समाचार

सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन: सञ्चारमन्त्री शर्मा

सरकारले सुन तस्करीमाथिको छानबिन भइरहेकाले लागि सोका लागि उच्चस्तरीय समिति आवश्यक नरहेको स्पष्ट पारेको छ । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले सो सम्बन्धमा राजस्व अनुसन्धान विभागबाट छानबिन भइरहेकाले उच्चस्तरीय समिति आवश्यक नभएको स्पष्ट पारिन। “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा ल्याइएको करिब एक सय केजी सुन पक्राउ गरिएको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजस्व अनुसन्धान विभागबाट प्रभावकारी छानबिन भइरहेकाले उच्चस्तरीय समिति आवश्यक छैन”, सञ्चारकर्मीको जिज्ञाशामा उनले भनिन। वर्तमान सरकार अनियमिता,… पुरा पढौ

पोखराको यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीको चाप, कर्मचारी अभाव

दैनिक सरदर दुई हजार सेवाग्राही आउने कास्कीस्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) २१ कर्मचारीका भरमा चलेको छ । सोही कार्यालयको सवारीतर्फ ३४ कर्मचारीको दरबन्दी रहेकामा आधा मात्र कर्मचारी छन् । यातायात व्यवस्था कार्यालय कास्कीसहित बागलुङ, तनहुँ र नवपुलरमा पनि जनशक्ति अभाव देखिएको कार्यालयका प्रमुख जीतेन्द्रजङ्ग केसीले जानकारी दिए । सेवाग्राहीको बढी चाप हुने कार्यालयमा कर्मचारीको अभाव हुँदा सेवा प्रवाहमा समस्या हुने गरेको उनको भनाइ थियो । अस्थायी कर्मचारीको करार अवधि गत असार मसान्तमा सकिएपछि समस्या निम्तिएको केसीले बताए ।… पुरा पढौ

सामुदायिक वनबाट समृद्धि खोज्दै पोखरा १९ घार्मी बस्ती

पोखरा महानगरपालिका १९ घार्मीका दलित समुदाय सामुदायिक वनबाट प्राप्त स्रोत उपयोग गर्दै समृद्धिको अभियानमा जुटेका छन् । कास्कीको दलितमात्र उपभोक्ता रहेको भूमीपुज्ने तीसढुङ्गे सामुदायिक वन उपभोक्ता समूह प्राकृतिक स्रोत उपयोगको अधिकारसँगै समृद्धिको अभियानमा जुटेको हो । घरसँगै जोडिएको वन पैदावार उपयोगबाट बञ्चित हुँदा जीविकोपार्जनमा विगतदेखि समस्या झेल्दै आए पनि उपभोक्ताको अथक सङ्घर्षले अधिकार प्राप्त गर्न सफल भएको समूहका पूर्वअध्यक्ष मुक्तिबहादुर सुनारले सुनाए । उनका अनुसार सिङ्गो दलितबस्तीको सङ्गठित आवाजले सार्थकता पाउँदा प्राकृतिक स्रोत संरक्षण, प्रबद्र्धन र उपयोगको अधिकार प्राप्त भएको… पुरा पढौ

एमालेका कारण विहीबारको राष्ट्रियसभा बैठक स्थगन

काठमाडौ । राष्ट्रियसभाको आजको बैठक स्थगित भएको छ । नेकपा (एमाले)को अवरोधपछि आजको बैठक स्थगित गरिएको हो । राष्ट्रियसभाको अर्को बैठक यही साउन २२ गते सोमबार अपहन्न १ बजेर १ मिनेटमा बस्नेछ । आजको बैठक प्रारम्भ हुने वित्तिकै नेकपा (एमाले)का सांसद भैरवसुन्दर श्रेष्ठले सुन तस्करी प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै विरोध जनाए । “सुन तस्कारी प्रकरणबारेमा सत्यतथ्य छानबिन गरी यर्थाथ बाहिर ल्याउनुपर्छ”, उनले भने, “दोषीलाई छानबिन गरी कानुनी दायरामा नल्याएसम्म संसद् चल्न सक्दैन, सरकारलाई सत्यतथ्य बाहिर… पुरा पढौ

