समाचार

छोरेपाटनस्थित गुप्तेश्वर गुफाको आम्दानी पाँच करोड बढी

गण्डकी । छोरेपाटनस्थित ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्र गुप्तेश्वर महादेव गुफामा एक वर्षको अवधिमा रु पाँच करोड ४२ लाख ३८ हजार पाँच सय ८३ आम्दानी भएको छ । गुप्तेश्वर महादेव गुफा संरक्षण समितिको २८औँ वार्षिक साधारणसभामा दिइएको जानकारी अनुसार टिकट बिक्रीबाट रु चार करोड २८ लाख ५८ हजार चार सय ८०, दान पात्रबाट रु २७ लाख ४६ हजार नौ र सहयोग रसिदबाट रु ५१ लाख २७ हजार सात सय ५१, बैंक ब्याजबाट रु १८ लाख ३५ हजार छ सय २७,… पुरा पढौ

नेल्टा गण्डकीको अध्यक्षमा लम्साल

पुस ७ पोखरा । अंग्रेजी भाषा शिक्षकहरुको संगठन NELTA (नेल्टा) गण्डकी प्रदेशको अध्यक्षमा कमलराज लम्साल चयन भएका छन् । शनिबार पोखरामा सम्पन्न दोश्रो प्रदेश सम्मेलन तथा छैटौं वार्षिक साधारण सभाले लम्साललाई आगामी ३ वर्षको लागि सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा डा. पीताम्बर पौडेल, उपाध्यक्षमा सञ्जय अधिकारी, महासचिवमा मुकेश कुमार अधिकारी, सचिवमा विनोद न्यौपाने, कोषाध्यक्षमा तिर्थराज कँडेल चयन भएका छन् भने सदस्य सचिवमा देव शर्मालाई चयन गरिएको छ । त्यसैगरी सदस्यहरुमा विजयराज रानाभाट, प्रकाश रिजाल र… पुरा पढौ

हिमालयन हाइल्याण्ड टोल विकास संस्थाको अध्यक्षमा सुवेदी

पुस ७ पोखरा । पोखरा–३० स्थित हिमालयन हाइल्याण्ड टोल विकास संस्थाको अध्यक्षमा कृष्ण सुवेदी चयन भएका छन् । संस्थाको छैटौं साधारण सभा तथा चांैथो अधिवेशनले सुवेदीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।संस्थाको उपाध्यक्षमा इन्दिरा शर्मा, सचिवमा खेम सुवेदी, कोषाध्यक्षमा विष्णु दाहाल र सह–सचिवमा देबिलाल पौडेल रहेका छन् । संस्थाको सदस्यहरुमा शिव कुमारी श्रेष्ठ, सोचना राजभण्ढारी, सुनिता भुजेल र महेश गौतम रहेको निवर्तमान अध्यक्ष भुवन श्रेष्ठले जानकारी दिए । यसअघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका उप प्रमुख मञ्जु देवी… पुरा पढौ

इन्टरनेशनल एजुकेशन फाउण्डेशनको साधारण सभा सम्पन्न

पुस ७ पोखरा । इन्टरनेशनल एजुकेशन फाउण्डेशन लिमिटेडको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । पोखरा–१४ स्थित नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजको सभाहलमा आयोजित समारोहमा वार्षिक प्रतिवेदन तथा लेखा प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको छ । साथै नयाँ कार्यक्रमहरु र देखिएका चुनौतीहरुका बारेमा छलफल गरिएको छ ।सन् १९९९ मा पोखराका विभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तित्व, प्रतिष्ठित व्यवसायी, विभिन्न क्षेत्रका दिग्गज व्यक्तित्वहरुलाई लिएर अग्रज शिक्षासेवी, व्यवसायी अशोक पािलखेको नेतृत्वमा कलेज स्थापना भएको थियो । समारोहमा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै पालिखेले भने,… पुरा पढौ

पुस ११–१३ मा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक

पुस ७ काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी)को ७०औँ केन्द्रीय सचिवालय बैठकले यही पुस ११ देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज केन्द्रीय कार्यालयमा बसेको बैठकले पार्टीको प्रस्तावित विधानको मस्यौदा केन्द्रीय कमिटीको बैठकमा लैजाने निर्णय गरिएको पार्टीका उपमहासचिव एवं पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । मस्यौदाको धारा उपधारामाथि छलफल गरिएको बैठकमा थप छलफल आवश्यक रहेकाले केन्द्रीय कमिटी बैठकबाट निर्णय लिन लागिएको हो । सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको… पुरा पढौ

