समाचार

लेखनाथ महोत्सवमा कवि लेखनाथको सम्झना

पुस १५ पोखरा । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ पुष ५ गतेबाट लेखनाथमा शुरु भएको १९ औं संस्करणको लेखनाथ महोत्सवमा आईतबार कवि लेखनाथको समझनामा विशेष कार्यक्रमको आयोजना गरियो । कवि लेखनाथ पौड्यालको १४०औं जन्मजयन्तीको अवसरमा महोत्सवस्थलमा निर्माण गरिएको थ्रि डि आर्ट सहितको जन्मघरमा कविको प्रतिमामा माल्यार्पण सहित उनका रचनाहरुको विषयमा चर्चा परिचर्चा गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष एव महोत्सवका मुल संयोजक विनोद श्रेष्ठले कविका कृति र रचनाहरुका… पुरा पढौ

मर्दी पदयात्रामा गएका विदेशी पर्यटक बेपत्ता

पुस १५ पोखरा । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल पदमार्गमा गएका एक विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् । पदयात्राका क्रममा स्विडेनका नागरिक २० वर्षीय मिचल लिउ ब्लोम्बर्ग शनिबार बिहानदेखि सम्पर्कविहीन भएपछि खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पदमार्गको हाई क्याम्पबाट मर्दी आधार शिविरतर्फ जान शनिबार बिहान ४ बजे होटलबाट उठेर गएका मिचल त्यसपछि नफर्किएको जानकारी आएपछि खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । मिचल एक्लै… पुरा पढौ

वीपिनको रिहाइका लागि प्रयासरत छौँ : परराष्ट्रमन्त्री साउद

पुस १५ कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका वीपिन जोशीको सकुशल रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताएका छन् । आज महेन्द्रनगरमा सामुदायिक रेडियो शुक्लाफाँटा एफएमको १७औँ वार्षिकोत्सवका अवसरमा मन्त्री साउदले सरकारले जोशीको रिहाइका लागि शाक्ति राष्ट्रहरुसँग निरन्तर पहल गरिरहेको बताए । “इजरायल सरकारसँग पनि वीपिनको रिहाइका लागि पटक–पटक आग्रह गरेका छौँ”, उनले भने, “प्यालेस्टाइनसँग राम्रो सम्बन्ध रहेको कतारसँग म आफै गएर त्यहाँका प्रधानमन्त्री र विदेशमन्त्रीसँग आग्रह गरेको छु ।” उनले दोस्रो युद्ध विराममा वीपिनको रिहाइ हुनेमा… पुरा पढौ

जाल्पादेवी बहुउद्देश्यीय समितिमा पुनः विजुक्छे

पुस १५ पोखरा । जाल्पादेवी बहुउद्देश्यीय समितिको १० औँ अधिवेशनले विश्वकुमार विजुक्छेको अध्यक्षतामा ११ सदस्य कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शान्ति सिग्देल, महासचिव महेश्वर गिरी, सचिव उर्मिला भट्टराई, कोषाध्यक्ष नरबहाहुर भूजेल , सदस्यहरुमा रेनु थापा, दयाराम सुवेदी, सविना विजुक्छे, केदार कुवँर, सन्जीव विजुक्छे र अमृता गिरी रहेका छन् । अधिवेशनको शुभारम्भ गर्दै पोखरा–८ का अध्यक्ष रुद्रनाथ बरालले स्थानीय विकास : निर्माणमा स्थानीय संघ संस्थाको भूमिका महत्वपूर्ण रहने हुदाँ विकास निर्माण वडा संगै रहने बताए । समितिको अध्यक्ष विश्वकुमार… पुरा पढौ

कानुङ नमुना मगर समाजको एकदिने तालिम सम्पन्न

पुस १५ पोखरा । ‘भाषा, कला धर्म र संस्कृतिको जगेर्ना गरौ, पुख्यौली इतिहासलाई संरक्षण गरौं’ भन्ने नारासहित नदीपुरमा सक्रिय रहेको कानुङ नमुना मगर समाजले एकदिने तालिम सम्पन्न गरेको छ । समाजका सदस्यहरुको व्यक्तित्व विकास र क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित शनिबार व्यक्तित्व विकास तथा उद्घोषण तालिम सम्पन्न गरेको हो । समाजका अध्यक्ष किरण सारु मगरले समाजमा आवद्ध सदस्यहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक दिने तालिम आयोजना गरेको जानकारी दिए । उनका अनुसार सो तालिममा धिरन गाहामगरले मगरको इतिहास र वर्तमान अवस्थाबारे,… पुरा पढौ

