समाचार

कालीगण्डकी र म्याग्दी नदी किनारका सिमसार क्षेत्र नासिँदै

गलेश्वर । अत्यधिक नदी दोहन, सडक विस्तार, जनसङ्ख्या वृद्धिसँगै अव्यवस्थित बसोबास र विकास निर्माणले कालीगण्डकी र म्याग्दी नदी किनारको सिमसार क्षेत्र मासिँदै जान थालेको छ । वातावरणीय मूल्याङ्कनविना नै जथाभावी खनिएका सडक, सिमसारका जग्गा अतिक्रमण, जलवायु परिवर्तन र बढ्दो औद्योगिकीकरणले सिमसार क्षेत्र सुक्खा र उजाड बन्दै गएको सरोकारवालाले बताएका छन् । सिमसार क्षेत्र मासिन थालेपछि त्यहाँ आहारा नपाएर रैथाने जातका चरा, जलचर प्राणी र स्थानीय जातका वनस्पति तथा आनुवांशिक स्रोतसमेत हराउन थालेको डिभिजन वन कार्यालय जनाएको छ । सिमसारको दिगो… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप फागुन १० गतेबाट, स¥यो मिति

पोखरा । गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्ड प्रतियोगिता फागुन १० देखि १२ गते सम्म हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव एवं उक्त प्रतियोगिता समन्वय समितिका संयोजक श्रीधर शर्माको अध्यक्षतामा आइतबार सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । यस अघि गत कार्तिक १५ गतेको बैठकले प्रतियोगिता यहि पौष २६ देखि २८ गते सम्म गर्ने निर्णय गरेको थियो । प्राविधिक कारणले केही जिल्लास्तरीय प्रतियोगिताहरु पूर्व निर्धारित समयमा हुन नसकेका कारण प्रतियोगिता आयोजनाको मिति सारीएको सदस्य सचिव शर्माले… पुरा पढौ

पोखराबेसि बहुउद्देश्यीय सहकारीमा दोहोरीए: नारायण पहारी

पोखरा । पोखरा महानगर पालिका वडा नं २, बागलुङ बसपार्क मा अवस्थित पोखराबेसि बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा नारायण पहारी पुन चयन भएका छन । सहकारीको शनिबार सम्मपन्न दोस्रो निर्वाचन सहितको पाचौं बार्षिक साधारण सभाले आगामि चार बर्षे कार्यकालका लागि पहारीलाई सर्वसम्र्मत अध्यक्षमा चयन गरेको हो । तेसै गरि संस्थाको उपाध्यक्षमा दयाल गिरी, सचिब कमल तिमिल्सीना, ससचिब शक्ति प्रधानाङ, कोषाअध्यक्ष सनोज पहारी, सदस्य तिलाबति अधिकारी कोइराला र महेन्द्र पुन चयन भएका हुन । नौ सदस्यीय कार्यसमितिमा दुई सदस्य संचालक समितिले चयन… पुरा पढौ

निमित्त प्रमुखकाभरमा लमजुङका सरकारी कार्यालय

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत यस पहाडी जिल्लामा आधादर्जन बढी सरकारी कार्यालय निमित्त प्रमुखका भरमा सञ्चालन हुँदै आएको छ । कार्यालय प्रमुख नहुँदा विगत लामो समयदेखि जिल्ला कारागार, डिभिजन वन कार्यालय, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पूर्वाधार विकास कार्यालय, जलस्रोत तथा डिभिजन कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र जिल्ला मालपोत कार्यालय निमित्त प्रमुखकाभरमा चल्दै आएको हो । यहाँ तीन वर्षभन्दा बढीदेखि सरकारले दरबन्दीअनुसारका कर्मचारी नपठाउँदा कार्यालय प्रमुख पद रिक्त हुँदै आएकाले कार्यसम्पादन र सेवा प्रवाहको स्तर सुधारमा समस्या हुने… पुरा पढौ

बिक्रेताले नलगेपछि गोदाममै थन्कियो ७१ मेट्रिक टन मल

नवलपरासी । हिउँदेबाली लगाउनका लागि ल्याइएको मललाई बिक्रेताले नलगेपछि गोदाममै थन्किएको छ । पश्चिम नवलपरासीको कृषि सामग्री कम्पनी लिमिटेड, नवलपरासीले हिउँदे बालीका लागि ल्याएको मल जिल्लास्थित बिक्रेता संस्था (सहकारी) ले नलगेपछि गोदाममा थन्किएको जनाएको छ । जिल्लाका नौ बिक्रेता संस्थाले युरिया र डिएपी मल नलगेकाले गोदाममा ७१ मेट्रिक टनभन्दा बढी थन्किएको लिमिटेडका प्रमुख नरहरि पोखरेलले जानकारी दिए । उनका अनुसार हिउँदे बाली गँहु, तोरी, मसुरो तथा उखुका लागि ल्याइएको मल थन्किएको हो । “धेरैपटक पत्राचार गर्दा पनि सहकारी संस्थाले मल… पुरा पढौ

