समाचार

मादी गाउँपालिका–७ छाचोकमा १५ शय्याको अस्पताल सञ्चालन

कास्की जिल्लाको मादी गाउँपालिका–७ छाचोकमा अस्पताल सञ्चालनमा आएको छ ।गाउँपालिकाको सोही वडामा १५ शय्या (बेड) क्षमताको अस्पताल भवन निर्माण भइरहेकामा सो अगाडि नै आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट अस्पतालको सुविधा दिन सुरु गरिएको हो । अस्पतालमा मेडिकल चिकित्सक तथा प्रयोगशाला, भिडियो एक्सरे तथा एक्सरेका प्राविधिक जनशक्तिको व्यवस्थापछि बिहीबारदेखि अस्पतालको सेवा सुरु गरिएको हो । आधारभूत स्वास्थ्य केन्द्रबाट अस्पतालको सेवा सुरु भएँगै मादीका पश्चिमी भेगका नागरिक प्रत्यक्ष लाभान्वित हुने र सामान्य उपचारका लागि पोखरा जानुपर्ने बाध्यता हटेको गाउँपालिकाले जनाएको छ । अस्पतालको… पुरा पढौ

लायन्स क्लब अफ पोखरा मिड टाउनद्धारा रक्तदान, ४१ युनिट रगत संकलन

पोखरा । लायन्स क्लब अफ पोखरा मिड टाउनले शुक्रबार पोखराको मानव अधिकार चोकमा आयोजना गरेको रक्तदान कार्यक्रममा ४१ युनिट रगत संकलन भएको छ । लायन्स क्लब अफ पोखरा मिड टाउन वर्ष २३ /२४ का अध्यक्ष बिकास भुर्तेलको अध्यक्षतामा भएको कार्यक्रमा पहिलो रक्तदाताको रुपमा टुकाराम लामिछानेलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारभ गरिएको क्लबका ब्लड डोनेशन चिफ ठाकुर प्रसाद अधिकारी जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै फस्ट भाइस डिष्ट्रिक्ट गर्भनर चण्डी प्रसाद अर्यालले जीवन बचाउने अभियानमा सहभागि हुन आग्रह… पुरा पढौ

आज ३६औँ विश्व एड्स दिवस

आज ३६औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र्रले यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदैछ । सन् १९८१ मा पहिलो एचआइभी सङ्क्रमित फेला परेदेखि सन् २०२२ को अन्त्यसम्ममा आठ करोड ५६ लाख जनामा सङ्क्रमण भएको छ । सङ्क्रमणका कारण चार करोड चार लाखजनाको मृत्यु… पुरा पढौ

पोखरा बहुमुखी क्याम्पसको ३७ औं वार्षिकोत्सव,स्वदेश केन्द्रित शिक्षा प्रणाली विकास गर्न सरोकारवालाको चासो

पोखरा, मंसिर १४पोखरा बहुमुखी क्याम्पसको ३७ औं वार्षीकोत्सव बिहिबार एक समारोहका विच सम्पन्न भएको छ । वार्षीकोत्सवमा बिद्यर्थाी, क्याम्पस प्रशासन, संचालक समिति,  क्याम्पस स्थापना लगायत क्याम्पसको उन्नती प्रगतिका लागि योगदान दिने व्यक्तित्व, चन्दादाता, अक्षयकोष तथा पुरस्कार स्थापना गर्ने बिभिन्न व्यक्ति, संघ संस्था, तथा अन्य सरोकारवालाको सहभागिता थियो । वार्षीकोत्सव समारोहकै विच क्याम्पस उन्नतीका लागि योगदान दिने सामाजिक व्यक्तित्व लगायत बिद्यार्थीको प्रतिभा प्रस्फुटन , नेतृत्व तथा व्यक्तित्व विकासका लागि  क्याम्पसले बिभिन्न समयमा आयोजना  गरेका प्रतियोगितामा विजयी बिद्यार्थीहरुलाइ पुरस्कृत तथा सम्मानित गरिएको थियो… पुरा पढौ

निगमद्वारा इन्धनको मूल्य समायोजन, पेट्रोलमा प्रति लिटर २ रुपैयाँ घट्यो

काठमाण्डौं । नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन छ । निगमले बिहीबार राती १२ बजेदेखि लागु हुने गरि इन्धनको मूल्य समायोजन गरेको हो । निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको छ । मूल्य घटेसँगै पेट्रोल प्रतिलिटर १ सय ७० र डिजेल/मट्टीतेल प्रतिलिटर १ सय ६० रुपैयाँ पर्नेछ । निगमले खाना पकाउने ग्यासको खुद्रा बिक्री मूल्य यथावत् राखेको छ । हाल ग्यास प्रतिसिलिन्डर १८ सय ९५ रुपैयाँ छ । पुरा पढौ

