समाचार

बजेटको सूचना चुहावट भएको प्रचारमा सत्यता छैनः अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले संसद्मा बजेट पेस हुनुपूर्व सूचना चुहावट भई अनियमितता भएको भन्ने प्रचारमा सत्यता नभएको बताएका छन्। प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा आर्थिक वर्ष २०८३र८४ को राजस्व र व्ययको अनुमान ९बजेट० का मुख्यमुख्य व्यवस्थाका सम्बन्धमा जवाफ दिँदै उनले प्रस्तावित करका दरबारे सूचना चुहावट भएर जेठ १४ गते बिवाइडी गाडी भित्रिएको भनेर आफूमाथि लगाइएको आरोप निराधार भएको स्पष्ट गरे । मन्त्री डा वाग्लेले आफूविरुद्ध सङ्गठित रूपमा अफवाह फैलाइएको जिकिर गर्दै बजेट वक्तव्यमा समावेश भएका एकाध बुँदा आर्थिक विधेयकमा छुटेकाले… पुरा पढौ

फोहर व्यवस्थापनका लागि हेल्प नेपालको सहयोग

तेन्जिङ एण्ड डोल्मा हेल्प नेपाल नामक संस्थाले पोखरा १९ घार्मीका बिभिन्न संस्थालाई सरसफाईजन्य सामाग्री वितरण गरेको छ । स्वाभिमान टोल विकास संस्था प्लास्टिक जन्य वातावरण अभियान, पोखरा १६ को समन्वयमा संस्थाले घार्मीका भुमेश्वर आधारभुत विद्यालय, ओमकारेश्वर महादेव मन्दिर र गायत्री आधारभुत विद्यालयलाई फोहर व्यवस्थापनका लागि आवश्यक पर्ने सामाग्री हस्तान्तरण गरेको हो । संस्थाले फोहर संकलनमा प्रयोग गरिने प्लाष्टिक, डस्टविन, डस्ट प्यान, पञ्जा, मास्कलगायतका सामाग्री हस्तान्तरण गरेको जनाएको छ ।स्वाभिमान टोल विकास संस्था एवं प्लास्टिक जन्य फोहोर व्यवस्थापन समितिका संयोजक श्यामसुन्दर… पुरा पढौ

सजिलो सहकारीद्वारा प्रोत्साहन वृति कोष स्थापना

पोखरा महानगरपालिका वडा नं.१९ मा रहेको सजिलो बचत तथा ऋण सहकारी संस्थाले ‘सजिलो साकोस प्रोत्साहन वृति’ अक्षयकोष स्थापना गरेको छ। सहकारीले १३ औं स्थापना दिवसको अवसर पारेर लामाचौरस्थित इन्द्र राज्यलक्ष्मी मा.विमा १ लाख ११ हजार १११ रूपैयाँ दश पैसाको अक्षयकोष स्थापना गरिएको संस्थाका अध्यक्ष राजेश आचार्यले जानकारी दिए ।अक्षय कोषको रकम हस्तान्तरण गर्दै पोखरा महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले शैक्षिक क्षेत्रमा सजिलो सहकारीले गरेको कार्य अनुकरणीय रहेको बताए। उनले सहकारीले आर्थिक कारोबार मात्र नगरी शिक्षा, स्वास्थ्य… पुरा पढौ

सहकारी ठगीका जितेन्द्र थापा पोखरामा पक्राउ

सहकारी ठगी गरी फरार रहेका नेपालगंजका जितेन्द्र थापा पोखरामा पक्राउ परेका छन् । ईन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रहेका थापालाई जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खट्टिएको प्रहरी टोलीले मंगलबार पोखरा ८ सिर्जनाचोकबाट पक्राउ गरेको हो । बाँकेको नेपालगंज उप महानगरपालिका वडा नं. १ बस्ने थापा विरुद्ध बाँके जिल्ला अदालतमा ठगी कसुरमा मुद्धा चलेको प्रहरीले जनाएको छ । पक्राउ परेका थापालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी… पुरा पढौ

वक्तृत्वकलाको उपबिजेता सम्ब्रिनालाई विद्यालयको सम्मान

पोखरा, जेठ २६ पोखराको हिमाल कलेज अफ म्यानेजमेन्ट एण्ड डायनामिक एकेडेमीले वक्तृत्वकलामा प्रथम हुने विद्यार्थीलाई सम्मान गरेको छ । नेसनल प्याब्सनद्वारा आयोजित मा.वि. तह वक्तृत्वकला प्रतियोगिता–२०८३ मा द्वितीय स्थान हासिल गरेकी सम्ब्रिना राईलाई विद्यालयले सम्मान गरेको हो । कार्यक्रममा विद्यालयका प्राचार्य हरि कार्कीलगायतले मायाको चिनो प्रदान गरेर सम्मान गरेको विद्यालयका सुपरभाईजर रोहनजंग कार्कीले जानकारी दिए । कार्यक्रममा बोल्दै विद्यालयका प्राचार्य कार्कीले सम्ब्रिना विद्यालयको मेधावी छात्रा रहेको र उनको उपलब्धीले विद्यालय परिवारलाई गौरवान्वित बनाएको बताएका थिए । पुरा पढौ

