समाचार

प्रधानमन्त्रीसँग बालकुमारी घटनाका पीडित परिवारको भेट, दोषीलाई कारबाही गर्ने प्रतिबद्धता

पुस १४ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनाका पीडित परिवारजनले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको उक्त भेटमा प्रधानमन्त्री प्रचण्डले घटनाको यथार्थ पत्ता लगाउन सरकारले छानबिनको प्रक्रिया अघि बढाइसकेको र दोषी देखिएकालाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्रीले उक्त घटनालाई सरकारले गम्भीर रुपमा लिएको र प्रारम्भिक चरणमा दोषी देखिएकालाई निलम्बन गरिसकिएको पीडित पक्षलाई जानकारी गराएकोे प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले मृतकका परिवारलाई सरकारका तर्फबाट राहतको व्यवस्था गरिएको, घाइतेको उपचारको प्रबन्ध… पुरा पढौ

कांग्रेस केन्द्रीय समितिको बैठक सम्पन्न

पुस १४ काठमाण्डौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा यही पुस १२ गतेदेखि जारी बैठक सम्पन्न भएको हो । बैठकले पार्टीको तर्फबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने उम्मेदवारको निश्चित मापदण्ड निर्धारण गर्ने, महासमितिको बैठक परिमार्जित मिति अनुमोदन गर्ने र समुदायमा कांग्रेस अभियानलाई आगामी माघ ७ गतेदेखि २२ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको पार्टी सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए । यस्तै, बैठकले जाजरकोट भूकम्पमा पार्टीले एक हजार… पुरा पढौ

२० औं माछापुच्छ्रे पोखरा ओपन टेनिस उपाधिका लागि प्रदिप र संरक्षक भिड्ने

पुस १४ पोखरा । पोखरामा जारी २० औं माछापुच्छ्रे पोखरा ओपन मेन्स सिंगल्समा नेपाल नं १ प्रदिप खड्का र पूर्व नेपाल नंं १ संरक्षक भुषण बज्रचार्यले उपाधि भिडन्तमा स्थान पक्का गरेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा शनिबार सम्पन्न सेमीफाइनलमा आ–आफ्नो खेल जित्दै उनीहरुले उपाधि भिडन्तका लागि स्थान पक्का गरेका हुन् । शनिबार भएको संघर्षपूर्ण सेमीफाइनल भिडन्तमा १९ औं सस्करणका समेत उपाधि विजेता प्रदिपले भारतिय खेलाडी अभिनन्सु ठाकुरलाई २–१ को सेटमा पछि पारे ।… पुरा पढौ

वार्षिकउत्सवको अवसरमा गण्डकी ट्रक यातायात व्यवसायी संघको विविध कार्यक्रम

पुस १५ पोखरा । गण्डकी ट्रक यातायात व्यवसायी संघले सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ । शनिबार संघको ४३ औं स्थापना दिवस तथा वार्षिकोत्सवको उपलक्षमा पोखरा ९ नयाँबजार स्थित कार्यालय अवस्थित भवनको तल्लो तलामा सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको हो । सार्वजनिक शौचालयको उद्घाटन गण्डकी प्रदेश सरकारका पूर्व कानुन मन्त्री तथा वर्तमान प्रदेश सभा सदस्य विन्दुकुमार थापाले गरेका हुन् । संस्थाका कोषाध्यक्ष तथा वार्षिकउत्सव सम्पन्न समितिका सदस्य एकेन्द्र कुँवरले संघले सामाजिक उत्तरदायित्व अन्तर्गत सार्वजनिक शौचालय सञ्चालन ल्याएको जानकारी दिए । शौचालय उद्घाटन… पुरा पढौ

लेखनाथ महोत्सवमा शनिबार एकै दिन डेढ करोड बराबरको कारोबार

पुस १२ पोखरा । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ पुष ५ गतेबाट लेखनाथमा शुरु भएको १९औं संस्करणको लेखनाथ महोत्सवमा शनिबार हालसम्मकै सर्वाधिक कारोबार भएको छ । महोत्सवमा यसपटक दर्शकहरुको संख्या वढ्दो देखीएको, शनिबार बिदाको दिन समेत परेको र समापनको मिति पनि नजिकिदै गरेको कारण किनमेल गर्ने दर्शकहरुको संख्यामा पनि वृद्धि भएको जसले गर्दा कारोबारमा पनि उल्लेख्य वृद्धि भएको महोत्सवका प्रचार प्रसार उपसमितिका संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ले जानकारी दिएका छन् । लेखनाथ उद्योग वाणिज्य… पुरा पढौ

