समाचार

चिनियाँ सद्भावः व्यापारिक भवनमा उपल्लो मुस्ताङका व्यापारीलाई निःशुल्क स्थान

चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका व्यापारीलाई कोरलास्थित व्यापारिक भवनमा निःशुल्क स्थानको व्यवस्था गर्ने भएको छ । उक्त काउण्टीले लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको समन्वयमा एक वर्षका लागि निःशुल्क सटर उपलब्ध गराउन सहमति जनाएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसिनर्बु गुरुङले जानकारी दिए । नेपाल र चीनबीच व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले भवनका सटर एक वर्षका लागि व्यापारीलाई निःशुल्क उपलब्ध गराउन चिनियाँ पक्ष सहमत भएको तथा दोस्रो वर्षदेखि शुल्क तिर्नुपर्ने व्यवस्था भएको उनले बताए । उक्त भवनमा व्यापार गर्न चाहने ४५… पुरा पढौ

म्याग्दीमा ‘ब्राबोसेरा’ अभियान: इजाजत नभएका बन्दुक बरामद

म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ थान भरुवा बन्दुक बरामद भएको छ । इलाका प्रहरी कार्यालय दरवाङ र ताकम प्रहरी चौकीको संयुक्त टोलीले बुधबार जङ्गलमा लुकाएर राखेको अवस्थामा छ थान एक नाले भरुवा बन्दुक बरामद गरेको हो । प्रहरी निरीक्षक सागर तिमिल्सिनाले वन्यजन्तुको अवैध चोरी शिकारी र अपराध नियन्त्रणका लागि सञ्चालित ‘ब्राबोसेरा’ अभियानअन्तर्गत बन्दुक बरामद गरेर इलाका प्रहरी कार्यालय दरवाङमा ल्याइएको जानकारी दिए । विसं २०८२ मङ्सिर १५ गतेदेखि सुरु भएको ‘ब्राबोसेरा’ अभियानमार्फत हालसम्म १४२ थान इजाजत नभएका… पुरा पढौ

रारा पोखरा स्पोर्टस् अवार्डलाई गोर्खा हिल क्यास एण्ड क्यारी यूकेको साथ

नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने १० औं रारा पोखरा स्पोर्टस् अवार्डलाई गोर्खा हिल क्यास एण्ड क्यारीले साथ दिएको छ । यूकेमा रहेको क्यास एण्ड क्यारीका सञ्चालक चन्द्रबहादुर गुरुङ र शान्ता गुरुङले १० औंं पोखरा स्पोर्टस अवार्डका लागि २५ हजार रुपैयाँ सहयोग गरेका हुन् । कोल्मा बहाकोट समाज यूकेका अध्यक्ष, सहारा यूकेका सल्लाहकार र सहारा क्लब, पोखराका सदस्य समेत रहेका चन्द्रबहादुर गुरुङले नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीका अध्यक्ष एमबी आस्थामगरलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।यूकेमा रहेर पनि समाजसेवामा सक्रिय… पुरा पढौ

मुस्ताङ: बर्खा लाग्यो, तर पनि हिउँ पर्न छाडेन

हाल मुस्ताङ भ्रमण गर्ने सबैभन्दा अनकूल याम चलिरहेको छ । हिउँदयामको चिसो र हिउँ पर्ने समय टरिसकेकाले यस यामलाई मुस्ताङ भ्रमणको अनुकूल याम मानिन्छ । हाल हिउँदयाम सकिएर गर्मीयाम सुरु भइसके पनि यहाँ अझै हिउँ पर्ने क्रम भने रोकिएको छैन । बुधबार यहाँको वारागुङ मुक्तिक्षेत्रमा आंशिक हिउँ परेको छ, जसकारण यहाँ चिसो बढेको छ । मुक्तिनाथस्थित हाई अल्टिच्युड ट्रिटमेन्ट सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी सरोज घर्तीले बुधबार मुक्तिनाथ क्षेत्रमा करिब एक घण्टाभन्दा बढी समयसम्म हिउँ परेको बताए । हिउँ परेसँगै आसपासका नाँगा… पुरा पढौ

पोखरा लेडी जेसीजले “जेसीज सप्ताह” गर्ने, बैशाख २५ गते शुरु भई ३१ गते समापन हुने

पोखरा, वैशाख । युवाहरूको नेतृत्व विकास, सीप अभिवृद्धि र सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्ने उद्देश्यसहित क्रियाशिल पोखरा लेडी जेसीजले “सीप र सेवाः सफल व्यक्ति, सुदृढ समाज” भन्ने मूल मन्त्रकासाथ “जेसीज सप्ताह २०२६” आयोजना गर्ने भएको छ। कार्यक्रम २०८३ वैशाख २५ देखि ३१ गतेसम्म (मे ८–१४, २०२६) सञ्चालन हुने जनाइएको छ।सार्वजनिक गरिएको तालिकाअनुसार वैशाख २५ गते शुक्रबार बिहान ८ बजे पोखरा महानगरपालिका वडा नं. ३ स्थित कन्या क्याम्पसको सभाहलमा उद्घाटन समारोहसँगै साइबर अपराध तथा बैंकिङ साक्षरता कार्यक्रम आयोजना गरिनेछ। उक्त कार्यक्रम विद्यार्थी… पुरा पढौ

