समाचार

गोरखाको अजिरकोटमा ‘फर्क युवा अभियान’

गोरखाको अजिरकोट गाउँपालिकाले विदेशिएका युवालाई गाउँमा नै फर्काएर स्वरोजगार बनाउन ‘फर्क युवा अभियान’ कार्यक्रम सुरु गरेको छ । गाउँपालिकाले पालिका भित्रका बैदेशिक रोजगारीबाट फर्किएका युवाको ज्ञान, सिप र क्षमतालाई गाउँको विकासमा लगाउँदै स्वरोजगार बनाउनका लागि ‘फर्क युवा अभियान’ कार्यक्रम सुरु गरेको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए । “विदेशबाट फर्किएर फेरि विदेशमा मात्रै अवसर देख्ने युवालाई गाउँमै रहेका थुप्रै अवसरसँग जोड्न सकिन्छ”, उनले भने, “त्यसका लागि गाउँपालिकाले उनीहरुलाई प्रोत्साहन गर्नुपर्छ भन्ने उद्देश्यसहित फर्क युवा अभियान स्वरोजगार कार्यक्रमको थालनी गरिएको हो… पुरा पढौ

१३ औ जुनियर राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगितामा गण्डकीबाट १२ जना सहभागी

पोखरा । भक्तपुरमा आजदेखि सुरु भएको १३ औ जुनियर राष्ट्रिय आइ टि एफ तेक्वान्दो प्रतियोगितामा गण्डकी प्रदेशबाट १२ जना खेलाडी सहभागी भएका छन् । भक्तपुरको गठ्ठाघरमा भोली सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा गण्डकी प्रदेशबाट सहभागी भएका खेलाडीहरुले स्पाइरिङ र एकल प्याट्रनमा प्रतिस्पर्धा गर्ने नेपाल आईटिएफ संघ गण्डकी प्रदेशका उपाध्यक्ष आकाशचन्द्र घर्तीमगरले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा देशका सातै प्रदेशका करिब १ सय भन्दा बढी खेलाडीहरुको सहभागीता रहको छ । पुरा पढौ

मनकामना मन्दिरको धर्मशालामा तालाबन्दी

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा परिसरमा रहेको धर्मशालामा स्थानीयवासीले तालाबन्दी गरेका छन् । गुठी संस्थानलाई धर्मशाला व्यापारिक प्रयोजनका लागि भाडामा नलगाउन गरेको आग्रहलाई बेवास्ता गरेको जनाउादै बुधबारदेखि धर्मशालाको भवनमा तालाबन्दी गरिएको स्थानीयवासी मनोज जोशीले जानकारी दिए । “योगी, तपस्वी, गरिब, असहाय तीर्थालु भक्तजन बस्नका लागि बनाइएको धर्मशालालाई गुठी संस्थानले गएको ४० वर्षदेखि व्यापारिक प्रयोजनका भाडा लगाएर कमाउने काम मात्र गर्दै आएको छ”, उनले भने, “मनकामनावासीले यस पटक पुनः संस्थानले भाडामा लगाउन बोलपत्र आह्वान गरेपछि बोलपत्र रद्द गर्न आग्रह गरेको भए… पुरा पढौ

पोखरामा प्याराग्लाइडिङ शुल्क बढ्यो

कास्कीको पोखरामा प्याराग्लाइडिङ उडानको शुल्क बढाइएको छ । नेपाल हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ उडानको दररेट वृद्धि गरेको हो । हालसम्म प्रतिउडान रु आठ हजार पाँच सय शुल्क तिर्दैआएकामा अबदेखि रु १२ हजार तिर्नुपर्ने भएको छ । नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनिल भट्टराईले उक्त शुल्कमा बिमारकम र पाइलटको खर्चसमाहित गरिएको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि आफूहरूको खर्च बढेको र समयअनुसार रकम बढाएको उनी बताउछन । पहिला तोरीपानी र सराङकोटबाट हुने गरेको प्याराग्लाइडिङ अहिले सरेर मान्द्रेढुङ्गा पुगेको छ । यही… पुरा पढौ

