समाचार

‘कञ्चन पत्रकारिता पुरस्कार’ हुम तमु र सुन्दर थकालीलाई अर्पण

पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८०’ बाट हुमबहादुर तमु (कास्की) र सुन्दरकुमार थकाली (मुस्ताङ) पुरस्कृत भएका छन् । फोनिजको २४ औं स्थापना दिवसको अवसरमा आज (शनिबार) पत्रकार द्वयलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तथा पुरस्कारदाता व्यवसायी विमलमान गुभाजु तथा गुभाजु परिवारले पुरस्कार स्वरुप दोसल्ला, सम्मानपत्रसहित नगद रु २५ हजार अर्पण गरे । सो अवसरमा बोल्दै मुख्यमन्त्री पाण्डेले स्वच्छ र स्वतन्त्र रुपमा पत्रकारिता गर्ने वातावरण सिर्जना गर्न स्वयम् पत्रकार नै जिम्मेवार हुनुपर्ने धारणा राखे… पुरा पढौ

तनहुँमा महिलाको नाममा जग्गा पास गर्ने बढे

गत आर्थिक वर्ष २०७९र८० मा मालपोत कार्यालय तनहुँमा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढेको छ । गत आवमा कूल दुई हजार आठ सय चौरासी वटा लिखत पारित भएको महिलाका नाममा मात्रै दुई हजार छ सय २८ पास भएको कार्यालयले जनाएको छ । गत आवमा जग्गा रजिष्टे«सन पास वापत रु २४ लाख चौरासी हजार छ सय दुई राजस्वमा छुट दिएको कार्यालयका सुब्बा एवं सूचना अधिकारी टीकाराम शर्मा घोरासाइनेले जानकारी दिए । महिला, दलित तथा जनजाति, सहिद परिवार, अपाङ्गता भएका, ज्येष्ठ… पुरा पढौ

तीन दिन देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपाल नजिक) अवस्थित रहेकाले आगामी तीन दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसनुको न्यून चापीय रेखा नेपाल नजिकसँगै भारतको विहारको उत्तर पश्चिम भूभाग तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेकाले आगामी केही दिनसम्म मनसुनको न्यून चापीय रेखा अझै नेपाल नजिक सर्ने सम्भावना छ । जसका कारण आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा… पुरा पढौ

ज्येष्ठ नागरिकका हक कार्यान्वयनका लागि सरकारी निकायमा ज्ञापनपत्र

कास्कीमा क्रियाशील ज्येष्ठ नागरिक सम्बद्ध सङ्घसंस्थाले ऐन, कानुनमा भएका प्रावधान कार्यान्वयन गराउन माग गर्दै सरकारी निकायमा संयुक्त ज्ञापनपत्र पेश गरेका छन् । ज्ञापनपत्र गण्डकी प्रदेश सरकार, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय, पोखरा महानगरपालिका र कास्कीका प्रमुख जिल्ला अधिकारीसमक्ष पेश गरिएको ज्येष्ठ नागरिक सङ्घ, पोखरा महानगर समितिका अध्यक्ष भूपेन्द्र गिरीले जानकारी दिए । ज्ञापनपत्रमा ज्येष्ठ नागरिक ऐनको व्यवस्थाअनुसार सार्वजनिक यातायातको भाडामा ५० प्रतिशत छुटको व्यवस्था कार्यान्वयन हुनुपर्ने, स्वास्थ्य बीमाका लागि तोकिएका अस्पतालमा ज्येष्ठ नागरिकलाई सबै प्रकारका स्वास्थ्य परीक्षण, परामर्श एवं औषधि… पुरा पढौ

जेसीज सप्ताह : साइबर व्यूरोसम्बन्धी तालिम सम्पन्न

साउन २६ पोखरा । पोखरा लेडी जेसीजको आयोजनामा शुक्रबारबाट जेसीज सप्ताह शुरु भएको छ । लेडी जेसीजको आयोजनामा शुरु भएको सप्ताहको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीले उद्घाटन गरे । सप्ताहको पहिलो दिन उद्घाटनसँगै साइबर व्यूरो सम्बन्धि तालिम सम्पन्न भएको संस्थाका अध्यक्ष लक्ष्मी कुँवर लताले जानकारी दिइन् । पोखरा उद्योग वाणिज्य संघमा भएको कार्यक्रममा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बगर–१ का प्रहरी निरीक्षक तिलक मानन्धरले सहजीकरण गरेका थिए । कार्यक्रममा पोखरा लेडी जेसीजका पूर्व अध्यक्ष संगिता पौडेल,… पुरा पढौ

