समाचार

पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टि–ट्वान्टी’ क्रिकेट प्रतियोगिता मङ्सिरको पहिलो साता

पोखरामा मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आगामी मङ्सिर पहिलो साता पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’ हुने भएको छ । एकेडेमीका संरक्षक समेत रहेका पूर्वप्रधानमन्त्री ओलीको सम्मानमा उनको नाममा राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता गर्न लागिएको एकेडेमीका अध्यक्ष धुव्र आचार्यले बताए । प्रतियोगिता पोखरा रङ्गशालाको क्रिकेट मैदानमा मङ्सिर ७ गतेदेखि १६ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा सात प्रदेश, विभागीय नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको एक गरी ११ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले… पुरा पढौ

बालबालिका र विद्यार्थीलाई मदिरा तथा सुर्तीजन्य पर्दाथ बिक्री गर्न रोक

गोरखाको सिरानचोक गाउँपालिका वडा ३ स्थित हर्मीमा बालबालिका तथा विद्यालय पोसाकमा रहेका विद्यार्थीलाई मदिरा र सुर्तीजन्य पर्दाथ बिक्री वितरण गर्न रोक लगाइएको छ । हर्मीमा १६ वर्षमुनिका बालबालिकालाई चुरोट, सुर्ती, खैनीलगायत मदिराजन्य पदार्थ बिक्री वितरण गर्न नपाउने गरी रोक लगाइएको हो । वडाभित्र विद्यालय पोसाक रहेका विद्यार्थीलाई पनि व्यापारीले धुम्रपान र मध्यपानजन्य बस्तु बिक्री वितरण गर्न नपाउने निर्णय कार्यान्वयन गरिएको वडाध्यक्ष जगदिश्वर ढकालले जानकारी दिए । “वडामा बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म कसैले पनि मदिरा बिक्री वितरण गर्नसमेत नपाउने… पुरा पढौ

मणिपालका चिकित्सक र मृतक पक्षविच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित

असोज ११ पोखरा । पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि सिर्जना भएको विवाद पाँच दिनपछि समाधान भएको छ । बिहीबार चिकित्सक र मृतक पक्षका विचमा ६ बुँदे सहमती गर्दै दुबै पक्ष ५ दिन लामो आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने निष्कर्षमा पुगेका हुन् । बिहिबार साँझ भएको सहमती अनुसार मृतक दुराको स्मृतिमा मणिपाल अस्पतालले लमजुङको सुन्दर बजारमा १० वर्षसम्म प्रत्येक वर्ष बिशिष्टिकृत चिकित्सकबाट नि–शुल्क स्वास्थ्य शिविर संचालन गर्ने, सिफारिसका आधारमा अल्पसंख्याक दुरा जातीका गरिब तथा विपन्न परिवारका… पुरा पढौ

पोखरामा मंसिर ७ गतेबाट केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिता हुने

पोखरा । पोखरामा ‘प्रथम केपी ओली कप राष्ट्रिय टि–२० प्रतियोगिता’ यहि मंसिर ७ गते बाट १६ गते सम्म हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरामा सञ्चालन हुने उक्त प्रतियोगिता मंसिर १६ गते सम्म सञ्चालन हुने भएको हो । एकेडेमीले पोखरामा बिहिबार एक पत्रकार सम्मेलन गरि सो बारे जानकारी दिंदै एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले प्रतियोगितामा सात प्रदेश, तिन विभागिय टिम नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ क्लव र एकेडेमीका यू–१९का दुई टिम गरि १२ टिमको सहभागिता हुने जानकारी दिए… पुरा पढौ

ज्योतिषको प्रयोगात्मक अध्ययनका लागि संस्कृत विद्यापीठमा बन्यो गोल

असोज ११ पोखरा । नेपाल संस्कृत विश्वविद्यालयको आंगिक क्याम्पस विन्दुवासिनी संस्कृत विद्यापीठ (क्याम्पस) पोखरामा ज्योतिष विषयको प्रयोगात्मक अध्ययनका लागि गोल निर्माण गरिएको छ । विद्यापीठका पूर्व प्राचार्य सहप्रा अम्बिकाप्रसाद भट्टराईको संयोजन एवम् ज्योतिष विषयका विभागीय प्रमुख एवम् पूर्व प्राचार्य प्रा.श्रीराम बराल र सहप्रा पूर्णचन्द्र वाग्लेको सैद्धान्तिक एवम् प्राविधिक सहयोगमा गोल निर्माण गरिएको हो । विभिन्न व्यक्तिको सहयोगमा करिब ५० हजार रुपैयाँको लागतमा गोल निर्माण गरिएको आज यहाँ आयोजित कार्यक्रममा सहप्रा भट्टराईले जानकारी दिए । ज्योतिष शास्त्रमा ग्रहको अवस्था आदिलाई कक्षा… पुरा पढौ

