समाचार

पोखरामा पुस ९ गते यःमरी महोत्सव हुने

पुस ७ पोखरा । यःमरी पुन्ही अर्थात यमरी पूर्णिमाको अवसरमा पोखरामा यःमरी महोत्सव एवम् यःमरी बनाउने प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका वडा नं ४ को आयोजना तथा नेवाः मिसा पुचः कास्कीको समन्वयमा यही पुष ९ गते पोखरामा यःमरी महोत्सव एवम् यःमरी बनाउने प्रतियोगिता हुने शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । महोत्सव पोखरा- ४ गणेशटोलको सडक क्षेत्रमा हुने पोखरा - ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले जानकारी दिए । महोत्सवमा यःमरी बनाउने प्रतियोगितासहित यःमरी बनाएको लाईभ डेमोष्ट्रेसन… पुरा पढौ

फिजियोथेरापी चिकित्सक डा. खड्‌ग गुरुङ सम्मानित

पोखरा । पोखराका बरिष्ठ फिजियोथेरापी चिकित्सक डा. खड्‌ग गुरुङ सम्मानित भएका छन् । चितवनको भरतपुरमा हालै सम्पन्न नेपाल फिजियोथेरापी एशोसियसनको एघारौं अन्तर्राष्ट्रिय कन्फरेन्समा सम्मानित घोषणा भएका डा. गुरुङलाई शनिवार नेपाल फिजियोथेरापी संघ, गण्डकी प्रदेश समितिले एक समारोहको आयोजना गरि कदर पत्र हस्तान्तरण गरेको हो । नेपाल फिजियोथेरापी एशोसियसनले गण्डकी प्रदेशमा, नेपाल फिजियोथेरापी संघ, गण्डकी प्रदेशको अध्यक्षको भूमिकामा रहि फिजियोथेरापी पेशा एवं फिजियोथेरापी चिकित्सकहरूको विकासको निम्ति विशिष्ट योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरेको बताएको छ । एसोसियसनका अध्यक्ष लक्ष्मण अधिकारी र… पुरा पढौ

रास्वपा सभापती रबि लामाछिानेमाथि पोखरामा मकैको खोईलाले प्रहार

पोखरा, पुस ७ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापती रबि लामिछानेमाथि पोखरामा मकैको खोईलाले प्रहार भएको छ । पोखराको अमरसिंहचौरमा रास्वपाले आयोजना गरेको कार्यक्रममा सभापती लामिछानेमाथि ताकेर मकैको खोईला प्रहार भएको हो । लमजुङ्गका सन्तोष रानाभाटले भाषण गरिरहेका लामिछानेलाई ताकेर प्रहार गरेको बताइएको छ । रानाभाट कार चालक भएको बुझिएको छ । ढुंगा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ । अनुसन्धानका क्रममा रानाभाटले आफूले रबिलाई ताकेर प्रहार नगरेको प्रारम्भिक बयान दिएको… पुरा पढौ

‘अङ्गदानका निम्ति सबैले प्रोत्साहित गरौँ’: प्रधानमन्त्री ‘प्रचण्ड’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अङ्गदान र प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न अपिल गरेका छन् । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अङ्ग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनलाई सम्बोधन गर्दै धानमन्त्रीले अङ्गदानका लागि प्रेरित गर्नुपर्ने बताए । प्रधानमन्त्रीले भने, “सबै दाजुभाइ दिदीबहिनीमा म आह्वान गर्दछु– अङ्गदान गर्दा धेरै मानिसले पुनर्जीवन पाउँछन् । मानव हुनुको नाताले कलेजो, मिर्गौला, मुटु, फोक्सोलगायत अङ्ग फेल भएर मृत्युको मुखमा पुगेका बिरामीलाई बचाउन प्रयास गर्नु सबै मानवको साझा जिम्मेवारी हो… पुरा पढौ

पाथीभरामा केबलकार निर्माण सुरु गर्न स्थानीयको माग

ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथीभरामा पुग्नेगरी केबलकार बन्ने कुराले चर्चा पाएको एक दशकभन्दा बढी समय भए पनि अहिलेसम्म निर्माण हुन नसकेकाले चाँडै काम सुरु गर्न स्थानीयले माग गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिको संयोजनमा गत महिना गएको एक सर्वपक्षीय अनुगमनले पाथीभरा सो क्षेत्र कोशी प्रदेशको मात्र नभएर देशकै एक प्रसिद्ध धार्मिक पर्यटकीयस्थल रहेकाले उक्त क्षेत्रमा पुग्न सहज गर्नेगरी केबलकार बन्नुपर्ने निष्कर्ष निकालेको थियो । त्यसका लागि आवश्यक वातावरण सिर्जना गर्न र कानुनी अड्चनहरु भए त्यसलाई फुकाई सरलीकृत गर्नसमेत सरोकारवालाहरुलाई सुझाव… पुरा पढौ

