समाचार

नेपालमा यस वर्षको मनसुन बाहिरिन अझै केही दिन लाग्ने

नेपालमा यस वर्षको मनसुन बाहिरिन केही दिन ढिलो हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालमा मनसुन बहिर्गमनको औसत मिति अक्टोबर २ तारिख रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । महाशाखाले शुक्रबार विशेष मौसम बुलेटिन निकालेर हाल बङ्गालको खाडीको उत्तर–पश्चिम भागमा विकास भइरहेको न्यूनचापीय प्रभावले मनसुन बहिर्गमन ढिलो हुने प्रक्षेपण गरेको हो । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले मनसुन बाहिरिने मिति अक्टोबर २ भए पनि… पुरा पढौ

तनहुँ भिमादका महिलाहरु आयआर्जनतर्फ अग्रसर

तनहुँको भिमाद नगरपालिका–६ का महिलाहरु आयआर्जनतर्फ अग्रसर भएका छन् । मातृ शिशु कल्याण आमा समूहले सर्फ उद्योग सञ्चालनमा ल्याएसँगै समूहमा आबद्ध महिलाहरु आत्मनिर्भर बन्न आयआर्जनतर्फ अग्रसर भएका हुन् । महिलालाई आयआर्जन गरी आत्मनिर्भर बनाउने उद्देश्यले सर्फ उद्योग सञ्चालन गरिएको आमा समूहकी सचिव सीता सुवेदीले बताइन । उनले भने, “घरायसी काममा मात्रै व्यस्त हुने महिलालाई समेटेर उद्योग सञ्चालनमा ल्याएका हौँ । यसबाट उनीहरुले आर्थिक आम्दानी गर्न सक्नेछन ।” भिमाद नगरपालिकाको ‘उपप्रमुख समृद्धि कोष’को सहयोगमा उद्योग सञ्चालनका लागि सहयोग पुगेको उनको भनाइ… पुरा पढौ

धौलागिरी अस्पताल बागलुङमा सिटी स्क्यान सेवा सुरु

बागलुङको धौलागिरी अस्पतालमा सिटी स्क्यान सेवा सुरु भएको छ । गत साउनमा आवश्यक उपकरण भित्रिएपछि जनशक्ति व्यवस्थापन गरी पहिलो पटक बागलुङमा सिटिस्क्यान सेवा सुरु भएको हो । धौलागिरी अस्पतालमा सिटी स्क्यानको सेवा सञ्चालनले बागलुङ, मुस्ताङ, म्याग्दी र पर्वतबासीलाई सहज हुनेछ । गण्डकी प्रदेश सरकारले यसका लागि गत आर्थिक वर्ष २०७९र८० मा रु १० करोड बजेट विनियोजन गरको थियो । धौलागिरी अस्पताललाई स्तरोन्नति गरी गण्डकी प्रदेश सरकारले दुई सय शय्याको उप–प्रादेशिक अस्पताल बनाउने योजना अन्तर्गत उपकरण थप गरेको हो । पछिल्लो… पुरा पढौ

प्रधानमन्त्री ‘प्रचण्ड’ स्वदेश फिर्ता

संयुक्त राष्ट्र सङ्घको महासभा र चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किएका छन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री दाहाललाई सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, सांसदहरु, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नेपाल सरकारका उच्च अधिकारीले स्वागत गरे । प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाले विमानस्थलमा स्वागत सलामी अर्पण गरेको थियो । प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधित्व मण्डल आज चीनको छन्दुबाट नेपाल… पुरा पढौ

पोखराका अग्रज पर्यटन व्यवसायी हुतराज श्रेष्ठको निधन, आज दाह संस्कार गरिने

पोखरा । पोखराका अग्रज पर्यटन व्यवसायी हुतराज श्रेष्ठको निधन भएको छ । ७६ बर्षिय श्रेष्ठको उपचारका क्रममा भारतको राजधानी नयाँ दिल्लीमा बिहीबार बिहान ४ः२७ बजे निधन भएको हो ।केही समयअघि मानसरोवर भ्रमणमा गएका श्रेष्ठ बाटोमै बिरामी परेपछि चीनमा उपचार गराएर पोखरा फर्किएका थिए । फेरि समस्या भएपछि काठमाडौं हुँदै नयाँ दिल्ली लगिएको थियो । उपचारकै क्रममा श्रेष्ठको निधन भए पछि हिजो अपरान्ह मात्र पोखरा ल्याईएको थियो । उहांलाई मुटुसम्बन्धी समस्या रहेको केदारेश्वर मन्दिर सेवाश्रम समितिका सचिव खिमबहादुर पहारीले बताए ।… पुरा पढौ