पार्टी पदाधिकारीमा महिलाको सङ्ख्याबारे महासमितिमा कुरा उठाउँछौँ : नेत्री राणा

मंसिर १४ पोखरा । नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले कांग्रेसको पार्टी पदाधिकारीमा महिला सहभागिता कम भएको विषयमा पार्टीको आगामी महासमिति बैठकमा कुरा उठाउने बताएकी छन् । ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) र अक्सफाम नेपालले आज यहाँ आयोजना गरेको ‘राजनीतिमा महिला नेतृत्वको अर्थपूर्ण सहभागिता’ विषयक गोष्ठीमा नेत्री राणाले कांग्रेस पदाधिकारीमा महिलाको सङ्ख्या न्यून रहेकाले यस विषयमा आगामी महासमिति बैठकमा कुरा उठाइने बताएकी हुन् । “पार्टीको पदाधिकारीदेखि विभिन्न विभागमा कम्तीमा पनि ३३ प्रतिशत महिला सहभागिता हुनुपर्छ भन्ने हाम्रो… पुरा पढौ

निर्वाचन प्रणालीबारे गलत अभिव्यक्ति नदिन प्रमुख आयुक्त थपलियाको आग्रह

मंसिर १४ काठमाण्डौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रणालीबारे गलत अभिव्यक्ति नदिन जनप्रतिनिधिलाई सुझाव दिएका छन् । दलित महिला केन्द्र नेपालले आज आयोजना गरेको ‘निर्वाचन व्यवस्थापन विधेयक सम्बन्धमा सांसदसँग अन्तरक्रिया’मा उनले मतदाताको आत्मसम्मानमा चोट पुग्ने गरी निर्वाचन प्रणाली र लोकतन्त्रविरोधी अभिव्यक्ति नदिन जनप्रतिनिधिलाई सुझाव दिए । “निर्वाचन प्रणाली र लोकतान्त्रिक प्रणालीविरुद्ध अभिव्यक्ति दिनु हुँदैन, जसरी पनि चुनाव जित्नुपर्छ भन्ने मानसिकताले अभिव्यक्ति दिनु गलत हो”, प्रमुख आयुक्त थपलियाले भने। जनप्रतिनिधिले मुलुकको सार्वभौमसत्ता, लोकतन्त्रका लगायतका विषयमा गहनतापूर्वक विश्लेषण र छलफल… पुरा पढौ

नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकियो, भोलि निर्णय हुने

मंसिर १४ काठमाण्डौं । उच्च अदालत पाटनमा यही मङ्सिर ५ गतेदेखि सुरू भएको नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकिएको छ । न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा आज सुनुवाइ सकिएको र भोलि निर्णय हुनसक्ने उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले राससलाई जानकारी दिए । जिल्ला अदालत काठमाण्डौंले सुनाएको थुनछेक आदेशविरुद्ध दायर गरिएको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकिएर अदालतले शुक्रबार निर्णय सुनाउने भएको हो । रासस पुरा पढौ

जलवायु परिवर्तनका असर घटाउन नेपालले गरेका प्रयासबारे विश्वलाई जानकारी गराइने

मंसिर १४ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनका असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने बताएका छन्। कोप–२८ मा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित नेपाली राजदूतावास पुगेका प्रधानमन्त्रीले त्यहाँ एकत्रित भएका नेपालीलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण नेपालजस्ता देशले भोग्नुपरेका असरका बारेमा विश्वसमुदायको ध्यानाकर्षण गराउने बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले सम्मेलनमा याचकका रुपमा नभई अधिकार प्राप्तिका निम्ति नेपालका मुद्दा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्रीले… पुरा पढौ

आइटीएफ जे–३० मा सिंगलतर्फ क्वाटरफाइनल तथा डबल्सतर्फ सेमिफाइनलका खेलहरु सम्पन्न

मंसिर १४ पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी आइटीएफ जे–३० टेनिस प्रतियोगिता अन्तर्गत सिंगलतर्फ क्वाटरफाइनल तथा डबल्सतर्फ सेमिफाइनलका खेलहरु सम्पन्न भएका छन् । बिहीबार भएको ब्वाइज सिंगलतर्फको खेलमा भारतका अनिकेत भेंकाटरमनले अमेरिकाका आरब सम्राट हाडालाई ६–३, १–६ र ६–० को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाए । त्यस्तै, भारतका प्रनिल शर्माले भारतकै रणविर सिंहलाई ६–२,७–६ ले, अलेक्से सिभाइवले जापानका रुया सासामोतोलाई ६–४,६–२ ले र भारतका आदित्य मोरले जापानका रिकु हिगासीलाई ६–३,३–६ र ६–३ ले पराजित गर्दै… पुरा पढौ