समाचार

केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेटःआर्मीलाई हराउँदै मधेश प्रदेश च्याम्पियन

पोखरा । शुक्रबार सम्पन्न भएको केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ । पोखरामा भएको फाइनलमा राष्ट्रिय खेलाडीले भरिएको आर्मीलाई ११ रनले हराएर मधेश च्याम्पियन बनेको हो । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भएको प्रतियोगिता मधेशले दिएको १३६ रनको लक्ष्य पछ्याएको आर्मीले २० ओभरमा ७ विकेट गुमाएर १२४ रन मात्र बनाउन सक्यो । आर्मीका लागि कप्ता विनोद भण्डारीले सर्वाधिक ३२ तथा विवेक यादवले अविजित २५ रन बनाए । जित लागि अन्तिम ओभरमा आर्मीलाई २४ रन… पुरा पढौ

गलकोटको तोरीखोलालाई ‘मौलिक गाउँ’ बनाईँदै

ढोरपाटन । गलकोटको नरेठाँटी बजारभन्दा केहीमाथि रहेको तोरीखोला गाउँ, बाक्लो मगर बस्ती । ढुङ्गा, माटो र काठबाट बनेका मौलिक घर । रातोमाटो र सेतो कमेरोले रङ्गिएका घर निकै आकर्षक देखिन्छन् । वर्षौं पुराना घर अहिले पनि बलिया छन् । परम्परागत रुपमा बनेका मौलिक घर पछिल्लो समय आधुनिकताले गर्दा विस्थापित हुने जोखिम बढेको छ । घरको आँगनमै आएको विकासले स्थानीयलाई सहज त दिलायो, त्यसको अलवा मौलिक संस्कृति र परम्परा भने गुम्ने खतरा बढ्यो । तोरीखोला गाउँजस्ता मौलिकता बोकेका गाउँ बागलुङ थुप्रै… पुरा पढौ

लम्जुङमा एचआइभीरएड्स सङ्क्रमित थपिँदै

लमजुङ । पहाडी जिल्ला लमजुङमा एचआइचीरएड्स सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । वैदेशिक रोजगार, असुरक्षित यौन सम्र्पक, यौन शिक्षाको कमी, एकभन्दा बढीसँग यौन सम्पर्कलगायतका कारणले जिल्लामा एचआइभीरएड्स सङ्क्रमितको सङ्ख्या थपिँदै गएका स्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । सरकार तथा जिल्लास्थित स्वास्थ्य कार्यालयले एचआइभीरएड्स रोकथामका लागि प्रयास गरे पनि सङ्क्रमतिको सङ्ख्या बर्सेनि थपिँदै गएको जिल्ला अस्पतालका एचआइभीरएड्स परामर्शदाता गणेश गुरुङले बताए । उनका अनुसार यस आर्थिक वर्षको हालसम्म थप एक जना महिलामा सङ्क्रमण देखिएको छ । गुरुङले एक हजार ४९ को… पुरा पढौ

सहस्राब्दी पदमार्गमा विदेशी पदयात्री बढ्दै

गण्डकी । तनहुँको दुलेगौंडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको नेपालकै एकमात्र मध्यपहाडी क्षेत्रको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)मा विदेशी पदयात्री बढ्न थालेका छन् । भूूकम्प, कोरोना महामारीलगायत कारणले सुस्ताएको यहाँको पदयात्रा पर्यटनमा यो याममा भएको विदेशी पदयात्रीको आगमनले उत्साह थपिएको हो । पदयात्राको याम सुरु भएसँगै विभिन्न समूहमा विदेशी पदयात्रीको टोली यस क्षेत्रमा पदयात्रा गरिरहेको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले बताए । “यो याम सुरु भएयता विभिन्न समूहमा विदेशी पदयात्री यो पदमार्गमा आइरहेका छन्”, उनले भने, “विदेशी पर्यटकसँगै… पुरा पढौ

बेनीमा अटोरिक्साका लागि नयाँ रुट सञ्चालनमा

बेनी । म्याग्दीको बेनी नगरपालिकाभित्र अटोरिक्सालाई व्यवस्थितरूपमा सञ्चालन गर्न पहल थालिएको छ । नगरभित्र सर्वसाधारणको सुविधाका लागि नयाँ रुट कायम गरी अटोरिक्सालाई सञ्चालनमा ल्याइएको हो । नगरभित्र कालोपत्र, ढलान र स्तरोन्नति गरिएका सडकमा यात्रुलाई बोक्न मिल्ने गरी रूट कायम गरिएको हो । बिहीबार नगरप्रमुख सुरत केसीको अध्यक्षतामा बसेको बैठकले बेनपा–४ तातोपानीको पखेर जोड्ने फापरखेतको पुलसम्म, बेनपा–९ गलेश्वरको बेलीब्रिज, बेनपा–६ अर्थुङेको ढलान, बेनपा–२ र ३ को सिमान ढूधेखोलासम्म नयाँ रुट तय गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत युवराज थापाले जानकारी दिए। अटोरिक्सा कच्ची… पुरा पढौ

