समाचार

गण्डकी विश्वविद्यालयद्धारा विश्वका विभिन्न प्राज्ञिक संस्थासँग सम्बन्ध विस्तार

गण्डकी । स्थापनाको छोटो समयमा नै गण्डकी विश्वविद्यालयले विश्वका विभिन्न प्राज्ञिक संस्थासँग सम्बन्ध विस्तार गरेको छ । विश्वविद्यालयले विश्वव्यापी साझेदारीलाई बढावा दिन विश्वभरका २८ प्रतिष्ठित विश्वविद्यालय र संस्थासँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । विभिन्न १२ देशका सम्मानित संस्थाहरूसँग सहकार्य गरी विभिन्न परियोजनाहरू र शैक्षिक कार्यक्रमहरूको विकास गर्ने प्रतिबद्धता विश्वविद्यालयले गरेको विश्वविद्यालयका रजिष्ट्रार डा।कैलाश तिमिल्सिनाले राससलाई जानकारी दिए । अमेरिकाको क्यालिफोर्निया स्टेट युनिभर्सिटी, युनिभर्सिटी अफ सेन्ट्रल मिसौरी, र विलियम एण्ड मेरी तथा बेलायतको रोयल होलोवे, युनिभर्सिटीअफ लन्डनका साथै कोरियाको इन्हा विश्वविद्यालय… पुरा पढौ

राष्ट्रिय सभा सदस्यका लागि गण्डकीमा २२९ मत खस्यो, मत हाल्न आएनन् ढोरपाटनका मेयर नेपाली

पोखरा, माघ ११ राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा गण्डकीमा २२९ मत खसेको छ । गण्डकीमा कुल २३० मत रहेकोमा २२९ मत खसेको हो । गण्डकीबाट ३ सदस्य चयनका लागि पूर्वाह्न ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानका लागि तोकिएको समयसीमामा गण्डकी प्रदेश सभामा रहेका ६० जना नै सदस्यले मत हालेका छन् । त्यस्तै ८५ स्थानिय तहका १७० मतदाता रहेकोमा १६९ मत खसेको प्रदेश निर्वाचन कार्यालय गण्डकीले जनाएको छ । गण्डकीका ८४ स्थानिय तहका प्रमुख र ८५ वटा स्थानिय तहका उपप्रमुखले… पुरा पढौ

एउटै गाउँपालिकाबाट पछिल्लो नौ महिनामा ६८ परिवार बसाइँ सरे

बलेवा । बागलुङको एउटै गाउँपालिकाबाट पछिल्लो नौ महिनामा ६८ परिवार बसाइँ सरेका छन् । जिल्लाको काठेखोला गाउँपालिकाबाट नौ महिनाको अवधिमा ६८ परिवारका दुई सय ५२ जना बसाइँ सरेका हुन् । गाउँपालिकाले तयार गरेको तथ्याङ्कअनुसार गत वैशाखदेखि पुस मसान्तसम्म अन्य व्यक्तिगत घटनाकै हाराहारीमा बसाइँ सर्नेको तथ्याङ्क पाइएको हो । आठ वडा रहेको गाउँपालिकामा सबैभन्दा धेरै वडा नं ५ र ६ बिहुँबाट बसाइँ सरेर बाहिर गएको गाउँपालिका उपाध्यक्ष तेजबहादुर थापाले बताए। बिहुँबाट मात्रै नौ महिनामा २६ परिवारका एक सय पाँच जनाले गाउँ… पुरा पढौ

प्रधानमन्त्री कप क्रिकेट: मधेसद्वारा गण्डकीलाई ३३६ रनको लक्ष्य

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले गण्डकी प्रदेशलाई जितका लागि तीन सय ३६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै मधेसले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउदै तीन सय ३५ रन बनायो । मधेसका लागि अनिल साहले शतकीय पारी खेले । उनले एक सय २५ बल खेल्ने क्रममा ६ छक्का र ११ चौकासहित एक सय २७ रन बनाए । यस्तै अर्निको यादवले ३४ बलमा पाँच चौका र तीन छक्काको मद्दतमा अविजित… पुरा पढौ

चीनमा पान्डाको सङ्ख्या एक हजार ९०० को हाराहारीमा

चीनमा पान्डाको सङ्ख्या एक हजार ९०० को हाराहारीमा पुगेको राष्ट्रिय वन तथा घाँसे मैदान प्रशासनले बिहीबार जनाएको छ । सन् १९८० को दशकमा एक हजार १०० पान्डा रहेकोमा अहिले एक हजार ९०० को हाराहारीमा रहेको चिनियाँ प्रशासनले जनाएको छ । जाइन्ट पान्डा राष्ट्रिय निकुञ्जका कर्मचारी झाङ युले भने, “पान्डाको यो उल्लेखनीय वृद्धिको मुख्य कारण चीनको तीव्र सुरक्षा प्रयास हो ।” पान्डा संरक्षणका लागि अक्टोबर २०२१ मा जाइन्ट पान्डा राष्ट्रिय निकुञ्जको स्थापना गरिएको थियो । “निकुञ्जले २२ हजार वर्ग किलोमिटरभन्दा बढीको… पुरा पढौ

