समाचार

बागलुङको पहिचान बुट्टेनली जोगाउन पुस्तान्तरणको पहल

गलकोट । बागलुङको पहिचान रहेको बुट्टेनली जोगाउन १२ वर्षपछि पुस्तान्तरणको पहल थालिएको छ । दुई सय वर्ष पुरानो बुट्टेनली संरक्षण तथा पुस्तान्तरणको अभावमा हराउन थालेको भन्दै युवा पुस्तालाई यसको महत्त्व जगाउन सीप प्रदान गर्न थालिएको हो । निगालोलाई कुँदेर तयार पारिने बुट्टेनलीप्रति युवा पुस्ताको चासो नहुँदा बागलुङको पहिचानसँग जोडिएको कला लोप हुन थालेको स्थानीय बुढापाका बताउँछन् । यसको संरक्षण गर्ने उद्देश्यले युवा तथा विद्यार्थीलाई बुट्टेनली निर्माण गर्ने सीप प्रदान गर्न थालिएको जिल्लास्थित हस्तकला सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष ज्योती… पुरा पढौ

पुनहिल घोडेपानी प्राकृतिक सौन्दर्यको खानी

म्याग्दी । हिमाल, पहाडी भूगोल, सुुर्योदय र गुराँसको जङ्गल अवलोकनका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र उपयुुक्त गन्तव्य हो । समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यको दृश्यावलोकन गर्न पाइन्छ । यहाँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जन बढी हिमाल र दर्जनौँ हिम चुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ । मनोरम प्राकृतिक दृष्यको अवलोकन, उच्च हिमाली भूगोल, शान्त र… पुरा पढौ

नेप्से परिसूचकको ओरालो यात्रा कायमै

सातामा कारोबारको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको ओरालो यात्रा कायमै देखिएको छ । आइतबार सात दशमलव २९ अङ्कले घटेको नेप्से परिसूचक आज तीन दशमलव ४२ अङ्कले घटेको छ । आजको कारोबारपछि नेप्से परिसूचक एक हजार आठ सय ४७ दशमलव ८१ अङ्कमा कायम भएको छ । आज विभिन्न कम्पनीका दुई सय ९२ कम्पनीको ३८ लाख ९६ हजार दुई सय ८७ कित्ता शेयर ४३ हजार चार सय २८ पटक खरिदबिक्री हुँदा रू एक अर्ब १९ करोड ७२ लाख ५७… पुरा पढौ

गण्डकीका उच्च पहाडी स्थानमा हिमपात, जनजीवन कष्टकर

पोखरा । आज विहानैदेखि गण्डकी प्रदेशका उच्च स्थानहरुमा हिमपात भएको छ । बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । मौसम बदलीसँगै आज बिहानैदेखि हिमपात भइरहेको ढोरपाटन शिकार आरक्ष कार्यालयका प्रमुख वीरेन्द्र कँडेलले बताए। “यसवर्ष पहिलो पटक ढोरपाटनमा हिमपात भएको हो”, कँडेलले भने, “हिमपातले ढोरपाटन उपत्यका सेताम्य भएको छ । चिसो धेरै बढेको कारण जनजीवन कष्टकर बनेको छ ।” हिमपातका कारण घोडा खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना हाल्नसमेत गाह्रो भएको स्थानीय कूलबहादुर विकले बताए।… पुरा पढौ

हराउँदै गयो खलो पुज्ने र वनभात खाने चलन

गलेश्वर । मङ्सिर मुख्यबाली धान ढुकुटीमा भरिने र भराउने महिना हो । दसैँ र तिहारजस्ता ठूला चाड सकिएपछि किसान बाली भित्र्याउन व्यस्त हुने महिना पनि हो यो । केही वर्षअघिसम्म बाली भित्र्याउने चटारोमा हतारो गरिरहेका किसान जब धान भित्र्याउँथे त्यसपछि भूमे र खलो पूजा गरिसकेपछि वनभात (वनभोज) गएर रमाइलो गर्ने गर्दथे । तर, पछिल्लो समय यस्तो चलन लोप भइसकेको छ । हिन्दू परम्पराअनुसार हरिबोधनी एकादशीको भोलिपल्ट अग्नी स्थापना गरी हवन गरेपछि पितृलाई नयाँ चामल चढाउने गरिन्थ्यो । यस पर्वलाई कृषक… पुरा पढौ

