समाचार

गण्डकीको बीउबिजन विधेयक समितिद्वारा पारित

गण्डकी प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिबाट गण्डकी प्रदेशमा बीउबिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रुपमा पारित भएको छ । गत भदौ १५ गते प्रदेशसभामा प्रस्तुत भएको सो विधेयकमाथि दफाबार छलफल गरेपछि परिमार्जनसहित पारित गरिएको समितिका सभापति फणीन्द्र देवकोटाले जानकारी दिए । “किसान, बीउबिजन व्यापारी, कृषि क्षेत्रका विज्ञदेखि सरोकार भएका सबै पक्षलाई समितिको बैठकमा बोलाएर विधेयकमाथि सघन हिसाबले छलफल ग¥र्यौं”, उनले भने, “विज्ञलगायतबाट प्राप्त सुझावका आधारमा आवश्यक परिमार्जनसहित विधेयक समितिबाट पारित भएको छ ।” सभापति देवकोटाले अबको हिउँदे अधिवेशनमा उक्त… पुरा पढौ

आजको मौसमः हल्का वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको प्रभाव आज देशभर बदली रहनुका साथै केही प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले कोशी, मधेस र बागमती प्रदेशमा साधारणतया बदली रही सुदूरश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशकोपहाडी भू–भागमा आंशिक बदली तथा देशका बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थान साथै लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा… पुरा पढौ

संसद्मा सशक्त भूमिका निर्वाह गर्न अध्यक्ष ओलीको निर्देशन

माघ २१ काठमाण्डौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संसद्मा सशक्त भूमिका निर्वाह गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । एमाले संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै उहाँले सांसदलाई संसद् र संसदीय समितिका बैठकमा सक्रियतापूर्वक भाग लिन र जनताका पक्षमा आवाज उठाउन निर्देशन दिए । अध्यक्ष ओलीले सांंसदलाई वैचारिक कुरामा पनि बढी स्पष्टताको आवश्यकता पर्ने र प्राविधिक कुरा सिक्नका लागि बैठक आवश्यक हुने बताए । यसैबीच, एमाले सचेतक महेश बर्तौलाले दुई दिनसम्म चलेको बैठकले चारवटा निर्णय गरेको बताए ।… पुरा पढौ

उपनिर्वाचनका सम्बन्धमा उपप्रधानमन्त्री खड्कासँग निर्वाचन आयोगको छलफल

माघ २१ काठमाण्डौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले रिक्त रहेका विभिन्न २५ पदमा हुने उपनिर्वाचनका सम्बन्धमा आज उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छलफल गरेका छन् । प्रमुख निर्वाचन आयुक्त थपलियाले आज सिंहदरबारस्थित रक्षामन्त्रालयमा उपप्रधानमन्त्री खड्कासँग हालै सम्पन्न राष्ट्रियसभा निर्वाचन र अब गर्नुपर्ने उपनिर्वाचनका विषयमा छलफल गरेका हुन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य र रक्त स्थानिय तहको उपनिर्वाचनका लागि आयोगले सरकारसँग परामर्श गर्ने संवैधानिक व्यवस्था छ । आयोगले यसअघि आगामी वैशाखभित्र उपनिर्वाचन गर्न सक्ने भन्दै सरकारलाई सुझाव दिइसकेको छ ।… पुरा पढौ

भोलिदेखि संसद्को अधिवेशन : यी हुन् सम्भावित कार्यसूची

माघ २१ काठमाण्डौं । सङ्घीय संसद्को तेस्रो अधिवेशन यही माघ २२ गते सोमबारदेखि प्रारम्भ हुँदैछ । बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । यसैगरी बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने सङ्घीय सचिवालयले जनाएको छ । सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने छन् । बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन गर्नुहुने… पुरा पढौ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय रूपमै सूचारु गर्न माग

माघ २१ पोखरा । ‘ऋण जाल चाहिँदैन, पोखरा मास्न पाइँदैन’ आइतवार पोखरा सभागृह अगाडि यो नारा व्यापक रुपमा गुञ्जाइयो । नारासँगै ¥यालीमा सहभागीले बोकेका प्लेकार्डमा लेखिएको थियो, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालन गर, वी.आर.आइ. ऋणलाई अनुदानमा परिणत गर, विमानस्थल निर्माणमा भएको भ्रष्टाचार छानविन गर । यो सबै कुराको जाँचोपाँजो राष्ट्रिय एकता अभियान पोखराले मिलाएको थियो । यसरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नाम मात्रको अन्तर्राष्ट्रिय भएको भन्दै अभियानले पहिलोपटक पोखरामा दबाब ¥याली निकालेको हो । पोखराको सभागृहबाट शुरु भएको ¥याली पृथ्वीचोकमा पुगेर… पुरा पढौ

