साउन १४ पोखरा । कास्की जिल्लाको पोखरा महानगरपालिका ३२ मा रहेको बडहरे जाने बाटोमा पर्ने अठारको डिल स्थित तालखोलामा जिर्ण पुलमा जोखिम मोलेर आवत जावत गर्नुपर्ने अवस्था हट्ने भएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको टोलीले आइतबार जोखिमयुक्त पुलको स्थलगत निरिक्षण गरेर तत्कालै अस्थायी पुल बनाउने निर्णय गरेको हो । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली, मन्त्रालयको योजना अनुगमन महाशाखाका प्रमुख लक्ष्मीप्रसाद भण्डारी, पुर्वाधार विकास कार्यालय कास्कीका प्रमुख डा. महेन्द्र बानिया, पोखरा–३२…
पुरा पढौ