समाचार

नेपालले भारतलाई दियो २३१ रनको लक्ष्य

काठमाडौं । एसिया कप २०२३ अन्तर्गत नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ । सोमबार श्रीलंकाको क्यान्डीस्थित पल्लेकेले रंगशालामा नेपाल र भारतबीचको खेलमा ओपनर आसिफ शेखको संयमित अर्धशतकप्रेरित नेपालले एसिया कप–२०२३ मा भारतविरुद्ध २३१ रनको लक्ष्य प्रस्तुत गरेको हो । नेपालका लागि ओपनिङ ब्याट्सम्यान आसिफ शेखले अर्धशतक प्रहार गरेर आउट भए। उनी ९७ बलमा ८ चौकाको मद्दतमा ५८ रन बनाएर आउट भए। उनी एसिया कपमा तथा भारतविरूद्ध अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बने। अर्का ओपनर कुशल भुर्तेल ३८ रन… पुरा पढौ

कांग्रेसद्वारा बिपी साहित्य महोत्सव मूल तयारी समिति गठन

भदौ १८ काठमाण्डौं नेपाली कांग्रेसले बिपी साहित्य महोत्सव मूल तयारी समिति गठन गरेको छ । भदौ २४ देखि २६ गतेसम्म महोत्सव मनाउनका लागि पार्टीका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्जमा ‘बिपी साहित्य महोत्सव मूल तयारी समिति’ गठन गरेको हो । कांग्रेस केन्द्रीय समितिको साउन २ गतेदेखि १० गतेसम्म सम्पन्न बैठकको निर्णयअनुसार भदौ २४ देखि महोत्सव मनाउने निर्णय गरेको थियो । समितिमा पार्टीका केन्द्रीय सदस्य पुष्पा भुसाल, मीन विश्वकर्मा, डा डिला सङ्ग्रौला पन्त, योगेन्द्र चौधरी, मधु आचार्य, मदनबहादुर अमात्य, अब्दुल सत्तार, नैनसिंह महर,… पुरा पढौ

ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर : प्रधानमन्त्री

भदौ १८ काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज ड्राइभिङ स्कुल सङ्घ नेपालको ज्ञापनपत्र ग्रहण गर्दै उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र विभागमार्फत यस क्षेत्रमा विद्यमान समस्याका बारेमा छलफल अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे । ज्ञापनपत्रमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन दर्ता गर्दा ड्राइभिङ प्रशिक्षण केन्द्रबाट तालिम लिएको प्रमाणपत्र पेस गर्नुपर्ने प्रावधान राख्न माग गरिएको छ । सो प्रावधान नहुँदा दक्ष सवारी चालकको… पुरा पढौ

निगम जहाज खरिद गर्ने अन्तिम चरणमा पुगेको छ : पर्यटनमन्त्री किराती

भदौ १८ काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम जहाज खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आज सिंहदरबारमा भएको आजको बैठकमा मन्त्री किरातीले निगम आफैले आन्तरिक उडानका लागि तीन थान जहाज खरिद गर्न लागेको जानकारी दिए । “दुर्गम क्षेत्रका विमानस्थलमा उडान भर्नका लागि तीन थान ट्वीनअटर जहाज खरिद गर्ने अन्तिम तयारीमा छौँ”, उनले भने । निगमले आन्तरिकतर्फ २२ गन्तव्यमा सेवा दिनेगरी जहाज खरिदको प्रक्रिया अघि बढाइएको… पुरा पढौ

नेपालले पूरा ग¥यो दुई सय रन

भदौ १८ काठमाण्डौं । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले दुई सय रन पूरा गरेको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा नेपालले खेलको ४३ दशमलव ३ ओभरमा दुई सय रन पूरा गरेको हो । टस हारेर पहिले ब्याटिङ थालेको नेपालले अहिले ४४ ओभरमा सात विकेट गुमाएर २०२ रन बनाउँदै खेलिरहेको छ । पुरा पढौ

