समाचार

चन्द्रसूर्य टोल विकास संस्थाको अध्यक्षमा–लालु

गण्डकी । पोखरा महानगरपालिका वडा नं. १७ स्थित चन्द्र सूर्य टोल विकास संस्थाको चौथो साधारण सभा एवम् तेश्रो अधिवेशनले लालुप्रसाद उपाध्याय(पौडेल) को अध्यक्षतामा ११ सदस्यी नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ । समितिको उपाध्यक्ष कमलप्रसाद आचार्य, सचिव प्रेम रेग्मी, कोषाध्यक्ष आशा भण्डारी, सह–कोषाध्यक्षमा कालिप्रसाद देवकोटा र सदस्यहरुमा गायत्री अर्याल, पार्वती ढुङ्गाना,बलराम सापकोटा,संगीता प्रधान र सरास्वती न्यौपाने चयन भएका हुन् । पोखरा महानगरपालिका वडा नं. १७ का वडासदस्य विक्रम गुरुङले अधिवेशनको उद्घाटन गर्दै वडाको दक्षिण मागमा रहेको यस वस्तिमा खानेपानी,… पुरा पढौ

पीएनमा आयोजित फुटबलमा छात्रतर्फ बिबिएस (बि) र छात्रातर्फ बिएएलएलबी प्रथम

पोखरा, पुस १५ पृथ्वीनारायण (पीएन) क्याम्पसको विद्यार्थी कल्याण तथ खेलकुद शाखाको संयोजनमा आयोजित अन्तरसंकाय खेलकुद प्रतियोगिता आइतबार सकिएको छ । अन्तरसंकाय खेलकुद प्रतियोगिताका संयोजक तथा क्याम्पस विद्यार्थी कल्याण प्रमुख बोधराज ढकालका अनुसार पाँचदिनसम्म चलेको प्रतियोगितामा पाँचकिलोमिटरको सडक दौड, छात्र क्रिकेट, भलिबल, बास्केटबल र फुटबलका खेलहरु भएका थिए । प्रतियोगिताम सेभेन ए साइड छात्रा फुटबलमा बिएएलएलबी प्रथम र बिबिए टिम दोस्रो भएको थियो । त्यस्तै छात्र फुटबलतर्फ बिबिएस ‘बि’ टिम प्रथम र बिबिएस ‘ए’ टिम दोस्रो भएको थियो । त्यस्तै छात्रा… पुरा पढौ

सन् २०२३ मा प्रेस स्वतन्त्रता हननसम्बन्धी ५८ घटना दर्ता

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा सन् २०२३ सन्तोषजनक नरहेको जनाएको छ । महासङ्घद्वारा आज जारी एक विज्ञप्तिमा यस वर्ष प्रेस स्वतन्त्रता हननसम्बन्धी ५८ घटना अभिलेख भएको उल्लेख छ । “विगतका वर्ष मा जस्तै यसवर्ष पनि प्रेस स्वतन्त्रता हननका विभिन्न घटना नेपाल पत्रकार महासङ्घको प्रेस स्वतन्त्रता अनुगमन इकाइमा अभिलेख भएका छन् । यसवर्ष पत्रकारको पेशागत असुरक्षा मुख्य चुनौतिको विषय बनेको छ”, विज्ञप्तिमा भनिएको छ महासङ्घका अनुसार सन् २०२३ मा अघिल्लो वर्ष सन् २०२२ को तुलनामा प्रेस… पुरा पढौ

स्वास्थ्य बीमा गरेकाले उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले अब उपचारमा लाग्ने १० प्रतिशत रकम (सहभुक्तानी)बीमित बिरामीलाई तिराउने भएको छ । बोर्डले स्वास्थ्य बीमा कार्यक्रममा सहभुक्तानी प्रणाली लागू गर्ने कार्यविधि, २०८० ल्याएर स्वास्थ्य सेवा उपभोग गर्दा तोकिएको सेवाका लागि लाग्ने खर्चको १० प्रतिशत रकम सेवा उपभोग गर्ने व्यक्तिले तिर्नुपर्ने बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले जानकारी दिए । यसअघि बोर्डमा आबद्ध भएकाले कुनै रकम तिर्नु पर्दैनथ्यो । बीमितलाई रु एक लाख बराबरको उपचार खर्च बीमा बोर्डले व्यहोर्ने गर्दछ । उनले अनावश्यक स्वास्थ्य परीक्षणलाई कम गराउन… पुरा पढौ

फस्ट तेक्वान्दो पोखरा ओपन ईन्भेटेश्नल च्याम्पियसिप पोखरामा जारी

पोखरा । पोखरामा पहिलो पटक आयोजना गरिएको खुल्ला आमन्त्रित पोखरा तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता जारी रहेको छ । अञ्जुली आईटिएफ तेक्वान्दो दोजाङको आयोजना तथा अञ्जुली माध्यमिक विद्यालयको सहआयोजनामा हिजोदेखि सुरु भएको प्रतियोगितामा लम्जुङ ,कास्की , तनहुँ , स्याङजा ,बाग्लुङ , पर्वत , म्याग्दी लगाएतका १८ ओटा दोजाङ सहित करिव ३ सय खेलाडीहरु सहभागि रहेको कार्यक्रम संयोजक तथा नेपाल आईटिएफ तेक्वान्दो संघ गण्डकी प्रदेशका सदस्य विशाल बुढामगरले जानकारी दिएका छन् । उनका अनुसार २६ ओटा बिधा मध्ये अहिलेसम्म ११ बिधा सम्पन्न भैसकेका… पुरा पढौ

