समाचार

फोहर व्यवस्थापन गर्न तीनै तहका सरकार गम्भीर बन्नुपर्छ: प्रधानमन्त्री ‘प्रचण्ड’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनलाई प्रभावकारी बनाउने सम्बन्धमा सरोकारवाला निकाय र पक्षका प्रतिनिधिसँग छलफल गरेका छन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज उनले काठमाडौँको फोहर व्यवस्थापन, फोहरको दीर्घकालीन समाधान र सरकारको तर्फबाट चाल्नुपर्ने कदमबारे सरोकारवाला पक्ष तथा निकायसँग छलफल गरेका हुन । बैठकमा फोहरको दीर्घकालीन समाधानका विविध पक्षबारे सहभागीहरूले आफ्नो धारणा राख्नुभएको थियो । बैठकमा बञ्चरेडाँडाको फोहर व्यवस्थापन, स्थानीय प्रभावित नागरिकले उठाएका माग, डम्पिङ साइडका लागि जग्गा खरिद लगायतका विषयमा छलफल भएको थियो । यसका लागि… पुरा पढौ

कोन सहकारीले १६.३८ प्रतिशत लाभांश बाँडने

पोखरा, १९ भदौ । कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि ले आ.व. २०७९/८० मा ८ करोड १४ लाख नाफा गरेको छ । यस वर्ष सहकारीले १६.३८ प्रतिशत शेयर लाभांश वितरण गर्ने भएको छ । सहकारीले यस आ.व.२०७९/८० मा संरक्षित पूँजी फिर्ता कोषबाट कारोबारको आधारमा ऋणी सदस्यहरुलाई ३.७४% र बचतकर्ता सदस्यहरुलाई ३.२८% को दरले बोनस वितरण गरिने संस्थाका महाप्रवन्धक सुजता हमालले जानकारी दिइन । सहकारीले यो अवधिमा ४ हजार १ सय ४४ जना सदस्य पुर्याएको छ । यस आ.व.२०७९/८०… पुरा पढौ

‘मानव बेचबिखन अपराधको स्वरुप परिवर्तन हुँदैछ’

सङ्गठित अपराधका रुपमा रहेको मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी अपराधको स्वरुप परिवर्तन हुँदै गएको सरोकारवालाले बताएका छन् । परिर्वतनका लागि सहकार्य नेपालद्वारा आज यहाँ आयोजित ‘बेचबिखनमा प्रभावितको अधिकार र क्षतिपूर्तिमा पहुँच’सम्बन्धी अन्तरक्रियामा मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले विगतमा अधिकांश विपन्न परिवार मानव बेचबिखनको सिकार बन्ने गरेकामा पछिल्लो समय धनी वर्गसमेत पर्न थालेको बताए । “पहिले दुर्गम क्षेत्रका विपन्न परिवारका विशेषगरी महिला र बालिका बेचबिखनमा पर्ने गरेकामा पछिल्लो समय धनी वर्ग र जुनसुकै उमेर समूहका व्यक्ति बेचबिखनको… पुरा पढौ

नेप्से परिसूचक छ दशमलव ४५ अङ्कले घट्यो

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ४५ अङ्कले ओरालो लागेर एक हजार नौ सय ६१ दशमलव ३७ मा सीमित भएको छ । आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ४७ अङ्कले ओरालो लागेर तीन सय ७७ दशमलव २४ मा सीमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा गिरावट भएको… पुरा पढौ

सुन तस्करी प्रकरण: सीमा क्षेत्रबाट एक पक्राउ, काठमाडौँ ल्याइँदै

हङ्कङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले थप एक जनालाई पक्राउ गरेको छ । रुपन्देही घर भई हाल काठमाडौँको टोखा बस्ने सुमन खरेललाई नेपाल भारत सीमा क्षेत्र कपिलवस्तुबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए । ब्यूरोको टोलीले उनलाई कपिलवस्तुको सीमा क्षेत्रबाट पक्राउ गरी आज काठमाडौँ ल्याउँदै गरेको र समय पुगेमा आजै म्याद थप हुने पनि उनले बताए । यसअघि उनी भारतमा लुकिछिपी बसेकाले पक्राउ… पुरा पढौ

