समाचार

तनहुँमा जीप दुर्घटना: एकजनाको मृत्यु, सात घाइते

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ नारीघाटमा गए राति भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । डुम्रेबाट आँबुखैरेनी जाँदै गरेको बा१६च ४९१८ नम्बरको बोलेरो जीप अनियन्त्रित भई सडकछेउमा पल्टिँदा जीपमा सवार चितवनको इच्छाकामना गाउँपालिका–६ का २२ वर्षीय सागर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । गुरुङको पुरानो मेडिकल कलेज चितवनमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा चितवनको इच्छाकामना–५ का २२ वर्षीय डम्बरबहादुर गुरुङ, सोही ठाउँका २४… पुरा पढौ

पोखरा १ मा क्षमता अभिबृद्दि तालिम सम्पन्न, ३५ महिला सहभागि

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १ ले सामाजिक क्षेत्र र समूहमा आबद्द क्रियाशिल महिलाको नेतृत्व र भाषण कला बिकासकालागि आयोजना गरेको क्षमता अभिबृद्दि तालिम सम्पन्न भएको छ ।महिलाहरुको क्षमता अभिवृद्धि गर्न सामाजिक क्षेत्रमा क्रियाशिल आमा समूह तथा महिलाहरुकालागि फागुन ३ र ४ गते २ दिन तालिम दिइएको थियो ।तालिममा प्रभाबकारी भाषण कला, कार्यक्रम संचालन (उद्घोषण कला), नेतृत्व बिकास र समूह निर्माण सम्बन्धि विषयमा प्रशिक्षण दिइएको वडा सदस्य तथा तालिम संयोजक शोभा गुरुड.ले जानकारी दिए । शुक्रवार आयोजित तालिम समापन… पुरा पढौ

नेपाल राष्ट्रिय शिक्षक संगठन माछापुच्छ्रेमा चापागाईं

पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन माछापुच्छ्रे गाउँपालिकाको अध्यक्षमा कृष्णप्रसाद चापागाईंको अध्यक्षतामा नयाँ कार्यसमित सर्वसम्मत चयन भएको छ । शनिबार सम्पन्न शिक्षकहरुको भेलाले आगामी ३ वर्षका लागि चापागाईंको अध्यक्षतामा ३५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । संगठनको महिला उपाध्यक्षमा जौमाया नेपाली, उपाध्यक्षमा जीतबहादुर क्षेत्री, सचिवमा सन्तोष देवकोटा, कोषाध्यक्षमा बलराम पौडेल, सह–सचिवमा विष्णुमाया पोखरेल, र सह–कोषाध्यक्षमा निर्मलादेवी शर्मा सर्वसम्मत चयन भएका हुन् । अध्यक्ष मण्डलमा संगठनका प्रदेश सदस्य उमनाथ गौतमको संयोजकत्वमा कास्की जिल्ला उपाध्यक्षद्वय बसन्धरा पौडेल, हर्क लामिछाने र सदस्य… पुरा पढौ

अर्घौ बजार ब्यवस्थापन समितिमा नयाँ नेतृत्व

फागुन ५ पोखरा । पोखरा महानगरपालिका वडा नं २६/२७मा रहेको लेखनाथ अर्घौ बजार ब्यवस्थापन समितिको शनिवार सम्पन्न १३ बार्षिक साधारण सभा तथा सातौं अधिवेशनले आगामी कार्यकालका लागि बेल प्रसाद सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । वर्तमान उपाध्यक्ष समेत रहेका सापकोटा सर्वसम्वत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । यसैगरि समितिको उपाध्यक्षमा धनश्याम ढुगाना,सचिवमा विरेन्द्रराज भुर्तेल,कोषाध्यक्षमा विष्णु प्रसाद लामिछाने,सह सचिवमा कल्पना रानाभाट र सदस्यहरुमा विष्णु वहादुर सुनार, सम्झना लामिछाने, दिपा पौडेल,सुर्यप्रकाश ढुगाना(एस.पी),प्रकाश देवकोटा,सविता वराल,कुल प्रसाद पंगेनी र पबित्रा तिवारी रहेका… पुरा पढौ

सरकार जनतामा आशा जगाउन सफल : उपमहासचिव पुन

फागुन ५ पोखरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय उपमहासचिव वर्षमान पुनले वर्तमान सरकारले जनतामा आशा जगाउने काम गरेको बताएका छन् । पोखरामा आज प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले सरकार गठनपछि सुशासनको प्रयत्न भएको र राज्यका सबै अङ्ग सुशासन स्थापनामा केन्द्रित भएकाले यसबाट जनतामा आशा र उत्साह बढाएको उल्लेख गरे ।“नेतृत्वले पहल गर्दा जनतामा आशा जगाउन सकिन्छ, जनतालाई प्रोत्साहित गर्न सकिन्छ भन्ने सन्देश पैदा भएको छ”, नेता पुनले भने । सरकारले हुण्डी, क्रिप्टोकरेन्सीलगायतको… पुरा पढौ

