समाचार

टाइगर कप : पुरुषतर्फ गण्डकी र हेल्प नेपाल तथा महिलातर्फ एपिएफ र न्यू–डायमण्ड उपाधिका लागि भिड्ने

माघ ५ पोखरा । पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगिताको उपाधि भिडन्त शनिबार हुँदैछ । टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिताको उपाधिका लागि पुरुषतर्फ आयोजक गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोर्टस क्लव तथा महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लव र चन्द्रागिरी नगरपालिका न्यू–डायमण्ड एकेडेमी भिड्ने भएका छन् । प्रतियोगिता अन्तर्गत शुक्रबार भएको पुरुषतर्फको सेमीफाइनलमा आयोजक गण्डकीले सशस्त्र प्रहरीको एपिएफ क्लवलाई सोझो सेटमा पन्छाउँदै फाइनलमा स्थान सुरक्षित ग¥यो । त्यस्तै, अर्को सेमीफाइनलमा हेल्प नेपालले विदेशी टोली श्रीलंका… पुरा पढौ

पोखरा महोत्सवमा आज एलिना चौहान र मन्त्र ब्याण्ड गुञ्जिदै

पोखराको अमरसिंह खेल मैदानमा जारी बाह्र्रौँ संस्करणको पोखरा महोत्सवमा आज एलिना चौहान र मन्त्र व्याण्डले प्रस्तुती दिदैछन् । ‘युवाको जाँंगर राष्ट्र निर्माणको आधार’ भन्ने नारासहित युनाइटेड क्लव पोखराको आयोजनामापुस २६ गतेदेखि शुरु महोत्सवमा आज दिउँसो एलिना चौहान र साँझ मन्त्र व्याण्डले प्रस्तुती दिने क्लवका महासचिव दीनेश सुनारले जानकारी दिए । महोत्सवमा आज एलिनासंगै जीवन दाहाल, शिवहरी ढुंगाना, निश्चल दवाडी, सबिना गुरुङ, शान्ता बर्देवा, माधव चाँपागाई, कमला गैरे, बिनिता क्षेत्री, सुरेश भुर्तेल लगायतको प्रस्तुती रहने छभने सांझको लाइभ ब्याण्ड तर्फ मन्त्र… पुरा पढौ

राष्ट्रिय योग दिवसको सन्दर्भमा पोखरामा एक दिवसीय योग साधनाको आयोजना

पोखरा । नवौं राष्ट्रिय योग दिवस–२०८० अवसरमा पोखरामा एक दिवसीय योग साधना भएको छ । पातञ्जल योग समिति नेपाल, कास्कीले प्रदेश समिति तथा पोखरा नगर समितिको समन्वयमा सो योग साधना भएको हो।पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले योग स्वस्थ रहन अति आवश्यक भएको बताए । उनले सबैले योग गर्नुपर्ने बताउँदै हरेक दिन बिहान ५ देखि ७ बजेसम्मयोगका लागि उपयोगि हुने बताए । उक्त समयमा योग गर्न उपयुक्त भएकोले समय मिल्दैन भनेर बहाना गर्न उचित नहुने उनको भनाइ थियो ।नेपाल पत्रकार महासंघ… पुरा पढौ

सरकारको नेतृत्व गर्नेले आफुखुशी योजनालाई राष्ट्रिय गौरव बनाउँदा अलपत्र : पूर्व गर्भनर क्षेत्री

पोखरा । योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दिपेन्द्रबहादुर क्षेत्रीले सरकारको नेतृत्व गर्ने नेताहरुले आफुखुशी योजनाहरुलाई राष्ट्रिय गौरवको सूचीमा राख्दा अलपत्र पर्ने गरेको बताएका छन् । पोखरामा चेम्बर अफ कमर्स र रोटरी क्लब अफ गण्डकीले आयोजना गरेको आर्थिक रुपान्तरण तथा समसामयिक व्यवसायीक अवस्था सम्बन्धित अन्तरक्रिया कार्यक्रममा क्षेत्रीले यस्तो अभिव्यक्ति दिएका हुन् । राष्ट्रिय गौरवको योजना बनाउने निर्णय संविधान जारी हुने र राजनीतिक खिचातानी हुने समयमा यसको परिकल्पना भयो, पूर्व योजना उपाध्यक्ष क्षेत्रीले भने, ‘जुन बेला बन्द… पुरा पढौ

एमडिएमएस र टेरामक्ससम्बन्धी कागजात एक साताभित्र बुझाउन समितिको निर्देशन

माघ ४ काठमाण्डौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) र टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) सम्बन्धी कागजात बुझाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले सो सम्बन्धमा सुरुदेखि भएका नीतिगत निर्णय खरिद प्रक्रिया भुक्तानी र कार्यान्वयनको औचित्यलगायतका विषयका कागजात यथाशक्य चाँडो बुझाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो । सञ्चारमन्त्री रेखा शर्मा, सचिव रामकृष्ण सुवेदीलगायत अधिकारीसँगको छलफलपछि समितिले ती विषयमा भएका मन्त्रालयगत छानबिनको प्रतिवेदन र त्यससम्बन्धमा अदालतबाट भएका… पुरा पढौ