सांसदहरूले संसद् अवरोध खोल्न सहयोग गर्नुपर्ने आवश्यकता देखेको छु : सभामुख घिमिरे

साउन २६ धुलिखेल । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकमा अवरोध हटाउन सांसदहरूलाई आह्वान गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगले आयोजना गरेको कार्यक्रममा उनले संसद् अवरोध कानून निर्माणका लागि बाधक भएको भन्दै अवरोध खोल्न सबै सांसदको सहयोगका लागि आह्वान गरे । “केही सातादेखि संसद् नियमित कारबाहीमा अगाडि बढ्न नसकेको स्थिति छ । कैयौँ विधेयकमाथि छलफल भएको छैन । परिणाम दिने गरी नियम कानून बनाउन सकिरहेका छैनौँ”, सभामुख घिमिरेले भने, “सांसदहरूले संसद् अवरोध खोल्न आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने आवश्यकता देखेको छु ।”… पुरा पढौ

‘अबको छ महिनाभित्र जनताले अनुभूति गर्ने गरी काम गर्नेछौँ’ : मन्त्री बस्नेत

साउन २६ काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको छ महिनाभित्र जनताले महसुस गर्ने गरी स्वास्थ्य क्षेत्रमा सुधारको काम गर्ने प्रतिबद्धता गरेका छन् । मन्त्री बस्नेतले आफनो कार्यअवधिको एक सय दिन पूरा गरेको अवसरमा भएका उपलब्धि एवं सुधारका पहल सार्वजनिक गर्ने क्रममा भने, “अबको छ महिनाभित्र स्वास्थ्य क्षेत्रमा जनताले अनुभूति गर्ने गरी र सरकारले धेरै काम गरेको छ भन्ने प्रमाणित हुने गरी मन्त्रालयले काम गर्नेछ ।” कार्यक्रममा उनले आधारभूत स्वास्थ्य उपचारबाट कोही नेपाली वञ्चित नहुने बताए । “कोही नेपाली… पुरा पढौ

सांसद शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश

साउन २६ काठमाण्डौं । जिल्ला अदालत काठमाडौँले नक्कली शैक्षिक प्रमाणपत्र प्रकारणमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ । न्यायाधीश दण्डपाणी शर्माको आजको इजलासले शर्मालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शर्मालाई आज सरकारी वकिलको कार्यालयमार्फत अदालतमा म्याद थपका लागि उपस्थित गराएको थियो । सांसद शर्मालाई सीआइबीले बिहीबार काठमाडौँबाट पक्राउ गरेको थियो । सोही प्रकरणमा पक्राउ परेका अन्य दुई जनालाई सात दिन र बाँकी… पुरा पढौ

उपकार फाउन्डेसनको साधारण सभा, ४ सय बढी बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

स्याङ्जा । महेन्द्र जनसहयोग आधारभूत विद्यालय, फेदीखोला–२, स्थानचौरको प्राङ्गणमा उपकार फाउन्डेसन, नेपालको प्रथम साधारणसभा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि फेदीखोला गाउँपालिका वडा नं.२ का वडाअध्यक्ष अविलास गुरुङले कार्यक्रमको उद्घाटन गर्दै पर्वतारोही, समाजसेवी तथा शिक्षा प्रेमी नोगुची केन जस्ता महान दाताहरूको सहयोगले नेपालको ग्रामीण विकासमा टेवा पुगेको बताए । फेदीखोला शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङले विगत ६/७ वर्षदेखि यस क्षेत्रमा नोगुची केनको अमूल्य देन रहेको बताए । समाजसेवी तथा सम्मानित व्यक्तित्व नेत्रबहादुर कार्कीले समाजमा महत्वपूर्ण योगदान र्पुयाउने व्यक्तिलाई विद्यालयबाट… पुरा पढौ

पद्म नर्सिङ्ग होम र जयलक्ष्मी सहकारी बिच सम्झौता

साउन २६ पोखरा । पद्म नर्सिङ्ग होम प्रा.लि.ले जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.का सेयर सदस्यलाई उपचारमा छुट प्रदान गर्ने भएको छ । पोखरा –३ नदिपुर स्थिति पद्म नर्सिङ्ग होम प्रा.लि.ले पोखरा– ११ रानीपौवामा प्रधान कार्यलय रहेको जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सेयर सदस्यलाई नर्सिङ्ग होममा उपचार गराउदा बिशेष छुट सुबिधा उपलब्ध गराउने सम्झौता गरेको हो । दुबै संस्था बिच शुक्रबार उपचारमा छुट सुबिधा दिने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । पद्म नर्सिङ्ग होम प्रा.लि. को… पुरा पढौ