समाचार

सातौँ बागलुङ महोत्सव: रोजाइमा गाउँका मौलिक उत्पादन

बालबालिका पिङमा रमाइरहेका छन् । किशोरकिशोरी कलाकारका गीतमा झुमेका छन् । कसैलाई खेलको चिन्ता, कसैलाई व्यवसायको चिन्ता । बुधबारदेखि सुरु भएको सातौँ बागलुङ महोत्सवको मुख्य मञ्चको दायाँतर्फका प्रदर्शनी कक्ष भरिभराउ छन् । महोत्सवमा पुग्ने अधिकांश त्यहाँ पुग्छन् । ‘बागलुङ ब्राण्ड’ नाम दिइएको कक्षमा जिल्लामा उत्पादन हुने हरेक वस्तुहरुको प्रदर्शनीका लागि राखिएका छन् । ताराखोलाको ढुङ्गादेखि जैमिनीको बाँकोको गुन्द्रुक कक्षमा छन् । जिल्लामा सबैभन्दा धेरै प्राङ्गारिक वस्तुहरुको उत्पादन हुने ताराखोलाले महोत्सवबाट ढुङ्गा चिनाउँदै छ । गाउँपालिकाले उद्यम विकास शाखाको व्यवस्थापनमा ताराखोलाको… पुरा पढौ

नेप्से परिसूचकमा आठ दशमलव ७५ अङ्कको गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्स) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक आठ दशमलव ७५ अङ्कले घटेर दुई हजार ६० दशमलव १५ को बिन्दुमा कायम भएको छ । आज विभिन्न तीन सय ६ कम्पनीको एक करोड १८ लाख ९२ हजार पाँच सय ५९ कित्ता शेयर एक लाख दुइ हजार नौ सय पाँच पटक खरिद बिक्री हुँदा रू चार अर्ब ४८ करोड ३९ लाख ८२ हजार चार सय ६१ बराबरको कारोबार भएको छ । आजको कारोबारपछि बैंकिङ समूहको उपसूचक… पुरा पढौ

कथानक मगर चलचित्र ‘मिसार’ पोखरामा प्रदर्शन हुने

मगर सामुदायमा आधारित मगर कथानक चलचित्र ‘मिसार’ नेपाल मगर संघ जिल्ला समन्वय कास्कीको आयोजनामा आगामी पौष २१ गते बाराही हल पोखरामा प्रदर्शनी हुने भएको छ । शिक्षा, व्यवसाय, प्रतिभा प्रस्तुुत र भाषा, सस्कार, संस्कृति संरक्षण गर्नुका साथै चलचित्रलाई व्यवसायी रुपमा अघि वढाउने उद्धेश्यले मिसार प्रर्दशन गर्न लागेको संघका जिल्ला अध्यक्ष राम बहादुर थापामगरले बताए । चलचित्र मगर र खस दुवै भाषामा भएकाले गैर मगर सवैले हेर्न सकिने चलचित्र निर्देशक सन्तोष पिठाकोटे मगरले जानकारी दिए। उनका अनुसार विहान १२ र २… पुरा पढौ

प्रकृतिको कृडाभूमि मनाङको स्वरुप फेरिँदै

हिमालबाट आएको मस्र्याङ्दी नदीको सङ्लो र कञ्चन पानी तथा स्वच्छ हावाको महसुस गर्दै प्राकृतिक सुन्दरताको भरपुर मनोरञ्जन लिन पाइने क्षेत्र हो मनाङ । सहरको कोलाहलबाट टाढिएर प्रकृतिमा रमाउन चाहनेका लागि नदी किनारका साथै हिमाल हाँसेको जस्तो आभास दिने एवं अग्ला पहाडका चुचुरा हेर्दै उकालो चढ्दै जाँदा स्वर्गमै पुकेको जस्तो अनुभूति हुन्छ । यस क्षेत्रको भ्रमण गर्न विदेशी मात्रै नभई नेपाली पर्यटक पनि उत्सुक हुँदै आएका छन् । कञ्चन पानी बगिरहेको यस नदी किनारका साथै यहाँको वातावरणले प्रकृतिको काखमा विश्राम गरेजस्तो… पुरा पढौ

मिसन–८४ हैन, भिजन–९४ सुरु गरौँ : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावी नारा मिसन ०८४ होइन, देश बनाउने स्पष्ट भिजन ०९४ सुरु गर्नुपर्ने बताएका छन । नेपाली कांग्रेसको जिल्ला शाखाले आज आयोजना गरेको ४८औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आयोजित प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले चुनावको चिन्ता छोडेर सबै दल समृद्धिका लागि केन्द्रित हुन भिजन ०९४ अभियान सञ्चालन गर्नु आवश्यक रहेको बताएका हुन । आउने चुनावको चिन्ता छाडेर देश बनाउने साझा मुद्दामा लाग्न सबै दललाई आग्रह गर्दै महामन्त्री शर्माले चुनावको चिन्ता लिनुभन्दा पनि २०९४ सालसम्म… पुरा पढौ