कास्की र नवलपुरमा बन्ने औद्योगिक क्षेत्रको वातावरणीय अध्ययन सुरु

गण्डकी । कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलामा बन्ने औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए)को काम सुरु भएको छ । गण्डकी प्रदेश सरकारले छ वर्षअघि निर्माण घोषणा गरेका ती आयोजनाको वातावरणीय अध्ययनका लागि परामर्शदाता कम्पनी गौमुखी इन्जिनियरिङले जिम्मा पाएको हो । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उद्योग–वाणिज्य महाशाखाका प्रमुख रामप्रसाद आचार्यले दुई साताअघि सम्झौता भई परामर्शदाता कम्पनीले अध्ययनको काम सुरु गरेको जानकारी दिए । “एक महिनाभित्र क्षेत्र निर्धारण र कार्यसूची तय गर्ने, दुई महिनाभित्रमा प्रारम्भिक प्रतिवेदन र पाँच महिनाभित्रमा… पुरा पढौ

बन्दीपुरको चुनपहरामा चट्टान आरोहण गर्नेको संख्या बढ्दै

तनहुँ । बन्दीपुर गाउँपालिका–४ बिमलनगरस्थित चुनपहरा चट्टान आरोहणका लागि पर्यटकहरुको रोजाइमा पर्न थालेको छ । कुनै बेलामा बाँदर कुद्ने भीरमा अहिले पर्यटकहरु चट्टान आरोहणका लागि आउने गरेका छन् । यसबाट यस आम्दानी पनि हुन थालेको छ । उक्त पहरामा विसं २०६० देखि चट्टान आरोहण सुरु भएको हो । पहरामा एक सय ६० वटा फलामे नटबोल्ट गाडिएका छन् । त्यही नटबोल्टमा झुण्डिएर आरोहीले चट्टान आरोहण गर्छन । आन्तरिक एवं बाह्य पर्यटक गरी हालसम्म एक लाखभन्दा बढीले चट्टान आरोहण गरिसकेको बिमलनगर सिद्धगुफा… पुरा पढौ

बागलुङका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार,उपभोक्ता खुसि

ढोरपाटन । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले जिल्लाका दुर्गम गाउँमा विद्युत् प्रसारण लाइन विस्तार थालेको छ । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारदेखि अधिकारीचौरसम्म लाइन विस्तार गरी गत माघदेखि विद्युत् सेवा सुरु गरे पनि बोबाङ हुँदै ढोरपाटनसम्म प्रसारण लाइन विस्तार हुन सकेको थिएन । अहिले बोबाङ, फल्लेखर हुँदै ढोरपाटन देउरालीसम्म पोल गाड्ने र तार टाग्ने काम भइ रहेको छ । तमानखोलामा पनि गत वर्षदेखिनै पोल गाड्न थालिए पनि अहिलेसम्म बिजुली बलेको छैन । अहिले तार विस्तार गर्ने कार्य भइरहेको छ… पुरा पढौ

कालीगण्डकी करिडोर: नागढुङ्गा–काभ्रे खण्डको काम सुरु

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गादेखि काभ्रे खण्डमा चार वर्षपछि सडक निर्माण पुनः प्रारम्भ भएको छ । विसं २०७६ चैतमा कोरोना महामारी फैलिएपछि रोकिएको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गादेखि वडा नम्बर ३ को काभ्रे खण्डमा सडक निर्माणको काम यसै महिनादेखि सुरु भएको हो । नागढुङ्गा–काभ्रे खण्डको सडक विस्तार र कालोपत्रका लागि सञ्चालित योजनाका ठेकेदार चार वर्षपछि काममा फर्किएका अन्नपूर्ण गाउँपालिका–३ का वडाध्यक्ष रमेश पुर्जाले राससलाई जानकारी दिए । उनले भने, “लामो समयको प्रतीक्षापछि ठेकेदार काममा… पुरा पढौ

आज तमु ल्होसार, पोखरा लगाएत गुरुङ समुदायको बाहुल्यता भएको स्थानमा धुमधामका साथ मनाउदै

गण्डकी । आज तमु ल्होसार ,पोखरा लगाएत देशैभरीका गुरुङ समुदायहरुले धुमधामका साथ मनाउदै छन् । यसै अवसरमा गण्डकी प्रदेशप्रमुख पृथ्वीमान गुरुङले राष्ट्रिय एकता कायम गर्न धर्म संस्कृतिको महत्वपूर्ण भूमिका हुने बताएका छन्। तमु (गुरुङ) समुदायको चाड ‘तमु ल्होसार’का अवसरमा आज शुुभकामना दिँदै उनले यस्ता पर्वले नेपाली समाजमा सद्भावना बढाउने, आफ्नो धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्नुका साथै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत गर्ने बताए । गुरुङ समुदायले हर्षका साथ पुरानो वर्षलाई बिदाइ र नयाँवर्षलाई स्वागत… पुरा पढौ