समाचार

क्यान्सर पीडित अधिकारीलाई लालिगुराँसको आर्थिक सहयोग

फेदिखोला । स्याङ्जाको फेदीखोला– २ खहरेस्थित लालीगुराँस युवा क्लबले फोक्सोको क्यान्सर रोगबाट ग्रसित एक यूवतीको परिवारलाई आर्थिक सहयोग हस्तान्त्रण गरेको छ । क्लवले एक कार्यक्रमका विच विगत एक वर्षदेखि भारतको नयाँ दिल्लीमा उपचाररत ३१ वर्षीया पूजा अधिकारी कार्कीको परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको हो । क्लबका पदाधिकारी, सदस्य एवम् स्वदेश तथा विदेशमा रहेका सहयोगीहरुबाट संकलित ३ लाख २९ हजार सात सय २९ रुपैया क्लबका अध्यक्ष शंकर कार्की, ज्येष्ठ नागरिक समाजसेवी मान बहादुर कार्की र कोषाध्यक्ष समीर कार्कीले संयुक्त रुपमा पूजा… पुरा पढौ

जिल्ला खेलकुद समितिहरुद्वारा प्रगति विवरण प्रस्तुत

पोखरा । गण्डकी प्रदेशका विभिन्न जिल्ला खेलकुद खेलकुद विकास समितिहरुले आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रदेश खेलकुद परिषद गण्डकीद्वारा आयोजित एक कार्यक्रममा प्रगति विवरण प्रस्तुत गर्नुका साथै जिल्लाहरुमा भएका गतिविधिहरुका बारेमा समेत समिक्षा गरिएको हो । आर्थिक वर्ष २०७९/०८० को प्रगति विवरण संगै चालु आर्थिक वर्षका लागि विनियोजित बजेट र कार्यक्रमका बारेमा छलफल भएको परिषदका सदस्य सचिव श्रीधर शर्माले जनाएका छन् । परिषदले जिल्लामा आयोजना हुने खेलकुदको संभावना, चुनौती र अवसर, खेलहरुको विवरण र पूर्वाधारको अवस्था, जिल्ला खेलकुदहरुको… पुरा पढौ

पोखरामा लेखा तालिम तथा कानूनी सचेतना कार्यक्रम सम्पन्न

साउन १४ पोखरा । पोखरामा लेखा तालिम तथा कानूनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । सुनचाँदी व्यवसायीहरुलाई लक्षित गर्दै नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीले शनिबार तालिम तथा सचेतना कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका महासचिव किसान सुनारले उद्घाटन गरे । सो अवसरमा बोल्दै सुनारले समय सापेक्ष कार्यक्रमको आयोजना गरेको भन्दै कास्की समितिलाई आभार प्रकट गरे । उनले पछिल्लो समय हुने अवैधानिक सुनचाँदी कारोबारबाट बच्नका लागि व्यवसायी आफै पनि सचेत… पुरा पढौ

पूर्ण स्वचालित प्रणाली लागू गर्न प्रधानन्यायाधीशलाई बारको आग्रह

काठमाण्डौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष नेपाल बार एसोसिएसनले पूर्ण स्वचालित प्रणाली लागू गर्न आग्रह गर्दै ध्यानाकर्षणपत्र बुझाएको छ । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसहितको बारको टोलीले बुझाएको ज्ञापनपत्रमा पेसी व्यवस्थापन गर्दा अविलम्ब पूर्ण स्वचालित प्रणाली लागू गर्न आग्रह गरिएको हो । प्रधानन्यायाधीश कार्कीले आफ्नो नेतृत्वमा बनेको प्रतिवेदन न्यायालयको सुधारकै लागि बनाएको अदालतको विकृति र विसङ्गति अन्त्य गर्नका लागि नै बनाएको बताए । उनले मुद्दामा पारदर्शिता होस् भनेर गोला प्रक्रियाको व्यवस्था गरेको समेत बताए । बारको १५औँ राष्ट्रिय सम्मेलन र… पुरा पढौ

भ्रष्टाचारका अन्य फाइल खुल्छन्, यो राजनीतिक स्टन्ट होइन : प्रधानमन्त्री

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार, बेथिती र तस्करीविरुद्ध सरकारले चालेको अभियान आवेग र राजनीतिक स्टन्ट नभएको बताएका छन् । समाजवादी मोर्चामा आबद्ध घटकका विद्यार्थी सङ्गठनको मोर्चा घोषणासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने, “राज्यको सम्पत्ति व्यक्तिले दोहन गर्नेविरुद्ध अभियान थालिएको छ । तस्करीविरुद्ध जेहाद छेडिएको छ । यो कदम रोकिनेवाला छैन । अझै अगाडि बढ्छ । यो लडाइँ जित्नैपर्छ । यो आवेग र राजनीतिक स्टन्टको कुरा पनि होइन । नेपाली जनताको हितका लागि गरिएको हो ।” भ्रष्टाचारका अरु धेरै… पुरा पढौ