उद्योग तथा व्यवसायी महासंघ गण्डकीको अध्यक्षमा बबरजङ्ग गुरुङ, सचिवमा यमनाथ

पोखरा, माघ २१ उद्योग तथा व्यवसायी महासंघ गण्डकीको अध्यक्षमा बबरजङ्ग गुरुङ (कास्की) चयन भएका छन् । महासंघ गण्डकीको शनिबार सम्पन्न प्रथम अधिवेशनले नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीका पूर्व अध्यक्ष रहेका गुरुङको अध्यक्षतामा २३ सदस्यीय नया कार्य समिति चयन गरेको हो । महासंघको उपाध्यक्ष द्वयमा ईश्वरबहादुर विष्ट (तनहुँ) र भवनराज बराल (बागलुङ)लाई चयन गरेको छ भने सचिवमा यमनाथ पौडेल (कास्की) र कोषाध्यक्षमा पार्वती पाण्डे (कास्की) लाई निर्विरोध निर्वाचित गरेको छ । महासंघको उपसचिवहरुमा काशी गुरुङ (कास्की), नारायण शर्मा (म्याग्दी),… पुरा पढौ

पोखरास्थित ग्लोवल कलिजियटको २८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

पोखरा । पोखराको रानीपौवास्थित ग्लोवल कलिजियट स्कूलको २८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस शनिबार सम्पन्न भएको छ । सो अवसरमा मानव सेवा आश्रमलाई एक लाख रुपैयाँ सहयोग, शिक्षाविद् पवित्रमणि पौड्याललाई कार्यक्रममा सम्मान गरिएको थियो । यस्तै, शिक्षकहरु अशोक ओझा, नेपाल प्रसाद अधिकारी, नारायण प्रसाद सापकोटा, नारायण प्रसाद शर्मा, रविनाथ पन्त, विश्वशान्ति कुँवर थापा, वीरेन्द्रजंग गुरुङ, कर्मचारीहरु मोतीलाल तिमिल्सिना, कल्पना पन्त र आनन्दीदेवी रानाभाटलाई सम्मान गरिएको थियो । कार्यक्रममा गत वर्षको परीक्षामा प्रथम, द्वितीय र तृतीय हुन सफल विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको… पुरा पढौ

तनहुँको कृषि पर्यटन मार्गमा कालोपत्र

तनहुँ । जिल्लाका तीन पालिका जोड्ने लोचाडाँडा कृषि पर्यटन मार्गमा कालोपत्र गरिएको छ । व्यास नगरपालिका–५ मानुङकोट, म्याग्दे गाउँपालिका–१ धारादी र भीमाद नगरपालिका जोड्ने उक्त मार्गमा कालोपत्र गरिएको हो । व्यास नगरपालिका र म्याग्दे गाउँपालिकाको सिमाना रहेको यो मार्ग भीमाद नगरपालिका क्षेत्रमा जोडिएको छ ।गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत कृषि पर्यटनका लागि सो मार्ग निर्माण गरिएको हो । उक्त मार्गको करिब २२ किलोमिटरअन्तर्गत एक हजार तीन सय मिटर कालोपत्र र दुईसय मिटर सडक ढलान गरिएको पूर्वाधार… पुरा पढौ

सङ्ग्राहलय बनाउन पर्वतमा राष्ट्रिय मगर महोत्सव आयोजना गरिने

पर्वत । मगर समुदायको संस्कृति, परम्परा र भेषभुषाको संरक्षणका लागि सङ्ग्राहलय निर्माण गर्ने उद्देश्यले पर्वतमा राष्ट्रिय मगर महोत्सव आयोजना गरिने भएको छ । आगामी फागुन १५ गतेदेखि २६ गतेसम्म मगर महोत्सव आयोजना गरिने भएको हो । पर्वतमा सामाजिक गतिविधिमा सक्रिय मगर समुदायको साझा संस्था पुन युवा क्लबले ४२औँ मगर दिवसका अवसरमा तेस्रोपटक मगर महोत्सव गर्न लागिएको हो । ‘कला संस्कृतिको सम्वद्र्धनमा ऐक्यबद्धता, खेल, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धनमा मुख्य प्रतिबद्धता’ भन्ने मूल नाराका साथ सञ्चालन गर्न लागिएको महोत्सवमा अन्तरपालिका भलिबल… पुरा पढौ