समाचार

विद्यार्थीलाई धान रोपाईंको अनुभव गराउँदै प्रतिभा मावि

पोखरा, असार १५ पोखरा–३ नदीपुरस्थित प्रतिभा माविले यस पटकपनि विद्यार्थीलाई धान रोपाईंको प्रत्यक्ष अनुभव गराएको छ । अघिल्लो वर्षपनि धान रोपाईं स्थल पोखरा–१४ चाउथेमा लगेर विद्यार्थीलाई धान रोपाईंको प्रत्यक्ष अनुभव गराएको प्रतिभा माविले यसपालीपनि विद्यार्थीलाई सो अनुभव गराएको हो । ‘मानो खाएर मुरी उब्जाउने’ दिन अर्थात धान दिवसको अवसर पारेर प्रतिभा माविले चाउथेस्थित विद्यालयको आफ्नै जग्गामा धान रोपाईं गर्नुका साथै विद्यार्थीलाई सोको प्रत्यक्ष अनुभव गराएको विद्यालयकी प्रिप्राईमेरी ईञ्चार्ज निर्मला सुवेदी श्रेष्ठले जानकारी दिईन् । धान रोपाईंको प्रत्यक्ष अनुभवका लागि सो… पुरा पढौ

विदेशमा गएर कामदार बन्नुभन्दा स्वदेशी उद्यमी बन्नु उपयुक्त : अध्यक्ष ओली

चितवन । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा हासिल गरिसकेपछि रोजगारीको अवसरका लागि विदेशिनुभन्दा नेपालमा नै अवसर भएको बताएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा आज आयोजना गरिएको कृषि उद्यमबाट संवृद्धि विषयक कार्यक्रममा उनले नेपालमा केही हुँदैन भनेर विदेश जानुभन्दा कृषि कर्मबाट अवसर खोज्न सकिने बताए । विद्यार्थी र ओलीबीच प्रश्नोत्तर शैलीमा सञ्चालन गरिएको कार्यक्रममा प्रश्नको जवाफ दिँदै उनले विदेशमा गएर कामदार बन्नुभन्दा यहीँ उद्यमी बन्नु उपयुक्त भएको बताए । उनले भने, “एक जना व्यक्तिको जीवनकालमा… पुरा पढौ

अवरुद्ध नारायणगढ–मुग्लिन सडक २८ घण्टापछि एकतर्फी सञ्चालन

असार १५ चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड झण्डै २८ घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । बिहीबार दिउँसो १ बजेदेखि चितवनको इच्छाकामना गाउँपालिका– ५ तीनकिलोमा पहिरो खसेर अवरुद्ध भएको सडक आज साँझ ५ बजेबाट एकतर्फीरुपमा सञ्चालनमा आएको हो । एकतफी सडक सञ्चालनमा आएसँगै २८ घण्टादेखि विच बाटोमै रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् । बिहीबार दिउँसो सडकमाथिको पहाड नै खसेर सडकमा बसेपछि अवरुद्ध भएको सडकमा बेलाबेला ठूला ढुङ्गासमेत खसिरहेकाले हटाउन कठिनाइ भएको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशकुमार… पुरा पढौ

रोट्रयाक्ट फिस्टेलले मनायो १७ औं स्थापना दिवस, कास्की कारागारमा प्याड बितरण

रोट्रयाक्ट क्लव अफ पोखरा फिस्टेल क्लवले आफ्नो स्थापना दिवस को अवसर पारेर कास्की कारागारमा रहेका ५० बढी महिला कैदीबन्दीहरुलाई स्यानिटरी प्याड बितरण गरेको छ । आफ्नो कार्यकालको अन्तिम कार्यक्रमको रुपमा रोटा वर्ष २२/२३ कि अध्यक्ष डिम्पल क्षेत्रीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा क्षेत्रीले आफूहरु पनि सबै महिलामात्रै रहेको र बिशेषतः स्वास्थ्य क्षेत्रमा रहेको महिलाहरु रहेकाले महिलाहरु जुन जस्तो ठाउँमा भएपनि स्वास्थ्य महत्वपूर्ण कुरा रहेकाले आफूहरुले सचेतना साथसाथै स्यानिटरी प्याड र टिसर्ट हस्तान्तरण गरेको बताइन् । कार्यक्रममा कारागार प्रमुख भिमराज घिमिरे,… पुरा पढौ

कास्की कारागारमा मनायो रोट्रयाक्ट फिस्टेलले १७ औं स्थापना दिवस

पोखरा । विश्वकै पहिलो महिलामात्रै सदस्य रहेको रोट्याक्ट क्लव अफ पोखरा फिस्टेलले आफ्नो १७ औं स्थापना दिवस मनाएको छ । २००७ जुन २९ मा स्थापना भएको क्लबले कास्की कारागारमा रहेका ५० बढी महिला कैदीबन्दीहरुलाइ स्यानिटरी प्याड हस्तान्तरण गरि आफ्नो १७ औ स्थापना दिवस मनाएको हो । आफ्नो कार्यकालको अन्तिम कार्यक्रमको रुपमा रोटा वर्ष २२÷२३ कि अध्यक्ष डिम्पल क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा कारागार प्रमुख भिमराज घिमिरे, सई सुशिल घिमिरे ,नाइके साथै क्लवका सदस्यहरु कुनै उपस्थिति रहेको थियो। कारागार प्रमुख भिमराज घिमिरेले… पुरा पढौ

