समाचार

जनताका पक्षमा काम गर्न कार्यकर्तालाई कांग्रेस नेता सिंहको निर्देशन

लेखनाथ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताका पक्षमा इमान्दार भएर काम गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस कास्कीका कार्यकर्तासँग आज पोखरामा भएको भेटमा उनले केही समययता राजनीतिक परिस्थिति फेरिएकाले जनताले काम र राजनीतिक पारदर्शीकता खोजिरहेका बताएका हुन्। “राजनीाितक इमान्दारिता आजको आवश्यकता हो । जनताले पनि पारदर्शी रुपमा काम गर्ने नेता र पार्टीलाई विश्वास गर्छन् । निष्ठाको राजनीति गर्न कठिन भए पनि राजनीतिक दलहरु जनता केन्द्रित हुनुको विकल्प छैन”, नेता सिंहले भने, “विसं २०१७ मा निष्ठाको राजनीति गरेकाले बिपी, गणेशमान र… पुरा पढौ

नारायणगढ–मुग्लिन सडक आज र भोलि दिउँसो खुला रहने

भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्डमा आज र भोलि दिउँसो पनि यातायात सेवा खुला गरिने भएको छ । देवघाटधाममा लाग्ने माघेसङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै दिउँसो यातायात सेवा यथावत सञ्चालन गर्ने निर्णय भएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी तथा इञ्जिनियर कृष्ण आचार्यले जानकारी दिए। यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो । यस सडकखण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएकाले दिउँसोको समयमा सडक बन्द गरेर काम गरिएको हो ।… पुरा पढौ

थासाङको ताल र गुुफा प्रदेशकै नयाँ प्रर्यटकिय गन्तब्य

म्याग्दी । उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफाहरु मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताल, दामोदरकुुण्ड मुस्ताङका परिचिति धार्मिक र पर्यटकीय स्थल हुुन्। सन् २०२३ मा एक लाख ९० हजार जना विदेशी पर्यटकले भ्रमण गरेको मुुस्ताङमा अन्य थुुप्रै ओझेलमा परेका पर्यटकीय सम्भावनायुक्त स्थल छन् । स्थलमार्गबाट मुुस्ताङ जिल्ला भित्रने प्रवेश बिन्दुुमा रहेको थासाङ गाउँपालिका ओझेलमा परेका पर्यटकीय स्थलको पहिचान, पूूर्वाधार निर्माण र प्रर्वद्धनमा जुुटेको छ । संस्कृति, पर्यटन तथा… पुरा पढौ

प्याङ्खोलामा अस्तायो सञ्जिताको जीवन,घाइतेहरुको पोखरामा उपचार हुदै

बलेवा । सञ्जिता अधिकारी आगामी माघ ६ गते बेलायत फर्किने तयारीमा थिए । बिहे भएको दुई वर्षसम्म पनि उनले आफ्नो पुर्ख्यौली कर्मघर देखेका थिएनन् थिएन । बिदामा नेपाल आएका बेला सञ्जिता श्रीमान् जन्मेको थलो टेक्न चाहन्थे । दुर्भाग्य सञ्जिताले श्रीमान्को जन्मथलो त टेके । तर त्यो बाटो अब कहिल्यै फर्किने छैनन् । शनिबार बागलुङको ढोरपाटन नगरपालिका–५ प्याङ्खोलामा भएको जीप दुर्घटनामा चन्द्रागिरि नगरपालिका-५ काठमाडौँकी २८ वर्षीया सञ्जिताले ज्यान गुमाए । दुर्घटनामा उनको परिवारका सबै सदस्य घाइते भएका छन् । ढोरपाटन नगरपालिका(४… पुरा पढौ

गण्डकीमा विषयगत समिति सक्रिय: विधेयकमाथि सघन छलफल

गण्डकी । गण्डकी प्रदेश सरकारले गत बर्खे अधिवेशनमा ल्याएका दुई विधेयक प्रदेशसभाको विषयगत समितिमा दफाबार छलफलका क्रममा छन् । प्रदेश मामिला तथा कानुन समितिमा आमसञ्चार र सामाजिक विकास तथा कृषि समितिमा बीउबिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल भइरहेको छ । प्रदेशसभामा सैद्धान्तिक छलफलपछि दुवै विधेयकलाई दफाबार छलफलका विषयगत समितिमा पठाइएको छ । सामाजिक विकास तथा कृषि समितिका सभापति फणिन्द्र देवकोटाले विधेयकमाथि सघन बहस र छलफल भइरहेको बताए । “विधेयकमाथि प्रक्रियासम्मत ढङ्गबाट विषयगत समितिमा छलफल भइरहेको छ”, उनले भने, “कानुन… पुरा पढौ