म्याग्दे गाउँपालिकाले विपन्नको घर निर्माण गरिदिने

दमौली । म्याग्दे गाउँपालिकाले विपन्न जनताको घर निर्माण गरिदिने भएको छ । गाउँपालिकाले सातवटै वडाका विपन्न परिवार छनोट गरी घर निर्माण गर्न लागेको हो । सङ्घीय सरकारको समपूरक कोष र गाउँपालिकाको साझेदारीमा विपन्नको घर निर्माण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार सङ्घको समपूरक कोषमार्फत रु ५० लाख र गाउँपालिकाको रु ५० लाख गरी रु एक करोड लगानीमा २५ वटा घर निर्माण गरिनेछ । उनले भने, “गाउँपालिकाको चालु आर्थिक वर्ष २०८०र८१ को वार्षिक स्वीकृत कार्यक्रम… पुरा पढौ

युनाइटेड क्लबद्धारा रुकुम पश्चिका भुकम्प प्रभावितलाइ न्यानो कपडा वितरण

पोखरा । युनाइटेड क्लब पोखराले आफ्नो सामाजिक कार्यक्रम अन्तर्गत भुकम्प प्रभावित क्षेत्रमा पुगी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका अभिभावकलाई सिरक र विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरेको छ । देउसीभैलो कार्यक्रम गरी बचत भएको रकमबाट स्थापित विपद ब्यवस्थापन कोष मार्फत युनाइटेड क्लबले कार्तिक १७ गते जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु बनाइ गएको भुकम्पबाट प्रभावित रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १० बिसौनीचौरका बासिन्दालाई मध्यनगर गरी सोही स्थानमा रहेको ऐश्वर्य आधारभुत आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा र उनका अभिभावकहरुलाई सिरक वितरण गरिएको हो । सोे… पुरा पढौ

सुन्तला उत्पादनमा वृद्धि हुुँदा किसान उत्साहित

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिका–७, सिरौँसाका किसान यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएपछि उत्साहित भएका छन् । मौसम अनकूल र नयाँ बोटमा फल राम्रो लागेका कारण सिरौँसामा यस वर्ष सुन्तलाको उत्पादन बढेको हो । सुन्तला पकेट सञ्चालक समिति सिरौँसाका अध्यक्ष रामप्रसाद भण्डारीले सिरौँसामा अघिल्लो वर्ष रु दुई करोडको सुन्तला बिक्री भएको र यस वर्ष अघिल्लो वर्षको तुलनामा रु ५० लाख मूल्य बराबरको सुन्तला उत्पादनमा वृद्धि भएको जानकारी दिए । विसं २०७० देखि यहाँ सुन्तला पकेट क्षेत्र घोषणा गरेर ‘सुन्तला पकेट… पुरा पढौ

उत्तरी गोरखाको सिर्दीबासमा खच्चडबाट चामल ढुवानी

गोरखा । उत्तरी गोरखाको सिर्दीबास डिपोमा खच्चडबाट ढुवानी गरेर बिक्रीका लागि ढुवानी अनुदानको चामल पु¥याइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि सिर्दीबास डिपोका लागि चामल ढुवानी गर्न थालेको कार्यालयका सूचना अधिकारी शिव सुनारले जानकारी दिए । “सदरमुकामस्थित कम्पनीको शाखा कार्यालयबाट दोभानसम्म मिनिट्रक र दोभानबाट सिर्दीबास डिपोसम्म खच्चडले ढुवानी गर्न थालेको छ”, उनले भने, “सिर्दीबास डिपोमा चामल ढुवानीका लागि दूधपोखरी निर्माण सेवासँग कम्पनीले ठेक्का सम्झौता गरेको छ ।” चालु आवका… पुरा पढौ

‘कोप–२८ प्रभावकारी र परिणाममुखी भयो’ : प्रधानमन्त्री प्रचण्ड

मंसिर १७ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८’ प्रभावकारी र परिणाममुखी भएको बताएका छन् । कोप २८ मा सहभागी भई स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले यस पटक नेपालले आफ्ना ‘एजेन्डा’ प्रभावकारी र वस्तुनिष्ठ ढङ्गले प्रस्तुत गरिएको बताए । जलवायु परिवर्तनको असर नेपालले भोग्नुपरेकाले त्यसबापतको क्षतिपूर्तिका लागि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलेले नेपाललाई प्राथमिकता प्राप्त देशको सूचीमा समावेश गरिएको आफूलाई जानकारी दिएको प्रधानमन्त्रीले बताए । जलवायु वित्तमा नेपाल… पुरा पढौ