समाचार

विद्यार्थीले देशको हितमा खोज गर्दै अघि बढ्नुपर्छ : उपराष्ट्रपति यादव

फागुन २ काठमाण्डौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले दक्षता, सीप र कौशलमा प्राज्ञ उत्कृष्टता हासिल गर्दै विद्यार्थीले समुदाय, समाज र देशको हितमा खोज गर्दै अघि बढ्नुपर्ने बताएका छन् । मुलुकको सुनौलो भविष्य निर्माण गर्न शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले उल्लेख गरे । वसन्त पञ्चमी तथा सरस्वती पूजाका अवसरमा आज नेपाल तराई विद्यार्थी नवजागरण सङ्घले पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा उपराष्ट्रपति यादवले नेपालको सन्दर्भमा इन्जिनियरिङ शिक्षाको महत्व र उपादेयता अझै बढी रहेको बताए । शिक्षासँगै अटल समर्पण, त्याग… पुरा पढौ

पोखरा कप विद्यालयस्तरीय क्रिकेट हुँदै, १२ विद्यालयको सहभागिता

पोखरा । पोखरामा पहिलो पटक विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिने भएको छ । बि–बग इभेन्टले पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको हो । फागुन ९ देखि १६ गतेसम्म पोखरा रंगशालाको खेल मैदानमा सञ्चालन प्रतियोगितामा पोखराका १२ विद्यालय सहभागी हुने प्रतियोगिता संयोजक उदीपराज ढुंगानाले जानकारी दिए । बुधबार प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विद्यालयस्तरमा क्रिकेटका गतिविधि शून्य भएकाले प्रतियोगिता आयोजना गरेको ढुंगानाको भनाइ थियो । ‘अहिले नेपालको राष्ट्रिय टिमले विभिन्न प्रतियोगिताहरु लगातार खेलिरहेको भएपनि विद्यालयस्तरमा क्रिकेट गतिविधिहरु शुन्यप्राय… पुरा पढौ

पोखरा म्याराथनलाई च्यारिटी रकम हस्तान्तरण तथा प्रायोजन सम्झौता

पोखरा । नेपाल भुतपुर्व खेलाडी मञ्चलाई च्यारिटी रकम हस्तान्तरण गरिएको छ । मञ्चको कार्यालय पोखरामा बुधबार पोखरा म्याराथनका लागि रकम हस्तान्तरण तथा छुट्टाछुट्टै प्रायोजन सम्झौता सम्पन्न भएको छ । तमु धि युके, डायमण्ड बुद्धिष्ट सेन्टर युकेले च्यारिटी रकम हस्तान्तरण गरेका हुन भने ब्रिटिश ग्रामर स्कुल पोखरा र टुडेज मिनरल वाटरबिच प्रायोजनको सम्झौता भएको हो । सहयोग अन्तरर्गत च्यारिटी रनबाट तमु धि युकेले तीन लाख रुपैयाँ प्रदान गरेको छ । यस्तै बुद्धिष्ट सेन्टरले भने एक लाख ३५ हजार दुई सय २४… पुरा पढौ

सरस्वती मन्दिर निर्माणमा नेपाल बैंकको आर्थिक सहयोग

पोखरा । पोखराको बगरस्थित पृथ्वीनारायण क्याम्पसमा निर्माण हुन लागेको सरस्वती मन्दिरका लागि नेपाल बैंक लि. ले आर्थिक सहयोग गरेको छ ।बुधबार बसन्त पञ्चमीको अवसरमा क्याम्पसमा आयोजित सरस्वती मूर्ति प्रतिष्ठा, रुद्राभिषेक एवं सरस्वती पुजाको कार्यक्रममा बैंकले संस्थागत उत्तरदायित्व अन्र्तगत आर्थिक सहयोग गरेको हो । देशकै अग्रणी शैक्षिक संस्था पृथ्वीनारायण क्याम्पसको हाताभित्र सरस्वती मन्दिर निर्माणार्थ ५ लाख रुपैयाँ मन्दिर निर्माण समितिलाई हस्तान्त्रण गरिएको नेपाल बैंक लि. बगर शाखाका प्रमुख विनोद सापकोटाले जानकारी दिए । उनले भने, ‘क्याम्पस परिसरमा विद्याकी देवी सरस्वतीको मन्दिर… पुरा पढौ

ग्याङफाइट छुट्याउन पुगेका शिक्षकको विद्यार्थीले मनाईदिए सरप्राइज बर्थ डे

पोखरा, फागुन २ माया जोसँगपनि हुनसक्छ । आमाबुबा र छोराछोरी बीच, दाजुभाई र दिदीबहिनीबीच, श्रीमान र श्रीमतीबीच अनि गर्लफ्रेण्ड र ब्वायफ्रेण्डबीच । उसो त माया गर्न रगतको साईनो नै चाहिँदैन । नत माया गर्नका लागि गर्लफ्रेण्ड र ब्वायफ्रेण्ड नै हुनुपर्छ । माया गुरु र चेलाबीचपनि हुनसक्छ । हो, यस्तै माया अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कुरा पोखरा–१६ बाटुलेचौरस्थित गण्डकी बोर्डिङ स्कुलमा कक्षा ११ र १२ मा अध्ययरत विद्यार्थी र अध्यापनरत शिक्षक अर्थात शिक्षक र विद्यार्थी बीचको हो ।… पुरा पढौ

