यहाँस्थित प्रसिद्ध उत्तरवाहिनी क्षेत्रमा एक सय आठ धारासहित विशाल शङ्ख, हिमाल, गुफा, मुक्तिनाथ भगवानको प्रतिमालगायतका संरचना बन्ने भएको छ । एक सय आठ धारा निर्माण भइरहेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–१ स्थित महालिङ्गधाम भनेर चिनिने ऐतिहासिक शङ्खे पीपल परिसरमा गुफाभित्र झरना, ध्यानस्थल, देवीदेवताका प्रतिमा लगायतका संरचना निर्माण गरिने मुक्तिनाथ धाम निर्माण समितिका संयोजक जगदीश गैरेले जानकारी दिए । उनका अनुसार ७५ मिटर लामो गुफाको प्रवेशद्वारमा शङ्ख र सिंहको प्रतिमा निर्माण हुनेछन। कालीगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानका सचिव सोमनाथ न्यौपानेले उत्तरवाहिनी क्षेत्रलाई…
पुरा पढौ