समाचार

योमाखार र पेल्माखार संग सम्बन्धित मगर समुदायकोे माघेसक्राति र पुतली नाँच

परिचय सौर्य तिथिका हिसाबले माघ महिनाको पहिलो दिन सूर्य मकरराशीमा प्रवेश गर्दछ । यो दिन पृथ्वीको उत्तरी गोलाद्र्धमा वर्षभरिको सबैभन्दा छोटो दिन, लामो रात र न्यून तापक्रम हुन्छ । माघेसक्रातिकै दिनदेखि सूर्यले मकर राशीबाट उत्तर कर्कट राशीतर्फको यात्रा प्रारम्भ गर्ने भएकाले दिन लामो, रात छोटो र तापक्रम बृद्धि हुँदै जान्छ । त्यसकारण सूर्य उत्तरायणको समयावधि अर्थात माघेसक्रातिदेखि साउनेसक्रातिसम्मको अवधिलाई उँभेउली वा गर्मी याम भनिन्छ । उँभेउलीको प्रारम्भमा प्राचीनकालदेखि संसारभरका मानव समाजमा कुनै न कुनै उत्सव वा चाडवाड मनाउने चलनको विकास… पुरा पढौ

सामुदायिक विद्यालयका विद्यार्थीका परिवारको निःशुल्क स्वास्थ्य बीमा

वालिङ । स्याङ्जाको चापाकोट नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गएकाले अभिभावक र विद्यार्थीलाई आकर्षित गर्न निःशुल्क स्वास्थ्य बीमाको अवधारणा अघि बढाइएको हो । चापाकोट नगरपालिकाका नगर प्रमुख देवबहादुर खाणले १४औँ नगरसभाले पालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत गरिब, अतिविपन्न तथा जेहेन्दार विद्यार्थीका परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने प्रस्ताव अनुमोदन गरेको जानकारी दिए । आफ्ना बालबालिकालाई पढाउन बजार जाने वा सुविधा भएका ठूला सहर जाने प्रवृत्तिका कारण… पुरा पढौ

गोरखाका किसानलाई फलफूलको बेर्नामा अनुदान

गोरखा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्व्यन एकाइ गोरखाले किसानलाई सुन्तला जातका फलफूलको बेर्नामा अनुदान उपलब्ध गराएको छ । परियोजनाअन्तर्गत किसानलाई रु १७ लाख ८० हजार रकम उपलब्ध गराइएको हो । फलफूलको उत्पादन वृद्धिमा सहयोग पु¥याउने उद्देश्यसहित परियोजनाले फलफूलका बेर्नामा अनुदान उपलब्ध गराएको परियोजना कार्यालय गोरखाकी प्रमुख वरिष्ठ कृषि अधिकृत पूर्ण ढुङ्गानाले जानकारी दिए । “किसानलाई फलफूल खेतीतर्फ आकर्षित गर्दै उत्पादन बढाउने परियोजनाको उद्देश्य छ”, उनले भने, “सोहीअनुरुप व्यावसायिक रुपमा सुन्तला जातका फलफूलको खेती गर्ने किसानलाई बेर्नामा अनुदान उपलब्ध… पुरा पढौ

पोखराको ढुंगेसाँघु मेलामा दर्शक तथा भक्तजनको घुईंचो

पोखराको ढुंगेसाँघुमा आज मेला लागिरहेको छ । धार्मिक तथा ऐतिहासिक ढुंगेसाँघु मेलामा विहानैदेखि दर्शक खचाखच छन् । पोखरा–१७, महतगौँडा सितापाइलास्थित ढुंगेसाँघु मेलामा भक्तजन तथा मेला हेर्नेको घुईंचो लागेको हो ।मेलामा पोखरा बजार लगायत आसपासका क्षेत्रबाट समेत भक्तजन मेला हेर्न पुग्ने गर्दछन् । मेलामा कुटो, कोदालो, हसिया, नाम्लो, डोरी, दाम्लो लगायतका घरेलु सामानकोे किनमेल हुने गर्दछ। दिनभर खेलकुदलगायत भजन कीर्तनको साँस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम हुँदैछन् । कास्की, स्याङजा, पर्वत, वागलुङ, तनहुँ लगायतका क्षेत्रबाट हजारौंको संख्यामा भक्तजन माघे संक्रान्तिको यो मेलामा सहभागि हुन… पुरा पढौ

चौथो टाइगर कप आजदेखि, उद्घाटन खेलमा गण्डकी र पुलिस भिड्दै

चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’ आजदेखि शुरु हुँदैछ । पोखरा रंगशालामा हुने खेलको तयारी पुरा भएको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन खेलमा आज गण्डकी प्रदेश र नेपाल पुलिस क्लव भिड्दै छन् । प्रतियोगितामा पहिलो पटक दुई विदेशी क्लव र केही सहभागि टिमहरुमा विदेशी खेलाडीहरु समेत सम्मिलित भए पछि चौथो टाइगर कप रोचक हुने भएको टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले जनाएका छन् । खेलकुद विकास… पुरा पढौ

पोखरा महोत्सवमा आज तरुल र सखरखण्डले दर्शकलाई स्वागत गरिदै, साँझमा र्यापर लाहुरेको प्रस्तुती

