समाचार

रास्वपाका सबै सांसद केन्द्रीय सदस्य

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप)का सबै सांसद पार्टीको केन्द्रीय सदस्य भएका छन् । महोत्तरीको जलेश्वरमा आज बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले १४ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो । पार्टीका छ जना सांसद यसअघि नै केन्द्रिय सदस्य थिए । पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका १४ सदस्यलाई पार्टीको केन्द्रीय सदस्यमा मनोनित गरिएको जानकारी दिए । बैठकमा पार्टीको पदाधिकारी चयन र महाधिवेशनको प्रक्रियाबारे छलफल भएको थियो । रासस पुरा पढौ

टिकटक बन्द गरे नगरेको बारे जवाफ दिन प्राधिकरणको निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरेरनगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गरी २४ घण्टाभित्र टिकटक बन्द गर्ने निर्णय कार्यान्वयन भएरनभएकाबारे जानकारी दिन निर्देशन दिँदै यसअवधिमा जानकारी नदिने सेवा प्रदायकलाई दूरसञ्चार ऐन, २०५३ अनुसार अनुमति पत्र खारेजीलगायतको कारबाही गर्ने चेतावनी दिएको छ । यसअघि टिकटक बन्द गर्ने सरकारको निर्णय कार्यान्वयन गरी जानकारी गराउन सबै इन्टरनेट तथा मोबाइल सेवा प्रदायकलाई निर्देशन दिए पनि अहिलेसम्म जानकारी नआएकाले २४… पुरा पढौ

कास्की कांग्रेसमा किचलो

पोखरा, मंसिर १३ नेपाली कांग्रेस कास्कीमा किचलो उत्पन्न भएको छ । कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले पार्टीका जिल्ला सदस्य गंगाधर पराजुलीलाई पदमुक्त गरेसँगै कास्की कांग्रेसमा किचलो उत्पन्न भएको हो । बराल र पराजुली दुबै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट हुन् । दुईबीच मिल्ती भएकैले सभापतिले विश्वास पात्रलाई मनोनित गर्ने सदस्य पदमा पराजुलीलाई मनोनित गरेका थिए । तर मनोनित गरेको केहि समयदेखि नै उहाँहरुबीच मनमुटाव शुरु भई अहिले एकअर्काबीच आरोपप्रत्यारोपसम्म पुगेका छन् । जिल्ला सभापतिमा निर्वाचित भएलगत्तै बरालले पराजुलीलाई सदस्यमा… पुरा पढौ

आगामी माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्ने सरकारको निर्णय

सरकारले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शकै आधारमा उक्त दिन निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन। सङ्घीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभाबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एकतिहाई अर्थात् २० सांसद् आगामी फागुन २१ गतेदेखि बाहिरिँदै छन। विसं २०७४ मा राष्ट्रियसभा गठनपछि पहिलोपटक दुई, चार र छवर्षे कार्यकालका लागि गोला प्रथाका… पुरा पढौ

प्रधानमन्त्री कोप–२८ मा सहभागी हुन आज राति ९ः३० बजे दुबई प्रस्थान गदैँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्दै छन । प्रधानमन्त्री आज राति ९ः३० बजे नेपाल एयरलाइन्सको विमानबाट त्यसतर्फ प्रस्थान गर्नुहुनेछ । कोप–२८ मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म दुबईमा हुँदैछ । प्रधानमन्त्री दाहालले डिसेम्बर १ देखि २ तारिखसम्म आयोजना हुने ‘विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले… पुरा पढौ

‘अनलाइनबाट सामान किन्दा सचेत हुनु’ : नेपाल प्रहरी

नेपाल प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगराई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत हुन आम नागरिकमा अनुरोध गरेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले विभिन्न क्षेत्रबाट यस्ता घटना भएको भन्दै उजुरी पर्न थालेकाले यकिन गरेर मात्रै सामानको भुक्तानी दिन आग्रह गर्नुभएको छ । उनले भने, “पछिल्लो समय सामाजिक सञ्जालको माध्यमबाट सस्तोमा सामानको विज्ञापन राखी अग्रिम भुक्तानी गर्न लगाई पैसा लिने र डेलिभरी नगरी ग्राहकका अकाउन्टलाई ब्लक गरी ठगी गर्ने क्रियाकलापसम्बन्धी गुनासो बढिरहेको छ… पुरा पढौ

