समाचार

१६ औं हिसान कास्की स्पोर्टस मिटको उपाधि प्रतिभाले उचाल्यो

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा आइतबार सम्पन्न १६ औं हिसान कास्की स्पोर्टस मिटको उपाधि प्रतिभा माविले उचालेको छ । पोखरा रंगशालामा सम्पन्न स्पोर्टस मिटमा सर्वाधिक २२ अंक बटुल्दै प्रतिभाले उपाधि उचालेको हो । गत सस्करणको समेत उपाधि विजेता रहेको प्रतिभाले छात्र–छात्र बास्केटबलमा प्रथम, टेवुल टेनिसमा ७ पदक तथा व्याडमिन्टनमा एक पदकका साथ कूल २२ अंक बनाउँदै रनिङ शिल्ड आफै संग राख्न सफल भएको हो । सम्पन्न स्पोर्टस मिटमा करुणानिधी मावि कुल १६ अंकका… पुरा पढौ

पोखरा १३ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ शहरी स्वास्थ्य केन्द्र कुँडहरको आयोजनामा यौन तथा प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल परिवार नियोजन संघ कास्की शाखाको प्राविधिक सहयोगमा पोखरा महानगरपालिका वडा नं. १३ को परिषरमा आयोजित शिविरबाट एक सय २६ जना महिला लाभान्वित भएका छन् । शिविरमा पाठेघरको मुखको क्यान्सर र यौनजन्य संक्रमणको परिक्षण गरी निशुल्क औषधी वितरण गरिएको वडा अध्यक्ष किरण बरालले जानकारी दिए । शिविर उदघाटन गर्दै नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले पछिल्लो समय… पुरा पढौ

पोखरामा मनाइयो ३२ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस

मंसिर १७ पोखरा । “दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता” भन्ने नारासहित यस वर्षको अपाङ्गता दिवस मनाइएकोे छ । अपाङ्गता भएका व्यक्तिहरुको ३२ औँ अन्तर्राष्ट्रिय दिवस पोखरामा ¥याली सहित कार्यक्रम गरी मनाइएको छ । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयोजनामा पोखरा महानगरको गेटबाट सुरु भएको ¥याली पोखरा सभागृहमा पुगेर कार्यक्रममा परिणत भएको थियो । ¥यालीमा पोखरामा अपांगताको क्षेत्रमा काम गर्ने संघसस्थाका प्रतिनिधि र अपांगता भएका ब्यक्तिहरुको सहभागीता रहेको थियो । ¥यालीपछि आयोजित कार्यक्रममा… पुरा पढौ

सञ्चार सहकारीको १२ औं साधारणसभा सम्पन्न

मंसिर १६ पोखरा । सञ्चार वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभामाको सहकारीका ज्येष्ठ सदस्य सुवेदार मेजर यामबहादुर रानाले पानसमा दिप प्रज्वलन गरी कार्यक्रको उद्घाटन गरे । पोखराको न्यूरोड स्थित सहकारीको आफ्नै भवनमा सम्पन्न साधारण सभामा संस्थाका अध्यक्ष विनोद ढुंगानाले पछिल्लो समय केही सहकारीमा देखिएको वित्तिय संकट र व्यवस्थापकीय कमजोरीले सहकारी प्रति आम बचतकर्ताको धारणा बदलिएको बताए । उनले त्यसको प्रत्यक्ष र अप्रत्यक्ष असर संस्थामा देखिए पनि सञ्चालक समितिको व्यवस्थापकीय कौशलका कारण… पुरा पढौ

व्यापार मेलामा जेष्ठ नागरिक तथा अपाङ्गता भएकाहरुलाई प्रवेश निःशुल्क

मंसिर १७ पोखरा । पोखराको नयाँबजारमा मंसिर २१ गतेबाट सुरु हुने ३२ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेलामा जेष्ठ नागरिक तथा अपाङ्ता भएकाहरुलाई प्रवेश निःशुल्क हुने भएको छ । मेला प्रवेशको लागि सर्वसाधारणको लागि एक सय रुपैयाँ र विद्यार्थीको हकमा ६० रुपैयाँ टिकट कायम गरिए पनि जेष्ठ नागरिक र अपाङ्ता भएकाहरुको सम्मानका निम्ति निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजक संस्था पोखरा उद्योग वािणज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले जानकारी दिए । ‘हामीले आयोजना गर्ने मेला उद्यमशीलता विकासको पुनित कार्यमा समर्पित छ,हामी मेलामा… पुरा पढौ

