समाचार

हिमालय मा.वि.मा बालविवाह विरुद्धको सडक नाटक प्रर्दशनी

मंसिर १५ पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा बालविवाह विरुद्धको सडक नाटक प्रर्दशनी गरिएको छ । पालिकाको वडा ७ मा रहेको हिमालय माध्यमिक विद्यालयमा उक्त नाटक प्रर्दशनी गरिएको हो । गाउँपालिकामा बढ्दो बालविवाह कम गराउने उद्देश्यले प्रस्तुत गरिएको नाटकमा सानो उमेरमा विवाह गर्दाका समस्यालाई नाटकमा समेटिएका थिए । कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडाअध्यक्ष भरतमान गुरुङप्रमुख अतिथिले नाटक निकै सन्देशमूलक रहेको बताए । उनले बालविवाह गर्दा एकातर्फ नेपाल सरकारबाट प्राप्त हुने सेवा तथा सुविधाबाट वन्चित… पुरा पढौ

राष्ट्रिय औद्योगिक व्यापार मेला : नाफामुखी नभई उद्यमशीलता विकासमा समर्पित भएको जिकिर

मंसिर १५ पोखरा । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा यही मंसिर २१ गतेदेखि पोखरामा आयोजना हुने राष्ट्रिय औद्योगिक व्यापार मेलाको मुख्य उद्धेश्य उद्यमशीलता विकास भएको जिकिर गरेको छ । आयोजक संस्थाका अध्यक्ष पवनकुमार प्रजापतिले मेला विशुद्ध रुपले उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेला गराउनु, नयाँ प्रविधि तथा उत्पादनबारे जानकारी पस्किनु र उद्यमशीलता विकासमा समर्पित भएको जिकिर गरे । उनले पोखरा उद्योग वाणिज्य संघले २०४२ सालमा देशमै पहिलोपटक राष्ट्रिय औद्योगिक व्यापार मेलाको थालनी गरेको इतिहास कोट्याउँदै भने,‘उत्पादक र उपभोक्तालाई एउटै थलोमा… पुरा पढौ

१९ औं लेखनाथ महोत्सवको तयारी तिव्र

मंसिर १५ पोखरा । लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ५ गते देखि १६ गतेसम्म आयोजना गर्ने १९ औ संस्करणको लेखनाथ महोत्सवको तयारी तिव्र पारिएको छ । महोत्सव सम्पन्न गर्नका लागी ९ सदस्यीय निर्देशक समिति, ४१ वटा उप–समिति र १ सय २० सदस्यीय कार्यसम्पादन समिति गठन गरि विभिन्न उप–समितिहरुसँगको छलफललाई तिव्रता दिईएको छ । हालसम्म ७० प्रतिशत स्टल बुकिङ भएका छन । महोत्सवमा रहने तिन सय ३४ वटा स्टल मध्ये शुक्रबारसम्म दुई सय ४० वटा स्टल बुकिङ भईसकेका छन ।… पुरा पढौ

‘अपाङ्गताअधिकार प्रवर्द्धन समिति’ गठन गर्न माग

मंसिर १५ काठमाडौँ । राष्ट्रिय अपाङ्ग महासङ्घ, नेपालले नेपाल सरकाले अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि बनेका ऐन, कानुन, नीति, नियमलाई कार्यान्वयन गर्न सङ्घीयस्तरमा प्रधानमन्त्री कार्यालयमा ‘अपाङ्गता अधिकार प्रवद्र्धन समिति’ गठन गरी सोको संरचना सङ्घ प्रदेश र स्थानीय तहसम्म पु¥याउनुपर्ने माग गरेको छ । महासङ्घले आज पत्रकार सम्मेलन गरी नेपालका सबै समावेशी विकासका गतिविधिमा अपाङ्गता भएका व्यक्तिका आवश्यकता र सवाललाई समावेश गरिनुपर्ने, अपाङ्गता भएका व्यक्तिको सङ्गठनको क्षमता विकास र विकास प्रक्रियामा उनीहरूको सहभागिता, नेतृत्व विकास र आवाजलाई बलियो बनाउन अन्तर्राष्ट्रिय विकास… पुरा पढौ

विश्वकप क्रिकेट लिगको पहिलो शृङ्खला नेपालमा हुने

मंसिर १५ काठमाण्डौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको पहिलो त्रिकोणात्मक शृङ्खला घरेलु मैदानमा हुने भएको छ । नेपाल, नेदरल्यान्ड र नामिबियाबीच हुने उक्त शृङ्खला आगामी फागुन ५ देखि हुने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । नेपालले दुबै टोलीसँग समान दुई खेल खेल्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)का अनुसार यस संस्करणको खेलमा विभिन्न आठ राष्ट्र सहभागी हुनेछन् । जसमा नेपालसहित नामिबिया, क्यानडा, नेदरल्यान्ड, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (युएई), ओमान र अमेरिका छन् । लिग सन् २०२७ सम्म सञ्चालन… पुरा पढौ

