समाचार

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा गरिँदै

आज श्रीपञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ । सरस्वती विद्याकि र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ–आफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्छन् । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । देशभरकै… पुरा पढौ

सङ्क्रमणकालीन न्यायसम्बन्धी काम चाँडो टुङ्ग्याउनुपर्छः अध्यक्ष ओली

फागुन १ काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी काम चाँडो टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन् । मानवअधिकार रक्षकको चौथो राष्ट्रिय सम्मेलनलाई आज उद्घाटन गर्दै उनले पीडितलाई न्याय दिने गरी चाँडो सङ्क्रमणकालीन न्याय टुङ्ग्याउनुपर्ने बताए । सर्वोच्च अदालत र राष्ट्रिय मानवअधिकार आयोगले निर्देश गरेअनुसार सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्ग्याउनुपर्ने उनको भनाइ थियो । आफू प्रधानमन्त्री हुँदा नेपाल कम्युनिष्ट पार्टीका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफूले उक्त विधेयक शीघ्र टुङ्ग्याउन आग्रह गरेको बताए… पुरा पढौ

प्रधानमन्त्री प्रचण्डद्वारा ‘डिजिटल वक्तृत्वकला’ का विजेतालाई पुरस्कार वितरण

फागुन १ काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘डिजिटल वक्तृत्वकला’ प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेका छन् । जनयुद्ध दिवसका अवसर पारेर योङ कम्युनिष्ट लिगले आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेका हुन् । प्रतियोगितामा प्रथम हुनुभएकी आशा उपरकोटीले रु ५५ हजार, द्वितीय स्थान हासिल गर्न सफल सिलु क्षत्रीले रु ३५ हजार र तृतीय स्थान प्राप्त गरेकी सम्झना राईलाई रु २० हजार नगदसहित प्रधानमन्त्रीले सम्मान गरेका हुन् । रासस पुरा पढौ

भद्रकालीको वार्षिकोत्सवमा प्रभातफेरी

पोखरा । भद्रकाली माध्यमिक विद्यालयले ७२ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा मंगलबार प्रभातफेरी गरेको छ । पोखरा १३ स्थित विद्यालय परिसरबाट काँहुखोला, कञ्चनटोल, दुई कुलाको मुहान, बेसलाइन स्कुल, गौंडाकोमुख, चिसापानी हुँदै लगायतका क्षेत्रको परिक्रमा गर्दै विद्यालयमा पुगेर प्रभातफेरी सम्पन्न भएको थियो । २००८ मा स्थापित विद्यालयले बुधबार वसन्त पञ्चमीका दिन वार्षिकोत्सव मनाउन लागेको छ । वार्षिकोत्सवको तयारी पूरा भएको प्रध्यानाध्यापक यदुराज पंगेनीले जानकारी दिए । वार्षिकोत्सवको अवसर पारेर विद्यालयको नेपाल भारत मैत्री भवन उद्घाटन गरिने भएको छ । पूर्व प्राथमिकदेखि कक्षा १२… पुरा पढौ

पोखरामा सातौ विरेन स्मृति १७ औं ‘बिटी कप शुरु, उद्घाटन खेलमा मेनीमोर विजयी

फागुन १ पोखरा । पोखरामा बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा आजदेखि सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुंडिखेलमा आजदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलबाट मेनीमोर एफसीले विजयी सुरुवात गर्याे । बिटी क्लब हरियो र मेनीमोरबीच भएको खेल १–१ गोलको बराबरीमा निर्धारित समय सकिएपछि टाइब्रेकरमा मेनीमोरले ३–२ गोल अन्तरले पराजित गर्याे । यस्तै अर्काे खेलमा एलजिआरवाइसी काठमाडौंको टिमले एसटी लोटसलाई १–० गोल अन्तरले हराउँदै काठमाडौं दोस्रो चरणमा प्रवेश गर्याे… पुरा पढौ

गण्डकी प्रदेश आइस हक्की संघ गठन, ‘पूर्वाद्धार निर्माण गछौं’: अध्यक्ष पाठक

पोखरा  । गण्डकी प्रदेशमा आइस हक्की संघ गठन भएको छ । नेपाल आइस हक्की संघको संयोजनमा पोखरामा सम्पन्न एक भेलाले गण्डकी प्रदेश आइस हक्की संघ गठन गरेको हो । नवगठित संघको अध्यक्षमा विरेन्द्र पौडेललाई चयन गरिएको छ । त्यसै गरी उपाध्यक्षमा मनिष केसी, सचिवमा पूर्ण बहादुर गुरुङ, कोषाध्यक्षमा बिष्णु कार्की चयन भएका छन् । यसै गरी कार्यसमिति सदस्यमा शिव पौडेल, निपेन्द्र श्रेष्ठ, इश्वरी चापागाई र राजु गिरी रहेका छन् । भेलाले विभिन्न ६ जिल्लामा आइस हक्की खेलको प्रचार र प्रवर्द्धन… पुरा पढौ