जलवायु जोखिम न्यूनिकरणमा जोड दिदै सकियो अन्नपूर्ण जलवायु सम्मेलन तथा माछापुच्छ्रे सम्वाद

सन्देश श्रेष्ठपोखरा, बैशाख २३ जलवायु जोखिम न्यूनिकरणमा जोड दिदै अन्नपूर्ण जलवायु सम्मेलन तथा माछापुच्छ्रे सम्वाद सकिएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिका–२ चौरमा मंगलबारदेखि शुरु भएको सम्मेलन १५ बुँदे माछापुच्छ्रे घोषणा पत्र जारी गर्दै बुधबार सकिएको हो । जलवायु परिवर्तन र हिमाली क्षेत्रको संरक्षणमा केन्द्रित सम्मेलनले जलवायु परिवर्तन कम गर्न वन डढेलो नियन्त्रण र न्यूनीकरणका लागि समुदायमा आधारित वन व्यवस्थापन प्रणाली सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । जलवायुजन्य जोखिममा परेको गण्डकी प्रदेशका पर्यावरण र समुदायको उत्थानशिलता अभिवृद्धि गर्ने कार्यमा सबै… पुरा पढौ

चुँदीरम्घालाई साहित्यिक पर्यटनको केन्द्र बनाइने

तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घालाई सप्तधामका रुपमा विकास गरी साहित्यिक पर्यटनको केन्द्र बनाइने भएको छ । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रवीन्द्र बोहराले सो स्थानमा भानु साहित्य उद्यान निर्माणका लागि चालु आर्थिक वर्षमा २० करोड रुपैयाँ बजेट विनियोजन गरी काम सुरु गरिएको जानकारी दिए । उद्यान निर्माणका लागि बोलपत्र आह्वान गरी मूल्याङ्कन भइरहेको र पहिलो चरणको काम यसै आर्थिक वर्षमा सम्पन्न गरिने उनले बताए । उनले भने, “आगामी वर्षका लागि पहुँच मार्ग निर्माण, भानुघर निर्माणका लागि बजेट प्रस्ताव गरिएको… पुरा पढौ

ल्वाङमा ‘सिनेमा संवाद’को चौथो संस्करणको तयारी पूरा, सशक्त बहस र सांगीतिक प्रस्तुति हुँदै

कास्कीको पर्यटकीय गाउँ ल्वाङमा आयोजना हुने ‘सिनेमा संवाद’को चौथो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ। चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा आगामी बैशाख २५ र २६ गते हुने कार्यक्रमलाई यसपटक अझ व्यवस्थित र प्रभावकारी बनाउने तयारी गरिएको आयोजकले जनाएको छ ।नेपाली चलचित्र क्षेत्रको वर्तमान अवस्था, चुनौती, सम्भावना तथा स्थानीय तहसँगको सहकार्यका विविध आयाममा गहन छलफल गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना हुन लागेको हो। यसअघि घान्द्रुक, सिक्लेस र लमजुङको घले गाउँमा सम्पन्न भइसकेको यो कार्यक्रमको चौथो श्रृंखला ल्वाङमा हुन लागेको हो ।संघका… पुरा पढौ

दैवी विपत्तीका पिडितहरुलाई उचित सम्बोधन गर्न सरकार तयार छ: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशका बिभिन्न ठाउँ र वस्तीहरु बिभिन्न समयमा बाढी, पहिरो, अतिवृष्टी, अनावृष्टी लगायतका समस्याले प्रताडित हुनुपरेको बताएका छन् । मंगलबार देखि पोखरामा शुरु भएको अन्नपुर्ण जलवायु सम्मेलन तथा माछापुच्छ्रे सम्वादको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले दैवि विपत्तीबाट पिडित भएकाहरुलार्ई उचित सहयोग र सम्बोधन गर्न प्रदेश सरकार तयार रहेको प्रतिवद्धता व्यक्त गरे । बिभिन्न उत्कृष्ट प्राकृतिक स्रोत साधनले बिश्वबजारमा परिचित ठाउँमा जलवायु परिवर्तनले छिट्टै प्रभावित गर्ने भन्दै यसका लागि सबैको हातेमालो, सहकार्य , चासो र सक्रियता आवश्यक… पुरा पढौ

हिमाल बचाउन अन्नपुर्ण जलवायु सम्मेलन तथा माछापुच्छ्रे सम्वाद

पोखरा, २२ वैशाखहिमाालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर प्रति छलफल गर्न सेभ आवर हिमालय फस्र्ट नेपालको पहलमा अन्नपृर्ण जलवायु सम्मेलन तथा माछापुच्छ्रे सम्वाद मंगलबारदेखि पोखरामा शुरु भएको छ । सम्मेलनमा स्थानीय, राष्टि«य तथा अन्तराष्ट्रियस्तरबाट सम्बन्धित विषयका बिभिन्न अनुसन्धानपत्र प्रस्तुतीकरण, टिप्पणी तथा सुझाव संकलन भइरहेको छ । सेभ आवर हिमालय फ्रस्र्ट नेपाल सहित गण्डक्री प्रदेश सरकार वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका , माछापुच्छ्रे गाउँपालिका र अन्नपुर्ण गाउँपालिकाले संयुक्तरुपमा उक्त कार्यक्रम आयोजना गरेको हो ।गण्डक्री प्रदेश क्षेत्र पर्यावरणीय र वातवरणीय हिसावले… पुरा पढौ