समाचार

पोखरामा फूलको थुंगाको मूल्य २ देखि ५ रुपैयाँ, मालाको २ सयसम्म

पोखरा, कात्तिक २५ यस वर्षको तिहारमा पोखरामा तीन करोड रुपैयाँ बराबरको फूल आवश्यक पर्ने भएको छ । पोखरासहित यस आसपासका क्षेत्रमा सो रकम बराबरको तिहारे फूलको कारोबार हुने भएको हो । जसका लागि फुलको जोहो गर्न शुरु गरिएको फ्लोरिकल्चर एशोसियसन नेपाल कास्की शाखाले जनाएको छ । ‘तिहारका लागि सयपत्री, मखमली र गोदावरी फूलको जोहो गर्न शुरु गरेका छौं’–एशोसियसनका कास्की अध्यक्ष दिलबहादुर गुरुङले भने । पोखरामा खपत हुने फूल शत प्रतिशत स्थानिय उत्पादनले धान्छ । यसअघि पोखरालाई आवश्यक पर्ने फूलमध्ये ८०… पुरा पढौ

प्रथम केपी ओली कप टि–२० राष्ट्रिय क्रिकेटका लागि उपसमिति गठन

पोखरा÷कार्तिक, २५ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनमा पोखरामा आयोजना हुने ‘प्रथम केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता’का लागि उपसमितिको गठन गरिएको छ । यहि मंसिर ७ गते देखि १६ गते सम्म पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिता कास्की जिल्ला मदन भण्डारी स्पोर्टस एकेडेमीको ब्यवस्थापनमा हुने भएको हो । एकेडेमीका केन्द्रिय अध्यक्ष ध्रव आचार्यको प्रमुख आतिथ्यतामा तथा कास्की एकेडेमीका अध्यक्ष रामजी प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भेलाले १३ सदस्यिय विभिन्न उपसमिति गठन गरेको एकेडेमीले जनाएको छ । सो अनुसार तिलक बहादुर… पुरा पढौ

पोखरामा पुषको दोश्रो साता मुआथाई प्रतियोगिता हुने

पोखरा । ब्यवसायिक रुपमा पहिलो पटक मुआथाई प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा उक्त प्रतियोगिता आगामी पुषको दोश्रो साता हुने भएको हो । थाई मार्शल आर्ट खेलको रुपमा विश्वभर पहिचान बनाएको मुआथाई खेल विगत केही वर्ष यता नेपालमा समेत यूवाहरुको आकर्षण बढे संगै आर्थिक वर्ष २०८०÷०८१ मा प्रदेश खेलकुद परिषदले बजेट विनियोजन समेत गरि प्रतियोगिता आयोजना तयारी थालेको परिषदका सदस्य सचिव श्रीधर शर्माले जनाएका छन् । प्रदेश खेलकुद परिषदले प्रतियोगिता आयोजना गर्न परिषदका सदस्य खगेन्द्र क्षेत्रीलाई… पुरा पढौ

झिनियाँ बेचेर मनग्य आम्दानी

गलकोट । तिहारमा झिनियाँको खपत अत्यधिक हुने गर्दछ । यतिबेला बागलुङका महिला उद्यमी झिनियाँ बनाउन व्यस्त छन् । तिहारमा अत्यावश्यक परिकारका रुपमा मानिएको झिनियाँ र चिनीसहितका विभिन्न रोटीका परिकार बनाएरै महिला उद्यमीले मनग्य आम्दानी गर्दै आएका छन् । झिनियाँसहित विभिन्न तयारी रोटी उत्पादन हुन थालेपछि घरमै बनाउने परिकारसमेत स्थानीयले खरिद गरेर लैजान थालेपछि घरेलु महिला उद्यमी व्यस्त भएका हुन् । विगत १० वर्षदेखि तिहार नजिकिएसँगै झिनियाँ, चिनि, फिनी, भेलीलगायत रोटीका परिकार बनाउन व्यस्त भएको बागलुङ नगरपालिका–१ रामरेखाका शर्मिला श्रेष्ठले बताए… पुरा पढौ

पृथ्वीचोक पुलको दाया र बाया दुबैतर्फ २\२ लेनको दुई वटा पुल बनाईंदै

पोखरा, कात्तिक २५ पोखराको पृथ्वीचोकस्थित सेती नदीमा थप दुई वटा पुल निर्माण शुरु भएको छ । पुरानो पोखरा अर्थात कोर पोखरा सहर भित्रिने मुख्य नाका पृथ्वीचोकस्थित सेती नदीमा थप दुई वटा पुल निर्माणको काम शुरु भएको हो । पोखरा–९ र १० जोड्ने सो पुलको शनिबार नेपाल सरकार, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शिलान्यास गरे । पोखरा–मुग्लिङ राजमार्ग सुधार चरण १ योजना अन्तर्गत सडकसँगै पुल निर्माण गरिन लागेको हो । पृथ्वीचोकस्थित सेती नदीमा हाल रहेको पुलको तल्लो र माथिल्लो… पुरा पढौ