प्रहरीमा आर्थिक अपराध हेर्ने छुट्टै ब्यूरो स्थापनाको तयारी भैरहेको छ : महानिरीक्षक कुँवर

गण्डकी । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले मुलुकमा बैंकिङ कसूर र वित्तीय अपराधनका घटनामा उल्लेख्य वृद्धि भएको जनाउँदै त्यस्ता घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीमा छुट्टै ब्यूरो स्थापना गर्न लागिएको बताएका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा आज आयोजित प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले आर्थिक अपराधसँग सम्बन्धित कसुरको अनुसन्धान गर्न विशिष्टिकृत ब्यूरो स्थापनाका लागि गृहकार्य अगाडि बढाइएको जानकारी दिए । “पछिल्लो समय बैंकिङ कसूर र वित्तीय अपराधका घटना उल्लेख्य रुपमा बढेका छन् । गण्डकी प्रदेशमा मात्र गत वर्षको… पुरा पढौ

रोटरी क्लब अफ गण्डकीको आयोजनामा छोरेपाटनमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

पोखराः रोटरी क्लब अफ गण्डकीले आयोजना गरेको निशुलक स्वास्थ्य शिविरमा ३ सय १२ जनाले सेवा लिएका छन् ।रोटरी क्लब अफ गण्डकीले शनिबार पोखरा महानगरपालिका–१७ छोरेपाटनमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ३ सय १२ जनाले स्वास्थ्य जाँच गराएका हुन् । निशुल्क स्वास्थ्य शिविरमा नेपाल आयुवेद औषधी व्यवसायी संघ कास्की र लाईफकेयर डाइनोस्टिक एण्ड रिसर्च सेन्टर प्रा.लिले प्राविधिक सहयोग गरेका थिए । क्लबका अध्यक्ष किसान सुनारले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्धेश्यले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको बताए ।‘रोटरी क्लबले सामाजिक उत्तरदायित्वमा रहेर… पुरा पढौ

शिवालय माविको ६३ औँ वार्षिकोत्सव सम्पन्न

पोखरा । कास्कीको रूपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविको ६३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनपति ओझाको अध्यक्षतामा भएको मूल समारोहमा रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले शिवालयले आफ्नो मात्र नभई सिङ्गो गाउँपालिकाकै गरिमा बढाएको भन्दै प्रशंसा गरे । उनले अब विद्यालयहरूका वार्षिकोत्सवलाई व्यवस्थित गर्नका लागि कार्यविधि नै बनाएर लागू गर्ने तयारीमा आफू लागेको जानकारीसमेत दिए । गाउँपालिकाकी उपाध्यक्ष लालसुब्बा गुरुङले शिवालयलाई आफूले रूपाको नमुना विद्यालयका रूपमा हेर्ने गरेको बताइन् । वडा नम्बर २ का… पुरा पढौ

कास्की वचत संघमा शेरबहादुर

गण्डकी । कास्की वचत तथा ऋण सहकारी संघ लिमिटेडको अध्यक्षमा शेरबहादुर कार्की चयन भएका छन् । संघको २३ औ साधारण सभाले ११ सदस्यीय सञ्चालक समिति र लेखा समिति निर्विरोध निर्वाचित गरेको हो । संघको उपाध्यक्षमा इश्वरप्रसाद सुवेदी,सचिव मिनराज तिमिल्सिना, कोषाध्यक्ष केशवशरण पौडेल राष्ट्रिय प्रतिनिधि बर्षाकेशवर पराजुली र सदस्यहरुमा किरण अधिकारी, दिपकराज घिमिरे, जानकी अधिकारी, मेनका पौडेल, बृन्दा सुवेदी, र कल्पना श्रेष्ठ निर्वाचित भएका हुन् । साधारण सभाले केशवप्रसाद ढकालको संयोजकत्वमा कृष्णप्रसाद पोखरेल र किसान परियार सदस्य रहेको लेखा सुपरिवेक्षण समिति… पुरा पढौ

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्तागठबन्धनमा यसरी भयो सिट बाँडफाँट

काठमाडौँ । राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि सत्तारुढ गठबन्धनले सिट बाँडफाँट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको सत्तारुढ गठबन्धनको बैठकले संयुक्तरुपमा उम्मेदवारी दिने निर्णय गरेको बैठकमा सहभागी नेपाली कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । उनका अनुसार नेपाली कांग्रेसले १०, नेकपा (माओवादी केन्द्र)ले छ, नेकपा (एकीकृत समाजवादी)ले दुई र जनता समाजवादी पार्टी नेपालले एक सिटमा उम्मेदवारी दिने गरी सहमति भएको छ । बाँकी रहेको एक सिटमा भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने व्यवस्था छ । उक्त निर्णय… पुरा पढौ