शाह वंशको कूल मन्दिरका रूपमा परिचित ‘आलमदेवी’ मन्दिर महिलाका लागि खुला

शाह वंशको कूल मन्दिरका रूपमा परिचित ‘आलमदेवी’मा कुनै समय महिलालाई प्रवेश निषेध थियो । महिलालाई मन्दिर प्रवेशमा रोक लगाउन एउटा व्यक्ति नै खटाइएका हुन्थे । हिजाआज भने मन्दिर महिलाका लागि समेत खुला गरिएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ स्थित आलमदेवी मन्दिर शाह वंशको कूलदेवता र कूल मन्दिरका रूपमा चर्चित छ । आलमदेवी मन्दिर १३५० सालमा स्थापना भएको हो । यो मन्दिरको शक्तिपीठमध्ये बेग्लै पहिचान र धार्मिक विशेषता छ । मन्दिरमा ठकुरी महिलालाई प्रवेश खुला गरिएको थियो । उनीहरूलाई मन्दिरभित्र पसेर… पुरा पढौ

मालढुङ्गा–बेनी सडक अवरुद्ध

निरन्तरको वर्षाका कारण कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी र मुस्ताङलाई जोड्ने मालढुङ्गा–बेनी सडक अवरुद्ध बनेको छ । पर्र्वतको जलजला गाउँपालिका–७ धाइरिङको केराबारीमा सडकमाथिवाट आएको पहिराले पुरिएर गए रातिदेखि सडक अवरुद्ध बनेको हो । निरन्तर वर्षा भएका कारण अहिलेसम्म पहिरो पन्छाउने काम सुरु हुनसकेको छैन । वर्षा रोकिएपछि सम्बन्धित निर्माण व्यावसायीलाई सडक खुलाउनका लागि अनुरोध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन न्यूरेले जानकारी दिए । सडक अवरुद्ध हुँदा मुस्ताङ र म्याग्दीका लागि अन्य जिल्लाबाट आएका सवारीसाधन र यात्रु लस्तीमा थन्किएका छन्… पुरा पढौ

आज राष्ट्रिय धान दिवस, दही चिउरा खाने दिन

आज धान दिवस मनाइँदै छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । त्यसैले धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई… पुरा पढौ

पोखरामा आज सातै प्रदेशका मुख्यमन्त्रीको भेला

गण्डकी प्रदेश सरकारको अगुवाइमा आज सातै प्रदेशका मुख्यमन्त्रीको भेला पोखरामा हुने भएको छ । भेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले गर्ने गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्यालले जानकारी दिए । मुख्यमन्त्रीहरूबीच छलफल एवं अन्तक्र्रिया हुने उनले बताए । भेलामा अन्तरप्रदेशबीचको अनुभव आदान–प्रदान, प्रदेशले संविधानतः पाउनुपर्ने अधिकारलगायत विषयमा छलफल हुने बताइएको छ । यसअघि मुख्यमन्त्रीको भेला गत जेठ १० गते गर्ने तय भए पनि प्रधानमन्त्री दाहालको व्यस्तताका कारण स्थगित भएको थियो । भेला दोस्रोपटक गर्न लागिएको हो । पहिलोपटक २०७५ भदौ… पुरा पढौ

‘एन्टिबायोटिक’ को अत्यावश्यक बाहेक प्रयोग नगर्न विज्ञको सुझाव

पोखरा । मानव स्वास्थ्यको लागि आवश्यक पर्ने औषधीहरु मध्यको ‘एन्टिबायोटिक’ अहिले टाउँको दुखाइको विषय बनेको छ । टाउँको दुखाईको विषय बन्नुको कारण चाही एन्टिबायोटिक रेसिस्टेन्टको बढ्दो समस्या हो । एन्टिबायोटिकको एउटा नयाँ मलिकुलको रिसर्च गर्न १० देखि १५ वर्ष समय लाग्नुको साथै कराडौ खर्च लाग्ने गर्दछ । तर यसको रेसिस्टेन्ट ४ देखि ५ वर्ष बिचमै देखिदाँ पछिल्लो पुस्ताको लागि एन्टिबायोटिकको गु्रप नै नरहने हो कि भन्ने स्वास्थ्य विज्ञहरुले चिन्ता व्यक्त गरेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना र युएसएआइडि… पुरा पढौ

ललिता निवास प्रकरण : आरोपी तीन जनाद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता

काठमाण्डौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका चारमध्ये तीन जना बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वाेच्च पुगेका छन् । सर्वाेच्च अदालतका प्रवक्ता विमल पौडेलले तीन जनाले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेको जानकारी दिए। उनका अनुसार यसरी रिट लिएर जानेमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतम रहेका छन् । उक्त रिटमाथि शुक्रबार सुनुवाइ हुने जनाइएको छ । अर्का गोपाल कार्कीसहित उनीहरुलाई यही असार १२ गते प्रहरीले पक्राउ गरेको थियो ।… पुरा पढौ