यामाहाले गर्‍यो पोखरामा एएसपी र स्पेयर पार्ट्स भेटघाट कार्यक्रम

पोखरा । यामाहाको नेपाल स्थित आधिकारिक बिक्रेता एम ए डब्लुले एएसपी र स्पेयर पार्ट्स मीट गरेको छ । असोज १० र ११ गरी २ दिनको कार्यक्रम मनोरम सहर पोखरामा गरिएको हो । दुई दिन सन्चालित यस विशेष कार्यक्रममा सबै यामाहाका एएसपी संचालक र स्पेयर पार्ट्स प्रदायकहरू निमन्त्रणा गरिएको थियो । जसमा एएसपीबाट १२० र स्पेयर पार्ट्स बाट १४० गरी २६० जनाको उपस्थिती रहेको थियो । एम ए डब्लुका सिईओ राजु छेत्री समेतको उपस्थिती रहेको उक्त दुई दिनको कार्यक्रममा नेटवर्किङ, ज्ञान… पुरा पढौ

रोटरी क्लब लेकसाइडको अध्यक्षमा सिग्देल

पोखरा । रोटरी क्लब अफ पोखरा लेकसाइडको आठौ पदस्थापनबाट वर्ष २०२३÷२४ अध्यक्ष शोभाकान्त सिग्देलले पदभार ग्रहण गरेका छन् । प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर नोमिनी विनोद कोइरालाले सिग्देललाई शुक्रबार आयोजित समारोहमा पदभार ग्रहण गराएका हुन् । यस्तै रोटरी क्लव अफ पोखरा लेकसाइडका आइपिपि डा. वीरवहादुर कार्कीले चार्टर सर्टिफिकेट, कलर तथा पिन प्रदान गर्दै सफलताको कामना गरे । डिजिएन कोइरालाले आफू क्लबको स्थापनादेखि नै विभिन्न सर्भिस प्रोजेक्टमा नजिक रहेको उल्लेख गर्दै क्लबले विषम परिस्थितिमा पनि गरेका कार्यको उच्च प्रशंसा गरे । रिजन… पुरा पढौ

युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठलाई पितृशोक

पोखरा । युनाइटेड क्लबका अध्यक्ष राजु श्रेष्ठलाई पितृ शोक परेको छ । तनहुँको घिरिङ गाँउपालिका ३ हटिया घर भइ हाल चितवन निवासी आनन्द प्रसाद श्रेष्ठको ८१ वर्षको उमेरमा चितवनको भरतपुर स्ेिथत बर्मेली टोल स्थित आफ्नै घरमा निधन भएको हो । बिगत केही वर्षदेखी दमको रोगबाट ग्रसित श्रेष्ठको बिहीबार निधन भएको हो । स्वर्गीय श्रेष्ठको दुई श्रीमति चार छोरा, चार छोरी, दश नाति र छ नातिनि रहेका छन । स्वर्गीय श्रेष्ठको चितवन स्थित देवघाटमा दाहसंस्सकार गरिएको परिवारले जनाएको छ । स्वर्गीय… पुरा पढौ

ईन्टर कलेज व्याण्ड कम्पिटिसनको फाईनल राउण्डमा ११ कलेज, शनिबार फाईनल भिडन्त

पोखरा, असोज १२ पोखरामा भईरहेको ईन्टर कलेज व्याण्ड कम्पिटिसनको फाइनल राउण्डमा ११ वटा कलेज छनौट भएका छन् । पोखरा सांगीतिक कलाकार संघको आयोजनामा पोखराको नयाबजारस्थित प्रदर्शनी केन्द्रमा शुक्रबारदेखि शुरु भएको प्रतियोगिताको फाईनल राउण्डमा ११ वटा कलेज छनौट भएका हुन् । प्रतियोगिताको फाईनल राउण्ड शनिबार हुनेछ । फाईनल राउण्ड पूर्वाह्न ११ बजेदेखि शुरु हुने जनाइएको छ । प्रतियोगिताको फाइनल राउण्डमा मदरल्याण्ड मावि, प्रतिभा मावि ‘सी’, सगरमाथा मावि, कुमुदिनी होम्स, लाभेन्ज बोर्डिङ स्कुल, ईन्फोमेटिक्स कलेज, ग्लोवल कलेजियट, पोखरा एकेडेमी, लिङ्कन कलेज, प्रगती… पुरा पढौ

तनहुँमाथि कास्की ३७ रनले विजयी

पोखरा । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरामा शुक्रबारदेखि कास्की र तनहुँविच दुई श्रृंखलाको एक दिवसिय क्रिकेट प्रतियोगिता शुरु भएको छ । पहिलो खेलमा कास्कीले तनहुँलाई ३७ रनले पराजित ग¥यो । टस जितेर पहिला व्याटिङ गरेको कास्कीले २७ ओभरमा १ सय ३ रनमा सम्पूर्ण विकेट गुमाएको थियो । कास्कीको तर्फबाट आदित्य थापाले ३६ रन बनाए । तनहुँको बलिङमा सिके पौडेल र एलिक श्रेष्ठले ३÷३ विकेट लिए । जितका लागि १ सय ४ रनको लक्ष्य पछ्याएको तनहुँका व्याट्स्म्यानहरुको फितलो प्रदर्शनमा उसले… पुरा पढौ