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन कार्यतालिका स्वीकृत

मंसिर १५ काठमाण्डौं । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी माघ ११ गते हुने निर्वाचनका लागि निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ । आयोगको बिहीबारको बैठकले स्वीकृत गरेको कार्यतालिका अनुसार यही मङ्सिर २२ गते निर्वाचनमा भाग लिने राजनीतिक दल दर्ताका लागि सूचना प्रकाशन गर्ने र मंसिर २४ देखि २९ गतेसम्म राजनीतिक दल दर्ता गर्ने कार्यक्रम छ । दल दर्तापश्चात आगामी पुस १ गते राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरी पुस ४ गते स्वीकृत दलको नामावली नेपाल राजपत्रमा प्रकाशनार्थ पठाइने आयोगका प्रवक्ता शालिग्राम शर्मा… पुरा पढौ

राष्ट्रपति पौडेलद्वारा चुरे संरक्षणका लागि स्थायी समाधान खोज्न निर्देशन

मंसिर १५ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले चुरे संरक्षणका लागि स्थायी समाधान खोज्न र त्यसका लागि आवश्यक काम गर्न राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिलाई निर्देशन दिएका छन् । राष्ट्रपतिले राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका पदाधिकारीसँग आज राष्ट्रपति भवन शीतल निवासमा चुरे संरक्षणका सम्बन्धमा भएको छलफलमा त्यस्तो बताए । उनले चुरे विनासले निम्त्याउने सङ्कटप्रति चिन्ता व्यक्त गर्दै अहिलेको काम गराइले मात्र दीर्घकालीन समाधान नहुने धारणा राख्दै राज्यको तदारुकतामा स्थायी समाधान खोज्नुपर्ने बताएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए… पुरा पढौ

कोप–२८ लाई अवसरमा बदल्ने गरी अघि बढ्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

मंसिर १५ काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) लाई अवसरमा बदल्ने गरी अघि बढ्नुपर्ने बताएका छन् । कोप–२८ परिसरमा नेपालको पेभिलियनमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालले जलवायु परिवर्तन असरका सम्बन्धमा आफ्नो अधिकार स्थापित गरेर अघि बढ्ने गरी तयारी गरेको उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले भने, “संयुक्त राष्ट्रसङ्घको महासभामा पनि यस अघि मैले नेपालमा जलवायुको असर भयानक छ भन्ने कुरा प्रस्तुत गरेको थिएँ । युवा पुस्ताको भविष्य सुनिश्चित… पुरा पढौ

नक्कली शरणार्थी प्रकरण : पूर्वमन्त्री बालकृष्ण खाणको विषयमा राय बाझियो

मंसिर १५ काठमाण्डौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण खाणको विषयलाई लिएर न्यायाधीशबीच राय बाझिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा आज उक्त राय बाझिएको हो । न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश बदर गरी रु ३० लाख धरौटीमा छाड्ने राय दिएका छन भने न्यायाधीश खरेलले धरौटीमा छाड्न नमिल्ने राय दिएका छन् । आदेशमा भनिएको छ , “प्रतिवादी बालकृष्ण खाणको हकमा आदेश, राय मतैक्यता हुन नसकेकाले प्रस्तुत फरक राय सहितको… पुरा पढौ

अन्तर विद्यालय हाजिरी जवाफमा विन्ध्यवासिनी प्रथम

मंसिर १५ पोखरा । पोखराको वाटुलेचौरमा भएको अन्तर विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगितामा विन्ध्यवासिनी मा.वि प्रथम भएको छ । विन्ध्यवासिनी मा.विले आयोजना गरेको सामुदायिक विद्यालय स्तरिय प्रतियोगितामा भा।ती भवन मा.वि द्वितिय र नारायण आधारभूत विद्यालय तृतिय भएका छन् । कक्षा १ देखि ३ सम्म अध्ययन गर्ने विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा १४ वटा विद्यालय सहभागी भएको कार्यक्रम संयोजक आधारभूत तहका सह इन्चार्ज गोविन्द शर्माले जानकारी दिए । यस अघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगर शिक्षा महाशाखाका शिक्षा अधिकृत जीवन रेग्मीले विद्यार्थीको… पुरा पढौ