समाचार

दुई करोड लागतमा म्याग्देमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माण

तनहुँको म्याग्दे गाउँपालिकामा फोहरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । म्याग्देका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरेले संयुक्त रुपमा उक्त केन्द्र शुभारम्भ गरेका थिए । स्थानीय तहहरुलाई फोहरमैला व्यवस्थापनमा सकस हुँदै आएकाले फोहरमैला व्यवस्थापन केन्द्र निर्माणपछि केही सहज हुने गाउँपालिकाले जनाएको छ । अध्यक्ष श्रेष्ठले भने, “अधिकांश स्थानीय तह त्यसमाथि पनि सहरीकरणको गतिमा बढेको पालिकालाई फोहरमैला व्यवस्थापनमा चुनौती हुँदै आएको थियो । डम्पिङ साइड सञ्चालनमा आएपछि फोहरमैला व्यवस्थापन धेरै हदसम्म सहज हुन्छ । गाउँपालिकाको बजार क्षेत्रमा सङ्कलन हुने कुहिने… पुरा पढौ

ऋण खोजेर उपचार गर्दै हात्तीपीडित घाइते

मेचीनगर–११ कालिका टोलकी ४२ वर्षीया सङ्गीता निरौला गहिरो निन्द्रामा थिए । ‘हात्तीले घरमा आक्रमण गर्यो भाग् भाग्’ भनेर गाउँलेले चर्को आवाजले चिच्याएको सुनेपछि ब्युँझिएर पति मेघनाथ निरौलालाई डो¥याउँदै उनी कोठाबाट बाहिर निस्कए । कोठाबाट आँगन छिचोल्न नपाउँदै निरौला दम्पतीलाई जङ्गली हात्तीले आक्रमण ग¥यो । सङ्गीताका पति मेघनाथ दुईवटै आँखा देख्नुहुन्न । हात्तीले दुवैलाई सुँढले बेरेर पछार्यो । भुइँमा ढलेका दम्पती बेहोस भए । हात्ती हिँडेपछि गाउँलेले नजिकको मेची आम्दा अस्पतालमा उपचारका लागि पुर्याए । “आत्तिएर भाग्ने क्रममा थियौँ, अगाडि हात्ती… पुरा पढौ

गण्डकी सरकारले बाँढ्यो मनाङ र मुस्ताङका किसानलाई १९ वटा याक

पोखरा, पुस १७ गण्डकी प्रदेश सरकारले याक तथा चौरी पालक किसानलाई १९ वटा उन्नत प्रकारको याक वितरण गरेको छ । गण्डकी प्रदेश सरकार, भूमि व्यवस्था तथा कृषि मन्त्रालय अन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशले मनाङ र मुस्ताङका किसानहरुलाई १९ वटा याक वितरण गरेको हो । गण्डकी सरकारले किसानलाई उन्नत याक वितरण गरेको यो पहिलो पटक हो । याकको नश्ल तथा जातीय सुधारका लागि निर्देशनालयले मनाङमा ९ वटा र मुस्ताङमा १० वटा याक वितरण गरेको निर्देशनालयका प्राविधिक अधिकृत सुरेश… पुरा पढौ

जापानमा विमान ठोक्किँदा पाँच जनाको मृत्यु, चालकदलका सदस्यसहित ३ सय ७९ जनाको सकुशल उद्दार

जापानका यातायातमन्त्रीले मङ्गलबार टोक्योको हानेदा विमानस्थलमा जापान एयरलाइन्सको विमान धावनमार्गमा ठोक्किँदा तट रक्षकको विमानमा सवार पाँच जनाको मृत्यु भएको बताएका छन् । “तट रक्षकको विमानका बारेमा कप्तान भागेको र पाँच जनाको मृत्यु भएको पुष्टि भएको हामीलाई जानकारी गराइएको छ”, मन्त्री तेत्सुओ साइतोले पत्रकारहरूसँग भने जापान एयरलाइन्सको विमान धावनमार्गमा तट रक्षकको विमानसँग ठोक्किएपछि आगलागी भएको मिडिया रिपोर्टले जनाएको छ । प्रसारक एनएचकेमा तस्बिरहरूमा विमानको तल पछाडि सुन्तला रङको आगोको विस्फोट हुनुअघि विमान धावनमार्गमा अगाडि बढिरहेको देखाइएको छ । एनएचकेका अनुसार एयरबस… पुरा पढौ

भाषा परीक्षा विवाद सम्बन्धमा कोरियाली राजदूतसँग छलफल

पुस १७ काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाका सम्बन्धमा सरकारले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेइयोङसँग छलफल गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी र नेपालका लािग कोरियाका राजदूत पार्कबीच आज मन्त्रालयमा उक्त विषयमा छलफल भएको हो । छलफलमा नेपाली टोलीले उक्त घटनाका सम्बन्धमा कोरियाली पक्षलाई जानकारी गराएको थियो । सो क्रममा पानी जहाज बनाउने (सीप बिल्डिङ)का लागि नेपाली… पुरा पढौ