तिहार प्रेरणाको विम्ब र उज्यालोको पर्व हो :मुख्यमन्त्री पाण्डे

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तिहार प्रेरणाको विम्बका साथै उज्यालोको पर्व भएको बताएका छन् । नेपालीहरूको महान् चाड तिहारका अवसरमा आज शुभकामना सन्देश व्यक्त गर्दै उनले तिहार मनाउने हाम्रो मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नुका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई प्रगाढ बनाउने बताए । “पौराणिक, व्यावहारिक, सांस्कृतिक, मनोवैज्ञानिक एवं वैज्ञानिक महत्व बोकेको तिहार प्रेरणाको विम्बका साथै उज्यालोको पर्व पनि हो”, उनले सन्देशमा भनेका छन् । काग तिहारदेखि सुरु भएर भाइटिकाको… पुरा पढौ

हिमाल हेर्न जलजला पुग्ने पर्यटकका लागि फड्के

ढोरपाटन । बर्खा सकिएसँगै खोलामा पानीको बहाव घटेको छ । पानीको बहाव घटे पनि बागलुङका धेरै खोलानालामा झोलुङ्गे पुलमार्फत वारपार गर्नुपर्छ । जिल्लाको सयौँ स्थानमा झोलुङ्गे पुल निर्माण भए पनि अझै धेरै ठाउँमा निर्माण गर्नुपर्ने आवश्यकता छ । पुल नबनेको ठाउँमा स्थानीय काठको साँघु र फड्के तर्ने गर्छन् । पछिल्लो समय ढोरपाटन उपत्यकामा जानेको भिडभाड छ । ढोरपाटन पुग्ने पर्यटक गुर्जाघाट हुँदै जलजलासम्म पुग्ने गरेका छन् । जलजलासम्म पुग्न उत्तरगंगा खोला धेरै ठाउँमा तर्नुपर्ने हुन्छ । बर्खामा खोलाले काठको साँघु… पुरा पढौ

पोखरामा जनकपुरको मिथिला संस्कृति प्रदर्शन गरिने

गण्डकी । आभ्या क्लबको आयोजनामा यही मङ्सिर ९ र १० गते पोखरामा जनकपुरको मिथिला संस्कृति, कला एवं पोखरेली ह्याण्डीक्राफ्ट प्रदर्शनी हुने भएको छ । हिजो यहाँ आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक कृपा श्रेष्ठले जनकपुरको धार्मिक, ऐतिहासिक, पौराणिक मिथिला संस्कृतिलाई पोखरेली सामु ल्याउन लागेको जानकारी दिए। ‘मिथिला शैली, कला र सांस्कृतिक समृद्धि’ नाराका साथ गर्न लागिएको प्रदर्शनीमा जनकपुरका आठ कलाकारसहित १५ जनाको टोली पोखरा आउने उनले बताएका थिए । उक्त क्रममा आभ्या क्लब परिसरमा नै पोखरेली महिलाको हस्तकला प्रदर्शन गरिने उल्लेख… पुरा पढौ

नासों गाउँपालिका हिउँ चितुवा र संस्कृति संरक्षणमा

मनाङ । हिमाली जिल्ला मनाङको प्रवेशद्वार नासों गाउँपालिका हिउँ चितुवा र संस्कृति संरक्षणमा जुटेको छ । लोपोन्मुख हिउँ चितुवाले वातावरण सन्तुलनको भूमिका खेल्ने भएकाले संरक्षण गर्नु आवश्यक रहेको गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले बताए। अध्यक्ष गुरुङले भने, “हाम्रा अग्रजले मान्दै आउनुभएको संस्कृति र हिउँ चितुवा संरक्षणले नै जलवायु सन्तुलन भएको थियो । अहिले यी लोपोन्मुख चिजको प्रवद्र्धन आवश्यक छ । पालिकाले यस्ता कार्यको संरक्षण तथा प्रवद्र्धन गर्नुपर्छ र लागिपरेका छौँ ।” उनले हिउँ चितुवा र संस्कृतिको प्रवद्र्धन गर्दै पर्यटक आकर्षित गर्ने… पुरा पढौ

मुख्यमन्त्री र चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिवबीच भेट

कार्तिक २४ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपालको भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुुनझेङबीच आज भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री पाण्डेले सचिव वाङ जुुनझेङलाई स्वागत गर्दै नेपाल भ्रमण सफलताको कामना व्यक्त गरे । सचिव जुनझेङको गण्डकी प्रदेश र नेपाल भ्रमणले द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुनुका साथै पोखराको पर्यटन प्रवर्द्र्धनमा थप मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे । गण्डकी प्रदेशसँग जोडिएका मनाङ, मुस्ताङ र गोरखा जिल्लाको तिब्बती नाका नियमित… पुरा पढौ