बजार दिनप्रतिदिन बढ्दै, बगरमा बन्यो बसपार्क, दुर्घटनाको जोखिम बढ्दैढोरपाटन । मध्यपहाडी लोकमार्ग छेवैको बडिगाडखोला र त्यसमाथि छ, बुर्तिबाङ बजार । बुर्तिबाङ बजार सडकले जोडिएको डेढ दशकभन्दा बढीभयो । सडक सञ्जाल जोडिएपछि बुर्तिबाङ बजारको मुख्य भागमा बसपार्क बनाइयो । सुरुसुरुमा थोरै गाडी चल्ने हुँदा सवारी पार्किङमा समस्या थिएन । बुर्तिबाङमा सानो बजार हुँदै सहरमा परिणत हुन थालेपछि सवारी साधानको चाप पनि क्रमैशः बढ्यो । सवारी साधानको चाप बढेपछि बजारको बीचमा रहेको सानो बसपार्कमा सवारीसाधान पार्किङका लागि पर्याप्त भएन । फलस्वरुप जथाभावी… पुरा पढौ

मन्त्रिपरिषद् बैठकको खाजा कटौती, वार्षिक रु ६० लाख जोगिने

राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको जानकारी गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । खाजा बापत प्रत्येक मन्त्रिपरिषद् बैठकमा करिब रु ६० हजार खर्च हुने गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । वर्षमा एक सयभन्दा बढी मन्त्रिपरिषद् बैठक हुने गरेका छन् । मन्त्रिपरिषद्मा हुने खाजा कटौती भएसँगै वार्षिक करिब रु ६० लाख… पुरा पढौ

पर्वतमा तरुल खोज्न गङ्गल गएका युवकको हत्या

पर्वत । पर्वतमा तरुल खोज्न गङ्गल गएका युवकको हत्या गरिएको छ । मोदी गाउँपालिका–२ देउपुरका ४० वर्षीय उदय रिजालको आइतबार हत्या भएको हो । रिजालसँगै सोही ठाउँका ३५ वर्षीय प्रेमबहादुर नेपाली र ४० वर्षीय श्रीराम शर्मा आइतबार दिउँसो स्थानीय सामुदायिक वनमा तरुल खोज्न गएका थिए । तरुल खन्न प्रयोग गरिएको हतियारले नेपालीले रिजाललाई घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश दीप जिसीले जानकारी दिए। अचेत अवस्थामा जङ्गलमा फेला परेका रिजाललाई पर्वत अस्पतालमा उपचारका लागि ल्याउँदा चिकित्सकले मृत घोषणा गरेकोे… पुरा पढौ

माओवादी केन्द्रको विशेष रुपान्तरण अभियान आज सकिँदै

काठमाडौँ । पार्टीलाई रुपान्तरण गर्ने उद्देश्यले नेकपा (माओवादी केन्द्र)ले सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ आज सकिँदै छ । माओवादी केन्द्रले गत भदौ १६ गतेदेखि देशभरका छ हजार सात सय ३४ वडामा तीन महिने अभियान सञ्चालन गरेको थियो । जनताको उल्लेख्य सहभागिता रहेपछि माओवादी केन्द्रले अभियान एक महिना थप गरेको थियो । अभियानका क्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सहित नेता कार्यकर्ता गाउँगाउँमा खटिएका थिए । चार महिनासम्म सञ्चालित उक्त अभियानको आज सात सय ५३ पालिकामा बृहत् जनपरिचालनसहित समापन… पुरा पढौ

प्रथम खुल्ला आमन्त्रित पोखरा तेक्वान्दोमा अञ्जुली च्याम्पियन

पुस १५ पोखरा । पोखरामा सम्पन्न प्रथम खुल्ला आमन्त्रित पोखरा तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा अञ्जुली तेक्वान्दो दोजाङ च्याम्पियन बनेको छ । अञ्जुली आईटिएफ तेक्वान्दो दोजाङको आयोजना तथा अञ्जुली माध्यमिक विद्यालयको सहआयोजनामा शनिबारदेखि सञ्चालन भएको प्रतियोगितामा आयोजक अञ्जुलीले ५ स्वर्ण, २ रजत र ७ कास्य पदकसहित च्याम्पियन बनेको हो । यस्तै तनहुँको रिशिङ पाटनले ४ स्वर्ण, ६ रजत र १२ कास्यसहित दोश्रो स्थान प्राप्त गर्यो । यस्तै ४ स्वर्ण, ६ रजत र १२ कास्य पदकसहित तनहुँको भिमाद दोजाङले तेश्रो स्थान प्राप्त गरको… पुरा पढौ