धार्चेका गर्भवतीगर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा

गोरखा । उत्तरी गोरखाको विकट धार्चे गाउँपालिकामा गर्भवतीका लागि गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गर्न थालिएको छ । गाउँपालिकाले सुरु गरेको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमअन्तर्गत पालिकाभित्रका सम्पूर्ण गर्भवतीका लागि भिडियो एक्सरे सेवा उपलब्ध गराउन सुरु गरिएको हो । गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले गर्भवती तथा गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाको जाँच गर्न जिल्ला अस्पताल तथा अन्य स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिकाले गाउँमै ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रम कार्यान्व्यन गरी भिडियो एक्सरेको घुम्ती सेवा सञ्चालन गरिरहेको बताए । कार्यक्रमबाट चालु आर्थिक वर्षको… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय भलिबलको उपाधि बौदीकालीलाई

कास्की । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को बौदीकाली गाउँपालिकाले कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको ‘दोस्रो माछापच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका भलिबल’ प्रतियोगिताको उपाधि जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा बागलुङको गलकोट नगरपालिकालाई ३–१ सेटले हराउँदै बौदीकाली च्याम्पियन बनेको हो । उपाधिसँगै उसले रु तीन लाख पुरस्कार प्राप्त ग¥यो । उपविजेता गलकोटलाई रु दुई लाख प्रदान गरिएको छ । खेलको पहिलो सेट गलकोटले २१–२५ अङ्कले जित्यो । त्यसपछिका तीन सेट बौदाकालीले आफ्नो पक्षमा पार्न सफल भयो । दोस्रो सेट बौदीकालीले… पुरा पढौ

सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र रोटरी डिस्ट्रीक ३२९२ बिच प्रायोजकको सम्झौता

पोखरा । नेपाल भुतपुर्व खेलाडी मञ्चले आयोजना गर्दै आइरहेको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र सामाजिक संस्था रोटरी डिस्ट्रीक ३२९२ बिच प्रायोजकको सम्झौता भएको छ । आगामी फागुन पाँच गते १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनबाट ३ वर्षका लागि हरेक वर्ष दुई लाख रुपैयाँ प्रदान गर्दै सह–प्रायोजकको रुपमा रहने दुई पक्ष बिच पोखरामा सम्झौता भएको हो । मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन सँग जोडिएकोमा धन्यवाद ज्ञापन गरे । उनले रोटरी सामाजिक संस्था भएको र सामाजिक संस्था… पुरा पढौ

पोखरा महोत्सव आज समिक्षा अधिकारीको प्रस्तुती रहने

पोखरा । पोखराको अमरसिंह मैदानमा जारी पोखरा महोत्सव आज चौंथो दिनपनि सञ्चालन हुँदै छ । ‘युवाको जाँंगर राष्ट्र निर्माणको आधार’ भन्ने नारासहित युनाइटेड क्लव पोखराको आयोजनामा गत बिहीबारदेखि शुरु भएको आज चौंथो दिनमा प्रवेश गरेको हो । महोत्सवमा आज समिक्षा अधिकारी, राजु गुरुङ, जिवन दाहाल, चोलेन्द्र पौडेल, घनश्याम रिजाल, शिवहरी ढुंगाना, कृष्ण सुवेदी, कृष्ण भट्टराई, प्रशान्त तामाङ, पार्वती जिसी, मधु थापा मगर, नविना सुवेदी लगायतको प्रस्तुती रहने छ । यस्तै सांझको लाइभब्याण्डमा रकहेड्सको प्रस्तुती रहने महोत्सव प्रचार प्रसार संयोजक दिनेश… पुरा पढौ

पोखराको महेन्द्रपुलमा चक्कु प्रहारबाट एक घाइते

पुस २८ पोखरा । पोखराको महेन्द्रपुलमा चक्कु प्रहारबाट एक जना घाइते भएका छन् । महेन्द्रपुलस्थित मोबाइल टावर अघि एक युवाले चक्कु प्रहार घाइते उनलाई उपचारका लागि मेडिप्लस हस्पिटलमा लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । शनिबार महेन्द्रपुलस्थित मोबाइल प्रोमोटरहरुको बनभोज कार्यक्रममा सामान्य विवाद भएपछि उनले चक्कु प्रहार गरेको स्रोतले जानकारी दियो । चक्कु प्रहारबाट घाइतेको उनको काँध र ढाड बिचको भागमा चोट लागेको जनाइएको छ । चक्कु प्रहार गर्ने र घाइते दुबैको विवरण खुल्न बाँकी छ । पुरा पढौ