समाचार

सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय आयोग गठन हुने

संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलले हालसम्म भएका सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्न सहमत भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको राष्ट्रिय मान्यता प्राप्त दलहरुको बैठकले आगामी महिना उक्त आयोग गठन गर्न सहमत भएका हुन् । सहमति पत्रमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न सात राजनीतिक दलका प्रमुख सचेतकले हस्ताक्षर गरेका छन । सुनलगायतका सामग्री पटक पटक तस्करी भई मुलुकभित्र आइरहेको विषयलाई गम्भीरतापूर्वक लिई स्वतन्त्र एवम् निष्पक्ष छानबिन गर्न र यस्तो तस्करीजन्य विषयका सम्बन्धमा… पुरा पढौ

बेनी–जोमसोम सडक पाँच दिनपछि खुल्यो

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को जलथलेदेखि दुवारी खण्डको सडक पाँच दिनपछि सञ्चालन भएको छ । अन्नपूर्ण गाउँपालिकाको जलथले, गुँइठे, सुकेबगर, खामभिक्ता लगायतका क्षेत्रमा अविरल वर्षासँगै ५० भन्दा बढी ठाउँमा खसेको पहिराका कारण ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा शनिबारदेखि सिधा यातायात सञ्चालन हुन सकेको थिएन । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले पहिरो पन्छाएर आज बिहान सडक खुलाइएको जानकारी दिनुभयो । “कालीगण्डकीको कटान, कमजोर भूगोल, भूमिगत पानीको उचित व्यवस्थापन नहुनु र शाखा सडकका कारण सिर्जना भएको… पुरा पढौ

वडाध्यक्षसँग हेमजाका युवाले भने : याम्दी सडकले दियो हैरानी, हरिचोक–हेमजा चल्ने गाडी प्रभावकारी भएन

हेमजा, ५ भदौपोखरां–२५ का वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले हेमजाका युवाहरुसँग अन्र्तक्रिया गरेका छन् । वडा कार्यालयको आयोजनामा हेमजामा रहेका विभिन्न यूवा क्लबमा आबद्ध युवाहरुसँग वडाध्यक्ष तिमिल्सिनाले मंगलबार अनतरक्रिया गरेका हुन् ।युवाहरुले हेमजामा नगर बस सेवा संचालन प्रभावकारी नभएको, मध्यपहाडी लोकमार्ग अन्तर्गत हरिचोकदेखि याम्दी सम्मको सडक निर्माणमा ढिलाइ हुँदा वर्षायाममा सडक हिलाम्मे भएर आवतजावतमा हैरानी खेप्नुपरेको गुनासो गरे । उनीहरुले नगर बस सेवा सञ्चालन प्रभावकारी बनाउन तथा याम्दी सडक खण्ड चाँडो बनाउनका लागि पहलकदमी लिन आग्रह गरे ।त्यस्तै, युवाहरुले डिजिटल पुस्तकालय अर्थात… पुरा पढौ

र्‍याण्डम रिडर्सको अध्यक्षमा रुपिन्द्र सर्वसम्मत

भदौ ६ पोखरा । लामो समयदेखि सुस्ताएको र्‍याण्डम रिडर्स सोसाइटी पुनः जाग्ने भएको छ । सोसाइटीका सदस्यहरूको भेलाले रुपिन्द्र प्रभावीको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति गठन गरेसँगै सोसाइटीले आफ्नो यात्रालाई पुनः निरन्तरता दिन लागेको हो । यसअघि सोसाइटीकाउपाध्यक्ष रहेका रुपिन्द्रले संस्थाको स्थापना कालदेखि नै विभिन्न पदमा रही कार्य गर्दै आएका छन् । गजल सन्ध्या, पोखराका पूर्व अध्यक्ष रहेका उनी हाल शिवालय माध्यमिक विद्यालयका प्रधानाध्यापकसमेत हुन् । शिक्षणसँगै साहित्य सिर्जना र सञ्चार क्षेत्रमासमेत उनी क्रियाशील छन् । २०६७ मापोखरामा स्थापना भई… पुरा पढौ

काठमाडौंबाट पोखरा आउदै गरेको त्रिशूलीमा खस्दा ८ जनाको मृत्यु

काठमाडौंबाट पोखरा आउदै गरेको बस धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । दुर्घटनामा २ महिला र ६ पुरुष गरी ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् डिएसपी सन्तु जयसवालले जानकारी दिए । ‘घटनास्थलबाट १६ जनाको उद्धार गरिएको थियो, तिनीहरुमध्ये ८ जनाको मृत्यु भएको छ र ८ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको डिएसपी जयसवालले बताए । काठमाडौंबाट पोखरा हदै गरेको प्रदेश ३–०१–००५… पुरा पढौ