वैदेशिक लगानी सहजीकरणका लागि सरकार तयार छ : मन्त्री साउद

पुस १७ काठमाण्डौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले वैदेशिक लगानीलाई सहजीकरणका लागि सरकार तयार रहेको बताएका छन् । क्यानडा–नेपाल चेम्बर अफ कमर्श र क्यानेडिन हिन्दू चेम्बर अफ कमर्शको संयुक्त प्रतिनिधिमण्डलसँगको अन्तरक्रियाका क्रममा उनले आगामी अप्रिलमा आयोजना हुन गइरहेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनबारे पनि चर्चा गरे । मन्त्री साउदले भने, “वैदेशिक लगानीलाई सहजीकरण गर्ने विषयमा नेपाल सरकारले कुनै कसर बाँकी राख्दैन ।” सो अवसरमा क्यानडा र नेपालबीचको व्यापार तथा लगानी सम्बन्धका बारेमा छलफल भएको थियो । क्यानेडिन हिन्दू चेम्बर अफ कमर्शका अध्यक्ष… पुरा पढौ

युवा रेडक्रस सर्कल छोरेपाटन माविको रक्तदानमा ३७ युनिट संकलन

पुस १७ पोखरा । छोरेपाटन मा.वि. युवा रेडक्रस सर्कलको आयोजनामा विद्यालयको ४५ औं वार्षिकोत्सब तथा अभिभावक दिवसको अबसरमा मंगलबार विहान भएको रक्तदान कार्यक्रममा ३७ युनिट रगत संकलन भएको छ । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १७ की अध्यक्ष राधिका शाही योगीले पहिलो रक्तदाता खिमराज आचार्यलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्दै रक्तदान जस्तो अत्यन्तै राम्रो कार्य नियमित रुपमा हरेक क्षेत्रमा गर्नुपर्ने आवश्यकता रहेको बताइन् । कार्यक्रम छोरेपाटन मा.वि. व्यवस्थापन समितिका अध्यक्ष बद्रिनाथ पहारी, विद्यालयका प्रधानाध्यापक तथा संरक्षक… पुरा पढौ

पोखरामा गत आर्थिक वर्षमा ७ जना गर्भवती महिलाको मृत्यु

पुस १७ पोखरा । पोखरा महानगरपालिकामा गत आर्थिक वर्ष २०७९/८० मा ७ जना गर्भवती महिलाको मृत्यु भएको छ । विभिन्न कारणले गर्भवती महिलाको मृत्यु हुुने गरेको पोखरा महानरपालिका स्वास्थ्य महाशाखाका नर्सिङ निरिक्षक सविना श्रेष्ठले जानकारी दिइन् । उनका अनुसार कास्की जिल्लामा १३ जना गर्भवती महिलाको मृत्यु भए र ती मध्य ७ जना पोखरा महानगरका भएको बताइन् । उनका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को साउन यता दुई जना गर्भवती महिलाका मृत्यु भएको छ । उनले दिएको जानकारी अनुसार पोखरा –८… पुरा पढौ

पोखरामा रोटरी युथ लिडरसिप अवार्डको (राइला) तयारी तीव्र

पुस १७ पोखरा । पोखरामा रोटरी डिस्ट्रिक ३२९२ ले आयोजना गर्ने रोटरी युथ लिडरसिप अवार्ड (राइला) कार्यक्रमको तयारी तिब्र पारिएको छ । आगामी पुष २६ देखि २९ गतेसम्म पोखराको लेवाडेमा हुने रोटरी युथ लिडरसिप अवार्ड (राइला) कार्यक्रमको तयारी व्यापक बनाइएको राइलाका चियर राजेन्द्र लिगलले जानकारी दिए । उनका अनुसार सो कार्यक्रममा १६–२० वर्ष उमेर समूहका ५० जना युवाको सहभागिता रहने छ । ‘रोटरी डिस्ट्रिक ३२९२ को आयोजनामा रोटरी युथ लिडरसिप अवार्ड (राइला) हामीले प्रत्येक वर्ष विभिन्न स्थामा आयोजना गर्दै आएका… पुरा पढौ

प्रथम प्रादेशिक कृषि यान्त्रीकीकरण प्रदर्शनी–२०८० पुस २० गतेदेखि पोखरामा हुने

पोखरा, पुस १७ प्रथम प्रादेशिक कृषि यान्त्रीकीकरण प्रदर्शनी–२०८० पोखरामा हुने भएको छ । नेपाल कृषि मेसिनरी व्यवसायी संघ, गण्डकी प्रदेश कृषि विकास निर्देशनालय, पोखरा महानगरपालिका, नेपाल सरकार कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकीकरण प्रवद्र्धन केन्द्रको संयुक्त आयोजनामा पोखरामा पुस २० गतेदेखि प्रथम प्रादेशिक कृषि यान्त्रीकीकरण प्रदर्शनी–२०८० हुन लागेको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । पुस २२ गतेसम्म हुने प्रदर्शनी पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा हुने जनाइएको छ । संघको आयोजनामा यसअघि पाचौं श्रृङ्खलासम्म राष्ट्रिय कृषि यान्त्रीकीकरण प्रदर्शनी भइसकेका… पुरा पढौ