भूमिहीन नेपाली भूमि अधिकारबाट वञ्चित हुनु पर्दैन :मन्त्री चौधरी

काठमाण्डौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठ चौधरीले अब कोही पनि भूमिहीन नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनु नपर्ने बताएकी छन् । सोमबार नवलपरासी ( पश्चिम ) भूमिहीन सुकुम्वासीहरूलाई जग्गाधनी लालपुर्जा प्रदान गर्दै उनले भनिन्, ‘सरकारले भूमिहीन दलित तथा सुकुम्वासीहरूलाई जग्गाधनी लालपुर्जा वितरण गरिरहेको गर्दै आएको छ । संविधानले दिएको अधिकार अनुसार अब कोही पनि नेपाली नागरिक भूमिहीन हुनु पर्दैन । मेरो कार्यकाल भित्रै भूमिहीनहरूको समस्या समाधान गर्ने गरी काम गरिरहेको छु ।’ भूमि व्यवस्था, सहकारी… पुरा पढौ

देशको अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख: अर्थमन्त्री महत

गण्डकी । अर्थमन्त्री डा प्रकाशशरण महतले देशको अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख बनेकोे बताएका छन् । पोखरा पर्यटन परिषद्को वार्षिक साधारणसभाको आज पोखरामा उद्घाटन गर्दै उनले भूकम्प, कोभिडलगायत विभिन्न कारणले मुलुक अप्ठ्यारोबाट गुज्रिए पनि निराश बन्नुपर्ने अवस्था नरहेको बताए । नकारात्मक कुराले केबल आत्मविश्वास घटाउने भन्दै गर्दै उनले अलिकति समस्या आयो भन्दैमा निराश हुनु नहुनेमा जोड दिए । राजस्व सङ्कलनको अवस्था गत आर्थिक वर्षको तुलनामा राम्रो भएको बताउँदै उनले राम्रा दिन आउनेतर्फ सकारात्मक छलफल सुरु गर्नुपर्नेमा जोड दिए । आर्थिक क्षेत्रमा… पुरा पढौ

एसिया कप क्रिकेट: नेपालले एक विकेट गुमायो

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भइरहेको भारतविरुद्धको खेलमा नेपालले उत्कृष्ट सुरुआत गरेको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले १० ओभरमा एक विकेट गुमाउँदै ६५ रन बनाएको छ । नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले साझेदारी बढाउँदै लगेका थिए । तर नेपालले ९।५ ओभरमा पहिलो विकेट गुमायो । नेपालका सुरुआती व्याट्सम्यान कुशल भुर्तेल ३८ रनमा आउट भए । उनले दुई छक्का र तीन चौका प्रहार गरेका थिए । अहिले… पुरा पढौ

ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर: प्रधानमन्त्री ‘प्रचण्ड’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएकाछन । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज ड्राइभिङ स्कुल सङ्घ नेपालको ज्ञापनपत्र ग्रहण गर्दै उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र विभागमार्फत यस क्षेत्रमा विद्यमान समस्याका बारेमा छलफल अगाडि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे । ज्ञापनपत्रमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन दर्ता गर्दा ड्राइभिङ प्रशिक्षण केन्द्रबाट तालिम लिएको प्रमाणपत्र पेस गर्नुपर्ने प्रावधान राख्न माग गरिएको छ । सो प्रावधान नहुँदा दक्ष सवारी चालकको उत्पादनमा कमी आएको तथा दुर्घटना… पुरा पढौ

संस्कृत भाषा संरक्षणका लागि वालिङमा ‘आधारभूत संस्कृत भाषा’ कक्षा

वालिङ । स्याङ्जाको वालिङमा संस्कृत भाषाको संरक्षणका लागि आधारभूत संस्कृत भाषा कक्षा सञ्चालन गरिएको छ । संस्कृत भाषा पुस्तान्तरण गर्दै संस्कृत वाङ्मयको संरक्षण, सम्बद्र्धन र जगेर्ना गर्ने मुख्य उद्देश्यसहित भाषा कक्षा थालिएको विश्व हिन्दू महासङ्घ नेपालका केन्द्रीय सदस्य एवं मुख्य प्रशिक्षक नेत्रप्रसाद पराजुलीले बताए । विश्व हिन्दू महासङ्घ स्याङ्जा, विश्व हिन्दू युवासङ्घ स्याङ्जाको आयोजना र केदारनाथ मन्दिरको समन्वयमा वालिङ ८ स्थित केदारनाथ मन्दिरमा दैनिक एक घण्टा भाषा कक्षा सञ्चालन भएको हो । संस्कृत भाषाप्रति युवा पुस्ताको रुचि नदेखिँदा भविष्यमा भाषा… पुरा पढौ