पोखरेली टेनिस खेलाडीहरु टेनिस टुर गर्दै चितवनमा

मंसिर १६ पोखरा । टेनिस टुरका लागि चितवन आइपुगेका पोखरेली टेनिस खेलाडीको एउटा समुले चितवनमा मैत्रीपूर्ण टेनिस खेलेका छन् । उनीहरु चितवनस्थित प्रिमियर टेनिस एकेडेमीमा सिंगल्स तथा डबल्सका प्रतिस्पर्धाका लागि कोर्टमा उत्रिए । नौं सदस्यि टेनिस टोलीमा खेलाडीहरु गोपीबहादुर भट्टराई, सूर्यबहादुर भुजेल, धरम बहादुर लामिछाने, राज गुरुङ्ग, भिष्मराज पौडेल, विश्वराज पौडेल, बिरेन्द्र लामा, लक्ष्मण लामा, विनय थापा, देव श्रेष्ठ रहेका छन् । चितवनको भरतपुरस्थित उक्त टेनिस एकेडेमी खैरहनी नगरपालिका–१३, गवइक कुमार जंग क्षेत्रीले सञ्चालन गरेका हुन् । साढे दश कठ्ठा… पुरा पढौ

अदालतको आदेशका कारण फिर्केखोला मापदण्ड कार्यान्वयनमा ढिलाई

पोखरा, मंसिर १७ अदालतको आदेश नआएको भए पोखराको फिर्केखोला अतिक्रमण गरेर बनाइएका संरचना हटाउन शनिबार शुरु हुने थियो । किनकी पोखरा महानगरपालिकाले फिर्के खोलाको अतिक्रमित संरचना हटाउन दिएको समयसीमा विहीबार सकिएको थियो । पोखरा महानगरपालिकाले पोखरा महानगरको मध्यभाग भएर बग्ने फिर्केखोलामा निर्माण भएको अतिक्रमित संरचना हटाउन ३५ दिने सूचना जारी गरेको थियो । कात्तिक १० गते जारी भएको सूचना अनुसार मंसिर १४ गतेसम्मको समयसीमा थियो । समयसीमा सकिएको भोलिपल्टदेखि नै अतिक्रमित संरचना हटाउने महानगरपालिकाको योजना थियो । सो अनुसार महानगरले… पुरा पढौ

वालिङका सबै घरमा नम्बर प्लेट टाँसिने

स्मार्ट सिटीको अवधारणा अनुसार अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका सबै घरमा नम्बर प्लेट टाँस्ने अभियान थालेको छ । नगरपालिकाको ‘सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम’अन्तर्गत घरमा नम्बर प्लेट टाँस्ने अभियान थालिएको हो । सङ्घीय सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र वालिङ नगरपालिकाबीच एक समझदारी पत्रमा हस्ताक्षर भएसँगै नगरभित्रका प्रत्येक घरमा नम्बर प्लेट टाँस्ने अभियान थालिएको नगर प्रमुख कृष्ण खाँणले बताए । नगरका चौध वटै वडामा रहेका प्रत्येक नागरिकको स्वास्थ्य स्थितिको अभिलेखीकरणसहित घर जिपिएस प्रणालीबाट पत्ता लगाउन सक्ने… पुरा पढौ

पोखरा १३ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर सम्पन्न

पोखरा । पोखरा महानगरपालिका वडा नं. १३ शहरी स्वास्थ्य केन्द्र कुँडहरको आयोजनामा यौन तथा प्रजनन् स्वास्थ्य शिविर सम्पन्न भएको छ । नेपाल परिवार नियोजन संघ कास्की शाखाको प्राविधिक सहयोगमा पोखरा महानगरपालिका वडा नं. १३ को परिषरमा आयोजित शिविरबाट एक सय २६ जना महिला लाभान्वित भएका छन् । शिविरमा पाठेघरको मुखको क्यान्सर र यौनजन्य संक्रमणको परिक्षण गरी निशुल्क औषधी वितरण गरिएको वडा अध्यक्ष किरण बरालले जानकारी दिए । शिविर उदघाटन गर्दै नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले पछिल्लो समय… पुरा पढौ

पाल्पाली सहकारीमा चिरञ्जीवी श्रेष्ठ, सहकारी पत्रकारिता पुरस्कार कुँवरलाई

मंसिर १६ पोखरा । पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था पोखराको सञ्चालक समिति अध्यक्षमा चिरञ्जीवी श्रेष्ठ निर्वाचित भएका छन् । संस्थाको शनिबार पाँचौं साधारणसभा तथा दोस्रो अधिवेशनले पुनः उनको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।समिति उपाध्यक्षमा बाबुराम खनाल, सचिव रेशम थापा, कोषाध्यक्ष उमा सापकोटा, सहसचिव युमाया पचभैया र सहकोषाध्यक्ष रेनुका बज्राचार्य छन् । सदस्यमा पदमप्रसाद पोखरेल, दामोदर बस्याल, गीतादेवी शर्मा र पिताम्बर तिमिल्सिना रहेको निर्वाचन समिति संयोजक विष्णुप्रसाद लम्सालले बताए । लेखा समिति संयोजकमा सुनिल अर्याल र सदस्यमा केशव नेपाल… पुरा पढौ