समाचार

राष्ट्रसङ्घका महासचिव गुटेरेस र राष्ट्रपतिविच शिष्टाचार भेट

कार्तिक १२ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति भवनमा आज अपराह्न शिष्टाचार भेट गरेका छन् । सो अवसरमा राष्ट्रपति पौडेलले लामो समयदेखि नेपालको विकास साझेदारका रुपमा रहेको संयुक्त राष्ट्रसङ्घलाई नेपालले उच्च प्राथमिकतामा राखेको बताउँदै उक्त विश्व संस्था र त्यस अन्तर्गतका विशिष्टीकृत निकाय, कोष तथा कार्यक्रमले नेपालको सामाजिक, आर्थिक विकास एवम् दिगो विकास लक्ष्य प्राप्तिमा निरन्तर गरेको सहयोगप्रति कृतज्ञता ज्ञापन गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । पुरा पढौ

समाजसेवी सिद्धि गौचनको १३ औं स्मृति सभा

कार्तिक १२ पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको आयोजनामा समाजसेवी तथा महिला उद्यमी सिद्धि गौचनको स्मरणमा १३ औं स्मृति दिवस मनाइएको छ । आइतवार पोखरामा आयोजित स्मृति समारोहका वक्ताले गौचनका बहुआयामबारे प्रकाश पार्दै नाम जस्तै सामाजिक योगदान दिएकी प्रतिभाका रूपमा गौचनको स्मरण गरे । सिद्धि गौचन स्मृति अक्षयकोषका संस्थापक विश्वमोहन गौचनले हरेक श्रीमान्लाई सफल बनाउन श्रीमतीले निभाएको भूमिकाको कदर जुन रूपमा हुनुपर्ने त्यो हुन नसकेकोमा चिन्ता व्यक्त गरे । स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले परिवार असल… पुरा पढौ

प्रतिभामा कोड फेस्टिभल शुरु

कार्तिक १२ पोखरा । पोखरा नदिपुर स्थित प्रतिभा माविमा कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरुका लागि प्रतिभा कोड फेस्टिभल शुरू भएको छ । कार्तिक १२ देखि २४ गतेसम्म सञ्चालन हुने फेस्टिभलमा ४८ विद्यार्थी सहभागी छन् । कक्षा ६ देखि ९ सम्मका विद्यार्थीलाई कोडिङ ज्ञानका लागि कार्यक्रम आयोजना गरिएको हो । उक्त फेस्टिभलको उद्घाटन गर्दै विद्यालयका प्राचार्य किरण सापकोटाले अहिलेको प्रविधिको युगमा अन्तर्राष्ट्रिय स्तरमै प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने कुरामा प्रतिभा कोड फेस्टिभल कोशेढुंगा हुने विश्वास व्यक्त गरे ।… पुरा पढौ

अपडेट :पोखराको छोरेपाटनदेखि शान्ति स्तुपातर्फ जाँदै गरेको बस दुर्घटनाका घाइतेहरुको परिचय खुल्यो

कार्तिक १२ पोखरा । पोखराको पुम्दीभुम्दीमा भएको माइक्रो बस दुर्घटनाका घाइतेहरुको परिचय खुलेको छ । पोखरा–१७ छोरेपाटनबाट पोखरा–२२ शान्तिस्तुपातर्फ जाँदै गरेको पोखरा यातायात प्रालिको ग १ ख ८५८५ नम्बरको बस दुर्घटनाका घाइतेहरुको परिचय खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । दुर्घटनामा घाइतेमध्य तीन जनाको अवस्था गम्भीर, ४ जनाको अवस्था मध्यम र बाँकी सबै जनाको अवस्था सामान्य रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रिय अस्पतालका निर्देशक प्रा.डा. भरत बहादुर खत्रीले जानकारी दिए । अस्पतालका अनुसार पोखरा–१७ का उत्तम बहादुर गुरुङ… पुरा पढौ

महासचिव गुटेरेसले मङ्गलबार सङ्घीय सदनलाई सम्बोधन गर्ने

कात्तिक १२ काठमाण्डौं संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आगामी मङ्गलबार दिउँसो ४ बजे दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सदनलाई सोसम्बन्धी जानकारी दिएका हुन् । उनले भोलि दिउँसो ३ बजे ४५ मिनेटभित्रै औपचारिक पोशाकमा बैठक कक्षमा उपस्थित हुन सांसदहरुलाई आग्रहसमेत गरे । यसैबीच अर्थमन्त्रीकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रतिनिधिसभामा ‘बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८०’ र ‘भन्सार विधेयक, २०८०’ प्रस्तुत गरेका थिए । सभामुख देवराज घिमिरेले… पुरा पढौ