गणतन्त्रको विकल्पमा राजतन्त्रको वकालत गर्नु गलत : उपमहासचिव पुन

पुस ७ काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले गणतन्त्र कार्यान्वयनका क्रममा आएका झिना–मसिना समस्या देखाएर राजतन्त्रको वकालत गर्नु कुनै पनि अर्थमा जायज नहुने बताएका छन् । नेताको विकल्प अझ राम्रो नेता र पार्टीहरूको विकल्प अझ राम्रो पार्टी हुन सक्छ तर गणतन्त्रको विकल्पमा राजतन्त्र हुन सक्दैन उनले भने । माओवादी केन्द्रको चन्द्रागिरि नगरपालिका–२ मा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “राजतन्त्रको अन्त्य र संविधान जारी गरेसँगै जनवादी क्रान्ति पूरा भयो तर जनताको अवस्थामा सुधार आएको छैन । जनताको… पुरा पढौ

राष्ट्र सङ्कटपूर्ण घडीमा उभिएको छ, कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्छ : सभापति देउवा

पुस ७ काठमाण्डौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र सङ्कटपूर्ण अवस्थामा उभिएकाले आफू नेतृत्वको पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस बागमती प्रदेशको पहिलो सम्मेलन आज उद्घाटन गर्दै सभापति देउवाले भने, “राष्ट्र अहिले दोधारमा उभिएको छ, अहिलेको बेला सबैले मिलेर र खासगरी कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर काम गर्न जरुरी रहेको छ ।” पूर्वप्रधानमन्त्री देउवाले गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था महत्त्वपूर्ण भएको दाबी गर्दै यो व्यवस्था समावेशितामा आधारित व्यवस्था भएको बताए । उनले पार्टीलाई अझै सुदृढ गर्दै… पुरा पढौ

डिजिटल प्लेटफर्मले सबैलाई अवसर दिएको छ : अर्थमन्त्री डा. महत

पुस ७ काठमाण्डौं । अर्थमन्त्री डा प्रकाशशरण महतले युवा पुस्तामा क्षमता, योग्यता, कल्पनाशीलता र समर्पणलाई सदुपयोग गर्ने माध्यमका रूपमा डिजिटल प्लेटफर्म स्थापित भएको बताएका छन् । यस क्षेत्रमा प्रशस्त सम्भावना भएको उल्लेख गर्दै उनले डिजिटल प्लेटफर्मले बिजनेसलाई मात्र होइन, हरेक क्षेत्रलाई अवसर दिएको बताए । सिआइएन युथ इन्टरपेनियर फोरम नेपाल स्टार्ट अप फेस्ट २०२३ को उद्घाटन गर्दै अर्थमन्त्री डा महतले भने, “डिजिटल प्लेटफर्मले बिजनेसलाई मात्र होइन, हरेक क्षेत्रलाई अवसर दिन्छ । जो उत्पादनमा लागेका छन्, उनीहरूले डिजिटल प्लेटफर्ममार्फत बजारमा सजिलै… पुरा पढौ

१९ औं लेखनाथ महोत्सवमा एकै दिन ४० हजारले गरे अवलोकन

पुस ७ पोखरा । ‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ गत विहिबारदेखि जारी १९औं संस्करणको लेखनाथ महोत्सवको तेश्रो दिन शनिबार ४० हजार दर्शकहरुले अवलोकन गरेका छन । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन भएको महोत्सवमा शनिबार दर्शकहरुको उत्साहजनक सहभागिता रहेको र १ करोड बराबरको कारोबार भएको महोत्सवका प्रचार प्रसार संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ले जानकारी दिए । महोत्सवमा शनिबार कलाकारहरु पुरुषोत्तम न्यौपाने, शिव हमाल, चोलेन्द्र पौडेल, टेक क्षेत्री, अस्मिता… पुरा पढौ

पोखरा महानगरस्तरीय रनिङ शिल्ड तथा मेयर कप खेलकुद भोलिदेखि

पुस ७ पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा पोखरा महानगरपालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप विद्यालय खेलकुद प्रतियोगिता २०८० आइतबारदेखि सुरू हुँदैछ । पोखरा रंगशालामा हुने चार विधाअन्तर्गतका विभिन्न खेलमा २ सय ३६ पदकका लागि ३ हजार २ सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्ने खेलकुद विका समिति अध्यक्ष दीपक गोदारले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । ६६, स्वर्ण, ६६ रजत र १०४ कास्य पदकका लागि १ सय १० विद्यालयको प्रतिस्पर्धा हुनेछ । भलिबल छात्र/छात्रा, कबड्डी छात्र/छात्रा, एथ्लेटिक्सअन्तर्गत… पुरा पढौ