जापानमा मृत्युदण्डको पक्षमा कडा समर्थन, क्रुर बनाइएकोमा आलोचना

जापानमा मृत्युदण्डको कडा जनसमर्थन रहेको छ । मृत्युदण्डलाई गोप्य र ‘क्रूर’ तरिकाले गरिने गरिएको भन्दै यस विधिको भने चर्को आलोचना गर्ने गरिएको छ । जापानमा मृत्युदण्ड दिँदा अहिलेपछि झुण्डाएर दिने विधिलाई नै अपनाइने गरिएको छ । सन् २०१९ मा क्योटोको एनिमे स्टुडियोमा ३६ जनाको ज्यान जाने गरी भएको आगजनीको अभियोगमा शिन्जी आओबालाई मृत्युदण्डको सजाय सुनाइएको छ । सात औद्योगिक अर्थतन्त्रहरू भएका मुलुकको समूह ९जी–७० का दुई सदस्य जापान र संयुक्त राज्य अमेरिकाले मात्र मृत्युदण्डलाई कायम राखेका छन् । जापानमा सन्… पुरा पढौ

मुगुमा भाइरल ज्वरोः तीन जनाको मृत्यु

मुगु जिल्लाको सोरुगाँउपाली– ६ पुरुमुरु गाँउमा ‘भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्यु भएको छ । भाइरल ज्वरोले सोरुगाँउपालिका– ६ पुरुमुरु गाँउका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएको सोरुगाँउपालिका– ६ जिमा गाँउका कर्णजित बुमीले राससलाई बताए । जिल्लाका पुरुमुरु,जिमा,भिई,नार्थपु,सिप,ख्याल्च,वुम्च,लगायत गाउँका सर्वसाधारण भाइरल ज्वरोले पीडित भएका छन् । जिल्ला अस्पताल बिरामीले भरिएका छन् । गाँउभर बिरामी छन् तर स्थानीय सरकारबाट कुनै किसिमको सहयोग नभएको उनले गुनासो गरे । विपन्न वर्ग उपचारको अभावमा… पुरा पढौ

पोखराको सिल्भर प्लेट पार्टी प्यालेसमा चाँदीको थालमा खाना, थप मूल्य तिर्नु नपर्ने

पोखरा, माघ ११ पोखराको सिल्भर प्लेट पार्टी प्यालेसले चाँदीको थालमा खाना खुवाउने भएको छ । पोखरा–९ बास्तोलाथरमा हालैमात्र सञ्चालनमा आएको सिल्भर प्लेट पार्टी प्यालेसले आफ्ना ग्राहकहरुलाई चाँदीको थालमा चाँदीकै चम्चाले खाना खाने व्यवस्था गर्ने भएको हो । पोखराको व्यस्त चोक महेन्द्रपुलबाट थोरै तलपट्टी सामसुङ गल्लीको पूर्व पट्टी बास्तोलाथरमा ७ रोपनी क्षेत्रफलमा ४ करोड खर्चिएर गण्डकी प्रदेशका पूर्व प्रदेश सभा सदस्य दीपा रोका र पोखराका युवा व्यवसायी विकास श्रेष्ठले संयुक्त रुपमा सञ्चालनमा आएको सिल्भर प्लेटले शुभ कार्य गर्दा चोखो खाना खुवाउने… पुरा पढौ

मनाङको तापक्रम दैनिकरूपमा घट्दै,जनजीवन प्रभावित

मनाङ । हिमाली जिल्ला मनाङको तापक्रम दैनिकरूपमा घट्दै गएको छ । माघ लागेसँगै यहाँको तापक्रम घटेर माइनस २२ डिग्री पुगेको छ । दिउँसोको समयमा नै यहाँको तापक्रम माइनस १२ पुग्दछ । हिमपात कम भए पनि चिसो अत्यधिक बढेको छ । प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेका अनुसार मनाङमा माघ लागेसँगै तापक्रम घट्दै गएको हो । हिमपात कम भए पनि यहाँको तापक्रम मापन गर्दा अत्यन्त कम हुँदै गएको उनले बताए। जसका कारण यहाँको जनजीवन कष्टकर बन्दै गएको उनले बताए । प्रमुख जिल्ला… पुरा पढौ

राष्ट्रियसभा निर्वाचनः सातै प्रदेशमा मतदान जारी, परिणाम पनि आजै आउने

राष्ट्रियसभाको १९ सदस्यका लागि आज सात प्रदेशका सम्बन्धित राजधानीका तोकिएका मतदानस्थल र केन्द्रमा मतदान भइरहेको छ । निर्वाचन आयोगले आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदानका लागि समय निर्धारण गरेको छ भने मतदान सकिने बित्तिकै गणना प्रारम्भ गर्ने बताएको छ । आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीका अनुसार सातै प्रदेशमा मतदान भइरहेको छ । आजै परिणाम सार्वजनिक हुनेछ । राष्ट्रियसभा सदस्यका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले… पुरा पढौ