समाचार

सरकारका १०० दिनः परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा शासकीय सुधार, डिजिटल सेवा विस्तार तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा उल्लेखनीय प्रगति भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले माध्यमिकदेखि विश्वविद्यालय तहसम्मको परीक्षा प्रणालीलाई समयबद्ध बनाउने, वैदेशिक अध्ययन अनुमति सेवालाई थप प्रभावकारी बनाउने, विश्वविद्यालयलाई दलगत हस्तक्षेपबाट मुक्त गर्ने तथा डिजिटल सेवाको विस्तारलाई प्राथमिकताका साथ अघि बढाएको छ ।मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार माध्यमिक शिक्षा परीक्षा ९एसइई०, कक्षा १२ तथा विश्वविद्यालयस्तरीय परीक्षाको नतिजा विगतको तुलनामा छिटो प्रकाशन हुन थालेको छ । अबदेखि… पुरा पढौ

पोखरामा राष्ट्रिय कफी प्रदर्शनी तथा राष्ट्रिय कफी कपिङ च्याम्पियनसिप हुँदै

सन्देश श्रेष्ठपोखरा, असार १६ पोखरामा राष्ट्रिय कफी प्रदर्शनी तथा राष्ट्रिय कफी कपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । नेपाल सरकार अन्तर्गत राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराले नेपाल कफी व्यवसायी महासंघ र केन्द्रीय कफी सहकारी संघसँगको सहकार्यमा यहि असार २० गते शनिबार पोखरा–५ मालेपाटन डुम्रीबोटस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको क्षेत्रीय कार्यालय परिसर तथा कफी बगैँचामा कफी प्रदर्शनी तथा कफी कपिङ च्याम्पीयनसीप आयोजना गर्न लागेको हो । कार्यक्रमको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने जनाइएको… पुरा पढौ

पोखरामा प्रतिभा बिजनेस स्कूलले बिआईटी अध्यापन गराउँदै

सन्देश श्रेष्ठपोखरा, असार १६ प्रतिभा बिजनेस स्कूलले ब्याचलर अफ ईन्फर्मेसन टेक्नोलोजी (बिआईटी) अध्यापन शुरु गर्ने भएको छ । पोखराको शैक्षिक सानका रुपमा स्थापित प्रतिभा माविले भगिनी संस्था प्रतिभा बिजनेस स्कूलमार्फत ८ सेमेष्टर रहेको चार वर्षे बिआईटी कोर्ष अध्यापन गराउन लागेको हो । युग सुहाउँदो सूचना, प्रविधिमैत्री दक्ष जनशक्ति उत्पादन गर्ने हेतुले शुरु गर्न लागिएको सो कोर्षका लागि कक्षा १२ मा साईन्स, म्याथ अध्ययन गरेका विद्यार्थीले अध्ययन गर्न पाउने स्कूलले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । काठमाडौं विश्वविद्यालयबाट… पुरा पढौ

प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित हुन्छ: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन नै दर्शन सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित भएको बताएका छन् । रोटरी क्लब अफ भादगाउँद्वारा राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहकार्य, सदभाव र सहिष्णुताले असल मार्गमा हिँड्न प्रेरित गर्ने बताए । उनले भने, “यसलाई हाम्रो काम, अभ्यास र आचरणद्वारा मूर्तरुप दिएर विश्व शान्ति, प्रगति र मानवकल्याणका लागि समर्पित गर्नु हामी सबैको साझा धर्म हो ।” राष्ट्रपति पौडेलले निःस्वार्थ भावले मानव सेवामा समर्पित हुनु नै सबैभन्दा… पुरा पढौ

विद्यालय तहको पाठ्यक्रम सुधार गर्न, पचास हजारसँग सुझाव सङ्कलन गरिने

विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारुप पुनरावलोकन कार्यदलले पाठ्यक्रम सुधार गर्न देशभरका विभिन्न ५० हजार विज्ञसँग सुझाव सङ्कलन गरिने भएको छ । शैक्षिक वर्ष २०८० देखि राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ को पाँचवर्षे चक्र पूरा भएकाले पाठ्यक्रम पुनरावलोकन गर्न लागिएकाले विज्ञसँग सुझाव जम्मा गर्न लागिएको हो । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले आज आयोजना गरेको ‘विद्यालय तहको पाठ्यक्रम पुनरावलोकनः सरोकारवालाको दृष्टिकोण र सुझाव’ विषयक अन्तक्र्रिया कार्यक्रममा कार्यदलका संयोजक डा बालचन्द्र लुइँटेलले कार्ययोजनाअनुसार मुख्य १२ विषयगत क्षेत्र र समिति गठन गरी व्यापक सुझाव… पुरा पढौ

अन्तत: रास्वपाले सच्चायो केन्द्रीय सदस्यको सूची, पोखराकी पूजा बास्तोला केन्द्रीय समितिमा(सूची सहित)

