समाचार

फेवातालमा अलपत्र परेकी युवतीको सकुशल उद्धार

पोखराको प्रमुख पर्यटकीय स्थल फेवातालमा अलपत्र परेकी एक युवतीको सकुशल उद्धार गरिएको छ । उनी फेवातालमा कायकिङ गर्ने क्रममा अचानक हावाहुरी आएपछि तालको बीचमा अलपत्र परेकी थिईन् । काठमाडौँको नारायणटार घर भई पोखरा घुम्न आएकी २३ वर्षीया रितिका फुयाँललाई सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वाटर कालिकाबाट खट्टिएको टोलीले सकुशल उद्धार गरेको हो । फेवातालस्थित फेवा वाच एन्ड रेस्क्यु टावरमा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमाण्डमा टोली उद्धारका लागि खटिएको थियो । विशेष विपद् उद्धार टोलीले तुरुन्तै… पुरा पढौ

गण्डकीका ५ जना अग्रज पत्रकार सम्मानित,प्रविधिको विकाससँगसँगै आमसञ्चारमा चुनौती थपियो: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेश प्रेस रजिष्ट्रारको कार्यालयले अग्रज पत्रकारको सम्मानको थालनी गरेको छ । पोखरामा शनिबार आयोजित गण्डकी मिडिया समिट–२०८३ तथा अग्रज पत्रकार सम्मान समारोहमा गण्डकी प्रदेशका ५ जना अग्रज पत्रकारलाई सम्मान गरिएको हो । सम्मानित हुनेमा पोखराका अग्रज पत्रकार स्व. केशवराज पराजुली, तिलकमान गुभाजू, नवलपुरका प्रेमचन्द्र रौनियार, तनहुँका विश्वबन्धु भण्डारी र पर्वतकी सरस्वती शर्मा जिज्ञासु हुन् । प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनीहरुलाई जनही ५० हजार राशि, ताम्रपत्र र दोसल्लाले सम्मान गरे । गत मंगलबार मात्र निधन भएका स्व.… पुरा पढौ

नागरिक सहयोग समितिमा तिमिल्सीना, मातृशिशुको सेवालाई थप प्रभावकारी बनाईने

नागरिक सहयोग समिति, पोखरा १६ को अध्यक्षमा पुष्पराज तिमिल्सीना चयन भएका छन् । बाटुलेचौरस्थित मातृशिशु मितेरी अस्पताल स्थापनार्थ गठन भएको उक्त समितिको शनिबार सम्पन्न अधिवेशनले तिमिल्सीनाको अध्यक्षतामा ८ सदस्यीय समिति चयन भएको हो । समितिको उपाध्यक्षमा सुशीला थापा,सचिवमा मोहनकुमार सुनार,कोषध्यक्षमा रञ्जु गुरुङ र सदस्यमा बसन्त बानियाँ,मेहरमान थापा,भिमबहादुर थापा, गुमादेवी गौतम चयन भए । एक जना सदस्य समितिले मनोनित गर्ने जनाईएको छ । यसअघि अधिवेशनको उद्घाटन गर्दै जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले स्वास्थ्य जस्तो संवेदनशील सेवा सबै नागरिकको सहज… पुरा पढौ

पूर्वाधारमन्त्री लम्साल र पर्यटन मन्त्री पौडेल कोरला सडकको निरीक्षणमा

उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी जोमसोम सडक आयोजनाको अनुगमन तथा निरीक्षणका लागि पूर्वाधार विकासमन्त्री सुनिल लम्साल कोरला पुगेका छन् । शुक्रबार बेनी(जोमसोम सडकमार्ग हुँदै मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेमा बास बसेका मन्त्री लम्सालसँग संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री खड्कराज पौडेल गनेश, मन्त्रालय र विभिन्न विभागका प्रतिनिधि पनि सहभागी छन् । कोरला सडकका आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार कोरला सडकको निरीक्षण तथा पर्यटनलगायतका विषयमा जानकारी लिने उद्देश्यले उनीहरु यहाँ आएका हुन् । त्यस अवसरमा पूर्वप्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनको उपस्थितीमा जोमसोम—कोरला सडकमा… पुरा पढौ

घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज

गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक सडक योजना’ अन्तर्गत यहाँको घरपझोङ गाउँपालिकामा चक्रपथ निर्माण सम्पन्न भएको छ । उक्त सडक आयोजना सात वर्षमा निर्माण सम्पन्न भएसँगै आवागमन सहज भएको स्थानीयले बताएका छन् । पूर्वाधार विकास कार्यालय मुस्ताङबाट कार्यान्वयनमा आएको चक्रपथ सडक सदरमुकाम जोमसोम, ठिनी, ढुम्बा, छैरो, मार्फा हुँदै पुनः जोमसोम जोड्ने १० दशमलव पाँच किलोमिटर हालै निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुरेश पाण्डेले बताए । विसं २०७७ माघसम्म निर्माण सम्पन्न गर्रेगरी विसं २०७६ असार २६ गते ठेक्का… पुरा पढौ