नवग्रह मन्दिर : धार्मिक पर्यटनको नयाँ गन्तव्य

सन्देश श्रेष्ठपोखरा, जेठ २६ स्याङ्जाको नवग्रह मन्दिर पर्यटनको नया गन्तव्यका रुपमा स्थापित हुन थालेको छ । स्याङ्जा जिल्ला, अर्जुनचौपारी गाउँपालिका–१ मा रहेको यो मन्दिर धार्मिक पर्यटनको गन्तव्यको रुपमा स्थापित हुन थालेको हो । केहि वर्ष अघिसम्म सामान्य ठाउँका रुपमा रहेको यो ठाउँ अहिले नवग्रह मन्दिर बनेसँगै धार्मिक पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ । स्याङ्जाको हेलुबाट ७ किलोमिटर पश्चिम रहेको यो मन्दिरमा हरेक शनिबार ५ हजार भन्दा धेरै पर्यटक पुग्ने गरेका छन् । कहिलेकाहिं त १२ हजारसम्म भक्तजन पुग्ने गरेको अर्जुनचौपारी… पुरा पढौ

साउथ एसियन जोन आइएचएफ ट्रफी २०२६ मा सहभागिता जनाउन नेपाली ह्याण्डबल टोली ढाका प्रस्थान

अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ आइएचएफ को वार्षिक प्रतियोगिता साउथ एसियन जोन आइएचएफ ट्रफी २०२६ मा सहभागिता जनाउन नेपाली राष्ट्रिय ह्याण्डबल टोली मंगलबार बंगलादेशको राजधानी ढाकातर्फ प्रस्थान गरेको छ। जेठ २७ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालले यू–१८ जुनियर र यू–२० युथ गरी दुई विधामा प्रतिस्पर्धा गर्ने नेपाल ह्याण्डबल संघका महासचिव केशव पाठकले जानकारी दिएका छन् । ढाका प्रस्थान गर्नुअघि राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव रामचन्द्र मेहताले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै औपचारिक बिदाइ गरेका थिए । उनले खेलाडीहरूलाई राष्ट्रको गौरव… पुरा पढौ

पोखरामा जेठ ३० गतेदेखि असार ५ गते सम्म खेल सप्ताह आयोजना हुँदै

पोखरा महानगरपालिका खेलकुद विकास समितिले ‘खेल सप्ताह’ आयोजना गर्ने भएको छ । खेलकुद गतिविधिलाई थप व्यवस्थित, समावेशी र प्रतिभामुखी बनाउने उद्देश्यले यही जेठ ३० गतेदेखि असार ५ गते सम्म ‘खेल सप्ताह’ आयोजना गर्न लागिएको हो । समितिले राष्ट्रिय तथा ग्रासरुट तहका विभिन्न खेल समेटेर सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारका अनुसार खेल सप्ताहमा कुल सात वटा खेल समावेश गरिएका छन् । तीमध्ये दुई वटा राष्ट्रियस्तरका र पाँच वटा ग्रासरुट तहका… पुरा पढौ

तनहुँका स्थानीय तहमा मगर भाषा पठनपाठन गरिँदै

तनहुँका १० वटै पालिकामा मगर भाषाको पठनपाठन गरिने भएको छ । मगर भाषा, लिपि, संस्कृति तथा पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय पाठ्यक्रम निर्माण तथा शिक्षक प्रशिक्षण गरिएको छ । नेपाल मगर सङ्घ तनहुँका अध्यक्ष हर्कबहादुर थापा मगरले जिल्लाका १० वटै पालिकाको सहभागितामा जिल्लास्तरीय प्राज्ञिक परिषद् गठन गरी मगर भाषाको स्थानीय पाठ्यक्रम तयार गरिएको बताए । उनका अनुसार पाठ्यक्रम कार्यान्वयनका लागि आवश्यक शिक्षकलाई प्रशिक्षणसमेत प्रदान गरिसकिएकाले आगामी दिनमा पालिकासँग समन्वय गरेर विद्यालयमा पठनपाठन विस्तार गरिनेछ । अध्यक्ष मगरले भने,… पुरा पढौ

नियमित कार्यसूचीमा प्रवेश नगरी प्रतिनिधिसभा बैठक स्थगित

प्रमुख प्रतिपक्षी दललगायतका विपक्षी दलहरूको विरोधका कारण प्रतिनिधिसभाको आजको बैठक नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । बैठकमा विपक्षी दलहरूले नेपाल–भारत सीमाका सम्बन्धमा प्रधानमन्त्रीको धारणाको सम्बन्धमा जवाफ माग गर्दै अवरोध गरेका थिए । सभामुख डोलप्रसाद अर्यालले पटक–पटक आसनग्रहण गरी बैठक सञ्चालनमा सहजीकरण गर्न विपक्षी दललाई आग्रह गरे । सभामुखको सो आग्रहलाई विपक्षी दलहरूले अस्वीकार गर्दै विरोध जारी राखे । त्यसपछि सभामुख अर्यालले बैठक बुधबार बिहान ११ः०० बजे बस्नेगरी स्थगित भएको जानकारी गराए । आजको बैठकमा सभामुख अर्यालले प्रधानमन्त्री… पुरा पढौ