पोखरा, पुस २१ श्रीपती समाज सेवा पुरस्कारबाट पोखराको विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भएको छ । पोखराको श्रीपती कोइराला गुठीद्वारा सञ्चालित श्रीपती समाज सेवा पुरस्कार–२०८० बाट पोखरा महानगरपालिका वडा नम्बर–२ स्थित विन्ध्यबासिनी मन्दिरको विकाससँगै मानवीय सेवामासमेत समर्पित विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भएको हो । श्रीपती कोईराला गुठीको ३१ औं साधारण सभाको अवसर पारेर समितिलाई पुरस्कार अर्पण गरिएको हो । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गुठीका अध्यक्ष फडिन्द्रराज कोईरालालगायतले विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ…
पुरा पढौ