प्रधानन्यायाधीश नियुक्तिका विषयमा शीर्ष नेताबीच छलफल

काठमाण्डौं । संसदमा देखिएको अवरोध अन्त्य गर्ने र प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिश गर्ने र सदनमा देखा परेको अवरोध अन्त्य गर्ने विषयमा सकारात्मक छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्का अन्य सदस्यसँग छलफल गरेर छिट्टै परिषद् बैठक बोलाउने बताएका थिए । साथै सुन… पुरा पढौ

नयाँ जहाज छिट्टै आउँछ : मन्त्री किराती

झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली ध्वजा बाहक नयाँ जहाज छिट्टै खरिद गरिने बताएका छन् । प्रेस सेन्टर नेपाल झापाले बिर्तामोडमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री किरातीले भूपरिवेष्टित राष्ट्रको समृद्धिका लागि जहाज विकास महत्त्वपूर्ण हुने भएकाले थप जहाज ल्याउन लागिएको बताए । “हाम्रो जस्तो भूपरिवेष्टित मुलुकको समृद्धिका लागि जहाज महत्त्वपूर्ण हुँदोरहेछ”, उनले भने, “तीन वटा नयाँ र दुई वटा पुराना जहाज खरिद प्रक्रियामा रहेको छ, छिट्टै ती जहाज आउँछ, तर कमिसन आउँदैन ।” नेपाली जहाजकै… पुरा पढौ

राजनीतिक परिवर्तनलाई स्थायित्व दिन आर्थिक सामाजिक रूपान्तरण जरुरी : अध्यक्ष नेपाल

काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा राजनीतिक परिवर्तन भए पनि आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण जरुरी रहेको बताएका छन् । समाजवादी विद्यार्थी मोर्चाले आयोजना गरेको ‘समाजवाद र समाजवादी शिक्षाका आधार’ विषयक अन्तरक्रियामा उनले राजनीतिक परिवर्तनलाई स्थायित्व दिन आर्थिक तथा सामाजिक परिवर्तन आवश्यक रहेको बताए । विश्वका विभिन्न देशमा प्रयोग भएका समाजवादको मोडलको राम्रा अनुभवलाई नेपालले पनि ग्रहण गरेर अगाडि जानुपर्ने पूर्वप्रधानमन्त्री नेपालको भनाइ छ । समाजवादी मोर्चाका अध्यक्षसमेत रहनुभएका उनले धेरैभन्दा धेरैलाई मोर्चामा समेटेर अगाडि बढ्न तयार रहेको… पुरा पढौ

नेपाल पब्लिक क्याम्पस संघ गण्डकीको अध्यक्षमा ऋषिराम

पोखरा । नेपाल पब्लिक क्याम्पस संघ गण्डकी प्रदेशको नँया कार्यसमिति चयन गरिएको छ । शनिबार पोखरा–१४ काजिपोखरी स्थित कालिका बहुमुखी क्याम्पसको प्राङगणमा सम्पन्न भेलाले नेपाल पब्लिक क्याम्पस संघ गण्डकीको अध्यक्षमा ऋषिराम बुढाथोकी चयन गरेको हो । अधिवेशनले उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । उनी पोखराको जनप्रकाश वहुमुखी क्याम्पसको क्याम्पस प्रमुख हुन । यसैगरि,उपाध्यक्षमा मुनादेवी लम्साल, महेन्द्रप्रसाद पोखरेल र गोरखबहादुर जिसी चयन भएका छन् । सचिवमा दीपेन्द्र पौडेल, सहसचिवमा विजय शर्मा र कोषाध्यक्षमा विष्णुकुमार श्रेष्ठ चयन भएका छन । सदस्यमा… पुरा पढौ

घरभाडा सरोकार समिति पर्वतमा श्रीप्रसाद

पोखरा । नेपाल राष्ट्रिय घरभाडा सरोकार समितिको पर्वत शाखाको अध्यक्षमा श्रीप्रसाद पौडेल चयन भएका छन् । समितिको वरिष्ठ उपाध्यक्षमा तिला गिरी, द्वितिय उपाध्यक्षमा सनमकुमारी क्षेत्री, सचिवमा रामप्रसाद गौंडेल, कोषाध्यक्षमा दीपक अधिकारी चयन भएका छन् । यस्तै सदस्यहरुमा नारायण गिरी, सिता नेपाली , अस्लाम खान, गणेशबहादुर क्षेत्री, नारायणी श्रेष्ठ र दीपेन्द्र सुवेदी चयन भएका छन् ।यसअघि ताराप्रसाद तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन नेपाल राष्ट्रिय घरभाडा सरोकार कास्कीका निवर्तमान अध्यक्ष यमनाथ पौडेलले गरेका थिए । कार्यक्रममा माधव पौडेल, ठाकुर बि. पौडेल, गोपी… पुरा पढौ