जिल्ला समन्वय समिति कास्कीमा कार्यालयहरूको अर्धबार्षिक समिक्षा शुरु

पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीस्थित विभिन्न कार्यालयहरूको अर्धबार्षिक समिक्षा शुरु भएको छ । कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले शुभारम्भ गरेका हुन् । पौडेलले कास्कीका बिकास आयोजनाका सन्दर्भमा देखिएका समस्याको न्यूनीकरणमा ध्यान दिदै समस्या रहित आयोजना तथा कार्यालयहरू निर्माणका लागि नियमित कार्यतालिका अनुसार कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै कमिकमजोरी नहुने गरि कार्य सम्पादन गर्न आग्रह गरे । सबै कार्यालयहरूले मसिनो कार्यतालिका निर्माण गरेर तोकिएको लक्ष्य पूरा गर्न ध्यान केन्द्रित हुनुपर्ने उल्लेख गर्दै पौडेलले भ्रष्टाचार र… पुरा पढौ

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ९१ अङ्कले बढेर दुई हजार ७६ दशमलव ५० विन्दुमा कायम भएको हो । आज शेयर बजारमा रू चार अर्ब २५ करोड २७ लाख २२ हजार आठ सय ९५ बराबरको कारोबार भएको छ । तीन सय दुई कम्पनीको एक करोड २३ लाख ६३ हजार २७ कित्ता शेयर ७४ हजार छ सय ७५ पटक खरिदबिक्री भएको हो । बैंकिङ समूहको उपसूचक शून्य दशमलव १८,… पुरा पढौ

मदरल्याण्डमा सरस्वतीपूजाका साथ अक्षरारम्भ

पोखरा । विद्यार्थीहरूमा समयअनुसारका पर्वहरू मनाउन सिकाउने उद्देश्यका साथ पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयमा एक समारोहबिच बुधबार सरस्वतीपूजा तथा अक्षरारम्भ कार्यक्रम सम्पन्न भएको छ। विद्यालयमा अवस्थित विद्याकी अधिष्ठात्री सरस्वती माताको प्रतिमामा अबिर, पुष्पमाला, पुष्पगुच्छा, आरती आदिका साथ पूजाआराधाना गरी सम्पन्न गरिएको उक्त कार्यक्रममा कक्षा चार र पाँचका विद्यार्थीहरू विमर्श पराजुली, अनुराधा शर्मा, कृतिका पराजुली, मञ्जिला त्रिपाठी, ओमिषा गिरी, दस कश्यप र रोजी ढकालद्वारा सरस्वती स्तोत्र वाचन गरिएको थियो । श्वेत वस्त्र धारण गरेकी, गोरो वर्णकी, मुस्कुराइरहेकी, सवोत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित,… पुरा पढौ

प्रणय दिवसमा पर्यटकीय गाउँ घार्मीमा लभ वाईट संचालन

पोखरा । प्रणय दिवसको छेको पारी पर्यटकीय गाउँ घार्मीमा लभ वाईट रेष्ट्रो एण्ड कटेज संचालनमा आएको छ । दुई दशक खाडीका विभिन्न मुलुकमा रोजगारीका लागी विताएका स्थानिय युवा हिमलाल पौडेलले पोखरा १९ घार्मी डाँडामा उक्त रेष्ट्रो संचालनमा ल्याएका हुन ।विदेशमा सिकेको सीप आफ्नै गाउँमा लगाउने हेतुले व्यवसाय शुरु गरेको संचालक पौडेलले वताए । “जिवनको महत्वपुर्ण समय साउदी, कतार र ओमानमा विताए पौडेलले भने— “अव त्यहाँ सिकेको सिप यही लगाउँछु, विदेशमा निकै दुख गरियो, अब यही गर्ने हो ।“ आफ्नै एकल… पुरा पढौ

गायत्री आधारभुत विद्यालयको वार्षिकोत्सव सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं. १९ घार्मीमा रहेको गायत्री आधारभुत विद्यालयको ३९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले शैक्षिक गुणस्तर बढाउन शिक्षक, अभिभावक र विद्यार्थी विच शैक्षिक क्रियाकलापमा सम्वनय हुनुपर्नेमा जोड दिए । ग्रामिण क्षेत्रका विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले यसका विषयमा वडा शिक्षा समितिमा छलफल गरि आवश्यक तयारी गरिने बताए । शिक्षा महाशाखाका शिक्षा अधिकृत जीवन प्रसाद रेग्मीले विद्यालयले गरेका शैक्षिक गतिविधीलाई… पुरा पढौ