समाचार

वेलनन एकेडेमीलाई पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि

पोखरा । संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था युनिप्स नेपालको आयोजनामा सम्पन्न पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जितेको छ । पोखरा रंगशाला सम्पन्न भएको उक्त खेलकुद महोत्सवमा सहभागि १८ विद्यालयलाई पछि पार्दै कुल १३३ अंकका साथ वेलननले उपाधि जितेको हो । हरेक दुई–दुई वर्षमा आयोजना हुने खेलकुद महोत्सवमा वेलननले यस अघि रनिङ शिल्डमा एक पटक कव्जा जमाइसकेको छ । वेलनन ले यो संगै लगातार चौथोपटक उपाधि जितेको छ । यसै गरि खेलकुद महोत्सवमा ११० अंकका साथ कलिका इङलिश… पुरा पढौ

भूमिहीन किसानलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्री श्रेष्ठको प्रतिबद्धता

मंसिर १६ चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यादेश जारी गरेर भए पनि राष्ट्रिय भूमि आयोगको काम सफल बनाउने प्रतिबद्घता व्यक्त गरेका छन् । चितवनको नारायणगढमा भएको राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको छैटौँ राष्ट्रिय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले राष्ट्रिय भूमि आयोगको कामलाई हरहालतमा सफल पारेर भूमिहीन किसानलाई जग्गा प्रदान गर्ने बताए । उनले भने, “भूमिहीन किसानलाई जग्गा प्रदान गर्ने जुन उद्देश्य राखेका छौँ हरहालतमा त्यो पूरा गरी छाड्ने सङ्कल्प गरेकाछौँ ।” उपप्रधानमन्त्रीले सङ्कल्प र प्रतिबद्घता गरेर मात्रै… पुरा पढौ

नेत्रहीन संघ कास्कीमा पुनः सापकोटा

मंसिर १६ पोखरा । नेत्रहिन संघ कास्कीको अध्यक्षमा दोश्रो कार्यकालकालागि पुनः श्रीकान्त सापकोटा दोहोरिएका छन् । शनिबार संघको २६ औं वार्षिक साधरणसभा तथा ११ औं अधिवेशनले सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । संघको उपाध्यक्षमा अमृत बराल, महिला उपाध्यक्षमा सुनिता ज्ञवाली, सचिवमा सुशील गोदार, कोषाध्यक्षमा सम्राट गौतम, सहसचिव अर्पण कोईराला चयन भएका छन् । यस्तै सदस्यहरुमा डा.सरद कोईराला, सीता रिजाल, ज्योति पौडेल, जितकुमारी बराल, प्रमोद दाहाल ,अक्षय खड्गी र सन्त बहादुर परियार निर्विरोध निर्वाचित भए । यसअघि कार्यक्रमको अपांग… पुरा पढौ

‘पार्टीलाई बलियो बनाउने अभियानमा लागौँ’ : सभापति देउवा

मंसिर १६ लुम्बिनी । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्ताबीच एकता कायम गर्ने र मनोमालिन्य घटाउन सकेमा मात्र पार्टी बलियो हुने बताएका छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिको प्रथम सम्मेलनको आज बुटवलमा उद्घाटन गर्दै सभापति देउवाले प्रदेश सम्मेलन पार्टी बलियो बनाउने अभियान भएको बताए । “कांग्रेसको प्रदेश सम्मेलनले पार्टीलाई बलियो बनाउँछ, आन्तरिक लोकतन्त्र बलियो बनाउँछ”, उनले भने, “पार्टीलाई एक बनाउन लाग्नुस् मेरो आग्रह छ, पार्टी बलियो भए मात्र हामी सबै सबल हुन्छौँ ।” सभापति देउवाले बुद्ध… पुरा पढौ

सीमा क्षेत्रमा अवैध गतिविधि रोक्ने नेपाल–भारतका सुरक्षा अधिकारीको प्रतिबद्धता

मंसिर १६ जनकपुरधाम । नेपाल तथा भारतका सुरक्षा अधिकारीहरूको संयुक्त बैठक जनकपुरधाममा सम्पन्न भएको छ । भारतको मधुवनी जिल्ला र सोसँग सीमा जोडिएका मधेस प्रदेशका चार जिल्लाका सुरक्षा अधिकारीको सहभागितामा भएको बैठकले द्विपक्षीय हकहितका लागि दुई देशका सुरक्षा चासोबारे सहकार्य गरेर अगाडि बढ्ने समझदारी भएको धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपणि पाण्डेले जानकारी दिए । आगामी पुस १ गते जनकपुरमा हुने विवाह पञ्चमी मेलामा आउने तीर्थालुको सहजीकरण, सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप र सुरक्षा चुनौती, मदिरा, हातहतियार ओसारपसार नियन्त्रण, दशगजा क्षेत्रमा… पुरा पढौ