कन्याममा बन्यो चिया अनुसन्धान केन्द्र

इलामको सूर्योदय नगरपालिका–७ स्थित कन्याममा चिया अनुसन्धान केन्द्र निर्माण गरिएको छ । कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको आर्थिक सहयोगमाल परीक्षणसहितको अनुसन्धान केन्द्र निर्मा गरिएको हो । विदेशी चिया पारखीलाई लक्षित गरी बनाइएको अनुसन्धान केन्द्र रु. १३ करोड ६५ लाखको लागतमा सम्पन्न भएको सूर्योदय नगरपालिकाका इञ्जिनीयर आशिष सुवेदीले जानकारी दिए । आर्थिक वर्ष २०७६/७७ मा सुरु भएको अनुसन्धान केन्द्र दुई चरणमा गरेर सम्पन्न भएको हो । पहिलो चरणमा आर्थिक वर्ष २०७६/७७ मा भवन निर्माण तथा दोस्रो चरणमा भित्री डिजाइनसहितको कामको… पुरा पढौ

नेपालबाट १० हजार मेगावाट बिजुली लैजाने समझदारीपत्र भारतद्वारा अनुमोदन

भारतले नेपालसँगको विद्युत् व्यापारसम्बधी समझदारीपत्र स्वीकृत गरेको छ । नेपालबाट आगामी १० वर्षभित्रमा १० हजार मेगावाट बिजुली लैजाने नेपाल र भारतबीचको समझदारीलाई भारतको सङ्घीय मन्त्रिपरिषद्ले औपचारिकरुपमा स्वीकृत गरेको भारतका लागि नेपाली राजदूत डा शङ्करप्रसाद शर्माले जानकारी दिए । दुई देशबीच गत जेठमा यस विषयमा सहमति भएको थियो । सामाजिक सञ्जाल एक्स (ट्वीट)मार्फत भारतले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने निर्णय गरेको उनले जानकारी दिए । उक्त निर्णयले नेपालको आर्थिक विकास र पुनःसंरचनामा महत्वपूर्ण योगदान पु¥याउनेमा उनले विश्वास… पुरा पढौ

‘सीप भए आम्दानी आफैँ हुन्छ’:जमुना परियार

बलेवा । चार महिना पहिलेसम्म जमुना परियार नेपालीको हातमा सीप थिएन । घरमा बालबच्चाका लागि चाहिने खर्च, घरखर्च र आफ्नो लागि आवश्यक खर्चसमेत उनका श्रीमान् एक्ला स्रोत थिए। स–साना कामका लागि श्रीमान्सँग पैसा माग्न जमुना आप्ठेरो मान्थे । अहिले आफ्ना लागि आवश्यक खर्च जमुना आफैँ कमाउछन्। बागलुङ बजारको एक टेलरिङ सेन्टरमा कालिगडको काम गरिरहेकी जमुना सीप सिकेपछि आत्मनिर्भर भएका हुन् । उनको अहिले मासिक कमाइ हुन्छ । आफ्नो, बालबच्चा र घरको खर्च चलाएर जमुना बचत गर्ने भएका छन् । “आफ्नो… पुरा पढौ

नेपाल रेडक्रस सोसाईटी पोखरा १९ उपशाखाद्वारा वृक्षरोपण

पोखरा । नेपाल रेडक्रस सोसाईटी पोखरा– १९, उपशाखाले लामाचौरमा रहेको भवन परिसरमा वृक्षरोपण गरेको छ । नेपाल रेडक्रस सोसाईटीको ६१ औं स्थापना दिवसको अवसरमा गरिएको कार्यक्रममा निम, वेल, कपुर, पारिजात, तेजपत्ता लगायतका विभिन्न वहुउपयोगी प्रजातिका विरुवा रोपिएको सभापति नवराज पौडेल जानकारी दिए । वृक्षरोपण कार्यक्रमको शुरुवात गर्दै पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले मानविय सेवाका क्षेत्रमा नेपाल रेडक्रस सोसाईटीले पुर्याएको योगदान अतुलनिय रहेको बताए । उनले समाज विकास र मानविय सहायतामा हरेक नागरिक जागरुप वन्न सके सिंगो देश नै परिवर्तन… पुरा पढौ

जापानिज इन्सेफ्लाइटिसबाट एकजनाको मृत्यु

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँका अनुसार कावासोतीका–२ का ६६ वर्षीय एक महिलाको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको हो । बिरामी भएर भदौ ६ गते चितवनस्थित अस्पतालमा भर्ना भएकोमा उहाँको भदौ ७ गते मृत्यु भएको हो । चालु आर्थिक वर्षमा जिल्लामा जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको यो पहिलो घटना भएको कार्यालय प्रमुख चापागाँईले बताए । परीक्षण रिपोर्ट ढिलो गरी आउने हुँदा मृत्युपछि मात्र जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको उनले बताए ।… पुरा पढौ