सामाजिक सुरक्षा भत्ता अनियमिता गर्ने वडा सचिवलाई कारबाही गर्न सिफारिस

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगका वडासचिव सरस्वती आचार्यले सामाजिक सुरक्षा भत्तामा अनियमिता गरेपछि गाउँपालिकाले कारबाहिका लागि सिफारिस गरेको छ । वडासचिव आचार्यले लाभग्राहीको चेकमा आफैले हस्ताक्षर र औँठा छाप लगाएर सामाजिक सुरक्षा भत्तामा हिनामिना गरेको उजुरी परेपछि गत असार १९ गते गाउँपालिकाले छानबिन समिति गठन गरेको थियो । गाउँ कार्यपालिकाका प्रवक्तासमेत रहनुभएका सामाजिक विकास समिति संयोजक मनकुमार शेरपुञ्जाको संयोजकत्वमा वडा नं १ का वडासदस्य बलमान गौचन र पञ्जिकरण शाखाका प्रमुख बसुदा पुन सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन… पुरा पढौ

म्याग्दीको अठासी हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार

म्याग्दी । म्याग्दी जिल्लामा एक वर्षको अवधिमा ८८ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०७९र८० मा निर्माण गरेको आयोजनामार्फत सिँचाइ सुविधा विस्तार भएको जानकारी दिएको छ । कार्यालयका प्रमुख सुरेन्द्र पौडेलले ३१ वटा योजनामार्फत ८८ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भएको बताए । “म्याग्दीको खेतीयोग्य जमिनमा सिँचाइ सुविधाको पहुँच बढ्दै गएको छ,” उनले भने “सिँचाइ सुविधा भएपछि आकाशे पानीका भरमा खेती गर्नुपर्ने किसानको समस्या हटेको छ ।”… पुरा पढौ

कास्कीमा १८ हजार २४ पशुुलाई लम्पी स्किन सङक्रमण

कास्की जिल्लामा हालसम्म १८ हजार २४ पशुलाई लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ । तीमध्ये तीन हजार सात सय ७६ बाच्छाबाच्छी, १२ हजार दुई सय ७८ गाई, एक हजार सात सय २८ गोरु, १४८ भैँसी, ८० पाडापाडी र १४ वटा राँगोमा सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शम्भु पाण्डेले जानकारी दिए । सङ्क्रमणबाट हालसम्म छ सय १९ पशुबस्तु मरेको बताउँदै उनले सबैभन्दा बढी सङ्क्रमण गाईमा हुने गरेको जानकारी दिए । जिल्लामा हालसम्म १६ हजार तीन सय… पुरा पढौ

बागलुङमा लैङ्गिक हिंसाका घटनामा वृद्धि

बागलुङमा लैङ्गिक हिंसाका घटनामा वृद्धि भएको छ । धौलागिरि अस्पतालमा रहेको अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्रले हिंसाका घटना बढेको जनाएको हो । बितेका पाँच वर्षमा लैङ्गिक हिंसामा घटनामा क्रमशः वृद्धि भएको केन्द्रको तथ्याङ्कले देखाएको हो । आर्थिक वर्ष २०७५÷७६ मा एक सय ३६ जना लैङ्गिक हिंसापीडित केन्द्रको सम्पर्कमा आएका थिए । त्यसपछिका दुई वर्ष समान ८७ जना मात्रै सम्पर्कमा आएकामा आव २०७८÷८९ मा त्यो सङ्ख्या वृद्धि भएर ९१ पुगेको थियो । आव २०७९÷८० मा एक सय २२… पुरा पढौ

राष्ट्रिय युवा विज्ञान सम्मेलन भदौ ३० मा

नेपालमा रहेर विज्ञानका क्षेत्रमा काम गर्ने तथा विज्ञानमा लगाव राख्ने १३ देखि २५ वर्ष उमेर समूहका युवा तथा बालबालिकालाई लक्षित गरी आगामी भदौ ३० गते राष्ट्रिय युवा विज्ञान सम्मेलन आयोजना गरिने भएको छ । कार्यक्रममा सहभागी हुन चाहनेलाई आवेदन दिन नेपाल एष्ट्रोनोमिकल सोसाइटीले सार्वजनिक आह्वान गरेको छ । सम्मेलनमा सहभागी हुन आवेदन दिने युवा तथा बालबालिकालाई कार्यक्रमअघि नै दूर शिक्षा विधिबाट वैज्ञानिक अनुसन्धान पत्रको अवधारणा लेखन तथा प्रस्तुतीकरणसम्बन्धी कार्यशालासमेत सञ्चालन गरिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिए । यस… पुरा पढौ

नारायणी नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु

नारायणी नदीमा हाम फालेकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । आज बिहान नारायणी नदी पुलबाट हाम फालेकी महिलाको उद्धारपछि उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । बिहान ७ः४० बजे नदीमा हाम फालेकी अन्दाजी ४५ वर्षीया महिलाको उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितका अनुसार उनको उपचारका क्रममा बिहान ८ः३६ मा मृत्यु भएको हो । नदीमा हाम फालेकी उनको नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा उद्धार गरी ल्याइएको थियो ।… पुरा पढौ