गोरखामा अनलाइनमार्फत भुक्तानी गर्नेको सङ्ख्या बढ्दो

गोरखा । गोरखा जिल्लामा अनलाइन प्रणालीमार्फत विद्युत् महसुल भुक्तानी गर्ने ग्राहकको सङ्ख्या बढ्दै गएको छ । नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रमा पछिल्लो समय ग्राहकले विद्यु्तीय माध्यमबाट महसुल भुक्तानी गर्नेक्रम कार्यालय प्रमुख इञ्जिनियर चिजकुमार गुरुङले जानकारी दिए। “शाखाअन्तर्गत अहिले ४८ हजार आठ सय ८० हजार ग्राहक रहेका छन्”, उनले भने, “त्यसमध्ये आधाजसो ग्राहकले अनलाइनमार्फत महसुल भुक्तानी गर्न थालेका छन् ।” धेरै महसुल तिर्नुपर्ने ग्राहकले चेकमार्फत भुक्तानी गर्ने गरेका भए पनि थोरै शुल्क तिनुपर्ने ग्राहकले भने अनलाइन सेवामार्फत महसुल बुझाउने गरेको… पुरा पढौ

चेपेखोला मोटरेबल पुल निर्माणमा ढिएलाई

गोरखा, १५ मङ्सिर स् गोरखा र लमजुङ जोड्ने चेपेखोला मोटरेबल पुल निर्माणमा ढिलाइ भएको छ । दूधपोखरी राजमार्गअन्तर्गत पर्ने गोरखाको सिरानचोक गाउँपालिका र लमजुङको राइनास नगरपालिका जोड्ने चेपेखोला मोटरेबल पुल गत वर्ष नै निर्माण भइसक्नुपर्ने भए पनि अझैसम्म पनि निर्माण सम्पन्न हुन नसकेको ११ किलो भालुस्वाँरा बारपाक सडक आयोजना कार्यालयका प्रमुख अमिन्द्र खड्काले जानकारी दिए। आयोजना कार्यालयले विसं २०७७ जेठमा दुई वर्ष छ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी बिक्वे बिल्ड्रर्स प्रालिसँग पुल निर्माणका लागि ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार… पुरा पढौ

वन फँडानी रोकिएपछि सामुदायिक वनमा बढ्दै जङ्गली जनावर

गलेश्वर । म्याग्दीमा वन फँडानी रोकिएपछि सामुदायिक वन तथा खोरिया घना जङ्गल बन्दै जाँदा जङ्गली जनावरको चहलपहल बढ्दै गएको छ । समुदायको जिम्मामा रहेका सामुदायिक वनमा काठ दाउरा, घाँस र स्याउला फँडानी रोकिएपछि जिल्लाका सामुदायिक वन हराभरा भएका छन् । वन क्षेत्र हराभरा र घना बन्दै गएपछि जङ्गली जनावर वृद्धि हुनुका साथै पछिल्लो समय ती जनावर गाउँबस्तीमा प्रवेश गर्न थालेका म्याग्दीको मालिका गाउँपालिका–१ निस्कोटका टकबहादुर विकले बताए । म्याग्दीको रुम, निस्कोट, ओखरबोट, देवीस्थान, बगरफाँट, गौश्वारा, भकिम्ली, अर्मन, बरङ्जालगायत ७३ वटा… पुरा पढौ

अन्नपूर्ण हिमालको ‘रोयल्टी’ दाबी

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण हिमाल आरोहणको रोयल्टी (सलामी) दस्तुरमा दाबी गरेको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल, आरोहीले प्रयोग गर्ने आधार शिविर र मार्ग म्याग्दीको भूगोलमा पर्ने तथ्यसहित रोयल्टी दाबी गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा अन्नपूर्ण हिमालको रोयल्टी पाउनुपर्ने दाबी पेश गरिएको जानकारी दिए। “म्याग्दीको अन्नपूर्ण–४ को भूगोलमा पर्ने अन्नपूर्ण हिमालको रोयल्टी कास्कीको अन्नपूर्ण गाउँपालिकाले मात्र पाउने गरेको छ”, उनले भने, “यहाँको गाउँपालिकाले आफ्नै भूगोलमा भएको… पुरा पढौ

एचआइभी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल भएको छ: स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले एचआइभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको बताएका छन । छत्तीसऔँ विश्व एड्स दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री बस्नेतले सन् २०१० देखि २०२२ सम्म नयाँ एचआइभी सङ्क्रमण दर ७७ प्रतिशतले घट्नु, एड्सका कारण हुने मृत्यु ८० प्रतिशतले घट्नु यस क्षेत्रका लागि ठूलो उपलब्धि भएको बताए । मन्त्री बस्नेतले सन् २०३० सम्म नेपालबाट एचआइभी उन्मूलन गर्ने लक्ष्य चुनौतीपूर्ण भएको उल्लेख गर्दै एचआइभी उन्मूलनका लागि समुदायसँग हातेमालो गर्न मन्त्रालय तयार रहेको बताए । राष्ट्रिय एड्स… पुरा पढौ