लेखनाथ साहित्य पुरस्कारबाट किञ्जल र पत्रकारिता पुरस्कार दीपक सम्मानित

पुस १५ पोखरा । साहित्यकार गोपाल बैद्य किञ्जललाई यस वर्षको लेखनाथ साहित्य पुरस्कार प्रदान गरिएको छ । लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कार यस वर्ष कान्तिपूर राष्ट्रिय दैनिकका उपसम्पादक दीपक परियारलालाई प्रदान गरिएको छ । कविशिरोमणि लेखनाथ पौड्यालको १४० औं जन्मजयन्तीको अवसरमा त्रिदिवसीय जन्म जयन्ती मूल समारोह कार्यक्रम अन्तर्गत आइतवार विभिन्न संघ सस्थाको सहभागीतामा उनको जन्मस्थल पोखरा–२७ अर्चलेमा राखिएको मूल समारोहमा साहित्यकार गोपाल बैद्य किञ्जललाई बृद्धाबस्थाका कारण घरमै पुरस्कार अर्पण गरिएको जानकारी गराइएको थियो । कविशिरोमणि लेखनाथ पौड्यालको कान्छी… पुरा पढौ

माछापुच्छ्रे पोखरा ओपन टेनिसमा संरक्षक र सुनिरा च्याम्पियन

पुस १५ पोखरा । २० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिसले मेन्स र उमेन्स सिंगल्सतर्फ नयाँ च्याम्पियन पाएको छ । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा आइतबार सम्पन्न प्रतियोगितामा मेन्स सिंगल्स ओपनतर्फ संरक्षक भुषण बज्रचार्य र उमेन्सतर्फ सुनिरा थापा च्याम्पियन भएका हुन् । सोही प्रतियोगिताको १८ औं र १९ संस्करणका च्याम्पियन समेत रहेका नेपालका नं १ ¥याकिङ प्रदिप खड्काको दबदवालाई आफ्नै होम ग्राउण्डमा टाइ ब्रेक म्याचमा २–१ ले हराउँदै संरक्षकले तेस्रो पटक च्याम्पियन बन्ने प्रदिपको… पुरा पढौ

एमाले गण्डकीले पोखराको सिमलचौरमा किन्यो १० करोडमा ५ तले भवन

पोखरा । देश आर्थिक मन्दीमा छ । जनता मन्दीको मारमा छन् । व्यवसाय नचलेर व्यवसायी पलायन हुने अवस्थामा पुगेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) र पोष्ट कोभिडको असरका कारण कयौंले रोजगारी गुमाएका छन् । रोजगारी नगुमाएकाहरुलेपनि कतिले समयमा तलब पाएका छैनन् भने कतिको तलब कटौती भएर पूर्ण तलब पाएका छैनन् । अर्कोतर्फ सर्वसाधारण जनता विहान मुश्किलले खायो तर बेलुका के खाऔं ? भन्न बाध्य छन् । पैसाको अवमूल्यन भएको छ भने क्रयशक्ति ह्वात्तै घटेको छ… पुरा पढौ

गुप्तेश्वर महादेव गुफाभित्रबाट देखिने झरना पर्यटकको आकर्षण

गण्डकी । ऐतिहासिक, पुरातात्त्विक एवम् धार्मिक महत्त्व बोकेको पोखराको पर्यटकीयस्थल गुप्तेश्वर महादेव गुफामा पर्यटकीय आकर्षण बढेको छ । गुफाभित्रबाट मनोरम डेभिजफल ९पातले छाँगो० को दृश्यावलोकन गर्न पर्यटकको भीड लाग्ने गरेको छ । जमिनको सतहबाट एकसय मिटर पानीका थोपाले स्नान गर्दै ओरालो झरेपछि गुफाभित्र फराकिलो स्थानमा प्राकृतिक शिलामा महादेवको आकृतिको दर्शन गर्न पाइन्छ । शिव भगवानलाई दाहिने पार्दै सानो प्वालबाट निहुरिएर एक सय मिटरको दुरीभित्र पुगेपछि त्यहाँ फराकिलो ठाउँ छ । पत्रैपत्रा परेका चट्टानमा विभिन्न देवदेवीका आकृति देखिनुका साथै सिद्धार्थराजमार्गको प्राकृतिक… पुरा पढौ

करापुटार समाजको रक्तदानमा ५१ युनिट रगत संकलन

पोखरा। ईशानेश्वर करापुटार पोखरा सम्पर्क समाजको आयोजनामा भएको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको छ । पोखरा अमरसिंहचोकमा शनिवार आयोजित कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १२ का वडाअध्यक्ष सन्तोष बास्तोलाले समाजका अध्यक्ष बलराम घिमिरेलाई ब्लडब्याग हस्तान्तरण गरि कार्यक्रमको शभारम्भ गरे । कार्यक्रममा बोल्दै प्रमूख अतिथि बास्तोलाले ईशानेश्वर र करापुटार क्षेत्रबाट पोखरा आएर विभिन्न पेशा व्यवसायमा आवद्ध व्यक्तिहरुलाई सुख दुखमा साथ दिन खोलीएको संस्थाले रक्तदान जस्तो महत्वपुर्ण कार्यक्रम गर्नु प्रसंशनिय रहेको बताए । उनले संस्थालाई आवश्यक पर्ने ठाउँमा… पुरा पढौ