समाचार

युवालाई देशको माया हुनुपर्छ : मुख्यमन्त्री पाण्डे

भदौ ५ बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले युवा पुस्तामा देशप्रतिको माया हुनुपर्ने बताएका छन् । उच्च शिक्षासम्म देशले लगानी गर्ने तर युवाहरूको ऊर्जावानर र उत्पादनशील समय विदेशमा बित्ने अवस्था सिर्जना भएको भन्दै उहाँले देशले आफूप्रति गरेको लगानी सम्झिन युवाहरूलाई आग्रह गरे । देशमा अवसर नै नभएको, देशको अवस्था गतिलो नभएको भन्ने हल्ला फैलाउने र युवा पलायनलाई बढावा दिनेहरूका विरुद्धमा सबै एकजुट भएर लाग्नुपर्नेमा उनको जोड थियो । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले उत्पादन वृद्धि र स्वरोजगार उत्पादनमा जोड… पुरा पढौ

राष्ट्रपति पौडेलद्वारा नवनियुक्त प्रधानन्यायाधीशलाई शपथ

भदौ ५ काठमाण्डौं राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश श्रेष्ठलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । समारोहमा राष्ट्रपतिका साथै उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, संवैधानिक निकायका प्रमुखहरु, सर्वोच्च अदालतका न्यायाधीश, नेपाल सरकारी उच्च पदस्थ अधिकारीको उपस्थिती थियो । नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को… पुरा पढौ

फोटोग्राफर संघ गण्डकीद्वारा फोटो प्रतियोगिताको घोषणा

भदौ ५ पोखरा । १८४औं बिश्व फोटोग्राफी दिवसको अवसर पारेर फोटोग्राफर संघ गण्डकी द्वारा बिभिन्न विधामा फोटो प्रतियोगिताको घोषणा गरेको छ । संघले फोटोग्राफरहरुको सम्मान प्रविधिको ज्ञान, व्यवसायिहरुलाई उत्साह र फोटोग्राफरहरुको मनोवल उच्च प्रदान गर्ने उदेश्यले उक्त प्रतियोगिताको घोष्णा गरेको हो । फोटोग्राफर संघ गण्डकी को स्थापना दिवस भाद्र २० गते समापन गरिने प्रतियोगितामा मिराज राष्ट्रिय बैवाहिक फोटो प्र्रतियोगिता अन्र्तगत बिभिन्न ६ ओटा विधा सार्वजनिक गरेको छ । बेष्ट फोटो अवार्ड, ब्राईड एण्ड ग्रुम हेड सट,बेष्ट कलरिङ एण्ड रिटचिङ, बेष्ट… पुरा पढौ

नेपाल महिला संघ कास्कीमा शारदा

भदौ ५ पोखरा । नेपाल महिला संघ कास्कीको अध्यक्षमा शारदा गिरी चयन भएकी छन् । उनलाई नेपाल महिला संघका २० जना केन्द्रीय सदस्यले हस्ताक्षर गरी एक विज्ञप्ती सहित अध्यक्षको जिम्मेवारी दिएको हो । विज्ञप्तीमा नेपाल महिला संघको बिधान २०५८ को तेस्रो संशोधन २०७८ भाग ७ को धारा ४१ अनुसार बिधान बिपरित भएको र कुनै कारणवश पद रिक्त भएमा सो स्थानमा यस बिधानमा अन्यथा व्यवस्था भएकोमा बाहेक जुन प्रकियाबाट चयन भएको हो सोही प्रकियाद्वारा पदपुर्ति गरिने व्यवस्था छ । हामीले महिला… पुरा पढौ

नानी शुक पुरस्कार नैनकुमार श्रेष्ठलाई

भदौ ५ पोखरा । नानी शुक स्मृति प्रतिष्ठानले यस वर्षको नानी शुक स्मृति शिक्षा पुरस्कार म्याग्दीको बेनीका शिक्षाप्रेमी एवं समाजसेवी ८१ वर्षीय नैनकुमार श्रेष्ठलाई प्रदान गर्ने भएको छ । हरेक २ वर्षमा यो पुरस्कार प्रदान गरिने सो पुरस्कारको राशि २५ हजार ५ सय २५ साथमा ताम्रपत्र छ । प्रतिभा छनोटका लागि प्रतिष्ठान उपाध्यक्ष हेरम्बप्रसाद कोइराला, आजीवन सदस्य पुण्यबहादुर हिराचन, सदस्य दीर्घसिंह लालचन र संरक्षक वीरेन्द्र हिराचन रहेको चार सदस्यीय समिति गठन गरिएको प्रतिष्ठानका सहसचिव मखनलाल हिराचनले जनाए । २०६२ सालमा… पुरा पढौ