स्याङजाको बहाकोट कोट कालिका मन्दिरको उद्घाटन

असोज ११ स्याङ्जा । स्याङजाको पुतलिबजार नगरपालिका ८ बहाकोटमा निर्माण सम्पन्न भएको कोट कालिका मन्दिरको उद्घाटन गरिएको छ । बाइसे राजा पृथ्वी वीर बिक्रम शाहको पालामा स्थापित बहाकोट कोटकालिका मन्दिर जीर्ण बनेसंगै मन्दिरको जिर्णेद्धारा सहिन पुन निर्माण संगै मन्दिरमा ढलोटको मूर्ति समेत स्थापना गरिएको हो । मन्दिरको उद्घाटन गर्दै पुतलिबजार नगरपालिकाका मेयर तुलसीराम रेग्मीले ऐतिहांसिक बहाकोट कालिका मन्दिर पुननिर्माण पश्चात मन्दिर आकर्षण बनेकाले बहाकोटमा आन्तरिक एवं बाह्य पर्यटक भित्रिने वताए । रेग्मीले मन्दिर सम्म आउने सडकको अवस्था अझैपनि दयनिय रहेको… पुरा पढौ

पोखरा इन्जिनियरिङ कलेजको ‘आर्किटेचर शोधकार्य प्रर्दशनी’ भोलि

असोज ११ पोखरा । पोखरा ईञ्जिनियरिङ कलेज पिईसी को आयोजनामा शुक्रबार ‘आर्किटेचर शोधकार्य प्रर्दशनी–२०२३’ हुने भएको छ । कलेजबाट आर्किटेक्चर विषयको अध्ययन सम्पन्न गरेका पहिलो ब्याचका विद्यार्थीहरुद्वारा गरिएका दुई दर्जन बढी शोधकार्य (Thesis Works) को सृजनालाई सार्वजनिक गर्दै प्रर्दशन गरिने भएको हो । विद्यार्थीहरुलाई थप हौसला प्रदान गर्ने उद्देश्यले शुक्रबार पोखरा–६ हल्लनचोकमा प्रर्दशनी गर्न लागिएको कलेजका प्रशासन प्रमुख चिजकाजी गुरुङले जानकारी दिए । प्रदर्शनीमा दुई दर्जन बढी विभिन्न शोधकार्य तथा आर्किटेक्चर डिजाइनका मोडेलहरु समेत रहने कलेजका प्रिन्सिपल ई. सोम गुरुङले… पुरा पढौ

गण्डकी प्रदेश सभामा पहिलोपटक मुख्यमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर :

असोज ११ पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पूर्वाधार विकास कार्यक्रम कार्यान्वयन नगर्नू भन्ने आदेश दिएर सर्वोच्च अदालतले व्यवस्थापिकामाथि ठाडो हस्तक्षेप गरेको टिप्पणी गरेका छन् । गण्डकी प्रदेश सभामा विहीबार गरिएको ‘मुख्यमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर’मा एमाले सांसद गोविन्दबहादुर नेपालीले पूर्वाधार विकास कार्यक्रम कार्यान्वयनबारे जिज्ञाशा राखेका थिए । सो जिज्ञाशाको जवाफ दिने क्रममा उनले भने,‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबारे सर्वोच्च अदालतबाट जे अन्तरिम आदेश भएको छ । मेरो बिचारमा यो सार्वभौम सत्ता सम्पन्न व्यवस्थापिकामाथिको ठाडो हस्तक्षेप हो ।’ तर सर्वोच्च अदालतले… पुरा पढौ

राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेलले ईन्द्रजात्रा अवलोकन गरेका छन । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दबैठक जानु भई जात्रा अवलोकन गरेका उनका प्रस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद् सालिकबाट पैदल गएको यो पहिलोपटक हो । यसअघिका राष्ट्रपति र राजा गद्द बैठकअघिसम्म नै गाडीमा जाने गरेका थिए । जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायधीश विश्म्रप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत मन्त्रीगण, सांसद, प्रदेशसभा… पुरा पढौ

तनहुँको दमौलीमा डेङ्गु सङ्क्रमण बढेपछि ‘खोज र नष्ट गर’ अभियान

तनहुँको सदरमुकाम दमौलीमा डेङ्गु सङ्क्रमण बढेपछि ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । डेङ्गुबाट दमौली बजार क्षेत्रका वडाका सर्वसाधारण सङ्क्रमित भएपछि जिल्ला प्रशासन कार्यालयको संयोजनमा आजदेखि उक्त अभियान सुरु भएको हो । जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी, स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्थालगायतको संयुक्त सहभागितामा अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए । उनका अनुसार सहभागीलाई दुई समूहमा विभाजन गरी व्यास नगरपालिका–२ र व्यास नगरपालिका–३ मा अभियान सञ्चालन गरिएको छ । सहभागीहरुले लामखुट्टेले फूल पार्नसक्ने सम्भावित स्थानको… पुरा पढौ