नारायणगढ-मुग्लिन सडक आजदेखि दैनिक चार घण्टा बन्द हुने

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ । भिर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको हो । चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिने छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म… पुरा पढौ

१६८ मुरी धान फलाएका बम्जन दम्पती ५० हजारबाट पुरस्कृत

पाँचवटा खेतमा फलेको एक सय ६८ मुरी धान जोख्ने काम सकिएपछि पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ लाक्सिबुङका मकरबहादुर बम्जनको घरमा बुधबार स्थानीयवासी, जनप्रतिनिधि र कर्मचारीको घुइँचो थियो । गलामा माला लगाएका मकरबहादुर अतिथिको सत्कारमै व्यस्त थिए । सबैलाई ‘एकछिन बस्न र चिया खाएर जान’ आग्रह गर्दैमा मकरबहादुरको समय बितिरहेको थियो । भान्सामा चिया र नास्ता पाक्दै थियो । मकरबहादुरको घरको आँगनमा मकैको थाङ्ग्रो पनि बडेमानकै थियो । घर वरिपरि कोदो टन्न फलेको थियो । टिप्ने समय बित्नै लागेको छ । फाल्गुनन्द–१ का… पुरा पढौ

नौलो घुम्तिद्वारा मादीमा संचालित परियोजनाको सामाजिक लेखा जोखा कार्यक्रम सम्पन्न

पुष ६, पोखरा । नौलो घुम्ति नेपालद्वारा मादी गा.पा.मा संचालित एकिकृत सामुदायिक बिकास परियोजनाको सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ । परियोजना मादी गा.पा.वडा नम्बर ८,९,१० र ११ मा संचालित भए पनि शनिबार छुट्टाछुट्टै कार्यक्रमकाविच वडा नम्बर ८ को वडा कार्यालय नाघिधार र ९ को वडा कार्यालय मुंग्रीमा सामाजिक लेखा जोखा कार्यक्रम गरिएको हो ।कार्यक्रममा बोल्दै बोल्दै मादी गा.पा.वडा नम्बर ८ का अध्यक्ष प्रेमबहादुर गुरुड.ले परियोजनाले समुदायको बिकास, नेतृत्व बिकास, जिबिकोपार्जन, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा सकारात्मक प्रभाब पारेको बताउदै निरन्तरता… पुरा पढौ

अर्थतन्त्रका अधिकांश सूचकहरूमा राम्रो प्रगति भएको छ : प्रधानमन्त्री प्रचण्ड

पुस ६ विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्षको अनवरत प्रयासपछि अर्थतन्त्रका अधिकांश सूचकमा राम्रो प्रगति देखिएको बताएका छन् । मोरङ व्यापार सङ्घद्वारा आयोजित उद्योग व्यापार मेला (एक्स्पो २०२३)को आज उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहित सरकार अगाडि बढिरहेको बताए । उनले अर्थतन्त्रका चुनौतीहरू सम्बोधन गर्दै समृद्धिको यात्रालाई गति दिन सरकार निरन्तर क्रियाशील रहेको छ भने । प्रधानमन्त्री प्रचण्डले जतिबेला मैले सरकारको नेतृत्व लिएको थिएँ, त्यतिबेला देशको अर्थतन्त्र निकै अप्ठ्यारो परिस्थितिमा रहेको बताउँदै एक वर्षको… पुरा पढौ

भोलि रास्वपा सभापति रवि लामिछाने पोखरा आउने

पुस ६ पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय अध्यक्ष रवि लामिछाने शनिवार कास्कीका विभिन्न ठाउमा हुने कार्यक्रममा सहभागी हुन पोखरा आउने भएका छन् । गण्डकी प्रदेशमा आयोजना भएका विभिन्न कार्यक्रममा सरिक हुँदै शुक्रबार स्याङजाको कार्यक्रममा सरिक भएका लामिछानेले शनिवार विहान ८ बजे पोखराको जिरो किलो मिटरमा पाटीको गण्डकी प्रदेश कार्यालयको उद्घाटन गर्ने कार्यक्रम तय भएको गण्डकी प्रदेशका प्रवत्ता बिकास भुर्तेलले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पाटी कास्कीको आयोजनामा शनिवार हुने तिन वटा कार्यक्रम अन्तरगत अपरान्न माछापुच्छ्रे गाउपालिकाको लाहाचोकमा गाउपालिका भेला… पुरा पढौ