समाचार

बेँसीसहर–चामे सडकमा कालोपत्र सुरु

लमजुङ । लमजुङ(मनाङ जोड्ने एकमात्र बेँसीसहर-चामे सडक ट्र्याक खोलेको २९ वर्षपछि अमेरिकन प्रविधिको ‘अस्फाल्ट’ कालोपत्र सुरु भएको छ । बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहरदेखि खुदीसम्मको सात दशमलव आठ किलोमिटर सडक बिहीबारदेखि कालोपत्र सुरु भएको हो । स्तरोनन्ति तथा कालोपत्र गर्ने कार्यअन्तर्गत पहिरो चरणको करिब ९० प्रतिशत काम सम्पन्न भएसँगै दोस्रो चरणको काम सुरु भएको डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी तथा इञ्जिनियर पुरुषोत्तम अधिकारीले बताए । उनका अनुसार पहिलो चरणमा सडकको पर्खाल उठाउने, कल्भर्ट बनाउने, चौडा गर्ने, कटिङ गर्ने… पुरा पढौ

लुम्बिनीबाट सगरमाथा आधार शिविर लगियो शान्ति दीप

हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तको असर र विश्व शान्तिका लागि विश्वको ध्यान केन्द्रित गर्न बुद्ध जन्मस्थल लुम्बिनीबाट सगरमाथाको आधार शिविरतर्फ शान्ति दीप लगिएको छ । नेपाल पर्वतारोहण सङ्घले विश्व शान्तिको कामनासहित जलवायु परिवर्तनको असरबारे विश्वको ध्यान केन्द्रित गर्न लुम्बिनीबाट शान्ति दीप सगरमाथाको आधार शिविर कालापत्थरतर्फ हिँडाएको हो । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले आज लुम्बिनीस्थित शान्ति दीपमा प्रज्जवलन गरेको दीप सगरमाथाको आधार शिविरतर्फ प्रस्थान गर्न दीप हस्तान्तरण गरे । उपाध्यक्ष डा. लामाले पूजा गरेको शान्ति… पुरा पढौ

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि यस वर्षपनि ‘जाउँ है पोखरा’ अभियान

पोखरा । आन्तरिक पर्यटन विकासका लागि व्यावसायिक सहकार्य र पर्यटन प्रवर्द्धनको उद्देश्यसहित सुरु गरिएको ‘जाउँ है पोखरा’ अभियानलाई यस वर्ष पनि निरन्तरता दिइने भएको छ । अभियानका लागि प्रचारप्रसारका क्रममा आज जनकपुरधाममा आयोजित अन्तक्र्रियामा पोखरा होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले विगत दुई दशकदेखि सुरु गरिएको अभियानलाई यस वर्ष पनि निरन्तरता दिइएको बताए । पोखरा महानगरपालिकाको प्रवर्द्धनमा बिहीबारदेखि सुरु भएको प्रचारप्रसार अभियान जनकपुर, विराटनगर, बिर्तामोड, धनकुटा र चितवन पुगेर यही २० गते सम्पन्न हुने उनले जानकारी दिए। “यस क्षेत्रका पर्यटकलाई पोखरा… पुरा पढौ

चिनीको कृत्रिम अभाव गरिएको थाहा भए १०० मा फोन गर्न प्रहरीको अनुरोध

नेपाल प्रहरीले चिनीको कृत्रिम अभाव सिर्जना गरेको पाइए त्यसको सूचना प्रहरीको निःशुल्क हटलाइन नम्बर (१००) मा दिन आग्रह गरेको छ । चिनीको कालोबजारी, जम्माखोरी वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा त्यसको सूचना हेलो सरकार, प्रहरीको निःशुल्क हटलाइन १०० वा नेपाल प्रहरीको आधिकारिक सामाजिक सञ्जालमा जानकारी दिन आग्रह गरिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनका अनुसार चिनीको अभाव हुन नदिन प्रहरीका सम्पूर्ण इकाइ सक्रिय परिचालन गरिएको छ । तिहारको मुखमा बजारमा चिनीको कृत्रिम अभाव… पुरा पढौ

म्याग्दीको अन्नपूर्णले सडक उपभोग सेवा शुल्क उठाउन थाल्यो

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले स्थानीय सडकमा चल्ने सवारीसाधनबाट सडक उपभोग सेवा शुल्क उठाउन थालेको छ । चालुु आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम र यही १४ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुुसार गाउँपालिकाको विभिन्न बस्तीमा सञ्चालन हुने जीप, ट्र्याक्टर र ट्रकलाई सूचीकरण गरेर स्थानीय सडक उपभोग सेवा शुल्क सङ्कलन गर्न थालिएको हो । म्याग्दीका अन्य पालिकाले उक्त सेवा शुल्क उठाएका छैनन् । गाउँपालिकाको प्रवेशद्वार महभिरमा वडा नं ७ का अध्यक्ष मइलन पुर्जा पुनको नेतृत्वमा कार्यपालिका सदस्य वीरबहादुर पौडेल, गाउँसभा… पुरा पढौ