तनहुँ घाँसीकुवा बस दुर्घटना: दुई जनाको मृत्यु,

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान भएको बस दुर्घटनामा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ । धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस सडकबाट अनियन्त्रित भई तल खसेको थियो ।मृत्यु हुनेमा धनकुटा सागुरीगढी गाउँपालिका–९ का ४५ वर्षीय हस्त राई र ठेगाना नखुलेका ५० वर्षीय टोपबहादुर मगर रहेको प्रहरी जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । राईको रत्नहरि अस्पताल र मगरको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।दुर्घटनामा ३४ यात्रु घाइते… पुरा पढौ

पोखरामा नाटक ‘एक चिहान’ मञ्चन जारी

पोखरा । नाटक ‘एक चिहान’ मंगलबारदेखि बुकिङ शो मार्फत पोखरामा मञ्चन हुन थालेको छ । यस अगाडि सोमबार नाटक विशेष शो मार्फत मञ्चन भएको थियो । विद्यार्थीलाई लक्षित गरेर तयार पारिएको नाटक विद्यार्थी, शिक्षक, अभिभावक, सञ्चारकर्मी र नाटकप्रेमी समेतको उपस्थितीमा विशेष शो मार्फत मञ्चन भएको थियो । नाटक हेरे पश्चात दर्शकले नाटक टीमले गरेको मेहनतको प्रंशसा गरेका थिए । मंगलबारबाट पोखराका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर नाटक मञ्चन गर्ने क्रम सुरु भएको हो । यो क्रम आगामी पौष ६ गतेसम्म… पुरा पढौ

प्राविधिक शिक्षामा लगानी गर्न उत्साहि छौं – मेयेर आचार्य

पोखरा । गण्डकी बहुप्राविधिक शिक्षालयले नयाँ शैंक्षिक सत्रका लागि शिक्षालय अन्तर्गतका बिभिन्न विषयहरुमा भर्ना भएका बिद्यार्थीलाइ सोमबार विशेष समारोहको आयोजना गरि स्वागत गरेको छ । गण्डकी बहुप्राविधिक शिक्षालय प्राविधिक शिक्षालाइ स्थानीयस्तरमा सर्वसुलभ र सहज बनाउनका लागि २०७६ साल देखि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटी सँगको सहकार्यमा पोखरा महानगरपालिकाले संचालन गर्दै आएको छ । उक्त शिक्षालयमा हाल गण्डकी प्रदेश लगायत देशका बिभिन्न जील्ला बाट समेत गरि करिव ४०० जना बिद्यार्थी अध्ययनरत छन् । शिक्षालयमा इन्जिनीयरिङ, फार्मेसी, फरेष्ट्री, मन्टेश्वरी अन्तर्गत… पुरा पढौ

पोखरामा आइटीएफ जे–३० टेनिस जारी

पोखरा ।कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी आइटीएफ जे–३० टेनिस प्रतियोगिता अन्तर्गत मंगलबार पुरुष तथा महिलातर्फ विभिन्न खेलहरु भएका छन् । सम्पन्न खेलहरुमा भारतिय खेलाडीहरुको दवदवा देखिएको छ । मंगलबार पुरुष एकलतर्फ भारतका रणविर सिंहले जापानका को फुजिकावामाथि संघर्षपूर्ण जित निकाले । सिंहले ७–६, र ६–३ को सेटमा खेल आफ्नों पक्षमा पारेका थिए । त्यस्तै, नेपालका सक्षम विक्रम शाहले भारतका अमित मुंडलाई ६–३, ६–४ ले, भारतका कबिर चोथानीले नेपालका सृजन भट्टराईलाई तथा जापानका युया सासाातोले भारतका ड्रिक शाहलाई… पुरा पढौ