काली गण्डकीमा सम्पन्न राष्ट्रिय र्‍याफटिङ च्याम्पियनसिपमा प्याडल नेपाललाई उपाधि

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पहिलो पटक काली गण्डकीमा सम्पन्न राष्ट्रिय  र्‍याफटिङ  च्याम्पियिनसिपमा प्याडल नेपाल ‘ए’ टिमले उपाधि जितेको छ । चार दिन सम्म चलेको प्रतियोगितामा प्याडल नेपालले ओभरअल तर्फ कुल ९७२ अंक प्राप्त गर्दै उपाधि हात पारेको हो । पोखरामा रहेको प्याडल नेपाललले प्रतियोगितामा सम्पन्न चार वटा छुट्टा छुट्टै इभेन्ट मध्ये स्प्रिन्टमा १००, हेड टु हेडमा २००, सालोलममा ३२२ र डाउन रिभरमा ३५० अंक बटुल्दै समग्रमा उपाधि जितेको प्रतियोगिताका संयोजक एवं प्रदेश खेलकुद परिषदका सदस्य बसन्तराज दवाडीले… पुरा पढौ

हुर्जामा यशकुमारीको स्मृतिसभा

फागुन १ पोखरा । मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकीले यश कुमारी जिसीको ३५ औं वार्षिक पुण्यतिथिमा स्मृति सभाको आयोजना गरी यशकुमारीको योगदानको चर्चा गरेको छ । साहित्यकार मदन भण्डारीले अदक्ष नेतृत्वका कारण राज्यमा सुधार र सुशासन ओझेलमा पर्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले महाकवि लक्ष्मीप्रसाद देवकोटाको कुशल नेतृत्वको दृष्टान्त दिँदै सबैलाई आफ्नो जिम्मेवारी बोध गर्नसमेत आग्रह गरे । संस्थाका निवर्तमान अध्यक्ष राजेश पराजुलीले यशकुमारीको परिवारले हुर्जाप्रति देखाएको विश्वासलाई कहिल्यै मर्न नदिने बताए । साथै उनले हुर्जाले १२ वर्ष अगाडि… पुरा पढौ

जिसस महासंघ गण्डकीको भेला १२ बुदे घोषणा जारी गर्दै सम्पन्न

पोखरा । जिल्ला समन्वय समिति महासंघ गण्डकीको प्रदेश भेला १२ बुदे घोषणा जारी गर्दै सम्पन्न भएको छ । भेलाले उक्त घोषणा जारी गर्दै जिल्ला समन्वय समितिको अनुगमन कार्यलाई प्रभाबकारी बनाउन दक्ष जनशक्ति सहित ल्याबको ब्यबस्था गर्न संघ र प्रदेश सरकारलाई माग गरेको छ । संबिधान संसोधन गरी गाउँ सभा र नगर सभाका सदस्यहरूको मतबाट जिल्ला समन्वय समिति निर्बाचित हुने ब्यबस्था गर्न, राष्ट्रिय सभाको निर्बाचनमा जिल्ला समन्वय समितिका प्रमुख र उप(प्रमुखहरूलाई मताधिकारको ब्यबस्था गर्न ,संघीय सरकारले बनाउने ऎन ,कानुन, कार्यविधिका सम्बन्धमा… पुरा पढौ

एसिसी महिला प्रिमियर लिगमा नेपालको कीर्तिमानी जित

काठमाडौँ । एसिसी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपालले माल्दिभ्समाथि कीर्तिमानी जित हासिल गरेको छ । नेपालले माल्दिभ्सलाई दुई सय १४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । यसमा नेपाली टोलीकी प्रमुख ब्याटर रुबिना क्षेत्रीको कीर्तिमानी शतक सामेल थियो । उनले अविजित एक सय १८ रन बनाइन् । मलेसियाको क्वालालम्पुरमा आज टस जितेर नेपालले पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा चार विकेट गुमाएर दुई सय २७ रन बनायो । दुई सय २९ रनको विजयी लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सको पारी… पुरा पढौ