रोटरी क्लब अफ पोखरा न्युरोडको अध्यक्षमा राजकुमार गुरुङ

रोटरी क्लब अफ पोखरा न्युरोडले वर्ष २०२६÷२७ का अध्यक्ष रो. राजकुमार गुरुङको नेतृत्वमा गठित समितिको पदस्थापन गराएको छ । आफ्नो १७ औँ पदस्थापन समारोहका अवसरमा रोटरी वर्ष २०२५–२६ का अध्यक्ष अमृतराज बाँस्तोलाले अध्यक्ष गुरुङलाई औपचारिक रूपमा पद हस्तान्तरण गर्दै आफ्नो कार्यकालको प्रतिवेदन प्रस्तुत गरे । नवनिर्वाचित अध्यक्ष गुरुङले आगामी वर्षका प्राथमिकता र सेवामुखी कार्यक्रम सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा सामुदायिक विकासलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।गुरुङको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ ।… पुरा पढौ

पोखरामा आयोजित रोजगार मेलामा जागिर खोज्नेहरुको लर्को

पोखरा,१९ असार । पोखरामा शुक्रबार आयोजना भएको रोजगार मेलामा जागिरमा भाग्य अज्माउनेहरुको ठूलो भिड देखियो । पोखरा महानगरपालिकाको प्रवद्र्धन एवं पोखरा उद्योग वाणिज्य संघ तथा ग्रोथ सेलर्स प्रालिको आयोजनामा भएको मेलामा सयौंले जागिर पनि सुनिश्चित गरे ।पोखरा महानगरपालिकाअन्तर्गत व्यवसाय प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज अधिकारीका अनुसार पोखरा जब फेयर २०२६ मा आफूले चाहेको जागिरका निम्ति अनलाइनबाट पनि आवेदन माग गरिएीको थियो । उनका अनुसार करिव १८ सय जनाले अनलाइनबाट आवेदन दिएका थिए भने ५ हजारको हाराहारीमा युवायुवतीहरु त्यहाँ रहेका ५१… पुरा पढौ

‘एलजी एसेन्सियल सिरिज’ पोखरामा पनि सार्वजनिक

पोखरा, असार १९ – एलजी इलेक्ट्रोनिक्सले नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई लक्षित गर्दै ‘एलजी एसेन्सियल सिरिज’ अन्तर्गतका नयाँ घरेलु उपकरण सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा पोखरामा आयोजित विशेष कार्यक्रममा उक्त उत्पादन शृंखलाको औपचारिक अनावरण गरेको हो। कार्यक्रममा कम्पनीका जनरल म्यानेजर सन्देश भुर्तेल, जीको पोखराका लागि आधिकारिक विक्रेता न्यू साण्ड एण्ड भिजनका सञ्चालक मनोहर श्रेष्ठ, डेपुटी जनरल म्यानेजर सचिन गुप्ता लगायतले अनावरण गरेका थिए।‘हरेक घरको खुसी, घर–घरमा एलजी’ अभियानअन्तर्गत सार्वजनिक गरिएको नयाँ शृंखलामा आधुनिक प्रविधि, उच्च… पुरा पढौ

ओलम्पिक दिवसका अवसरमा पोखराका १२ संस्था सम्मानित

पोखरा, असार १९। अन्तर्राष्ट्रिय ओलम्पिक दिवस–२०२६ को अवसरमा पत्रकारिताको माध्यमबाट खेलकुदको विकासमा सहयोग पुर्याउने १२ वटा संस्थालाई सम्मान गरिएको छ। नेशनल ओलम्पिक एकेडेमी नेपालद्वारा शुक्रबार आयोजित कार्यक्रममा आदर्श समाज राष्ट्रिय दैनिक, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, समाधान राष्ट्रिय दैनिक, ढोरपाटन राष्ट्रिय दैनिक, क्रिष्टल मन्टेश्वरी, अन्नपूर्ण एफएम, सराङकोट एफएम, एभरेष्ट एफएम, माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालय, हिल प्वाइन्ट माध्यमिक विद्यालय, नागरिक समाज वडा नं. ५ र समय नेपाल टिभीलाई सम्मान गरिएको हो। नेशनल ओलम्पिक एकेडेमी नेपालका अध्यक्ष तेजबहादुर गुरुङका अनुसार सप्ताहव्यापी कार्यक्रमअन्तर्गत एकेडेमीको… पुरा पढौ

विन्ध्येश्वरी आदर्शमा नेपाली भाषा कौशल कार्यक्रम सम्पन्न

पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुल नेपाली भाषा कौशल कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरूको भाषिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा कक्षा आठदेखि दशसम्मका विद्यार्थीहरूले सहभागिता जनाएका थिए । प्रतियोगितात्मक रुपमा भएको कार्यक्रममा निलो सदनबाट कक्षा १० का छात्रा एस्थर तामाङ, कक्षा ९ का छात्रा उपासना रेग्मी र कक्षा ८ का छात्रा सविता सोमै प्रथम तथा रातो सदनबाट कक्षा १० का छात्र दिवस घिमिरे, कक्षा ९ का छात्र विनायक गिरी र कक्षा ८ का आदित्य लम्साल द्वितीय भएको अतिरिक्त… पुरा पढौ