वडा स्तरीय वक्तृत्वकलामा ढुंगेसाँघु बोर्डिङकी भण्डारी प्रथम

पोखरा । बिरौटा बचत तथा ऋण सहकारी सस्थाको आयोजनामा विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बर्तमान अबस्थामा सहकारीहरुको समस्या, समाधान तथा चुनौती र नेपालको आर्थिक विकासमा सहकारीको भुमिका बिषयक वक्तृत्वकला प्रतियोगितामा पोखरा १७ का विद्यालयका विद्यार्र्थी विच वक्तृत्वकला प्रतियोगित गराइएको हो । प्रतियोगितामा ११ विद्यालयका विद्यार्थीको सहभागीता थियो । प्रतियोगितामा ढुंगेसाँघु बोर्डिङकी अंकिता भण्डारी प्रथम, हिमालयन बोर्डिङ स्कुलकी आलिस्मा पनेरु द्वितीय, बालोदय बोर्डिङ्गकी एलिसा भुसाल तृतीय र छोरेपाटन माविकी श्रेया लामिछाने सान्त्वना भएको सहकारीले जानकारी जनाएको छ ।… पुरा पढौ

पोखरा सडक महोत्सव : बोट रेसमा स्विमिङपुलघाट विजयी

पुस १४ पोखरा । रेवान पोखराद्वारा आयोजित २५ औं पोखरा सडक महोत्सवमा खेलकुदका विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । शनिबार बिहान फेवातालमा भएको खुल्ला डुङ्गा दौड प्रतियोगितामा स्विमङपुल घाट ‘ए’ ले प्रथम, गौरीघाट द्धितिय तथा बाराहीघाट तृतीय भए । प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार, द्धितियले नगद १० हजार तथा तृतीयले नगद ५ हजार सहित प्रमाणपत्र पुरस्करा प्राप्त गरे । विजयी टोलीलाई रेवान पोखराका पूर्वाध्यक्ष गणेशबहादुर भट्टराई, पोमनपा वडा नम्बर ६ का पूर्व वडा सदस्य हरि पहारी, कार्यक्रम संयोजक बिरेन्द्र… पुरा पढौ

सङ्घीय ऐनलाई टुङ्गोमा पु¥याउँछु: प्रधानमन्त्री ‘प्रचण्ड’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि अत्यावश्यक सङ्घीय कानुन निर्माणका निम्ति आफू गम्भीररूपमा लागिपरेको बताएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा आज सातै प्रदेशका मुख्यमन्त्रीसँगको सामूहिक छलफलका क्रममा प्रधानमन्त्री दाहालले सङ्घीयताको परिकल्पनाकार र संविधान निर्माणको समेत अगुवा हुनुको नाताले आफ्नो ध्यान सङ्घीयताको कार्यान्वयनमा केन्द्रित भएको बताए । उनले भने, “तपाईहरू सबै जानकार नै हुनुहुन्छ, मैले नै सङ्घीय गणतन्त्रको परिकल्पना गरी त्यसका निम्ति सङ्घर्ष गरेको थिएँ, त्यसलाई संविधानमा लिपिबद्ध गर्नसमेत भूमिका खेलेको छु, नेतृत्व लिएको छु, त्यसैले सङ्घीयता कार्यान्यवन मेरो… पुरा पढौ

लेखनाथ महोत्सवमा दर्शकको मन लोभ्याउँदै कवि शिरोमणिको जन्मघर

डाँडाकोनाकस्थित लेखनाथ महोत्सवस्थलको मुख्य मञ्च दक्षिणतर्फ छेउमा सानो खरले छाएको झुपडी । रातो माटाले पोतिएको जस्तै झुपडीमा खोटो लगाएर कालो चिटिक्क सजिएको ढोका, नजिकै आँखी झ्याल । पिँढीमा बसेर सेतै फुलेका कवि शिरोमणि लेखनाथ पौड्याल हातमा पुस्तक लिएर केही पढ्न लागेजस्तो देखिन्छ । तल आगन्तुकका लागि परालको गुन्द्री पनि राखिएको छ । गुन्द्रीमा बसेर फोटो खिचाउनेको दिनैभरि भीड लागिरहेको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने नाराका साथ लेखनाथको डाँडाको नाकमा सञ्चालित १९औँ संस्करणको लेखनाथ महोत्सवमा… पुरा पढौ

लेखनाथमा हुन छोड्यो अनदी धान खेती

केही वर्ष पहिला हरेक किसानको खेतमा हुने अनदीधान अहिले रोप्न छाडिएको छ । अरू धानभन्दा झन्डै आधा कम फल्ने भएकाले अनदीको खेती कम हुँदै गएको कृषि ज्ञान केन्द्र कास्कीले जनाएको छ । पोखरा–९ नयाँबजार निवासी सुनिता सिग्देलले पुस १५ मा अनदीको लट्टे (चाम्रे) खाने चामल किन्नका लागि बजारका एक दर्जन पसल डुल्नु परेको बताए । “हाम्रो समाजमा पुस १५ गतेदेखि दिन लामो हुँदै जान्छ भन्ने पहिलेदेखिको मान्यता छ । पुस १५ लामो रात हुने भएकाले रातमा भोक नलागोस् भनेर बेलुका… पुरा पढौ