बैंक तथा वित्तीय संस्थामा विदेशी लगानी दुरुत्साहन गर्नुपर्छ : सांसद प्रेम सुवाल

कार्तिक १२ काठमाण्डौं । सांसद प्रेम सुवालले बैंक तथा वित्तीय संस्थामा नेपालीको लगानी हुनुपर्नेमा जोड दिएका छन् । आजको बसेको प्रतिनिधिसभाको बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८०’मा संशोधन प्रस्ताव प्रस्तुत गर्दै उनले बैंक तथा वित्तीय संस्थामा नेपालीकै लगानी हुनुपर्नेमा जोड दिएका हुन् । सांसद सुवालले भने, “बैंक तथा वित्तीय संस्थालाई पूर्णरूपमा सरकारी स्वामित्वमा ल्याएर बैंकिङ कसुर नियन्त्रण गर्नुपर्छ । विदेशी लगानी भएको बैंक र वित्तीय संस्था स्थापना र सञ्चालन गर्न दिनुहुदैन ।” उनले नेपालीको सम्पति सीमाङ्कन गर्न… पुरा पढौ

मुगु सामूहिक हत्या प्रकरण : हत्याराको नजिक पुग्दै प्रहरी

कार्तिक १२ मुगु मन्दु गाउँमा तीन सन्तानसहित आमाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धान हत्यारा नजिक पुगेको दाबी गरेको छ । कुकुरसहित अनुसन्धानमा परिचालित प्रहरी अहिले घटना भएको स्थान छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँ वरपर अनुसन्धानमा तल्लीन छन् । प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार अहिले प्रहरीले महत्वपूर्ण प्रमाण फेला पारिसकेको भए पनि अझै अनुसन्धान भने जारी राखेको हो । “हामीले महत्वपूर्ण प्रमाण भेटाएका छौँ, हामी अहिले शङ्का लागेकालाई सोधपुछ गर्नेदेखि नियन्त्रणमा लैजानेसम्मका काममा लागेका छौँ, अनुसन्धानको नजरमा परेकाको घटनासँग संलग्न रहेको… पुरा पढौ

प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रसङ्घ महासचिव गुटेरेसको भेटवार्ता

कार्तिक १२ काठमाण्डौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । मुख्यसचिव डा वैकुण्ठ अर्याल र परराष्ट्र सचिव भरतराज पौड्यालले महासचिव गुटेरेसलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वागत गरेका थिए । प्रधानमन्त्री प्रचण्डसँग भेट्नुअघि उनले आजै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गरेका छन् । महासचिव गुटेरेसले आजै राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रहेको… पुरा पढौ

उपप्रधान तथा रक्षामन्त्री खड्का र राष्ट्रसङ्घ महासचिव गुटेरेसबीच भेटवार्ता

कार्तिक १२ काठमाण्डौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ । महासचिव गुटेरेसलाई रक्षा सचिव किरणराज शर्माले रक्षा मन्त्रालयमा स्वागत गरे । आज परराष्ट्रमन्त्री एनपी साउदसँग भेटवार्तापछि गुटेरेस रक्षामन्त्री खड्कालाई भेट्न मन्त्रालय पुगेका हुन् । उनले आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रहेको छ । महासचिव गुटेरेस आजै राष्ट्रपति रामचन्द्र पौडेललाई पनि भेट्ने छन् । पुरा पढौ

पोखराको छोरेपाटनदेखि शान्ति स्तुपातर्फ जाँदै गरेको बस दुर्घटना, ३५ घाईते, ७ को अवस्था गम्भीर

पोखरा, कात्तिक १२ पोखराको पुम्दीभुम्दीमा ग १ ख ८५८५ नम्बरको बस दुर्घटना हुँदा ३५ जना घाईते भएका छन् । पोखरा–१७ छोरेपाटनबाट पोखरा–२२ शान्तिस्तुपातर्फ जाँदै गरेको बस घैयाखेत भन्ने ठाउँमा दुर्घटना हुँदा उनीहरु घाईते भएका हुन् । घाईते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यालय बैदामका ईञ्चार्ज तथा प्रहरी नायव उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । घाईतेहरुलाई उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताललगायतका अस्पतालमा लगिएको बुझिएको छ । पोखरा यातायात प्रालिको सो बस शान्ति स्तुपाहुँदै महादेव मन्दिरसम्म चल्ने बस हो… पुरा पढौ