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचित केन्द्रीय सदस्यहरुको सुची सच्चाएको छ । चितवनमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्यसमितिका सदस्यहरूमा बढी मत ल्याएर पनि केन्द्रीय सदस्यमा नपरेको भन्ने गुनासोलाई सम्बोधन गर्दै अद्यावधिक सूची सार्वजनिक गरेको हो। निर्वाचन आउोगका अध्यक्ष भुवन केसीको अध्यक्षामा रहेको समितिले यसअघि महाधिवेशनमा भएको निर्वाचनमा हराइएका पोखराकी पूजा बास्तोला र ध्रुव थापा मगरको नाम थपेर सुची प्रकाशित गरेको जनाईएको छ । सूची सच्याउने क्रममा आयोगले कृष्णमान श्रेष्ठ र सोम शर्माको नाम केन्द्रीय सदस्यबाट हटाएको छ… पुरा पढौ

स्याङ्जामा हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच हजार रकम प्रदान

स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहनस्वरुप रु पाँच हजार उपलब्ध गराएको छ । पछिल्लो समय बढ्दो प्रविधिको प्रयोगसँगै हल गोरु पाल्ने क्रम घट्दै गएकाले हल गोरु पाल्नतर्फ कृषकलाई आकर्षित गर्नकालागि प्रोत्साहनस्वरुप ११५ जना कृषकलाई रकम उपलब्ध गराईएको हो । एकसय १५ कृषकका एकसय १६ हल गोरुको आवेदन आएकाले सोका आधारमा प्रतिकृषक रु पाँच हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराइएको गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत युवराज अधिकारीले बताए । पछिल्लो समय यान्त्रिक हलोको प्रयोग बढ्दै जाँदा यान्त्रिक हलो चलाउने… पुरा पढौ

वाराही मा.विलाई चमेनागृह भवन हस्तान्तरण

पोखरा महानगरपालिका ५ स्थित वाराही माध्यमिक विद्यालयमा करिब दुई करोड १७ लाख रुपैयाँ लागतमा निर्माण गरिएको अत्याधुनिक चमेनागृह भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ। भवन निर्माणमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ जेको पहल तथा लायन्स क्लब इन्टरनेशनल फाउन्डेशनको आर्थिक सहयोग रहेको थियो।भवनको सोमबार उद्घाटन गरि विद्यालयलाई हस्तान्तरण गरिएको हो । प्रमुख अतिथि तथा लायन्स मल्टिपल काउन्सिल चियरपर्सन मिलन थापाले आफू डिस्ट्रिक्ट गभर्नर रहेका बेला देखेको सपना साकार भएको बताउँदै कठिन मेहनत र निरन्तर प्रयासपछि भवन निर्माण सम्पन्न भएको उल्लेख गरिन्।पूर्व डिस्ट्रिक्ट… पुरा पढौ

स्टेप वाई स्टेपमा कक्षा ११ का नव आगन्तुक विद्यार्थीलाई स्वागत

पोखराको मासबारमा रहेको स्टेप वाइ स्टेप मा.विले विज्ञान तथा व्यवस्थापन विषयका कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गरेको छ । कार्यक्रममा २०८२ सालको एसईई परीक्षामा ४.० जीपीए प्राप्त गरी विद्यालयलाई गौरवान्वित बनाउन सफल प्रतिभाशाली विद्यार्थी विल्सन न्यौपानेलाई नगद रु. ५०,००० सहित सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष राममोहन आचार्यले अभिभावक, विद्यालय र विद्यार्थीबीचको त्रिपक्षीय तथा सकारात्मक सम्बन्धले मात्र विद्यार्थीको भविष्य उज्ज्वल बनाउन सकिने धारणा व्यक्त गरे । पोखरा महानगरपालिका शिक्षा महाशाखाका… पुरा पढौ

वन क्षेत्र संरक्षण गर्न तनहुँमा निःशुल्क बिरुवा वितरण

डिभिजन वन कार्यालय, तनहुँले यहाँका स्थानीयलाई विभिन्न २८ प्रजातिका बिरुवा निःशुल्क लिन आउन आग्रह गरेको छ । मङ्गलबारदेखि कार्यालय परिसरमा रहेका निमारो, राईखन्यु, बडहर, कटहर, च्युरी, कोइरालो, तेजपात, अशोका, कल्की, निम, कपूर, शितलचिनी, अमला, बर्ता, हर्रो, बकाइनो, कुरिलो, धूपी, गुलमोहर, विरिस्फूल, पारिजात, चाँप, बयर, बेल, पिपल, वर, राजवृक्ष र नौरङ्गेलगायत २८ प्रजातिका बिरुवा निःशुल्क लैजान आग्रह गरेको हो । वन कार्यालयले वातावरण संरक्षण, हरियाली प्रवद्र्धन, जैविक विविधता संरक्षण तथा वृक्षरोपण अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले निःशुल्क बिरुवा वितरण गर्न लागेको वन… पुरा पढौ