रेडक्रसमा राजनीतिक हस्तक्षेप हुनु हुँदैन : अध्यक्ष तिमिल्सिना

फागुन ५ कास्की । राष्ट्रियसमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिाले मानवतावादी रेडक्रस जस्तो संस्थामा राजनीति प्रवेश गर्दा सेवाग्राहीले सुशासन प्राप्त गर्न नसक्ने बताएका छन् । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाको ४०औँ साधारणसभालाई आज पोखरामा सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्ता संस्थामा राजनीतिक हस्तक्षेप हुनु राम्रो नभएको बताए । “देशका अधिकांश संस्थामा राजनीतिकरण हुँदा आम जनताको राजनीतिक दलप्रति वितृष्णा पैदा भएको छ”, अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “अब नेपाल रेडक्रस सोसाइटीमा आबद्ध देशभरका कमिटी सदस्यले भ्रष्टाचारविरुद्धको अभियानलाई तीव्र पार्नहोस् ।” अन्तराष्ट्रियरूपमा ख्यातिप्राप्त नेपाल रेडक्रस सोसाइटीलाई राजनीतिबाट… पुरा पढौ

‘क्षमता भएकालाई नेतृत्वमा ल्याउने ऐंठन छ, सुध्रनुपर्छ’

पोखरा । माओवादी युद्धमा होमिएका, लोकतन्त्र ल्याउन लडेकादेखि भर्खर उदाएको नयाँ पार्टीका नेता–नेतृ शनिबार दिउँसो फेवाताल किनारको एउटै स्टेजमा थिए । नेपाल लिटरेचर फेस्टिभलको ‘कोही किन राजनीतिमा आउँछन् ?’ सत्रमा पर्यटनमन्त्री एवं माओवादी नेता सुदन किराँती, प्रतिनिधिसभा सदस्य एवं कांग्रेस नेता प्रदिप पौडेल, रास्वपा नेतृ प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठ र एमालेबाट निर्वाचित बुढानिलकण्ठ नगरपालिकाकी उपमेयर अनिता लामा वक्ता थिए । सहजकर्ता बसन्त बस्नेतले भर्खर खुलेको नयाँ पार्टीकी नेतृ सुमनालाई सोधे – तपाईं किन राजनीतिमा आउनुभयो ? उनले गठबन्धन गर्ने अनि… पुरा पढौ

नेपालका राजनीतिक दलभित्र लोकतन्त्रको अवस्था के छ ?

पोखरा । ०६२/६३ जनआन्दोलनपछि नेपालमा लोकतन्त्र स्थापना भएको घोषणा भयो । त्यतिबेला आन्दोलनको अग्रभागमा रहेका दल नै अहिले सत्ताको भागदौड सम्हालिरहेका छन्, प्रतिपक्षमा छन् । कुनै बेला लोकतन्त्रका लागि संघर्ष गरेका मुख्य दल नै अहिले विभिन्न बहानामा पटकपटक विवादको घेराउमा छन् । यसको मुख्य कारण राजनीति र लोकतन्त्र सहअस्तित्वमा रहनु चुनौतीपूर्ण रहेको राजनीतिक विश्लेषक तथा आइआइडिएस सेन्टर फर गोभरनेन्सकी निर्देशक डा. सुचेता प्याकुरेल बताउँछिन् । ‘लोकतन्त्रले सबै समान हुन् भन्छ भने राजनीति यसको उदयको कालदेखि नै पदक्रममा आधारित रहेको छ’,… पुरा पढौ

निराशाजनक विकास खर्चको जिम्मेवार को ? अर्थमन्त्री !

पोखरा । पछिल्लो ५ वर्षको तथ्याङ्क हेर्दा नेपालमा ७० प्रतिशतभन्दा बढी विकास खर्च हुन सकेको छैन । हरेक वर्ष सरकारले निश्चित विकास खर्च गर्ने लक्ष्य राखेको हुन्छ । तर, लक्ष्यअनुरूपको उपलब्धि भने कहिले भेटाउन सकेको देखिँदैन । अघिल्लो आर्थिक वर्षमा ६१.१७ प्रतिशत विकास बजेट खर्च भएको थियो । यो आर्थिक वर्षको पहिलो ६ महिना बितिसक्दा पनि विकास खर्च २१.४ प्रतिशतमा सीमित छ । सरकारले किन विकास गर्न सक्दैन ? यसको जिम्मेवार अर्थमन्त्री हुनुपर्दैन ? भन्ने प्रश्नमा अर्थमन्त्री भइसकेको एमाले उपाध्यक्ष… पुरा पढौ

नेपाल लिटरेचर फेस्टिभल : ‘लेखनमा सन्तुलित समीक्षा खै ?’

पोखरा । साहित्य क्षेत्रमा कलम चलाउने जमात ठुलो छ । प्रकाशित भइरहेका साहित्यिक रचनाका पुस्तक बजारमा सजिलै उपलब्ध छन् । तर, यी रचनाका पाठक भने निकै थोरै । यी रचनाले पाठकमाझ चर्चा कमाउन सकेका छैनन् । विशेषगरी युवामाझ अहिलेका लेखकले छाप छाड्न सकेका छैनन् । साहित्यले युवाको गुम्फन लेख्न नसकिरहेको सुनाउँछिन् लेखक बिना थिङ । ‘समकालीन युवाहरुको गुम्फनको कुराहरु लेख्नै सकिरहेको छैनौं । त्यो कुरालाई हामीले सम्बोधन नै गर्न सकेका छैनौँ,’ उनले भनिन् । त्यसैले पनि आफनो र बजारमा उपलब्ध… पुरा पढौ