ट्रपति पौडेल

माघ २२ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सङ्गीतमा नेपाली लोकजीवन, मौलिकपनको विकास र विस्तार एवं संरक्षण गर्नुपर्ने बताएका छन् । नातिकाजी स्मृति समाजले शीतलनिवासमा आज आयोजना गरेको नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नेपाली सङ्गीतमा विभिन्न जातजातिका बाजा, भाका, गीत, सङ्गीतका आफ्नै परिवेश, मौलिक धुन, विशिष्ट शैली र महत्व रहेको र त्यसको जगमा नै नेपाली राष्ट्रिय सङ्गीतको विकास हुँदै आएको धारणा व्यक्त गरे “सृजना राष्ट्रका सम्पदा, संस्कृति राष्ट्रका पहिचान र कलाकार राष्ट्रका अमूल्य… पुरा पढौ

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश प्रस्तुत

माघ २२ काठमाण्डौं । राष्ट्रियसभामा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८०’ पेस भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त अध्यादेश पेस गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ ४ गते मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेका थिए । बैठकमा राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिका सभापति सुरेशकुमार आले मगरले ‘राष्ट्रियसभा नियमावली, २०७५ को संशोधन मस्यौदा समितिको प्रतिवेदन, २०८०’ पेस गरे । यसैगरी बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २ हजार रोटरीयन दौडदै

पोखरा  । आगामी फागुन पाँच गते शनिबार हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा सामाजिक संस्था रोटरीले आर्थिकदेखि भौतिकसम्मको सहयोग मात्रै गरेको छैन २ हजार भन्दा बढि रोटरियनहरु संगै दौडने भएका छन् । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आइरहेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणका लागि रोटरीले पुर्ण रुपमा सहयोग गर्ने भएको हो । सोमबार पोखरामा आयोजित रोटरीहर सँगको अन्तरक्रिया कार्यक्रममा सहभागि भएका रोटरीयनहरुले आर्थिक देखि भौतिक रुपमै उपस्थित भएर म्याराथनलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् । रोटरी डिस्ट्रिक्ट… पुरा पढौ

राष्ट्रिय खुल्ला कायाकिङ प्रतियोगितामा पूर्वाछाने प्रथम

पोखरा । नवलपुरलाई सहाशीक खेलकुदको गन्तव्य बनाउने उद्धेश्यका साथ प्रदेश खेलकुद परिषद गण्डकीद्वारा आयोजना तथा जिल्ला खेलकुद विकास समिति नवलपुरको समन्वयमा राष्ट्रिय खुल्ला कायाकिङ प्रतियोगिता सम्पन्न भएको छ । पहिलो पटक नारायणी नदीमा आयोजित उक्त प्रतियोगितामा १९ जना प्रतिस्पर्धीलाई उछिन्दै डम्वर बहादुर पूर्वाछाने बिजेता बनेका छन् । नवलपुरको कावासोती नगरपालिकाको नारायणी नदीको अमलटारी घाटबाट मध्यविन्दु नगरपालिकाको नन्दपुर सम्म आयोजित १२ किलोमिटर कायाकिङमा ३५ मिनेट ३८.३० सेकेण्डमा दुरी पार गर्दै बिजेता बनेका हुन् । बिजेता बने संगै पूर्वाछानेले नगद रु ४०… पुरा पढौ

वडा प्रहरी कार्यालय बगरमा स्तनपान कक्ष स्थापना

माघ २२ पोखरा । वडा प्रहरी कार्यालय पोखरा— १ वगरमा स्तनपान कक्ष स्थापना गरिएको छ । महिला प्रहरी र सेवाग्राहीका वच्चाहरुलाई स्तनपान गर्न सहजता गर्ने उद्देश्यले स्तनपान कक्ष स्थापना गरिएको हो । स्तनपान कक्षको सोमबार एक कार्यक्रमका वीच जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापा र पोखरा महानगर पालिका वडा नं. १ का वडा अध्यक्ष शाहारा प्रधानले संयुक्त रुपमा उद्घाटन गरे । पोखरा महानगर पालिका वडा नं. १ र स्थानीयको सहभागितामा १ लाख ६७ हजार ३ सय ७५… पुरा पढौ

प्रदेश सभाको स्थापना दिवसमा प्रदेशको औचित्यमाथि प्रश्न उठेकोमा चिन्ता, कामबाटै औचित्य पुष्टि गर्नुपर्नेमा जोड

पोखरा, माघ २२ प्रदेश सभाको स्थापना दिवसमा प्रदेशको औचित्य पुष्टि हुनेगरी काम गर्न सुझाइएको छ । गण्डकी प्रदेश सभाको छैटौं स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदान कार्यक्रममा बोल्ने वक्ताहरुले प्रदेश सरकार र प्रदेश सभाले प्रदेशको औचित्य पुष्टि हुनेगरी काम गर्न सुझाएका हुन् । कार्यक्रममा बोल्दै गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशको औचित्य पुष्टि गर्ने जिम्मेवारी प्रदेश सरकार र प्रदेश सभा सदस्यहरुको भएको बताए । कस्तो कानून् निर्माण गर्ने र त्यसबाट के हाँसिल गर्ने भन्ने कुरा नेतृत्वकै हातमा छ,उनले भने,‘जुन चाहना… पुरा पढौ

नेप्से परिसूचक बढ्यो

यो साता कारोबारको पहिलो दिन सामान्य अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोस्रो दिन भने दोहोरो अङ्कले बढेको छ । आज नेप्से परिसूचक १४ दशमलव ५७ अङ्कले बढेर दुई हजार ७६ दशमलव २७ को विन्दुमा कायम भएको हो । आज शेयर बजारमा भएको कारोबार रकम रु दुई अर्ब ४३ करोड ८० लाख ५८ हजार दुई सय ५४ बराबर छ । तीन सय १० कम्पनीको ७४ लाख ९१ हजार तीन सय तीन कित्ता शेयर ५६ हजार सात सय ७६ पटक… पुरा पढौ

समय अगावै राम्चे सडक निर्माण सम्पन्न

पोखरा । निर्माण उपभोक्ता समितिले चायो भने कुनै पनि विकास निर्माणका योजना समय अगाडी नै सम्पन्न गर्न सक्छन भन्ने उदाहरण बनेको छ राम्चे सडक नाला सहितको ढलान योजना । गत पुस १७ गते योजना सम्झौंता भई निर्माण शुरु भएको सो योजना डेढ महिना अघि नै निर्माण सम्पन्न भएको छ । पोखरा महानगर पालिका वडा नं. १९ को वडा स्तरिय योजना अन्र्तगत कुल ७० मिटर लामो सो सडक निर्माणको जिम्मा पाएका सुजन पाण्डेले सम्पन्न गर्नुपर्ने मिति अगावै निर्माण सम्पन्न गरेको उपभोक्ता… पुरा पढौ