आसन्न निर्वाचनलाई ध्यानमा राख्दै शान्ति सुरक्षा चुस्त बनाउन कार्यवाहक प्रधानमन्त्री खड्काको निर्देशन

माघ ४ काठमाण्डौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले आज मुलुकको समग्र सुरक्षास्थितिबारे छलफल गरेका छन् । आज रक्षा मन्त्रालयमा भएको छलफलमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, निमित्त रक्षा सचिव, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशकसँग कार्यवाह प्रधानमन्त्री खड्काले मुलुकको सुरक्षास्थितिबारे छलफल गरेका हुन् । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री खड्कालाई सहभागी पदाधिकारीहरूले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सुरक्षा तयारी र देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी… पुरा पढौ

राष्ट्रियसभा सदस्य निर्वाचन : संविधानको रक्षाका लागि गठबन्धन

माघ४ तनहुँ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशबाट उम्मेदवारले मतदाता भेटघाटलाई तीव्र बनाएका छन् । गण्डकी प्रदेशअन्तर्गतका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष मतदाता रहने निर्वाचनका लागि उम्मेदवारहरुले मतदातासँग भेटघाट तीव्र बनाएका हुन् । हालसम्म नवलपुर, लमजुङ र गोरखामा मतदाता भेटघाट सकिएको छ भने आज तनहुँमा मतदातासँग भेटघाट एवं अन्तरक्रिया गरिएको छ । नेपाली काङ्ग्रेस तनहुँको कार्यालयमा आयोजित कार्यक्रममा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार किरणबाबु श्रेष्ठ, मनरुपा शर्मा र पदमबहादुर परियारले निर्वाचनमा जीत… पुरा पढौ

पोखरा म्याराथन तयारीबारे अन्तरक्रिया सम्पन्न

पोखरा । १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन तयारी बारेमा बिहिबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आइरहेको अन्तर्राष्ट्रिय म्याराथनलाई व्यवस्थित र प्रविधिमैत्री बनाउने उदेश्यका साथ विभिन्न संघ संस्थाहरुसँग अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा सहभागि संस्थाका प्रतिनिधिहरुले सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई भव्य र सभ्य बनाउनका लागि आर्थिक, भौतिक र नैतिक रुपमा साथ र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिले संघमा आबद्ध सदस्य उद्योगी तथा व्यापारिहरुको… पुरा पढौ

पोखरा महोत्सव : बद्री र सबिन राई एण्ड द फेरोहको प्रस्तुतीमा दर्शकले लिए भरपुर मनोरञ्जन

पोखरा । पोखराको अमरसिंह खेल मैदानमा जारी बाह्र्रौँ संस्करणको पोखरा महोत्सवमा चर्चित लोकदोहोरी गायक बद्री पंगेनीको प्रस्तुतीमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका छन् । ‘युवाको जाँंगर राष्ट्र निर्माणको आधार’ भन्ने नारासहित युनाइटेड क्लव पोखराको आयोजनामा गत बिहीबारदेखि शुरु भएको महोत्सवमा आज बद्रीले ‘धेरै धेरै बधाइ छ छाडिजानेलाई’, ‘पैसा सापटी’, ‘रातो गलबन्दी’, ‘झ्याउरेको तालैमा’, ‘चप्पलै छिनियो’, ‘ससुरालीमा’, ‘पञ्चेबाजा’, ‘कान्छि हे कान्छि’ लगायतको गित मार्फत दर्शकहरुलाई भरपुर मनोरन्जन दिलाएका थिए । आज बद्रीसंगै जीवन दाहाल, शिवहरी ढुंगाना, नेत्र खड्का, नवराज अधिकारी, टस गुरुङ,… पुरा पढौ

दुर्गा प्रसाईंलाई प्रशासनले पृथ्वीचोकमा कार्यक्रम गर्न दिएन

पोखरा, माघ ४ राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान लिएर देश दौडाहामा हिंडेका दुर्गा प्रसाईंलाई प्रशासनले पोखराको पृथ्वीचोकमा कार्यक्रम गर्न रोकेको छ । प्रसाईंले शुक्रबार पृथ्वीचोकमा कार्यक्रम गर्ने तयारी गरेका थिए । तर प्रशासनले सो क्षेत्रमा कार्यक्रम गर्न अनुमति नदिएको प्रसाईंले जानकारी दिए । पृथ्वीचोकमा कार्यक्रम गर्न नदिएपछि प्रसाईंले शु क्रबार पोखराको नयाबजारस्थित प्रदर्शनी केन्द्रमा गर्ने तयारी गरेको छ । ‘पृथ्वीचोकमा गर्न नदिनेपछि हामीले नयाबजारको प्रदर्शनी केन्द्रमा कार्यक्रम गर्ने तयारी गरेका छौं’–उनले भने । कार्यक्रमलाई राप्रपाले समर्थन गरेको… पुरा पढौ