संबृद्धि सहकारीको रक्तदानमा ६७ प्वाईन्ट रगत संकलन

पोखरा । पोखरा महानगरपालिका वडा नंं २७ मा रहेको संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार तालचोकमा आयोजना गरेको रक्तदान कार्यक्रममा ६७ जनाले रक्तदान गरेका छन् । रगतको अभाव भएपछि रक्त संचार केन्द्रको आब्हानमा भएको रक्तदान कार्यक्रममा नयाँ र पुराना गरी ६७ जना रक्तदाताले रक्तदान गरेका हुन । पहिलो रक्तदाता कुमार पण्डित क्षेत्रीलाई ब्लड व्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारंभ गर्दै, पोखरा महानगपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले अझै पनि रक्तदानका विषयमा मानिसहरुमा चेतनाको अभाव रहेको बताए । हरेक… पुरा पढौ

नेपाल विश्वकपमा छनोट

नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी मेन्स टी(२० विश्वकपमा छनोट भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स ९युएई०लाई आठ विकेटले पराजित गर्दै नेपाल दोस्रो पटक विश्वकपमा छनोट भएको हो । यूएईले दिएको एक सय ३५ रनका लक्ष्य नेपालले १७ दशमलव एक ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालको जीतमा विकेटकिपर आशिफ सेखले अर्धशतकीय पारी खेले । उनले ५१ बलमा दुई छक्का र छ चौकाको सहयोगमा ६४ रन बनाए । कप्तान रोहित पौडेलले… पुरा पढौ

पोखरामा अभिभावक शिक्षा सहजकर्ता प्रशिक्षण जारी

पोखरा । पोखरामा अभिभावक शिक्षा प्रशिक्षक प्रशिक्षण जारी रहेको छ । पोखरा महानगरपालिका भित्रका प्रत्येक वडाका एक एक जना गरि ३३ जना शिक्षकलाई उक्त प्रशिक्षण दिन विहीबारदेखि सुरु गरिएको हो । विहीबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा सुरु गरिएको कार्यक्रम पोखरा मन्टेश्वरीका निर्देशक मिलन केसि र गण्डकी बोर्डिङ स्कुलका लक्ष्मि शर्माले प्रशिक्षण गरिरहेका छन्। सोही अवसरमा प्रमुख अतिथी आचार्यले तालिममा सिकेका ज्ञानहरु भरपुर रुपमा व्यवहारमा लागु गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे । महानगरका शिक्षा महाशाखा प्रमुख हेमराज आचार्यको अध्यक्षतामा… पुरा पढौ

दुई पाइलटविच कुटाकुट,दुवैको लाइसेन्स निलम्बन

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दुई विमान चालकको लाइसेन्स निलम्बन गरेको छ । आज बिहान रामेछापको मन्थली विमानस्थलमा तारा एयरका दुई पाइलटहरु वरिष्ठ क्याप्टेन सन्तोष शाह र क्याप्टेन सञ्जीव श्रेष्ठबीच विमानस्थल परिसरमै कुटाकुट भएपछि उनीहरुको लाइसेन्स निलम्बन गरिएको क्यानका प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए। “राष्ट्रिय सुरक्षा मापदण्डको उल्लङ्घनको कारण अर्को सूचना नभएसम्म दुई वरिष्ठ क्याप्टेनको लाइसेन्स निलम्बन गरिएको छ । विस्तृत अनुसन्धानपछि लाइसेन्स खारेज वा नियमबमोजिम अन्य दण्डात्मक कारबाही हुन सक्छ”, उनले भने । एउटै कम्पनीका… पुरा पढौ

व्यासगुफा शास्त्र र शक्तिको केन्द्रु हो : संस्कृतिविद् डा. गुरुङ

दमौली । वरिष्ठ संस्कृतिविद् डा जगमान गुरुङले व्यास ऋषिको जन्मभूमि दमौली शास्त्र र शक्तिको प्रमुख केन्द्रबिन्दु रहेको बताए । तनहुँको व्यास नगरपालिका–३ व्यासगुफा क्षेत्रमा बिहीबारदेखि सुरु भएको श्रीमद्भागवत ज्ञान महायज्ञको उद्घाटन गर्दै उनले व्यास ऋषिको जन्मभूमि, परासर ऋषिको तपोभूमि व्यासगुफा शास्त्र र शक्तिको प्रमुख केन्द्रबिन्दु भएको उल्लेख गरे । यही कात्तिक १ गतेदेखि जारी आठौँ विश्वओमकार तथा हिन्दू महामिलन पर्वअन्तर्गत विश्व हिन्दू महासङ्घ नेपाल स्याङ्जा शाखाको आयोजनामा महायज्ञ सुरु भएको हो । प्रमुख वाचक पण्डित नेत्रप्रसाद पण्डितको वाचकत्वमा सात दिन… पुरा पढौ