पोखरा महोत्सव आज पाचौं दिन जारी छ । अमरसिंहचौरमा जारी महोत्सवमा आज माघ १ गते सखरखण्ड र तरुलले दर्शकलाई स्वागत गरिने आयोजकले जनाएको छ ।सोमबारदेखि पोखरा महोत्सवमा विद्यालय स्तरिय लोक नृत्य प्रतियोगिता हुने भएको छ । १७ टिमको प्रतिष्पर्धा रहने उक्त प्रतियोगितामा माघ १ गते बेसलाइन एकेडेमी, बाल मन्दिर मावि, अमरसिंह एन र कालिका मावि विच प्रतिस्पर्धा रहने छ ।त्यसैगरी माघ ३ गते मेट्रोपोलिन, सेन्ट मेरिज, सरस्वती र बालकल्याण बिच प्रतिस्पर्धा रहने छ । त्यस्तै माघ ५ गते मेरिगोल्ड, ज्ञानगंगा,… पुरा पढौ

सहमति नजुटेपछि नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकीको अधिवेशन स्थगित

पोखरा । नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशको नयाँ नेतृत्वका लागि आंकाक्षीहरुविच सहमती हुन नसकेपछि अधिवेशन स्थगित भएको छ । यही पौष २७ गतेदेखि पोखरामा जारी संगठनको प्रहिलो प्रदेश अधिवेशमा संगठन कास्कीका जिल्ला अध्यक्ष रोमहर्षण पौडेल र वर्तमान कार्यवाहक अध्यक्ष हरिबहादुर लामिछानेविच सर्वसम्मत चयन हुन नसक्दा अधिवेशन स्थगित भएको हो । श्रोतका अनुसार संगठनको आगामी नेतृत्व सर्वसम्मतको प्रयासमा चयन गर्ने भन्दै यही माघ ६ गतेसम्मका लागि स्थगित गरिएको छ ।अध्यक्षको दौडमा रहेका कास्की जिल्ला समितिका वहालवाला अध्यक्ष पौडेल कोरोना कालमा… पुरा पढौ

मार्फा थकाली भाषाको शब्दकोष र व्याकरण लोकार्पण

पुस २९ पोखरा । मार्फा थकाली भाषाको शब्दकोष र व्याकरण पोखरामा आइतबार लोकार्पण गरिएको छ । पोखरामा आयोजित कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुरसहित त्रिवि भाषा विज्ञान विभाग प्रमुख प्राडा बलराम प्रसाईं, मार्फा थकाली समाज सेवा सदनका अध्यक्ष चन्द्र पन्नाचन, पूर्व अध्यक्ष नरेन्द्रमान लालचन, मार्फा थकाली मातृभाषा संरक्षण उपसमिति संयोजक वीरेन्द्रकुमार हिराचनले संयुक्तरुपमा लोकार्पण गरे । मुस्ताङको मार्फा गाउँ (हाल घरपजोङ गाउँपालिका) मा बोलिने मूल मार्फा थकाली भाषा संकटमा पर्दै गएपछि संरक्षणका लागि समिति नै गठन गरी शब्दहरु संकलन… पुरा पढौ

फरक क्षमताको क्षेत्रमा क्रियाशिल राजभण्डारीलाई स्वर्गीय शान्तबहादुर कोइराला स्मृति राष्ट्रिय सम्मान

पुस २९ पोखरा । फरक क्षमता भएका व्यक्तिको हक–अधिकारको लागि क्रियाशिल यशोदा राजभण्डारी स्वर्गीय शान्तबहादुर कोइराला स्मृति अक्षयकोषद्वारा स्थापित राष्ट्रिय सम्मानबाट सम्मानित भएकी छन् । बागलुङमा जन्मेर फरक क्षमताको हकको लागि निरन्तर क्रियाशिल भएबापत् पुरस्कारको संचालक कोइराला सेवा समाज पोखराले उनलाई सम्मानित गरेको हो । सम्मानमा नगद ५५ हजार ५५५ रुपैयाँ पनि समावेश रहेको छ । कोइराला सेवा समाजका अध्यक्ष देवदत्त कोइरालाको संयोजकत्व तथा शिक्षासेवी गेहेन्द्रेश्वर कोइराला र दाताका तर्फबाट संजिवबहादुर कोइराला रहेको सम्मानित व्यक्तित्व छनोट समितिले राजभण्डारीलाई सम्मानित गर्ने… पुरा पढौ

वार्षिक ५० हजार रुपैयाँसहित व्यक्ति वा संस्थालाई सम्मान गर्ने प्रेस क्लब गण्डकीको घोषणा

पुस २९ पोखरा । प्रेस क्लब गण्डकी प्रदेशको दोस्रो साधारणसभा शनिबार सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ को रिंजे नाशा होमस्टेमा सम्पन्न साधारणसभाको उद्घाटन प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले उद्घाटन गरे । उनले कार्यक्रममा बोल्दै पत्रकारहरुले सत्य र तथ्यमा आधारित रहेर सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । उनले सानो कमजोरीले ठुलो समस्या उत्पन्न हुने भन्दै सहि र तथ्यमा आधारित समाचारले समाज परिवर्तनमा भुमिका खेल्ने बताए । अहिले सञ्चार कानुन निर्माणको तयारी भैरहेको बताउदै पत्रकारमैत्री बनाउन आफनो तर्फबाट… पुरा पढौ