पोखरा महानगरबासीलाई वडा कार्यालय पुग्नै सास्ती

गण्डकी प्रदेशको राजधानी पोखरा र यसैसँग जोडिएको छ, लामाखेत र लामडाँडा । पोखरा महानगरभित्र पर्ने भए पनि यो ठाउँ आधारभूत सेवा सुविधाका दृष्टिले भने निकै विकट छ भन्दा फरक पर्दैन । कमजोर सडक संरचना र पहुँचमा जटिलताका कारण स्थानीयले महानगरबाट पाउने सामान्य सुविधा लिन कष्ट पाउने गरेका छन् । यहाँका स्थानीयलाई आफ्नै वडा कार्यालय पुग्न पनि साहस जुटाउनुपर्ने अवस्था छ । कारण, १३ किलोमिटर टाढाको वडा कार्यालयमा पुग्नै कम्तीमा २ घण्टा पैदल र कम्तीमा दुई पटक सार्वजनिक बस चढ्नुपर्छ ।… पुरा पढौ

असार १५ सम्म गण्डकीमा १८ प्रतिशत रोपाइँ

पोखरा । असार दोस्रो सातासम्ममा गण्डकी प्रदेशमा १८ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार १७ हजार एक सय ७४ हेक्टरमा रोपाइँ भएको हो । हिमालपारिका जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धान खेती हुँदै आएको छ । असार १५ सम्ममा सबैभन्दा बढी कास्कीमा ३० प्रतिशत र सबैभन्दा कम नवलपुरमा १० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको निर्देशनालयका कृषि प्रसार अधिकृत दीपा तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार लमजुङमा २७, तनहुँमा २०, बागलुङमा २०, पर्वतमा १४,… पुरा पढौ

गण्डकी प्रदेशमा १८ प्रतिशत रोपाइँ

असार दोस्रो सातासम्ममा गण्डकी प्रदेशमा १८ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार १७ हजार एक सय ७४ हेक्टरमा रोपाइँ भएको हो । हिमालपारिका जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धान खेती हुँदै आएको छ । असार १५ सम्ममा सबैभन्दा बढी कास्कीमा ३० प्रतिशत र सबैभन्दा कम नवलपुरमा १० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको निर्देशनालयका कृषि प्रसार अधिकृत दीपा तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार लमजुङमा २७, तनहुँमा २०, बागलुङमा २०, पर्वतमा १४, गोरखामा १२,… पुरा पढौ

विरौटामा धान रोप्दै मदरल्याण्डका विद्यार्थीहरू

पोखरा । किताबमा पढेको ज्ञानलाई दैनिक जीवनसँग जोड्दै व्यावहारोपयोगी बनाउन पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयका विद्यार्थीहरू असार पन्ध्र तथा राष्ट्रिय धान दिवसको अवसर पारेर विरौटामा भएको रोपाइँमा सहभागी भएका थिए । कक्षा सात र आठका विद्यार्थीहरू प्रत्यक्ष सहभागी भएको उक्त कार्यक्रममा धानको उत्पादन कसरी हुन्छ र हाम्रो घरघरमा आइपुग्छ भन्ने कुरा जानकारी गराउँदै असारको महत्त्वमाथि प्रकाश पारिएको थियो । यसै अवसरमा विद्यार्थीहरू धान रोप्दै हिलो पनि खेलेका थिए । यसरी प्रयोगात्मक रूपमा खेतमा उपस्थित भएर धान रोप्न र हिलो खेल्न पाउँदा… पुरा पढौ

‘प्रतिभा’ उत्पादनमा प्रतिभा माविको छलाङ

–‘अन्तर्राष्ट्रिय बिजनेस ओलम्पियाड–२०२२’ मा प्रतिभा माविका अजर गुरुङले स्वर्ण पदक जिते । चीनमा भएको प्रतिश्पर्धामा विभिन्न २० मुलुकका प्रतिश्पर्धीलाई पछि पार्दै गुरुङले स्वर्ण हात पारेका थिए । २० मुलुकका ३४ समुहका १५६ जना विद्यार्थीबीच भएको प्रतिश्पर्धामा गुरुङ अब्बल ठहरिए । गुरुङले चारसय अंकमा ३६८.५ अंक हात पारेका थिए । –प्रतिभा माविकै अजर गुरुङ र बिनिताकुमारी चापागाँइले यहीवर्ष काठमाडौंमा भएको नेपाल इकोनोमिक्स ओलम्पियाडको ‘बिजनेस केस एनालाइसिस’ विधामा क्रमशः स्वर्ण र रजतपदक हात पारे । चौंथो संस्करणको यो राष्ट्रिय प्रतिश्पर्धामा अजरले व्यक्तिगत… पुरा पढौ