गण्डकी प्रदेशद्धारा आठ सय कृषि फार्मलाई अनुदान

व्यावसायिक पशुपक्षी फार्म र कृषि फार्म सञ्चालन गर्ने किसानलाई गण्डकी प्रदेश सरकारले अनुदान दिएको छ । गत आवमा पशुपक्षीतर्फ चार सय ८१ र कृषितर्फ तीन सय ७३ फार्मले कुल लागतको ५० प्रतिशत अनुदान पाएका छन् । कृषि तथा भूमि व्यवस्था मन्त्रालयका योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गृष्म न्यौपानेका अनुसार पशुपक्षीपालक किसानलाई रु. सात करोड ८६ लाख र व्यावसायिक कृषिखेती गर्ने किसानलाई रु. आठ करोड अनुदान रकम उपलब्ध गराइएको छ । “साना व्यावसायिक पशुपक्षी र कृषि फार्म लक्ष्य गरी गत… पुरा पढौ

देशभर भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको केन्द्रीय मध्यप्रदेश र आसपासमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय क्षेत्रको प्रभावले हाल देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । मनसुनको… पुरा पढौ

प्रतिभा माविमा वक्तृत्वकला प्रतियोगिता

भदौ ५ पोखरा । पोखरास्थित प्रतिभा माविमा वक्तृत्वकला प्रतियोगितामा आयोजना गरिएको छ। विद्यालयका कक्षा ११ र १२ का विद्यार्थीले नेपाली र अंग्रेजी भाषामा वक्तृत्वकला प्रतियोगितामा प्रतिश्पर्धा गरेका थिए । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुुसार नेपाली विषयमा ‘वैदेशिक रोजगारः चुनौती र अवसर’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता विद्यार्थीले प्रतिश्पर्धा गरेका थिए। त्यसैगरी अंग्रेजी भाषामा गरिएको प्रतियोगितामा ‘२१ औं शताब्दीमा साइबर क्राइम’ विषयमा प्रतिश्पर्धा भएको थियो । नेपाली भाषाको वक्तृत्वकलाका निर्णायकहरुमा डा. पुण्यप्रसाद शर्मा, बोधराज ढकाल, राधाकृष्ण गैह्े्र थिए। त्यस्तै अंग्रेजीतर्फको निर्णायकमा यादव सुवेदी,… पुरा पढौ

जानकीका विपन्न विद्यार्थीलाई बिरौटा साझा चौतारीद्वारा पोशाक वितरण

भदौ ५ पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माविमा अध्ययनरत विद्यार्थी स्कूल पोषाक पाउँदा हर्षित भएका छन् । विद्यालयमा आज आयोजित एक कार्यक्रममा स्कूल ड्रेस पाएपछि उनीहरुको मुहारमा खुशियाली छायएको हो ।लायन्स क्लव अफ पोखरा बिरौटा साझा चौतारीले विद्यालयमा अध्ययनरत २४ जना समाजका विपन्न एवम् असहाय विद्यार्थीलाई पोषाक वितरण गरेको क्लवका तृतीय उपाध्यक्ष एवम् कार्यक्रम संयोजक सिता काफ्ले भण्डारीले जानकारी दिए । “साथीहरु विद्यालय पोषाकमा आएको टुलुटुलु हेर्न बाध्ये उनीहरु पोषाककै अभावमा कतिपय शैक्षिक एवम् अतिरिक्त कृयाकलापमा… पुरा पढौ

एसिया कप क्रिकेटका लागि पाकिस्तान जाने नेपाली टोलीको बिदाई

भदौ ५ काठमाण्डौं । पाकिस्तान र श्रीलङ्कामा आयोजना हुने एसिया कप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले आज सफलताको शुभकामना दिँदै बिदाइ गरेको छ । यही भदौ १३ देखि ३१ गतेसम्म पाकिस्तान र श्रीलङ्कामा आयोजना हुने उक्त प्रतियोगितामा सहभागिता जनाउन जाने नेपाली टोली आज राति पाकिस्तान प्रस्थान गर्दैछ । पहिलोपटक एसिया कपमा सहभागिता जनाउन लागेको नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् । त्यस्तै समूह ‘बी’मा श्रीलङ्का बङ्गलादेश र… पुरा पढौ