समाचार

नेप्से परिसूचकको ओरालो यात्रा जारी

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १० दशमलब ८६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ४७ दशमलब ७० मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक दुई दशमलब १९ अङ्कले ओरालो लागेर तीन सय ५७ दशमलब ७६ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ । कूल… पुरा पढौ

घरघरमै पस्छ चितुवा,ग्रामिण भेगमा बस्ती पातलियो

बलेवा । गाउँमा घर रित्ता छन् । पाखो बारीमा रुख हुर्किरहेका छन् । खेतका फाँट कुकाठले भरिएर जङ्गल बनेको छ । बस्ती नजिकका पाखा केही वर्षअघि गाईबस्तुको चरिचरण क्षेत्र थियो । दिनभरि गाईबस्तु चरेकै कारण जङ्गल हुनबाट पाखा जोगिएका थिए । आजभोलि फुकुवा गाईबस्तु गाउँघरमा भेट्नै मुस्किल छ । त्यसैले ती पाखामा जङ्गल भरिएको छ । दश वर्षअघिसम्म बस्तीको नजिक नदेखिने जङ्गली जनावर आजभोलि बागलुङका ग्रामीण बस्तीका घरघरमै देखिन थालेका छन् । जङ्गली जनावर बस्ती नजिक मात्रै पुगेका होइनन् एकाद… पुरा पढौ

लयमा फर्कन सकेन घोडेपानीको पर्यटन व्यवसाय

म्याग्दी । केही वर्षअघिसम्म असोज–कात्तिक र चैत–वैशाखको याममा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने घोडेपानीको होटल व्यवसायी जुली ठकुुरी पुनलाई खाना खाजा खाने फुर्सद हुने थिएन् । पर्यटकको ‘पिक सिजन’ असोज–कात्तिकको याममा पछिल्लो पाँच वर्षयता उहाँलाई पहिलेको जस्तो भ्यानभ्याइ छैन् । घोडेपानीकै होटल व्यवसायी सपना गुरुङ पनि जुली जस्तै फुर्सदिलो छन् । कोरोना भाइरसको महामारी फैलिएपछि सुस्ताएको घोडेपानीको पर्यटन आगमन र होटल व्यवसाय अझै लयमा फर्कनसकेको छैन् । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको विभिन्न गन्तव्यमा जाने नाकामा रहेको घोडेपानी नेपालकै प्रसिद्ध… पुरा पढौ

गण्डकीका तीन जिल्लामा लोकवार्ता सङ्गोष्ठी गरिने

गण्डकी । लोकवार्ता परिषद् नेपालले पर्वत, बागलुङ र म्याग्दीमा १२औँ लोकवार्ता सङ्गोष्ठी आयोजना गर्ने भएको छ । नेपाली जनजीवनमा प्रचलित संस्कृति, लोककला, साहित्य, संस्कार, रीतिथिती तथा परम्परागत ज्ञानको अध्ययन र संरक्षण गर्ने उद्देश्यले गोष्ठी आयोजना गर्न लागिएको हो । परिषद्द्वारा आयोजित उक्त सङ्गोष्ठी यही कात्तिक १८–१९ पर्वत, २१ बागलुङ र २२–२३ गते म्याग्दीमा सञ्चालन हुने सङ्गोष्ठी तयारी समिति बागलुङका संयोजक प्रा डा दिनबहादुर थापाले जानकारी दिए । उनका अनुसार सङ्गोष्ठीमा विषय विज्ञद्वारा कार्यपत्र प्रस्तुति गर्नुका साथै त्यसमाथि बहस र समीक्षा… पुरा पढौ

बारपाक सुिलकोटमा व्यवसाय दर्ता शिविर सञ्चालन

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्र करको दायरा बढाउदै लैजाने उदेश्यले व्यवसाय दर्ता तथा नवीकरण शिविर सञ्चालन गरेको छ । पालिकाभित्रका व्यवसायीलाई सहज हुनेगरी गाउँपालिकाले वडावडामा व्यवसाय दर्ता तथा नवीकरण शिविर सुरु गरेको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । भौगोलिक हिसाबले छरिएर रहेको गाउँपालिकाले वडा नं १ र २ स्थित बारपाकबाट बुधबारदेखि शिविर सञ्चालन गर्न सुरु गरेको हो । शिविरले व्यवसायीलाई सुविधासँगै व्यवसाय सञ्चालन गरेर पनि करको दायरा बाहिर रहेका व्यवसायीलाई करको दायरामा ल्याउन र नवीकरण नगरेका व्यवसायीलाई… पुरा पढौ