खेलकुद पत्रकार मञ्च गण्डकीको साधारण सभा असोज ६ गते

भदौ ५ पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको साधारण सभा तथा विधान अधिवेशन असोज ६ गते हुने भएको छ । मञ्चको हालै बसेको एकतीसौं बैठकले साधारण सभा तथा विधान अधिवेशन सम्बन्धी निर्णय गरेको हो । मञ्चको विधानलाई आवश्यकताको आधारमा परिमार्जन गर्दै समय सापेक्ष बनाउने उद्धेश्यका साथ विधान अधिवेशन सहितको साधारण सभा आयोजना गर्न लागिएको मञ्चका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । जसको लागि मञ्चका सल्लाहकार रञ्जन अधिकारी क्षेत्रीको संयोजकत्वमा विधान संसोधन समिति गठन गर्ने निर्णय समेत बैठकले गरेको छ… पुरा पढौ

गुरुङ, मगर र थारु भाषालाई कामकाजको भाषा बनाउन आदिवासी जनजातिको माग

पोखरा, भदौ ५ आदिवासी जनजातिहरुले गुरुङ, मगर र थारु भाषालाई कामकाजको भाषा बनाउन माग गरेका छन् । आदिवासी जनजाति संघर्ष समिति गण्डकीले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरेर गुरुङ, मगर र थारु भाषालाई कामकाजको भाषा घोषणा गर्न सरकारसँग माग गरेको हो । गणेश ठाकुरको संयोजकत्वमा गठित भाषा आयोगले गण्डकी प्रदेशमा गुरुङ र मगर तथा देशको दक्षिणी भेगमा थारु भाषालाई सरकारी कामकाजको भाषा बनाउन सिफारिस गरेकाले सोहि अनुसार आवश्यक ऐन, कानून बनाई कामकाजको भाषा घोषणा गर्न समितिको माग छ । समितिले नेपालको… पुरा पढौ

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

यो सातामा कारोबारको सुरुआती दुई दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा तेस्रो दिन भने दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १७ दशमलव ६९ अङ्कले बढेर दुई हजार १५ दशमलव ९८ विन्दुमा कायम भएको हो । विभिन्न दुई सय ७७ कम्पनीका ६० लाख ३१ हजार तीन सय ५६ कित्ता शेयर ३४ हजार पाँच सय आठ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ३३ करोड २५ लाख ६४ हजार सात सय ६९ बराबरको कारोबार भएको छ । एक… पुरा पढौ

सरकार विद्युतबाटै आत्मनिर्भर अर्थतन्त्र बनाउन लागेको छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार विद्युत् उत्पादनबाटै आत्मनिर्भर अर्थतन्त्र बनाउने बाटोमा लागेको बताएका छन । भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको आज समुद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यसका लागि सरकारले निजी लगानीकर्तालाई विद्युत उत्पादनमा प्रोत्साहन गरेको स्पष्ट पारे ।उनले अन्तरदेशीय प्रसारण लाइन विस्तार गरी विद्युत् व्यापारलाई प्राथमिकता दिएको उल्लेख गरे । उनले भने, “हालैको भारत भ्रमणमा भारत सरकारसँग विद्युत् खरिदमा भएको समझदारीले यसका लागि सकारात्मक पहल भएको छ ।” बङ्गलादेशसँग विद्युत् व्यापारको ढोका… पुरा पढौ

महिला टी–२० सिरिज: नेपालले हङकङलाई ६ विकेटले हरायो

चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजअन्तर्गत हङकङविरुद्धको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो । डेब्यू खेलमै नेपालकी पूजा महतोले उत्कृष्ट बलिङ र ब्याटिङ गरिन । उनले हङकङविरुद्धको खेलमा १६ रन बनाउनुका साथै एक विकेट समेत लिइन् । मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायोमास ओभल क्रिकेट मैदानमा हङकङले नेपाललाई जितका लागि ८५ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य नेपालले १५ दशमलव पाँच ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो । नेपालका लागि सम्झनाकुमारी खड्काले… पुरा पढौ