हिसान कास्की स्पोर्टस मिट : केही खेल सम्पन्न, केही जारी

पोखरा । १६ औं हिसान कास्की स्पोर्टस मिट पोखरा रंगशालामा तेश्रो दिन ब्याडमिन्टनका सम्पूर्ण प्रतिस्पर्धाहरु सम्पन्न भएका छन् भने अन्य खेलहरु जारी रहेका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको पोखरा रंगशालामा जारी प्रतियोगितामा तेश्रो दिन व्याडमिन्टनका सम्पूर्ण प्रतिस्पर्धा सम्पन्न भएको व्याडमिन्टन प्रतियोगिता उपसमितिका संयोजक पुरन कुंवरले जानकारी दिए । छात्र व्याडन्टिन प्लस टु सिंगल्समा बाल प्रभात माविका सुन्दर विकले सगरमाथाका सुजन पौडेललाई पराजित गर्दै प्रथम भएका छन् । त्यस्तै तेश्रो स्थान सगरमाथाका सत्यजित शर्मा र… पुरा पढौ

डिमुवा बचत तथा ऋण सहकारीको साधरण सभा सम्पन्न

पर्वत । डिमुवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार पर्वतको डिमुवामा अवस्थित सहकारीको नवौं साधरण सभा सम्पन्न भएको हो । साधरणसभाको मोदी गाउँपालिका–६ का वडाध्यक्ष दिपेन्द्र लामिछानेले उद्घाटन गरे । उनले समाजको विकासमा सहकारीको भुमिका भुमिका महत्वपूर्ण रहेको बताए । उनले सदस्यहरुको हितलाई केन्द्रमा राखेर कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गरे । सञ्चालक समितिका अध्यक्ष रुद्रप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा ठक्कर प्रसाद शर्मा , नुवादत्त लम्साल, बाबुराम शर्मा, रामचन्द्र सुवेदी लगायतले बोलेका… पुरा पढौ

सराङकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा सम्पन्न

मंसिर १६ पोखरा । सराङकोट बहुउद्देश्यीय सहकारीको १७ औं साधारण सभा सम्पन्न भएको छ । २०६३ मा स्थापना भएको सहकारी ऐन नियम अनुसार समुदाय विकास कार्यक्रमका लागि रेडियो सराङकोटसंगै सदस्यको आर्थिक विकासको लागि बचत तथा ऋण कारोबार गर्दै आएको छ । साधारणसभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी बैंकका क्षत्रीय प्रमुख नरेश पाण्डेले संस्थालाई दिर्घकालिन रुपमा अगाडी बढाउन, जगेडाकोष बृद्दिसंगै सदस्यहरुले ‘मेरो सहकारी’ भन्ने भावनाको विकास गराउनुपर्ने बताए । समाजको विकासमा सहकारीको भुमिका महत्वपूर्ण रहेकोले सबै सहकारी एउटै टोकरीमा राखेर नहेरी राम्रोलाई… पुरा पढौ

पवित्र बचत तथा ऋण सहकारीद्वारा विद्यार्थी सम्मान

मंसिर १६ पोखरा । पवित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले शैक्षिक सत्र २०८० सम्ममा १०+२ देखि विद्यावारिधि तह पूरा गरेका शेयर सदस्य र सदस्यका छोराछोरी गरी २२ जनालाई सम्मानित गरेको हो । विद्यार्थीलाई संस्थाका सल्लाहकार श्रीबहादुर रानाभाट, ठाकुरप्रसाद रानाभाट र अध्यक्ष बुद्धिबहादुर रानाभाटलगायतले सम्मान अर्पण गरेका थिए । संस्थाका सल्लाहकार श्रीबहादुर रानाभाटले विद्यार्थी भाइबहिनीलाई सही बाटोमा डो¥याउन स–साना सम्मान र प्रोत्साहनले पनि ठूलो प्रेरणा मिल्ने धारणा राखे । रानाभाट÷भाट समाज नेपालका… पुरा पढौ

कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ

मंसिर १६ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवम् हानिकारक असर भोगिरहेको बताएका छन् । संयुक्त अरब इमिरेट्स (युएई)मा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८)को कन्फ्रेन्स अफ पार्टिजलाई सम्बोधन गर्दै उनले भने, “हामीमाथि भएको डरलाग्दो अन्यायका कारण हाम्रा नागरिक बाढी पहिरो, डढेलो, हिमनदी विस्फोट, खडेरीजस्ता जलवायुजन्य सङ्कटबाट नराम्ररी प्रभावित भएका छन् ।” आफू तीन करोड नेपालीको सन्देश लिएर यस सम्मेलनमा सहभागी भएको उल्लेख गर्दै उनले विश्वव्यापी रुपमा बढ्दो… पुरा पढौ