श्रम स्वीकृतिका लागि नक्कली कागजात बनाउने गोरखाका २ जना पक्राउ

काठमाडौँ । श्रम स्वीकृति लगायत वैदेशिक रोजगारीका लागि नक्कली कागजात बनाउने गोरखाका दुई जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोरखा बारपाक सुलिकोट–४ घर भई हाल काठमाडौँ बनस्थली बस्ने २३ वर्षीय अजित फेवाली र सोही ठाउँमा घर भई हाल काठमाडौँको नागार्जुन–१ रानीवन बस्ने २१ वर्षीय विपीन ढकाल रहेका उपत्यका अपराध अनुन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए । उनका अनुसार… पुरा पढौ

सङ्कटमा पर्दै जोगीको पुर्ख्यौली पेसा

कात्तिक र चैत जोगीहरूको फेरी लगाउने महिना हुन्। यिनै दुई महिना फेरी लगाएर सङ्कलन गरिएको सिदा र भेटीले वर्षदिन खानुपर्ने बाध्यता फेरी लगाउने जोगिहरूलाई छ। दुई महिनाको काम गराइले आफू र परिवार पाल्नुपर्ने भए पनि पछिल्लो समयमा आएर आफूहरूको पेसा सङ्कटमा पर्दै जान लागेपछि उनीहरू चिन्तित बनेका छन्। युवा पुस्तामा यो पेसाप्रति आकर्षण नभएपछि पेसा नै सङ्कटमा पर्ने सम्भावना बढदै गएको जोगीहरूको भनाइ छ। आफूहरू बुढो हँुदै जानु र युवा पुस्ता (छोरा,नाति) मा यस पेसाप्रतिको आकर्षण नहुँदा यो पेसा सङ्कटमा… पुरा पढौ

झिनियाँ रोटीमा मिसाइने रङ्ग स्वास्थ्यका लागि घातक हुन्छ ?

गलकोट । तिहारको समयमा बढी मात्रमा प्रयोगमा आउछ । रङ्गीचङ्गी झिनियाँमा मिसाइने रङ्ग स्वास्थ्यका लागि घातक हुने सरोकारवालाहरुको चिन्ता छ । तिहार नजिकिएसँगै बागलुङमा झिनियाँको माग बढी हुनेगर्दछ । तिहारका लागि झिनियाँ बनाउन यतिबेला घरेलु उद्यमीहरु निकै व्यस्त भएकाले रङ्ग प्रयोग नगर्न सरकोकारवालाले सचेत बनाएका छन् । रङ्ग नहाली झिनिया रोटी बनाउन र उपभोक्तालाई पनि रङ्ग नभएको झिनियाँ रोटी खरिद गर्न आग्रह गरिएको छ । तिहारमा मात्र होइन् पछिल्लो समय विवाह, व्रतबन्ध, पूजाआजा र कोसेलीको रुपमा पनि झिनियाँ अत्यधिक प्रयोग… पुरा पढौ

छ दशकदेखि भेडापालक किसान भन्दछन्ः ‘कृषि अनुदान भन्ने के हो थाहा छैन’

ढोरपाटन । शिरमा हरियो गलबन्दी, शरीरमा मैलिएका कपडा । बुढ्यौउली उमेर, चाउरिएका अनुहार ढल्दै गरेको उमेर । तर पनि काम गर्ने जोस जाँगर भने कत्ति पनि घटेको देखिन्न । हिजोआज पहेँलो त्रिपालले छाएको गोठ छेउमै भटिन्छन्, रनबहादुर सिर्पाली । गोठ वरपर दुई सय ५० बढी भेडाबाख्रा चरिरहेका देखिन्छन् । युवावस्थामा एक सय ५० सय भेडाबाख्रा पालेको सुनाउने उनी अहिले तागत घट्दै गएपछि कम पाल्न थालेको बताउछन्। बागलुङको सबैभन्दा दुर्गम गाउँ तमानखोला गाउँपालिका–५ का उनले व्यावसायिक रुपमा भेडापालन गन थालेको ६३… पुरा पढौ

विश्वकप छनोट: नेपाल ओमानसँग पाँच रनले पराजित

आइसिसी टि २० विश्वकप एशिया क्षेत्रको फाइनल छनोटअन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको हो । यसजितसँगै ओमान समूह ए को विजेता तथा नेपाल उपविजेता बन्यो । ओमानले दिएको १४६ रनको चुनौती पछ्याएको नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ४० रनमा समेटियो । नेपालका विवेक यादवले २४ बलमा ५ छक्कासहित सर्वाधिक ३९ रन बनाए । त्यस्तै कुशल भुर्तेलले २६ रन बनाए… पुरा पढौ